परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

क्लिन फिड लागु गर्ने प्रावधानप्रति चारवटा मिडिया संगठनको पूर्ण समर्थन

क्लिन फिड विवाद

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकोमा यो प्रावधानलाई स्वागत गर्दै नेपाली मिडियाका संगठनहरु नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) ले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । शुभशंकर कंडेल, अध्यक्ष नेपाल मिडिया सोसाइटी, रबीन्द्र कुमार रिजाल (शशी), अध्यक्ष नेपाल विज्ञापन संघ, सुवास खतिवडा, अध्यक्ष सामुदायिक प्रसारक संघ (अकोराव) नेपाल र चन्द्र न्यौपाने, अध्यक्ष ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) द्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तीको पूर्णपाठ निम्न अनुसार रहेको छ :

नेपाली मिडिया र मिडियासँग सम्बन्धित संघ, संगठनले एक दशक अघिदेखि सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्री परिषदले मिति २०७३/४/७ गते क्लिन फिड नीति पारित गरिसकेको छ । नीति कार्यान्वयनमा विभिन्न अल्झंन आइरहेको सन्दर्भमा सरकारले हालै विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकोमा नेपाल मिडिया सोसाइटी, अकोराव, बान, र नेपाल विज्ञापन संघ हार्दिक स्वागत गर्दछौं । क्लिन फिड नीति भनेको नेपालको सीमा भित्र प्रसारण हुने बिदेशी टीभी च्यानलमा राखिने विज्ञापन नेपालमा नै छनोट, उत्पादन र वितरण गर्ने कार्य हो । यसले स्वदेशी उत्पादन र उद्योगलाई सहयोग र विस्तारका लागि प्रवद्र्घन गर्नुका साथै परनिर्भरतलाई समेत कम गर्न सघाउ पु¥याउँछ । तसर्थ सरकारको क्लिन फीड नीतिलाई हामी पूर्ण रुपमा स्वागत गर्दछौं ।

क्लिन फिड नीति कार्यान्वयन नहुँदा नेपाली बजारलाई विदेशी विज्ञापनले प्रदुषित गरिरहेको छ, यसले नेपाली मौलिक उत्पादन र राष्ट्रिय उत्पादनलाई समेत नकारात्मक प्रभाव पारिरहेको छ । संसारका अधिकांश राष्ट्रले क्लिन फिड लागू गरिरहेको परिवेशमा नेपालमा पनि लागू गर्न ढिलाइ भइसकेको छ । नेपाली बजारलाई लक्षित गरेर प्रसारण भएका विदेशी च्यानल क्लिन फिड हुनुपर्छ भन्ने हाम्रो सिधा र सरल मान्यता हो । यो कसैविरुद्ध लक्षित नभएर सबै नेपालका व्यवसायी, नेपाल सरकार र जनताका पक्षमा केन्द्रित र सार्वभौम तथा राष्ट्रवादी मान्यता हो

विदेशी च्यानलमा विज्ञापन रहित स्वच्छ र छनोट गरिएको विषयबस्तु मात्र हेर्न पाउनु उपभोक्ता अधिकार हो । पैसा तिरेर पनि अन्य मुलुकको विज्ञापन हेर्नु पर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुनु आवश्यक छ । विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा कुनै बहानाबाजी आवश्यक छैन । यो एक सार्वभौम राज्यले आफ्नो देशको भाषा, संस्कृति र व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि गर्नैपर्ने व्यवस्था हो । क्लिन फिड लागू भएपछि नेपाली कला, संस्कृति र सिर्जनशीलताको विकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने हाम्रो विश्वास छ ।

क्लिन फिड नीति कार्यान्वयन नहुँदा नेपाली बजारलाई विदेशी विज्ञापनले प्रदुषित गरिरहेको छ, यसले नेपाली मौलिक उत्पादन र राष्ट्रिय उत्पादनलाई समेत नकारात्मक प्रभाव पारिरहेको छ । संसारका अधिकांश राष्ट्रले क्लिन फिड लागू गरिरहेको परिवेशमा नेपालमा पनि लागू गर्न ढिलाइ भइसकेको छ । नेपाली बजारलाई लक्षित गरेर प्रसारण भएका विदेशी च्यानल क्लिन फिड हुनुपर्छ भन्ने हाम्रो सिधा र सरल मान्यता हो । यो कसैविरुद्ध लक्षित नभएर सबै नेपालका व्यवसायी, नेपाल सरकार र जनताका पक्षमा केन्द्रित र सार्वभौम तथा राष्ट्रवादी मान्यता हो । नेपालमा क्लिन फिड लागू गर्ने विषयमा विगत एक दशकदेखि प्रशस्त मात्रामा सरोकारावालाहरुदेखि विज्ञहरुसम्म पटक पटक बहस पैरवी भएको र यो विषय नेपालका मिडियासँग सम्वन्धित सबै संघ संस्थाहरुको साझा आवाज पनि हो ।

अहिले बहुराष्ट्रिय कम्पनीहरुको विज्ञापनमा विदेशी पात्रमाथि नेपाली भाषाको प्रयोग एउटा ठट्टा र मजाकजस्तो देखिएको छ । नेपालमा टिभी विज्ञापन मध्ये, ७० प्रतिशत बिज्ञापन छिमेकी देशका बहुराष्ट्रिय कम्पनिद्वारा विदेशी भाषामै उत्पादन गरिएकाखछन् । क्लिन फिड नीति लागू भए पछि भारतीय तथा अन्य बैदेशिक सामाग्रीहरुको नेपालमा सित्तैमा बिज्ञापन गर्ने प्रचलनको अन्त्य हुनेछ र स्वदेशमै उत्पादित सामग्रीले राम्रो बजारीकरणको अवसर प्राप्त गर्न सक्छन् । यसले देश आर्थिक समृद्धितर्फ उन्मुख हुनेछ भन्ने हाम्रो विश्वास छ । विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम हो ।

क्लिन फिड नीतिले उपभोक्तालाई छनौटको अधिकार दिनेछ र कुनै पनि नागरिकले आफ्नो आवश्यकता र आर्थिक क्षमता अनुसार सेवा उपभोग गर्नेछन् साथै उपभोक्तामाथि च्यानलको अनावश्यक भार अन्त्य हुनेछ । विदेशी कम्पनीहरूले नेपालमा खर्च नगरी करोडौं मूल्यको प्रचारप्रसार पाइरहेका मात्र छैनन् , ती च्यानल प्रसारण गर्न दिएवापत नेपालीहरुबाट निकै ठूलो रकम पनि असुली रहेका छन् । क्लिन फिड लागू भएपछि विदेशी कम्पनीहरुले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्नुपर्र्ने हुन्छ । यसले गर्दा नेपाली कलाकारले रोजगारी पाउने र नेपाली भाषा संस्कृतिको जगेर्नामा मद्दत पुग्नुका साथै नेपाली विज्ञापन व्यवसायको बृद्वि र संस्थागत विकासका लागि कोशेढुंगा सावित हुनेछ । क्लिन फिड नीति, २०७३ मा उल्लेख भएको विषयहरु यथाशिघ्र कार्यान्वयन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं साथै नेपाली विज्ञापन र मिडिया व्यवसायमा संलग्न सम्पूर्ण सरोकारवालाहरु र सरकारलाई क्लिन फिड निति लागु गराउने विषयमा अडिग रहन हार्दिक अपिल गर्दछौं ।

Facebook Comments