समसामयिक सेन्’र्यू
मीत्बा उबाच
औषधि सक्क्यो
टुप्पोमा पुगेपछि,
ब्यथा शुरु’भो !
स्वार्थी समाज्’मा
सस्तो र सजिलो छ,
अन्याय खप्न !
आजका मान्छे,
मानवता खोइ त,
दुर्योधन् जस्तै !
युद्ध जितेर
आनन्द पाउँदैनौ,
के बन्थ्यौ स्वामी !
जमाना थियो
जवानी पनि थियो,
बुद्धि भएन !
विवशतामा
उर्लिँदा उर्लिँदै जो,
गयो उमेर !
जब उस्लाई
बुढ्यौली गन्हाउँछ,
बिवेक् आउँछ !
कालचेतना,
लोकप्रिय रहन,
बुझ्नुपर्छ है !
अध्यारोबाटै
शुरु हुने हो, शिक्षा,
कान्ति र शान्ती !
खाँटी कुरो त
बाध्यताले सिकायो,
जिन्दगानीमा !
चिन्ता धेरै’जो
नलिएको राम्रो रे,
शिव शरणम् !