परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मालकोटको जुवा–खाल अनि सुनियोजित मेजमानीको स्वाद!

जीवनका खुड्किला–६

वि.सं. २०३५ सालको दशैं त राविसेको रुपमा कालिकोटमा कार्यरत रहेकोले त्यतै बिताइएको थियो । तिहारको केही व्यवस्था हुन्छ कि भन्ने झिनो आश बाँकी नै थियो । एउटै ब्याचका कतिपय साथीहरु घर वा दिदी बहिनीकोमा जाने व्यहोराका चिठी लेख्दै थिए । घरबाट टाढा अनि दिदीबहिनीका घर अझ टाढा भएकाले मलाई भने तिहार मान्नु आकाशको फल आँखा तरी मर झैं भएको थियो, त्यो सालको चाड । स्थानीय चाडवाड र चालचलन बुझिल्याउदा तिहार मान्ने चलन त्यस भेगमा खासै सुनिएन । औंशी भनेर हुनेखाने खासगरी राजासा’ब भनिने ठकुरी परीवारमा ८–१० दिन जुवा खेलेर रमाइलो गर्ने चलन भने रहेछ । सरकारी विदा एउटै क्यालेण्डर अनुसार देशैभरी हुने भएकोले तिहारको विदा भने यहाँ पनि हुन्थ्यो ।

मालकोटका केही नाम चलेका ठकुरीको घरमा साता–दश दिनसम्म नियमित जुवा खेलाउने, खाल उठाउने लगायत खसी, कुखुरा काटेर भोजकै व्यवस्था गर्ने गरेकोसम्म सुनिन्थ्यो । खेलको बाजीमा नगद, अन्न, जमीन, घर, चौपाया हान्ने थाप्नेसम्मका अम्मली हुने रहेछन् । “छोट्टी नी मन्ठा हुन् र ? आइमाई पनि मान्छे हु्न् र ?” भन्ने उखान चल्तीमा मात्रै हैन व्यवहारमा पनि देखिन्थ्यो । पोइल जाने, बहुविवाहको कुप्रथा कायमै रहेको मात्र नभई जारी भर्ने भराउने चलन समेत कायमै भएकोले उस्तै अम्मली जुवाडेले त श्रमती पनि बाजीमा थाप्ने कुरा सुन्नमा आउँथ्यो ।

वर्षाछेक गाँउमा भोकमरीले परिवार नै विषालु जडिबुटी खाएर अपहत्ते गरी मरेको एउटा घटना घटेको थियो । त्यसैमा आधारित एउटा नाटक लेखेको थिएँ मैले । मञ्चन गराउने विचार भएकोले पात्र पहिचान गर्दै थिएँ र विदामा त्यसको पूर्वाभ्यास गराउने योजना बनाएँ ।

खस सम्प्रदाय बहुल कर्णाली प्रदेशको तत्कालीन कोटवाडा गाउँ पञ्चायतमा लालु गाडवारि कोटवाडा गाउँमा बाहुन, क्षत्री र डुमबाडी कामी दमैको बस्ती थियो । लालुगाड पारी मालकोट भन्ने गाउँमा ठकुरी (शाही) हरुको । पूूर्व फर्केको दम्साइलो फाँट र गराहरुमा अवस्थित मालकोट साच्चिकै आकर्षक लाग्थ्यो । शरद ऋतुको विहानी घाममा पहेंलपुर खेतका गरा पश्चिम फर्किएको कोटवाडाबाट हेर्दा प्राकृतिक छटा लोभलाग्दो थियो । पूर्व फर्किएका ढोका र माथिल्लो तलामा बरण्डा निकालिएका एकनासका ढुङ्गाका गारोमा पत्थर छापिएका घरको कालिगढीले रैथाने ज्ञान र वास्तुकला झल्काउथ्यो । एकादुई ठुला आकारका घरको बनोट हेर्दा स्थानीय दरबारको झल्को दिलाउथ्यो ।

कृषिमा आधारित जनजीवन भएपनि लवाईखवाई र सम्बोधनमा राजशी ठाँट देखिन्थ्यो अझै पनि । पुरुषले लाउने पोशाक लबेदा सुरुवालमाथि कोट वा अस्कोट र टोपी । काममा जाँदा कम्मरमा पटुका र आंशी (खुर्पा) । महिलाहरुले चौबन्दी चोलो, फरिया र शीरमा मजेत्रो ओढेकै हुन्थ्यो । आर्थिक हैसियत प्रयोग गरिने भेषभुषाको गुणस्तरले छुट्याउँथ्यो । राजासाब, रानीसाब, बाबुसाब, मैयासाब अरु जातकाले गरिने सम्बोधन थियो भने समाजले “तल्लो जात’ कहलाएकाहरुले भने अनिवार्य रुपमा जदौ गर्नुपथ्र्यो ।
देउडा र जुवामा माल्कोटे ठकुरी र अछामका केही ठकुरीको त्यस भेगमै प्रसिद्धि थियो ।

मालकोटका केही नाम चलेका ठकुरीको घरमा साता–दश दिनसम्म नियमित जुवा खेलाउने, खाल उठाउने लगायत खसी, कुखुरा काटेर भोजकै व्यवस्था गर्ने गरेकोसम्म सुनिन्थ्यो । खेलको बाजीमा नगद, अन्न, जमीन, घर, चौपाया हान्ने थाप्नेसम्मका अम्मली हुने रहेछन् । “छोट्टी नी मन्ठा हुन् र ? आइमाई पनि मान्छे हु्न् र ?” भन्ने उखान चल्तीमा मात्रै हैन व्यवहारमा पनि देखिन्थ्यो । पोइल जाने, बहुविवाहको कुप्रथा कायमै रहेको मात्र नभई जारी भर्ने भराउने चलन समेत कायमै भएकोले उस्तै अम्मली जुवाडेले त श्रमती पनि बाजीमा थाप्ने कुरा सुन्नमा आउँथ्यो ।

तत्कालीन प्रधानपञ्च सोही गाउँ पञ्चायतका निवर्तमान सचिव विष्ट थरका एकजना युवा थिए, वारि गाउँ कोटवाडाका । उनी तुलनात्मक रुपमा खुला हृदयका र समाज सुधारक सोचका युवा थिए । उप प्रधान भने पारी मालकोटका ठकुरी, सल्लाहमानै निर्विरोध निर्वाचित टीम थियो । पर्धानले “मालकोटमा जुवा खुलेको छ रे, सके त रोक्नुहुन्थ्यो, राविसे सर गए मलाई थोरै आडभरोसा हुने थियो। राविसे सर एकैरातलाई जौं न” भन्न लाग्नुभयो । हिंड््न घुमफिर गर्न मलाई पनि मन पर्ने । मालकोट त्यसै पनि प्राकृतिक दृष्टिकोणले सुन्दर । सुन्तला, कागती, ज्यामिर, भोगटे आदि अमिला प्रजातिका फल पनि लगाएका त्यहाँका मान्छेले । बाटोमा काफल ऐंसेलुका बुट्यान बाक्लै पाइने । करीब दुइघण्टाको बाटो थियो । हामी एक एक वटा हल्का झोला भिरेर हिंड्यौं । राविसे जाने भनी किनेको सानो नेशनल पानासोनिक रेडियो कतै जांदा नछुट्ने मेरो साथी थियो, त्यो पनि मेरो साथै जाने नै भयो ।

हामी घाम छँदै पुग्यौं मालकोट । पर्धान आउने भएपछि उप पर्धान गाउँको तलैसम्म लिन आउनुभएको थियो, करीब १५ मिनेटको बाटो तलसम्म । मसंग भएको प्राथमिक उपचार बाकसको दवाईको प्रयोग मार्फत मालकोटका केही परिवारसंग म परिचित पनि भइसकेको थिएँ । बालुशाही भन्ने एकजना हुनुहुन्थ्यो ती मध्ये । उहाँको भनाई अनुसार उहाँको जहान र छोरीको ज्यान ठीक भएको थियो रे मबाट ल्याउनु भएको दवाई प्रयोग गर्दा । त्यो अनुग्रह व्यक्त गर्न मालकोट आउँदा सर मेरै घरमा बस्नु पर्छ भनी उहाँ हत्ते हाल्नुहुन्थ्यो । हामी सीधै बालुशाहीकै घर गयौं । घरमा दुहुना चौपाया भएकोले जाने बित्तिकै मोही ल्याएर दिनुभयो । पर्धानलाई खानपीन र सुत्ने बन्दोबस्त उप पर्धानकोमा हुने भयो । म रात बालु शाहीकोमा बस्ने भएँ ।

जुवाखेल भएको घर पर्धानले पत्ता लगाउने र दुवैजना गएर खालमै समाउने सल्लाह पर्धानले मसंग बाटैमा सुनाउनुभएको थियो । खाना खाएर पर्धान म भए ठाउँमा आउने अनि हामीसंगै त्यो ठाउँमा जाने भनी, पर्धान उपपर्धानसंग खाना खान जानुभयो । म बालु शाहीकोमा नै पाहुना लाग्ने भएँ ।

मेरा लागि बार्दलीपट्टीको कोठा ठीक पारिएको रहेछ । स्तरीय गलैंचा, लीउ (भेडाको उनको ओछ्यान) र राडी ओछ्याइएका थिए खाटमाथि र भुंइमा । झोला कोठाभित्र राखेर एकछिन रेडियो सुन्यौ । भान्साबाट बोलाहट आयो कि कसो, बालु शाहीले ‘सर तल झरोैं’ भन्नुभयो । भान्साको ढोकैमा टलक्क टल्किएका करुवामा पानी राखिएको थियो । हातखुट्टा धोएर चुलाको एकापट्टि बालु शाही बस्नुभयो । विपरितर्फ पिर्कामाथि ओछ्याइएको चकटी आकारको गलैंचामा मलाई बस्न भन्नुभयो ।

कांसको थालमा पस्किएको रातो मार्सी चामलको भात हरहर बासना आइरहेको थियो । कांसकै कटौरामा दही, घीउ र मासु थियो वरिपरि । स्थानीय मसलाले होला मासुबाट विशेष प्रकारको वासना आइरहेको थियो । चुह्लामा बालु शाहीकी श्रीमति हुनुहन्थ्यो । छेउमा उभिएकी युवतीतिर लक्षित गरेर ‘रातु राविसे सरलाई खाना, मासुथप’ भन्नु भए अनुसार उहाँकी छोरी हुन भन्ने बुभ्mन सकिन्थ्यो । मकै वा गंहुको सुख्खा रोटी खान बानी परेको मलाई त्यो दिनको खाना विशेष लागिरहेको थियो । हत्तपत्त चामलको भात नजुर्ने मलाई एकै छाकमा धानको भातसंग दही, मोही, घीउ, मासु जुर्नुले चाडवाडै आएजस्तो भइरहेको थियो । खाना खाइसकेर चुठीवरी हामी एकछिन बाहिर बस्यौं । उज्यालोको साधन भनेको दियालो थियो । मट्टीतेलको निकै जतन गर्नुपथ्र्यो टुकी बाल्नलाई । सात दिनको बाटो पिठ्युंमा बोकेर ल्याइपुर्याइने जिनिस ।

आमाछोरीले घरधन्दा सकुन्जेल बालुशाहीले खेतीपातीका कुरा सुनाउनुभयो । सुत्केरी व्यथाको कारण र समयमै उपचार पाउन नसकेर बितेकी ठुली छोरीको बारेमा सुनाउनुहुँदा उहाँको गला अवरुद्ध भएको थियो । रातु कान्छी छोरी हाल १७ वर्ष लागेता पनि बिहादानको बारेमा केही नसोचेको, ठकुरी रीतिरिवाज अनुसार उसले कोही कसैलाई मन पराएको भए पनि मागी बिहा अनुुसार नै गर्ने पारिवारिक कुरा पनि उहाँले भन्न भ्याउनुभयो ।

धन्दा सकेर रातुले करुवामा पानी ल्याएर म सुत्ने कोठामा राखिदिइन, राती खानुपर्ला कि भनेर । राती पिसाब गर्न उठ्नुपर्ने भएमा जाने ठाउँ बालु शाहीले देखाउनु भयो । उज्यालोको अभावमा कोठामै बस्तै गर्नु भन्ने सल्लाह भएर म आफु सुत्ने कोठातिर लागें । राती पर्धान लिन आउनुहुने सल्लाह छँदैथियो । म कोठामै गएर ढल्किएर रेडियो सुन्न लागें ।

‘बेली बांहाको (हिजो बेलुकीको) मासुमा हाल्या अत्तर लाग्या हुनन्’ भनिन् उनले । मैले कुरा बुझाउन भनें उनलाई । पर्धान र म रात मालकोट बस्न आउने थाहा पाएपछि अनेपाल शाही लगायतका जुवा खेलाडी र खेलाउने घरका घरबेटीले बालु शाहीको घरमा खाना बनाउने र ख्वाउने सल्लाह गरेका रहेछन् । मासुको परिकारमा स्थानीय मसलामा चरेस स्थानीय बोलचालीको भाषामा ‛अत्तर’ मिसाए छन् । खाना बनाउने रातु र उनकी आमा भएकोले उनका कान्ठा बाउ (काका) ले अह्राए बमोजिम उनीहरुले गरेछन् । पर्धान र मलाई दिने भागमा चरेस मिसाएको मसला र बाँकीमा चरेस नभएको मसला हालिएको रहेछ ।

धेरैबेरदेखि एकप्रकारको आवाज आइरहेको थियो । सपना, विपना वा तन्द्रा के हो म ठम्याउन सकिरहेको थिइन । आफु कहाँ छु, के गर्दै छु ? को हेक्का पनि आइरहेको थिएन। सुतिरहेको छु भन्ने बोध भयो, आँखा खोल्न खोज्दा परेला उघ्रीन मानिरहेका थिएनन् । निकै प्रयत्नपछि आँखा खुले । पूर्वपिट्टको कोठा भएकोले झलमल्ल घाम लागिसकेको देखिन्थ्यो नाडीमा बांधेको घडी हेरें साढे आठ बज्न लागेको थियो । टाउको भारी भए जस्तो, वरपर घुमेजस्तो लाग्दै थियो । दृष्टि पनि स्पष्ट हैन कि लाग्दैथियो । रातु सानो स्वरमा ‘सर’ भन्दै ढोका ढक्ढक्याउदैं रहिछन् । मैले आग्लो खोलेर हेर्दा थालमाथि वाफ आंउदै गरकेको दुधको कांसे गिलास बोकेर उभिएकी थिइन्। ‘बाउजीले भनिकन दुइपटक दुध लिइ आएँ, मास्टर उठ्न्या नाई’ भनिन् । ‘आँखा खोल्नै मन नलाग्ने कस्तो गहिरो निद्रा लागेछ । मैले त चालै पाइन’ भने।

‘बेली बांहाको (हिजो बेलुकीको) मासुमा हाल्या अत्तर लाग्या हुनन्’ भनिन् उनले । मैले कुरा बुझाउन भनें उनलाई । पर्धान र म रात मालकोट बस्न आउने थाहा पाएपछि अनेपाल शाही लगायतका जुवा खेलाडी र खेलाउने घरका घरबेटीले बालु शाहीको घरमा खाना बनाउने र ख्वाउने सल्लाह गरेका रहेछन् । मासुको परिकारमा स्थानीय मसलामा चरेस स्थानीय बोलचालीको भाषामा ‛अत्तर’ मिसाए छन् । खाना बनाउने रातु र उनकी आमा भएकोले उनका कान्ठा बाउ (काका) ले अह्राए बमोजिम उनीहरुले गरेछन् । पर्धान र मलाई दिने भागमा चरेस मिसाएको मसला र बाँकीमा चरेस नभएको मसला हालिएको रहेछ ।

बिहानको खाना खाने बेलामा पो पर्धान ‘मुर्दारले हामीलाई अत्तर खुवाइकन भुसुक्कै पारिहालेछन्’ भन्दै आउनुभयो ।

पर्धानले खोजबीन गरी पत्ता लगाउनु भयो, हामी दुवैजनालाई चरेस मिसिएको भोज खुवाएर सुताएपछि जुवा रातैभरी जमेछ । माल्कोटे ठकुरीकहाँबाट चार माउ भैंसी र केही बाली अनि पैसा अछामबाट खेल्न आउनेले जितेर उज्यालो नै नभइकन बाटो लागेछन् ।

खालवालाले भाग छोड्ने कुरै भएन, खेल जमेपछि । पर्धानको साथ लागेर जुवा रोक्न गएको म लगायत पर्धानलाई राम्रैसंग सुताइदिए।
कान्ति छात्रावासमा बस्दा साथीहरु हाँसीमजाक गर्ने गर्थे “चुरोट, खैनी, रक्सी लगायत लागु पदार्थको स्वाद नलिएकोलाई त मरेपछि यमराजकहाँ पनि प्रवेश पास पाइदैन, मत्र्यलोक मै फर्काइदिन्छ ।” ती साथीहरुको कुरा सुनेर मालकोटका जुवाडेहरुले मलाई स्वर्ग पठाउने यो चाल गरेका हुन कि भन्ने गुन्दै म पर्धानसंग कोटवाडा फर्कें।

Facebook Comments