परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अनि ‘नौलाख तारा’ उदायो

सन्दर्भ स्व. अम्बर गुरुङको ८३ औं जन्म जयन्ति

(वि.सं. २०५४ चैत ११ र १२ गते रेडियो सगरमाथाको औपचारिक उद्घाटन गर्न ‘अम्बरका अमर भाका’ सांगीतिक साझ आयोजना गरिएको थियो । त्यस कार्यक्रमको जानकारी पुस्तिका निकाल्ने क्रममा नेपाली संगीतका आदर्श अम्बर गुरुङसंग पत्रकार रघु मैनालीले गरेको कुराकानीमा आधारित यो सामग्री आज फागुन १४ गते स्व. अम्बर गुरुङको ८३ औं जन्म जयन्तिका सन्दर्भमा प्रस्तुत गरिएको छ । – सं.)

‘नौलाख तारा’ को रेकर्ड हुनुलाई म दुर्घटना नै भन्छु । जिन्दगीमा कुनै दिन मेरो गीत रेकर्ड होला भन्ने कल्पनासम्म पनि गरेको थिइन । आत्मरञ्जनका लागि गीत गाउथेँ, संगीत भर्थेँ । संगीत मेरो व्यक्तिगत आराधाना थियो । ‘नौलाख तारा’ भन्दा अगाडि “म अम्बर हुँ तिमी धरती’ संगीतवद्ध भइसकेको थियो । मलाई लाग्छ यसअघि ने दुई सयवटा जति गीतमा मेले संगीत भरिसकेको थिएँ हुँला । थुप्रै गीत आफैंले लेखेको पनि थिएँ । यी सबै गीत–संगीत तयार हुनमा साथीभाइको प्रेरणा थियो ।

फोटोः चन्द्रशेखर कार्की

मैले रचना गरेका गीतहरु साथीभाइले असाध्यै मन पराइदिन्थे । यसपालि कलेजमा गाउनलाई एउटा गीत बनाइ दिनुप¥यो भनेर साथीभाइहरु आग्रह गर्दथे । यस्तै के के कुराले म गीत बनाइरहन्थें । बेलाबखत आफैं गाउथेँ पनि । संगीत भर्दा, गीत गाउँदा गाउँदै परपरसम्मकाले मलाई चिन्न थाले । साथीभाइहरुले गीती कार्यक्रम आयोजना गरेर बोलाउन थाले । यसै क्रममा हामीले नेपाली भाषी बसोबास गर्ने भारतका सबै भागमा कार्यक्रम प्रस्तुत ग¥यौं ।

वि.सं. २०१६ सालतिरको कुरा हो, कालिम्पुङमा मैले अतिथि कलाकारको हैसियतमा तीनवटा गीत गाएँ । जसमा ‘नौलाख तारा’ पनि थियो । कार्यक्रम समाप्त भएपछि दर्शकदीर्घाबाट एकजना अधवैंशे मान्छे मञ्चमा आएर मलाई सोधे– यो गीत तिमीले नै रचेको हो ? मैले सबै कुरा बताएँ– गीत अगमसिंह गिरीले रचेको र संगीत मैले दिएको भनेर । उनले फेरि भने– “यो गीत त दार्जिलिङले मात्रै सुनेर पुग्दैन, सारा नेपालीले सुन्नुपर्छ । म यो गीत रेकर्ड गरिदिऊँ ?” गीत रेकर्ड होला भन्ने कुरा सपनामा पनि नसोचेको व्यक्तिका अगाडि यो एकदम अप्रत्याशित प्रस्ताव थियो । मसंग कुनै जवाफ थिएन, ट्वाल्ल परेर उनको मुखमा हेरिरहें । केहीबेर पछि हाम्रो परिचयभ यो– उहाँ भारतीय प्रहरी सेवामा कार्यरत सचिन्द्रमणि गुरुङ हुनुहुँदो रहेछ । त्यसपछि उहाँ र मेरोबीच दाइ–भाइको सम्बन्ध कायम भयो ।

कुरा यतिमा मात्रै टुङ्गिएन । सचिन्द्र दाइले आफनो निजी खर्चमा गीत रेकर्ड गराइदिने बचन दिनुभयो । हामीले रेकर्डिङका लागि तयतिखेर भारतको प्रख्यात वेलायती कम्पनी एच.एम.भी (हिज मास्टर भ्वाइस) संग स्थानीय एजेन्ट मार्फत् पत्राचार ग¥यौं । डेढ वर्षसम्म पत्राचार गर्दा पनि कुनै जवाफ आएन  त्यसपछि हामीले कलकत्ताको हिन्दुस्थान कम्पनीलाई पत्राचार ग¥यौं । उसले केही समयभित्रै नेपाली गीतहरुको बजार नभएको हुँदा रेकर्ड गर्न नसक्ने व्यहोराको जवाफ फिरायो । तर उसले पत्रको पुच्छारमा एउटा उपाय पनि उल्लेख गरेको थियो । तोएिको उपाय अनुसार कम्पनीले स्टुडियो निःशुल्क उपलब्ध गराइदिने, त्यसबापत पाँच सयवटा चक्का रेकर्ड गराउने पक्षले किनिदिनु पर्ने, संगीतकार, गायकहरुको आउने–जाने खर्च र पारिश्रमिक सबै आफैं बेहोर्नुपर्ने ।

सचिन्द्रमणि दाइले यी सबै शर्त स्वीकार गरेर गीत रेकर्ड गराउन मलाई लैजानुभयो । त्यतिखेरको रेकर्डिङ चक्का ‘ठड च्एः’ को एउटा पाटोमा ‘नौलाख तारा’ र अर्को पाटोमा ‘तिमी आऊ बहार’ गीत मेरो स्वर र संगीतमा रकर्ड भए ।

‘नौलाख तारा’ को संगीत भर्दाको कुरा पनि रमाइलो छ । अगमसिंह गिरीले त्यो गीत लेखेर मलाई दिनुभयो । मैले वाद्यवादकहरुलाई राखेर दुइ महिनासम्म लगातार संगीत भर्न कोशिस गरें । तर गीतलाई न्याय गर्नेगरीको संगीत बन्न सकेन । म यो गीतमा संगीत दिन नसक्ने भएँ भनेर हार खाइसकेको थिएँ । तर एकदिन टर्नवुल हाइस्कुलमा कक्षा सिध्याएर हामी शिक्षकहरु खाजा खान गयौं । म उभिएर चम्चाले प्लेटको खाजा खाइरहेको थिएँ । अचानक ‘मेलोडी’ आयो । हत्तनपत्त प्लेट भुइँमा राखेर कागजमा खरखर उतारेँ । पाँच मिनेटभित्रमा सबै तयार भयो । म आफैं दङ्ग परेँ ।

‘नौलाख तारा’ को चक्का पाँच–छ महिनामा नै बिक्री भयो । त्यसपछि हिन्दुस्थान कम्पनीले यस्ता गीत अरु पनि छन् भने कम्पनीकै खर्चमा रेकर्ड गर्न तयार छौं भनी खवर पठायो । अनि ‘म अम्बर हुँ तिमी धरती’ जस्ता गीतहरु रेकर्ड भए । यसरी नौलाख तारा संगीतका सिाबले दुई सयौं तेकको सन्तान भएपनि प्राविधिक हिसाबमा मेरो पहिलो सन्तान बन्यो ।

‘नौलाख तारा’ को संगीत भर्दाको कुरा पनि रमाइलो छ । अगमसिंह गिरीले त्यो गीत लेखेर मलाई दिनुभयो । मैले वाद्यवादकहरुलाई राखेर दुइ महिनासम्म लगातार संगीत भर्न कोशिस गरें । तर गीतलाई न्याय गर्नेगरीको संगीत बन्न सकेन । म यो गीतमा संगीत दिन नसक्ने भएँ भनेर हार खाइसकेको थिएँ । तर एकदिन टर्नवुल हाइस्कुलमा कक्षा सिध्याएर हामी शिक्षकहरु खाजा खान गयौं । म उभिएर चम्चाले प्लेटको खाजा खाइरहेको थिएँ । अचानक ‘मेलोडी’ आयो । हत्तनपत्त प्लेट भुइँमा राखेर कागजमा खरखर उतारेँ । पाँच मिनेटभित्रमा सबै तयार भयो । म आफैं दङ्ग परेँ । ‘नौलाख तारा’ र अम्बर गुरुङ अहिलेसम्म पनि पर्याय बनेको छ । सबैले औधि मनपारएका छन् । दोहो¥याएर एउटै गीत गाउ पर्दा मलाई पनि दिक्क लाग्दैन । तर मैले अझै बुझेको छैन– ‘नौलाख तारा’ मा त्यस्तो गुण के छ ?

Facebook Comments