परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विकासको आकर्षण र परनिर्भरतातर्फको गन्तब्य

(बिख्यात् वामपन्थी चिन्तक समीर अमिन ८७ वर्षको उमेरमा यसै साल बित्नुभयो । अमिनको सम्झना र सम्मानमा नेपाल अध्ययन केन्द्रले २०७५ साल भदौ १७ गते काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा समीर अमिनको व्यक्तित्वमाथि राजनीतिशास्त्री हरि शर्मा, वामपन्थी चिन्तक तथा नेता घनश्याम भूषाल, लेखक झलक सुवेदी र त्रिभुवन विश्वविद्यालय  समाजशास्त्र विभागकी उपप्रध्यापक विद्या भट्टराईले समीर अमिनका योगदानमाथि गहन प्रस्तुति दिनुभएको थियो । त्यो कार्यक्रममा उपप्रध्यापक विद्या भट्टराईले समीर अमिनमाथि राख्नुभएका विचारका प्रमुख अंशहरू आलेखका रूपमा यहाँ प्रस्तुत गरिएको छ ।)

नेपाल अध्ययन केन्द्रले ‘समीर अमिन सम्झना र सम्मान’ विषयमा कार्यक्रम आयोजना गरेर जुन विचार राख्ने अवसर दिनुभएको छ, यसका लागि आयोजकलाई धन्यवाद दिन चाहन्छु । आज हामी समीर अमिनलाई सम्झिरहेका छौँ। समीर अमिन केही समय पहिला मात्र यो धर्तीवाट विदा हुनुभएको छ । उहाँप्रति भावपूर्ण श्र्रदाञ्जली प्रकट गदै विश्वमा उहाँले जुन खालका विचार र योगदान छोडेर जानुभएको छ, ती विचारहरूलाई हामी आगामी दिनमा संस्मरण गर्दै अगाडि बढ्छौ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । अब म यसै सन्दर्भमा केही आफ्ना विचारहरू प्रस्तुत गर्दछु ।

समीर अमिन भनिरहँदा समाजशास्त्रमा प्राध्यापन गर्नुभन्दा पहिला जब म विद्यार्थी थिएँ, समाजशास्त्रको अध्ययनका क्रममा मैले समीर अमिनका बारेमा खासै पढ्ने मौका पाइन । विश्वविद्यालयले मलाई धेरैजसो अन्डे् गन्डर फ्रेङ्क (Andre Gunder Frank) का विचारहरू पढायो, र उनलाई परनिर्भरताका व्याख्याताको रूपमा चिनायो । परनिर्भरतवादी सिद्धान्तका एक व्याख्याता समीर अमिन पनि हुन् भनेर जानकारीसम्म मात्र दियो । पछि जब म प्राध्यापन गर्ने बेलामा अध्ययन गर्न थालेँ, समीर अमिनभन्दा बढी फ्रेन्कलाई किन पढाइएछ भनेर पटकपटक आफँैलाई प्रश्न गर्न वाध्य भएँ । समीर अमिन कम्युनिष्ट भएकाले र परनिर्भरतावादलाई व्याख्या गर्दा पनि ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट बुझ्ने र बुझाउने कारणले कम पढाइएको हुनुपर्छ भन्ने महसूस भयो । अहिले तपाईहरूसमक्ष यी विचारहरू राख्दा पनि यही महसूसलाई आधार बनाउनेछु । खासगरी समीर अमिनको सम्झना गरिरहँदा हामी अहिले सबैभन्दा बढी विकासका लागि दौडिरहेका छौंँ । राजनीतिक र गैरराजनीतिक मञ्चमा विकास नै महत्वपूर्ण कुरा हो भनिरहेका छौँ । नेपालको सन्दर्भमा हामीले समर्थन गरेको अथवा कम्युनिष्टले सरकार बनाएपछि हामी सबैले भन्ने गरेको, सुन्ने गरिएको कुरा के हो भने राजनीति ठूलो कुरा होइन, विकास ठूलो कुरा हो भन्न थालिएको परिस्थिति छ । अब विकासलाई हामीले कसरी बुझने ? विकास के हो ?

विकास एउटा सामाजिक प्रक्रिया हो भने विकास सामाजिक सन्दर्भसँग जोडिएर अगाडि गयो भने मात्र दिगो हुन्छ । त्यसैले समीर अमिनको कुरा गरिरहँदा तीन पक्षवाट उहँलाई हेर्नुपर्छ भन्ने लाग्दछ । पहिलो, समीर अमिन, जो इजिप्सियन र फ्रेन्च नागरिकबाट जन्मेका सन्तान    थिए । उनले फान्स जस्तो राज्य र इजिप्टजस्तो राज्यलाई पनि भोगेका छन् । उनी इजिप्सियन र फ्रेन्चका कम्युनिष्ट दार्शनिकका रूपमा पनि परिचित छन्। खासगरी विकासभित्र हुने परनिर्भरतावादी विचारलाई नवमाक्र्सवादीहरूले सुस्पष्टताका साथ अगाडि ल्याएको देखिन्छ । त्यसमा समीर अमिनको योगदान महत्वपूर्ण रहेको छ । त्यो योगदान भनेको के हो भन्दा विकासलाई कसरी हेर्ने भन्ने हो । विकासलाई गहिरो गरी हेर्दाखेरी तेस्रो विश्वमा पुँजीवादी प्रणालीलाई विस्तार गर्ने एउटा माध्यमका रूपमा विकास गरिएको छ । यसलाई पुष्टि गर्न उनले तीन ढङगले व्याख्या गरेको पाइन्छ । उनले तेस्रो विश्वमा विकासले कस्तो प्रभाव पार्‍यो भन्ने विश्लेषण गरे । उनका अनुसार, तेस्रो विश्वमा विकासले सकारात्मकभन्दा नकारात्मक प्रभाव पा¥यो । किन नकारात्मक प्रभाव पार्‍यो भन्दाखेरि उनको तर्क के छ भने यो परनिर्भरताबाद भित्र पनि तीनवटा विचारधाराहरू छन् भन्ने उनको भनाइ छ । परनिर्भरतावादभित्र सहमति र केही विमतिहरू पनि रहेका छन् । परनिर्भरतावादी सिद्धान्तले पूँजीवादले पारेको नकारात्मक प्रभावको व्याख्या गर्दछ । त्यसभित्रका तर्कहरूमा भने केही मतभिन्नता रहेका छन् । यस सन्दर्भमा समीर अमिनका विचारमा विश्वलाई हेर्दा र बुझ्दा ऐतिहासिक भौतिकवादका रूपमा बुझनुपर्छ । उनी यो विश्वव्यापी प्रणाली भए पनि ऐतिहासिक भौतिकवादलाई छोडेर अगाडि बढ्न सक्दैनौ भन्ने तर्क राख्छन् । जुन तर्कलाई अन्य परनिर्भरतावादी सिद्धान्तका व्याख्याताहरूले स्वीकार गरेको पाइँदैन ।

 पहिलो– प्रविधिमा नियन्त्रण, दोस्रो– प्राकृतिक स्रोतमा पहुँच, तेस्रो– वित्तीय रूपमा असमानता, चौथो– विश्वका सञ्चार माध्यम र आम रूपमा स्रोत र साधनमाथिको कव्जा। यी पाँचवटा विषयवस्तुकै आधारमा विश्वव्यापी रूपमा पूँजीवादले एकाधिकार कायम गरिरहेको छ । यही विश्व शक्ति सम्बन्धका आधारमा विश्वलाई दुई भागमा विभाजन गर्न सक्छौँ भनेका छन् उनले । त्यो भनेको एउटा सेन्टर (केन्द्र) हो भने अर्को हो पेरिफेरी (वरपर)। सेन्टर र पेरिफेरीको सन्दर्भमा, परनिर्भरताको सन्दर्भमा समीर अमिनका केही फरक मतहरू पनि रहेका छन् ।

समीर अमिनले तेस्रो विश्वलाई अल्पविकसित शब्दले बुझिरहँदा तेस्रो विश्व अविकसित राष्ट्र र तेस्रो विश्व विकसित छैन भन्ने व्याख्या विकासले गर्न थाल्यो । अल्पविकसित विकासको कमीका आधारमा होइन, धनी राष्ट्रहरूले विकासका नाममा तेस्रो विश्वलाई गरिब देखाएर आफू धनी राष्ट्र भएको हुनका लागि प्रयोगमा ल्याएको शब्दावली हो । विकसित र अल्पविकसितको कुरा गरिरहँदा समीर अमिन के भन्छन् भने विश्वको शक्तिलाई हेर्ने हो भने अल्पाधिकारमा आधारित छ । अल्पाधिकारमा आधारित भन्नाले पाँचवटा कुरालाई लिएर पूँजीवादको एकाधिकारले विश्वमा शक्ति कायम गरिरहेको छ । ती पाँचवटा विषय हुन्ः– पहिलो– प्रविधिमा नियन्त्रण, दोस्रो– प्राकृतिक स्रोतमा पहुँच, तेस्रो– वित्तीय रूपमा असमानता, चौथो– विश्वका सञ्चार माध्यम र आम रूपमा स्रोत र साधनमाथिको कव्जा। यी पाँचवटा विषयवस्तुकै आधारमा विश्वव्यापी रूपमा पूँजीवादले एकाधिकार कायम गरिरहेको छ । यही विश्व शक्ति सम्बन्धका आधारमा विश्वलाई दुई भागमा विभाजन गर्न सक्छौँ भनेका छन् उनले । त्यो भनेको एउटा सेन्टर (केन्द्र) हो भने अर्को हो पेरिफेरी (वरपर)। सेन्टर र पेरिफेरीको सन्दर्भमा, परनिर्भरताको सन्दर्भमा समीर अमिनका केही फरक मतहरू पनि रहेका छन् ।

यो सन्दर्भ मैले किन ल्याएको भन्दा हामीले पुँजीवादलाई कसरी हेर्ने ? विकासका कुरा गरिरहँदा हामीभित्र एकखालका विमतिहरू प्रकट नै हुने गरेका छन्, त्यसलाई कसरी हेर्ने ? हामी विकासलाई आकर्षण मानिरहेका छौँ । विकासले हामीलाई कसरी परनिर्भर बनाइरहेको छ । हाम्रो मौलिक स्रोत र साधनको कसरी दोहन गरिरखेका छन् भन्ने विषयमा हामी खासै चर्चा गर्ने गर्दैनौँ । समीर अमिनको आँखाबाट नेपालको विकासलाई हेर्न सक्यो भने विकासले जन्माएको वास्तविकतालाई पहिचान गर्न सक्छौँ । यही कारण पनि समीर अमिनको सम्झना र सम्मान आवश्यक छ । किनकि समीर अमिनले बोकेका मान्यताहरूलाई स्थापित गर्न सकिएन भने भोलि यी मान्यताहरू हराउँदै जान सक्छन् । हामीले विकासलाई आकर्षणको वस्तु मात्र बनायौं भने यसको प्रभाव हाम्रो समाजमा नकारात्मक पर्नसक्छ । र, हामी विस्तारै सामाजिक प्रक्रियावाट बाहिरन सक्छाैँ भन्ने विषयमा प्रश्न उठाएर अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ । अर्कोे कुरा समीर अमिनले भन्ने गरेका दुई तीनवटा कुरा एकदमै महत्वपूर्ण छन् । आजको विश्व अर्थव्यवस्थालाई हेर्‍यौ भने पुँजीवाद नै विश्व अर्थव्यवस्थाका रूपमा आइरहेको छ । यो सत्य कुरा हो । विश्वव्यापीरूपमा पूँजीवादको दबदबा नै छ । यति हुँदाहुँदै पनि पूँजीवाद आफ्नै कारण कमजोर पनि बनिरहेको छ । त्यो पूँजीवाद आफ्नै कारण धराशायी पनि बन्दैछ । किन बन्दैछ भन्दा समीर अमिनले दुईवटा कुरा गर्छन् । एउटा पुँजीवाद समयले ल्याएको र यो युरोपियन सन्दर्भमा विकास भएको हो । त्यही ढङगले सबै ठाउँमा विकास हुन्छ भन्ने छैन । उनी के भन्छन् भन्दा स्थानीय प्रक्रिया (पहल) ले विश्व पूँजीवादलाई निस्तेज पार्छ । सामन्यतया परनिर्भतरताको सिद्धान्तमा हामी के पढ्ने र पढाउने गर्छौँ भन्दा विश्व व्यवस्थाले स्थानीय व्यवस्थालाई प्रतिस्थापन गर्छ अर्थात् विश्व व्यवस्थाले स्थानीयलाई पुनर्निर्माण गर्ने अवस्थामा पुर्‍याउँछ । तर यो कुरालाई समीर अमिनले स्वीकार गर्दैनन् । उनी के भन्छन् भने स्थानीय प्रक्रिया र विश्व व्यवस्थामा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । स्थानीय प्रक्रियाहरू कसरी अगाडि बढ्छन् भन्ने कुराले विश्व व्यवस्थालाई सधैँ प्रभाव पार्ने गर्छ ।

जबसम्म हामीले यस्ता कुराहरूलाई बुझन सक्दैनौँ, प्रचलनमा ल्याइएकै रूपमा विश्वव्यापीकरण भन्ने शब्द सबैभन्दा बढी प्रयोग गर्ने गरिरहेका हुन्छौँ । हाम्रा वरिपरि भएका घट्नाहरूका बारेमा अथवा जीवनमा घटेका घट्नाहरूका बारेमा भन्नुपर्दा हामीले सजिलैसँग के भन्ने गरेका छौँ भने यो सबै विश्वव्यापीकरणले प्रभाव पारेको हो । हामीले विश्वव्यापीकरण विस्तारै स्वीकार गरिरहेका छौँ। तर समीर अमिन के भन्छन् भने स्थानीय प्रक्रिया कसरी अगाडि बढ्छ, जीवन कसरी अगाडि बढ्छ त्यसलाई ऐतिहासिक रूपमा विश्लेषण गरेर जबसम्म अगाडि आउन सक्नुहुन्न, तबसम्म विश्वव्यापीकरण प्रक्रियाका बारेमा व्याख्या गर्न सक्नुहुन्न । विश्वव्यापीकरण एउटा प्रक्रिया हो भने विश्वव्यापीकरणलाई पनि तपाई एउटै अवस्थामा देख्न सक्नुहुन्न । हिजो वहुध्रुबीय अवस्था थियो । विस्तारै त्यो एक ध्रुवीय हुँदै आयो र फेरि वहुध्रुवीय रूपमा अगाडि बढिरहेको छ । भन्दाखेरि, विश्वव्यापीकरणका रूपहरू पनि परिवर्तन हुँदै जान्छन् । यसो भनिरहँदा किन परिवर्तन हुन्छ त? स्थानीय तरवरमा हुने प्रक्रिया चाहे त्यो बसाइसराइको कुरा गर्नुहोस् वा आन्दोलनको कुरा गर्नुहोस्, यी कुराहरूले विश्वव्यापीकरणलाई पनि ठूलै असर गर्ने गर्छ । अरु परिनिर्भरतावादी सिद्धान्तकारभन्दा समीर अमिनको यो व्याख्या फरक छ । यो तर्क हाम्रो सन्दर्भमा सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्छ । आजको विश्व अर्थव्यवस्थाको कुरा गर्दा हामी विश्व अर्थव्यवस्थाभित्र परनिर्भर छौ । हेपाहा नीतिका अधारमा विश्व अर्थव्यवस्था कायम छ । यस सन्दर्भमा समीर अमिन के भन्छन् भने हेपिएको मात्र होइन, दुव्र्यवहार समेत गरिएको छ । त्यो दुव्र्यवहार भनेको वर्गमा आधारित छ । विश्व अर्थव्यवस्थालाई हेर्‍यौँ भने आज पनि तेस्रो विश्व पेरिफेरी हुनुको मतलव जुन ध्रुव भनेर नामाकरण गरिएको छ, त्यो विश्वको एउटा वर्गका रूपमा स्थापित भएको छ । आज पनि हामीले विश्वव्यव्स्थालाई हेर्‍यौँ भने वर्गीय द्वन्द्व र वर्गीय सङ्घर्ष अगाडि बढेका देखिन्छन् । हामीले विकासको कुरा गरिरहँदा अविकसित भनेर होइन, हामी विकासमा सँगसँगै कसरी जानसक्छाैँ, राष्ट्रिय सन्दर्भलाई कसरी तय गर्छौ भन्ने कुराका आधारमा छलफल गर्‍यौँ भने निष्कर्षमा पुग्न सकिन्छ जस्तो मलाई लाग्छ । र, समीर अमिनलाई यही पथ प्रदर्शकका रूपमा सम्झिनुपर्छ ।

Facebook Comments