परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पाँच वर्षसम्म पर्खने धैर्य हरेकसँग हुनुपर्छ

संवाद

(प्रधानमन्त्री केपी शर्मा ओलीका  परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसँग  विविसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा २०७६ असार ११ गते साँझ  प्रसारित अन्तर्वार्ताको सार यहाँ प्रस्तुत गरिएको छ– सं)

 

प्रश्नः के गणतन्त्र उल्टाउने तरखर तपाईहरुलाई आभास भइरहेको हो ?     
डा.भट्टराई: नेपालमा हरेक पटक के भएको छ भने आन्दोलन सफल हुन्छ । आन्दोलनलाई संस्थागत गर्ने हामी प्रक्रियामा जान्छौं । संविधान बनाउँछौं, संविधानबाट त्यसलाई कार्यान्वयनमा लाने एउटा निश्चित अवधि लिन्छ त्यसले । त्यो अवधि लिन नपाउँदै यो व्यवस्था बेठिक भयो, यो व्यवस्थाले गर्न सकेन भनेर व्यवस्थाकै विरुद्धमा अफवाह फैलाउने र त्यसका आधारमा अस्थिरता उत्पन्न गरेर त्यो व्यवस्था माथि प्रश्न चिन्ह खडा गर्ने २००७ सालदेखि हामीले पटक पटक भोग्दै आएको अवस्था हो । यही कुरा अरु मुलुकमा तपाईं तुलना गर्नुभयो भने व्यवस्था स्थापित हुन्छ । अनि त्यो राज्य संचालन गर्ने जो निकायमा पुग्छ उसलाई निर्वाचनका माध्यमबाट पाँच वर्षसम्म दिइन्छ । नहुदा पाँच वर्ष पछि जनताले अर्को राजनीतिक पार्टी रशक्तिलाई छान्ने चलन छ । तर यहाँ के सुनिदै छ भने यो बहुदलीय व्यवस्था नै खराब, गणतन्त्र नै खराब, धेरै छोटा राजा भए भन्ने नाममा यो अहिले हामीले ल्याइरहेको संविधानमाथि नै प्रश्न उठाउने विगत कै परम्परा दोहो¥याउँन खोजिएको र सडकमा त्यस किसिमका कुराहरु सुनिन थालेको कुरालाई मैले इंकित गरेको हुँ ।

 

प्रश्नः राजतन्त्रका पक्षपातीहरु पहिले पनि थिए, गणतन्त्रको विरुद्धमा उनीहरुले आवाज पहिलेबाटै उठाउँदै आएका छन् । अहिले जोखिम बढेर तपाईले भन्या हो?
डा.भट्टराई: होइन बढ्न पनि सक्छ नि । किनभने विगत त हामीले देखेका छौं । पाएका अधिकारहरु खोसिएका छन् । हाम्रा, संविधानहरुलाई निलम्वन गरिएको छ पटक पटक । इतिहासले पटक पटक गरेर भोग्दै आएका कुरालाई अब गर्नु हुदैन भनेर हामीले सचेत हुनपर्छ भन्न खोजिएको हो ।

 

प्रश्नः भनेको त्यो बढेको छ, त्यस कारण सर्तकताको निम्ति तपाईले ध्यानकर्षण गराएको हो ?
डा.भट्टराई:बढ्न पनि सक्छ । त्यस्ता आवाज पनि सुनिन थालेका छन् । गलत आवाजहरु गलत निकायहरुबाट गलत तरिकाबाट आउनु हुदैन ।

 

प्रश्नः तपाईले गलत तरिका र गलत निकायबाट आएको भन्नु भयो नि, त्यो निकाय र भन्ने तरिका कसलाई भन्नु भएको हो ?
डा.भट्टराई: संविधान भन्दा बाहिरबाट बोल्नेहरुलाई भनेको ।

 

प्रश्नः कसले बोल्यो त्यस्तो ?
डा.भट्टराई: बोलिराखेका छन् त । अब कसले भनेर मैले यही भनेर किन भन्नु प¥यो र ।

 

प्रश्नः सरकारलाई त्यस्तो लागिसकेको रहेछ भने त जनतालाई त भन्नु प¥यो ।
डा.भट्टराई: त्यो तपाईले पनि देख्नु भएको छ, मैले पनि देखेको छु । प्रतिबन्धित राजनीतिक दलहरुका गतिविधिहरु पनि त्यहाँ छन् । संविधानभन्दा बाहिर रहेर नाराहरु, भनाइहरु आइरहेका छन् त ।

 

प्रश्नः दुई ओटा कुरा भन्नु भयो तपाईंले एउटा त  संविधानको मर्म भन्दा बाहिर रहेर कुरा गर्ने भनेर राप्रपालाई भन्न खोज्नु भएको होला तपाईंले ?
डा.भट्टराई: होइन, संविधान भन्दा बाहिरका एजेण्डा ज –जसले बोकेका छन्, त्यसैलाई भनिन्छ ।

 

प्रश्नः तपाईंले प्रतिबन्धित पनि भन्नु भयो पार्टीमा भनेको त्यो नेत्रविक्रम चन्दहरुले पनि राजा फर्काउन खोज्या ?
डा.भट्टराई: होइन, नेत्र विक्रम चन्दहरु पनि त यो व्यवस्था उल्टाउने काममा त लागेका छन् नि । यो संविधान असफल बनाउन लागेका छैनन् र ?

 

प्रश्नः भनेको त्यसले अन्तत्वगत्वा राजतन्त्र फर्काउने शक्तिलाई नै सहयोग पु¥याउँछ भन्ने तपाईको बुझाइ ?
डा.भट्टराई: प्रतिगामी शक्तिलाई नै सहयोग पु¥याउँछ । यतिबेला हामीले जनताले पाएका अधिकारहरु लामो संघर्षबाट प्राप्त संस्थागत गरिएका विषयहरुलाई उल्ट्याउन खोज्दा त्यसको सहयोग अन्तत्वगत्वा प्रतिगामी शक्तिलाई हुन्छ । जुन कुरा हामीले विगतमा भोगेका छौं ।

हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षाका बीचमा खाडल पर्ने गर्छ । त्यो खाडलको व्यवस्थापन सरकारले गर्नु पर्छ । तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ । त्यसतर्फ उन्मुख छ कि छैन भनेर हेरिनु पर्छ । त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै छ भन्ने तर्फ जाने कुरा सकारात्मक रुपमा लिनु पर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुन खालको जन असन्तोष हो, त्यसलाई प्रयोग गरेर व्यवस्था कै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्ने तर्फको संम्भावना इंगित हो ।

प्रश्नः अनि तपाईले टिवट्मा क–कसलाई कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भने भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था पनि भन्नुभएको छ । कसले एक ठाउँमा कसरी ल्याउँन खोजिराखेको छ ?
डा.भट्टराई: तिनै शक्तिहरुलाई यो संविधान, यो व्यवस्था चित्त बुझेको छैन् । हिजोका आन्दोलनबाट किनारा लागेका शक्तिहरु त्यसो गर्न सकिन्छ कि भनेर लागेको हामीले आभास पाएका छौं ।

 

प्रश्नः अनि बाहिरका शक्ति भनेर कसलाई संकेत गर्नु भएको ?
डा.भट्टराई: बाहिरका शक्ति भनेर जो जो त्यो ल्याउनु हुँदैन भनेर लाग्ने शक्तिलाई नै इंगित गर्न खोजिएको हो ।

 

प्रश्नः त्यस्ता मित्र राष्ट्रहरु पनि छन् ?
डा.भट्टराई: होइन, त्यो त तपाईंले नाम लिनु भयो होइन । मैले त भित्र बाहिरका शक्ति भनेर भनेको छु । मैले भनेका कुरा मात्रै बुझौंन ।

 

प्रश्नः अलिकति जनताले पनि बुझ्ने गरि भन्दिनु प¥यो ?
डा.भट्टराई: मैले बुझ्ने गरि नै भनेको छु  भन्ने त मैले हो नि । मैले जनतालाई जे कुरा सम्प्रेषण गर्न खोजेको छु त्यही कुरानै सजिलो हुन्छ ।

 

प्रश्नः यो भनाई कस्तो बेला आयो भने राजपा र समाजवादी पार्टी एउटा सरकारमा छ, एउटा विपक्षमा छ । ती दुई बीच एकीकरणका चर्चा चलिराखेको बेलामा ।
डा.भट्टराई: तपाईको व्याख्या हो । मैले लेखेको भाषाले त्यो कुरा दिदैन । मैले त्यहाँ प्रष्ट रुपमा भनेको छु, यो व्यवस्था उल्टाउन खोज्ने शक्तिहरु । यो संविधानलाई उल्टाउन खोज्नेहरु जसलाई यो हिजो ल्याएको चित्त बुझेको छैन् भन्ने शक्तिलाई इंगित गर्न खोजिएको भन्ने बुझ्नु प¥यो ।

 

प्रश्नः इतिहास दोहो¥याउँने कुचेष्टा भनेर छुट्टै वाक्य पनि राख्नु भएको छ । त्यो भनेको विगतमा प्रचण्डले केपी ओलीको सरकार ढालेर सरकार बनाएका थिए । कतै त्यस तर्फ संकेत गरेको हो कि ?
डा.भट्टराई: यो कुरा चाहि तपाईंको अनौठो लाग्छ  । तपाईंको आफ्नो खालको व्याख्या गर्ने होइन । मैले श्रृखंलावद्ध रुपमा भनेको छु सुरुमा मैले जे भनेको छु, त्यसैको निरन्तरताको रुपमा इतिहास मैले अघिनै भने । २००७ सालमा हामीले आन्दोलन ग¥यौं, ०४६ सालमा आन्दोलन ग¥यौं । पटक पटक हाम्रा आन्दोलनहरु खोसिए । पटक पटक हामीले संविधान ५र६ वटा बनाउनु पर्यो यो मुलुकमा । त्यस कुरातर्फ इंगित गरेर मैले भनेको हुँ । त्यस तर्फ जानु हुँदैन भन्ने हो मेरो भनाइ हो।

 

प्रश्नः सन्दर्भ कस्तो पर्यो भने अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच मतभेदका खबरहरु आइराखेको बेलामा तपाईंले यो टिविट् गरेको हुनाले‘…
डा.भट्टराई: तपाईंले जोड्न चाहनु भयो । त्यसको लागि अब तपाईंलाई म के भनौं ? धन्यवाद नै दिन्छु । किनभने तपाईंले नभएको कुरा जोड्दिनु भयो ।

 

प्रश्नः भनेको तपाईंसँग स्पष्ट हुन खोजेको कारण के भने विभिन्न किसिमले विभिन्न अर्थ लगाउन सकिने अवस्था देखियो । तर तपाईंले त्यो कुरा अस्वीकार गर्नुभयो ?
डा.भट्टराई: त्यस्तो अर्थ लाग्दैन ।

 

प्रश्नः तपाईंले बढ्दो जनअपेक्षा सरकारको कमजोर डेलिभरी प्रणाली यसबाट उत्पन्न जन असन्तुष्टिलाई प्रयोग गर्न खोजेको भन्नु भएको छ होइन ? यसले चाहिं सरकारको कमजोरी छ भन्ने तपाईले स्वीकार्नु हुन्छ ?
डा.भट्टराई: जनताको अपेक्षा बढ्दो छ । त्यो बढ्दो जनअपेक्षा पुरा गर्नका लागि सरकारले जुन किसिमको सर्भिस डेलिभरी गर्नु पर्ने हो, उसमा कमजोरी छ भन्न खोजेको हो मैले ।

 

प्रश्नः हो त्यो कमजोरी स्वीकारेपछि सरकार आफै हाँकिराख्नु भएको छ । त्यो काम गर्दिने बित्तिकै त यति धेरै चिन्ता सार्वजनिक नै गर्नु पर्ने थिएन नि त । त्यो आत्मविश्वास अलि कमजोर भएको हो कि ?
डा.भट्टराई: हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षाका बीचमा खाडल पर्ने गर्छ । त्यो खाडलको व्यवस्थापन सरकारले गर्नु पर्छ । तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ । त्यसतर्फ उन्मुख छ कि छैन भनेर हेरिनु पर्छ । त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै छ भन्ने तर्फ जाने कुरा सकारात्मक रुपमा लिनु पर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुन खालको जन असन्तोष हो, त्यसलाई प्रयोग गरेर व्यवस्था कै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्ने तर्फको संम्भावना इंगित हो ।

 

प्रश्नः जनताले त पाँच वर्षको लागि भनेर तपाईंहरुलाई…
डा.भट्टराई: त्यही पाँच वर्षकै निम्ति भनेर पठाएको हुनाले पाँच वर्षसम्म उसले काम गरेर दिने समय अवधि दिनु पर्छ भन्ने हो ।
प्रश्नः तपाईकै पार्टी अध्यक्षले त सरकारको नेतृत्व आलोपालो गर्ने सहमती नै गरेका रहेछन् । भनेपछि त पाँच वर्ष त तपाईंले नपाउने अवस्था देखिहाल्यो नि ?
डा.भट्टराई: होइन अब उहाँहरुले के गर्नु भएको छ, औपचारिक रुपमा हामीलाई भन्नु भएको छैन् । औपचारिक रुपमा नभनेपछि मैले त्यसमा बोल्न मिलेन, हैन ? तर नेकपालाई सूर्य चिन्हमा मतदान दिएर पाँच वर्षका लागि निर्वा्चित गरेको हो । पाँच वर्षसम्म पर्खने धैर्य हरेकसँग रहनु पर्छ । नभए ठिक छ जनतासँग विकल्प जहिले पनि छ ।

 

प्रश्नः होइन, तपाईंले सूर्य चिन्हलाई मात्र भन्नु भयो । सूर्य चिन्हलाई मात्र दिएको होइन नि त, माओवादी ।
डा.भट्टराई: पछि त सूर्य चिन्हनै भएको छ अहिले । एकीकरण पछिको चिन्ह सूर्य नै रहेको छ ।

 

प्रश्नः त्यसो भए नेतृत्व पनि परिवर्तन हुदैन ?
डा.भट्टराई: मैले बुझेसम्म यो पाँच वर्षकै लागिसम्म हाम्रै पार्टी अध्यक्षले नै बोलिराख्नु भएको छ । ठूला नेताहरुले बोलिराख्नु भएको छ । अहिले मैले जे सुनेको छु त्यही बोल्नु पर्यो नि ।
Facebook Comments