नेपालमै छ नेपाली राजनीतिको मियो
राजनीतिक बहस - २
हिजो लखनउ र सिलिगुडीमा माओवादीसँग वार्ता गर्ने वातावरण बनाउँदा माधवकुमार नेपाल र बामदेव गौतम सत्तामा थिएनन् । गर्दा सबैले हुन्छ । जिम्मेवार प्रतिपक्षले झन वातावरण बनाएर सरकारलाई सहयोग ग¥यो भने अर्को निर्वाचनमा विपक्षमै रहेर पनि हामी गरेका काम भनेर भोट माग्न सजिलो हुन्छ ।
यसरी हेर्दा नेपालमा कहिल्यै स्थिर सरकार नबन्ने देखिएपछि पूर्व एमाओवादी केन्द्र र पूर्व एमालेबीच चुनावी गठबन्धनसहितको पार्टी एकताको शिलशिला अगाडि आयो । पार्टी एकताको प्रक्रिया टुङ्गोमा पुग्ने अवस्थामा रहेको छ । यो काम पनि राउत सहमति शैलीमै भएको थियो । यस्ता कतिपय काम गर्दा काम सकिएपछि मात्रै सूचना बाहिर ल्याइन्छ । किनभने सूचना बाहिर आउना साथ परिस्थिति नै बदलिने गरेको छ । त्यतिखेरै पनि दुबै पार्टी एउटै चुनाव चिन्हमा चुनावमा जाने सहमति भई लेखिनमात्र बाँकी रहेको थियो तर, सूचना चुहिएको कारण माओवादीतिरबाट एउटै चिन्हमा चुनाव लड्नु हुँदैन भन्ने मतले नेतृत्व ग¥यो जसको कारण दुबै दल मिलाउँदा पनि दुई तिहाई नपुगेको हो । यदि एउटै चुनाव चिन्हमा चुनावमा गएको भए दुई तिहाई पु¥याउन समस्या नै हुने थिएन । यहाँ के भन्न खोजिएको हो भने सूचना बाहिर जानसाथ शक्ति केन्द्रहरुले खेल्ने ठाउँ पाउने छन् । त्यसकारण उनीहरुलाई सुइकै नदिई सहमति गरिएको हो । यस्ता धेरै तथ्यहरु छन् संविधान निर्माणको अवस्थामा पनि नेपालको समस्या नेपालभित्रैबाट खोज्न सकिन्छ भन्ने सन्देश बाहिर आएपछि भारतले नाकाबन्दी गरेको हो । यी सबै कामको पछि केपी शर्मा ओलीको अहम् भूमिका रहेको छ ।
यसबाहेक पनि ओली सरकारले चीन र भारतसँगको सहकार्यको विकास गर्दै विकास निर्माणको प्रक्रिया अगाडि बढाएको छ । चीनसँग व्यापार तथा पारवहन संधि, पेट्रोलियम पदार्थको उत्खनन्, रेलमार्गको सम्भावित अध्ययन र निर्माण कार्यमा तदारुकता, भारतसँग रेलमार्गको विस्तार, जलमार्गको उचित व्यवस्था, हाइड्रो पावरको निर्माण विजुली बेच्ने सम्झौताजस्ता दीर्घकालिन विकासको आधारभूमि तयार गरेपछि हिजो ठेक्कापट्टा सञ्चालन गर्ने उत्तम विधि सरकारमा जानु नै हो भन्ठान्नेहरु तर्सिनु स्वभाविक नै हो । अहिले विपक्षी पार्टीको विरोधले मात्रै ओली सरकार ढल्दैन भन्ने कुरा दुनियाँलाई थाहा भएकै कुरा हो त्यसैले ओलीले नेतृत्व गरेको पार्टीभित्रैबाट केही गोटी बन्दैछन् भन्ने जनताको भनाइलाई असान्दर्भिक मान्न सकिन्न ।
तर, उनी किन त्यो सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो समातिरहेका छन् ? त्यो निश्चय नै हो सशस्त्र विद्रोह पछिको अवतरणमा राजनीतिक व्यक्तिहरु राजनीतिक धारमा आउँछन् । त्यसबाहेक, गैरराजनीतिक र आपराधिक समूहहरुले राजनीतिक धार समाउन सक्दैनन् । सरकारले पनि त्यस्तै व्यवहार गर्नुपर्छ राजनीतिक धारलाई राजनीतिक व्यवहार र आपराधिक धारलाई प्रशासनिक व्यवहार गर्नुपर्छ । जुन ओली सरकारले गरेको छ । अहिले सबै मुद्दाहरु जनताको अभिमतबाट सम्वोधन गर्न सकिने छ । कम्युनिष्ट पार्टी जनतामा आधारित पार्टी हो । त्यसैले कम्युनिष्टहरुले सभालाई जनसभा भन्छन्, संगठनलाई जनसंगठन भन्छन्, गीतलाई जनगीत वा जनताको गीत, संघर्षलाई जनसंघर्ष, क्रान्तिलाई जनक्रान्ति, युद्धलाई जनयुद्ध संविधान निर्माण गर्दा पनि जनसंविधान भनियो तर, यी तमाम कार्यको अगाडि जनता जोड्ने कम्युनिष्ट तिनै जनतासँग मत लिएर जनसरकार बनाउन किन पछि परेको ? यसमा लुकेको के रहस्य छ ? सबै राजनीति अधिकार प्राप्त भई सकेर खुल्ला ढंङ्गले पार्टी दर्ता गरेर चुनावमा जाने बाटो हुँदा हुँदै जोर जबरजस्ती गर्दै बम, पड्काउने, आगजनी गर्ने, बन्दूक बोकेर जनतालाई त्रास देखाएर स्वार्थ सिद्ध गर्ने कुनै समूहलाई राजनीतिक मान्न सकिन्न । अब प्रणालीमा परिवर्तन गर्ने ठाउँ छैन, सकिएको छ । अब गर्ने सत्ता परिवर्तन मात्रै हो । त्यसै गर्ने हो भने निर्वाचनबाट आए भइहाल्छ । सजिलो बाटोबाट आउन नचाहने र बन्दुक र बारुद बोकेर हिँड्नेलाई राजनीतिक व्यवहार गर्नु हुँदैन । उनीहरु जसरी आएका छन् त्यसैगरी जवाफ दिनु पर्दछ । अब कुनै दिन विप्लब वार्तामा आएभने पनि एनसेल कार्यालयमा बम प्रहार गर्दा होस् वा म्यानपावर कम्पनीका मालिकको घरमा आगजनी गर्दा भएको क्षतिको जिम्मेवारी लिदै न्यायालयले गर्ने कार्वाहीको भागिदार बनेरै आउनु पर्छ । पछि राजनीतिक सम्झौता हुन्छ खुन माफ हुन्छ भन्ने नसोच्दा राम्रो हुन्छ र सरकारले पनि त्यस्तो हरकत गर्नेप्रति कठोर भएरै जानुको विकल्प खोज्नु हुँदैन । खाली हातसँग खालीहात र हतियार उठाउनेसँग हतियारबाटै समाधान खोज्नु पर्छ । अब कानुनी राजको प्रत्याभूति दिन सरकार पछि पर्नु हुँदैन । विप्लबलाई विकल्प दिन सरकार तयार होस् । विप्लबका शुभचिन्तकहरुलाई साँच्चै चिन्ता लागेको भए वार्ता गराउ राजनीतिक वार्ता गर्ने वातावरण बनाउन सरकारमा गई राख्नु पर्दैन । हिजो लखनउ र सिलिगुडीमा माओवादीसँग वार्ता गर्ने वातावरण बनाउँदा माधवकुमार नेपाल र बामदेव गौतम सत्तामा थिएनन् । गर्दा सबैले हुन्छ । जिम्मेवार प्रतिपक्षले झन वातावरण बनाएर सरकारलाई सहयोग ग¥यो भने अर्को निर्वाचनमा विपक्षमै रहेर पनि हामी गरेका काम भनेर भोट माग्न सजिलो हुन्छ । विरोधी होइन प्रतिपक्षी बनौं संविधानले बर्जित गरेको विषयमा बोल्दा स्वार्थप्रेरित नबनौं, बाहिरी देश र नेताका बारेमा बोल्दा आफ्नाको आशौच बार्नु पर्दैन र हुँदैन पनि । विरोधको संस्कृति त्यागौं । अहिलेलाई यति ।