परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वर्गमा महाकवि

स्वर्गको ‘क्लाइमेट’ मा निकै चिसो बढेको थियो । यसो हुनुको कारण ब्रम्हाजीको नयाँ इच्छा थियो । उनी पृथ्वीजस्तै जीवनले सम्पन्न एउटा नयाँ थलो विकास गर्न चाहन्थे ।

अनेकन विज्ञजनसँग कैयन छलफलपछि निर्णय पारित भयो— नयाँ थलो सर्पिल (स्पाइरल गैलेक्सी) आकाशगङ्गा समूहमा नबनाएर (झण्डै ८० प्रतिशत आकाशगङ्गा सर्पिलाकार छन्) दीर्घ वृत्ताकार  (Elliptical Galaxy) आकाशगङ्गा समूहको एउटा आकाशगङ्गा (यस प्रकारका आकाशगङ्गाहरूको प्रतिशत १७ रहेको छ ) मा बनाउने सर्वसम्मति भयो । हुन त विश्वकर्माको चाहना सर्पिल समूहकै ‘एण्ड्रोमेदा’ आकासगङ्गाको मध्यभागबाट उत्तरी भुजामा ५१ हजार प्रकाशवर्षस्थित ‘ह्वाइट डार्फ’ मा नयाँ थलो ‘डेभलप’ गर्नु थियो ।

तर नारदको हस्तक्षेपले उनको प्रस्ताव ‘टेवुल’ हुनासाथ अस्वीकृत भयो । नारदको तर्क थियाे, पृथ्वीवासीका यान आउँदो केही वर्षमै ‘एण्ड्रोमेदा’ मा रहेका सवै ग्रह–नक्षत्रमा ‘वीकेण्ड’ मनाउन ओर्लिनेछन् । यसले देवकार्यमा बाधा पुग्नेछ । भर्खरै पृथ्वी भ्रमण गरी फर्किएका नारदको यस स्पष्टोक्तिपछि दीर्घ वृत्ताकार आकाशगङ्गा समूहको ‘ड्राफ इलिप्टिकल’ आकाशगङ्गाको बिल्कूल ‘सेन्टर’ मा रहेको एउटा ग्रहलाई इन्द्रेणी नाम प्रदान गरी त्यहीँ व्रम्हाजीको इच्छा पूरा गर्ने निधो भयो ।

मदनलाई भोट पुर्‍याउँदा नपुर्‍याउँदै कविज्यूलाई चुरोटको तलतल लाग्यो । उहाँले ‘लौ न प्रभु, चुरोट नखाए त घाँटी नै खुलेन’ बिन्ति गर्नुभयो । तर, स्वर्ग जतिसुकै ‘एड्भान्स’ भए पनि त्यहाँ चुरोटको चलन रहेनछ । इन्द्रले त्यहाँ सुराको मात्र प्रचलन भएको धुम्र उपलव्ध नभएको जानकारी दिदै उर्वशीलाई कविसमक्ष सुरा पेश गर्ने इशारा गरे ।

इन्दे्रणीलाई पृथ्वीका माफिक अझ उन्नत ढङ्गले ‘मैकेनिकली डेभलप’ गर्ने अभिभारा इन्द्रलाई प्राप्त हुनआयो । इन्द्रलाई यो दायित्व सुम्पनुका पछाडि पनि रोचक कथा थियो ।

पृथ्वी ग्रहको नेपाल देशबाट लक्ष्मीप्रसाद देवकोटा नामक एक कवि पृथ्वीको आफ्नो बसाइ सकेर जब स्वर्ग पुगे, उनको मुनामदनको ख्याति भने उनीभन्दा पहिला नै त्यहाँ पुगिसकेको थियो । उनले देवकोटासंग मुनामदन सुनाउन आग्रह गरे । कविज्यू हर्षले गद्गद् हुनुभयो र सहर्ष इन्द्रको आग्रह स्वीकार्नुुभयो ।

मदनलाई भोट पुर्‍याउँदा नपुर्‍याउँदै कविज्यूलाई चुरोटको तलतल लाग्यो । उहाँले ‘लौ न प्रभु, चुरोट नखाए त घाँटी नै खुलेन’ बिन्ति गर्नुभयो । तर, स्वर्ग जतिसुकै ‘एड्भान्स’ भए पनि त्यहाँ चुरोटको चलन रहेनछ । इन्द्रले त्यहाँ सुराको मात्र प्रचलन भएको धुम्र उपलव्ध नभएको जानकारी दिदै उर्वशीलाई कविसमक्ष सुरा पेश गर्ने इशारा गरे ।

कविज्यूले ‘प्रभो, म बाहुनको छोरो, सुरापान कसरी गरौं ? यसले त मेरो कुल, मर्यादा र तीनै लोक बिगार्छ ! भनी असमन्जस्यता पोखे ।
इन्द्रले अट्टहास गर्दै भने- ‘हे कवि ! सवै आचरणको फलस्वरुप तिमीलाई स्वर्ग बोलाइएको हो । तिमी आचरण धारण गर्ने पृथ्वीमा छैनौ, स्वर्गमा छौ । यहाँ कुनै कर्मको प्रतिफल हुँदैन । निसङ्कोच भएर सेवन गर ।’

‘हुन त हो प्रभु, मैले पृथ्वीमा रहँदापनि एक पटक त्यो मायानगरी मुम्वईमा ‘बीफ’ सेवन गरेको थिएँ तर पनि स्वर्ग नै प्राप्ति भयो ।’ यति भन्दै कविज्यूले सुरापान गर्दै कविता पाठ पूरा गरे ।

यो सारा वृतान्त इन्द्रसँग रिसाएको कुनै एक पात्रले फूलबुट्टा भरेर शिवजीलाई सुनाइदिएछ । शिवजी नानाभाँतिका तम्वाकु, गाँजा, चिलिम नन्दीलाई वोकाएर स्वर्ग आइपुग्नुभयो । इन्द्रसँग रिसाउँदै भन्नुभयो- ‘स्वर्ग आएको पाहुनालाई तिमीले आराम पनि गर्न नदिई काम गर्न लगायौ ? तिमीलाई थाहा छैन? धुम्रपान सेवन गर्ने सबै मेरा भक्तजन हुन्, कविले धुम्रपान माग्दा तिमीले उपलब्ध नगराएर उनको होइन, मेरो अपमान ग¥यौ । स्वर्गमा निर्बाध मदिरा उपलव्ध छ भने चुरोट किन छैन ?’

महादेवको गर्जन सुन्नासाथ इन्द्रको प्रज्ञाले बुझ्यो – अव केही अनर्थ हुनेछ । स्तुतिको लयमा क्षमायाचना गर्दै भने—‘महाकविको महाकाव्य श्रवणलोभ संवरण गर्न नसकेर मबाट यस्तो अपराध हुनगयो, क्षमा पाउँ !’

महादेवले व्यङ्ग्यमिश्रित स्वरमा भन्नुभयो- ‘इन्द्र तिमीलाई थाहा छ? म आफूप्रति भएको अपराधको त क्षमा दिन सक्छु तर भक्तप्रति भएको अपराधलाई क्षमा गर्नु जगत्को ‘फण्डामेन्टल स्ट्रक्चर डिष्टर्व ’ गर्नु हो । यो सम्भव छैन । कविले झण्डै ४१ मिनेट जति कविता पाठ गरे, तिमीले ४१ वर्ष पृथ्वीमा गएर बिताउनुपर्छ । कुन रूपमा बिताउने, त्यसको निर्धारण कविज्यूले गर्नुहुन्छ ।’

कविज्यूले महादेवसमक्ष विनितभावले भने, ‘प्रभू ! यो चोला पृथ्वीलोकमा रहँदा ‘अक्सफोर्ड’ मा गएर पढ्ने खूब तमन्ना थियो तर, पटनाभन्दा पर पुग्न सकिएन । मेरो इच्छा छ, उहाँ नेपालमा जन्म लिएर ‘अक्सफोर्ड’ मा गई पढ्नेगरी पृथ्वीलोक जानुहोस् ।’

अब क्षत्रीयको छोरोलाई विनम्रतामा भोटेको पाऊ छुन लगाउने बाहुनकै छोरोको हृदयको विशालता भला इन्द्रलाई के थाहा हुनु ? इन्द्रको मनस्थिति निर्वाचनताका हुने हाम्रा नेताहरूको झैं थियो । एकजना मेरा पनि (यो लेखकका) मित्र चुनाव लडेका थिए– नारायण ढकाल, काठमाडौँबाट । चुनावपछि न्यूरोडको पिपलबोटमा आफ्नो अनुभव यसरी सुनाए – दुवै हात जोडेर सवैलाई नमस्कार गर्दागर्दा सपना पनि नमस्कार मुद्राकै आउन थाले । एक दिन चुनावी सभाबाट फर्किँदै गर्दा झिस्मिस् अँध्यारो भईसकेको थियो । केहि पर एक व्यक्ति उभिएको देखेँ, मैले परैबाट नमस्कार उद्घोष गरेँ, नजिक पुगेर हेर्दा त रूख पो रहेछ । इन्द्र, नारायण ढकाल झैं चुनावी मुद्रामा, कविज्यूतिर काँतर निगाहले हेर्दै थिए ।

कविज्यूले महादेवसमक्ष विनितभावले भने, ‘प्रभू ! यो चोला पृथ्वीलोकमा रहँदा ‘अक्सफोर्ड’ मा गएर पढ्ने खूब तमन्ना थियो तर, पटनाभन्दा पर पुग्न सकिएन । मेरो इच्छा छ, उहाँ नेपालमा जन्म लिएर ‘अक्सफोर्ड’ मा गई पढ्नेगरी पृथ्वीलोक जानुहोस् ।’

महादेवले इन्द्रलाई वचनले लतार्दै भन्नुभयो- ‘अब त वुझ्यौ होला इन्द्र, व्राम्हणलाई श्रेष्ठ किन भनिएको हो ? कविले श्रापलाई वरदानमा परिणत गरिदए । तिमी पृथ्वीलोक समयानुसार एकचालिस वर्ष स्वर्र्गबाट निष्कासनमा जाऊ ।’ हावाबाट मोवाइल जस्तो ‘डिभाइस’ प्रकट गरेर त्यसमा केही गणना गरी उहाँले भन्नुभयो— ‘यो ‘टाईम डाइलेटर डिभाइस’ अनुसार पृथ्वीको चालिस वर्षको समय स्वर्गलोकको आधा सेकेण्डभन्दा केही कम हुनेछ ।’

कविको तिमीप्रतिको करुणाभावका लागि श्रेष्ठ ब्रह्मणत्व आचरण प्रदर्शनका लागि उनलाई तिम्रो पदमा प्रतिस्थापन गर्ने मेरो निर्णय कार्यान्वयन होस् । उर्वशी र मेनका दुबैले उनलाई राजकाजमा सहायिका झैँ सघाउनेछन् । र, म पनि कैलाश प्रस्थान हुनुअघि कविसँग पञ्चचामर छन्दको एउटा रचना सुनाउने आग्रह गर्दछु ।’

जटा भुजंगपिंगलं स्फुरत्फणामणिप्रभा,
कदंबकुंकुम द्रवप्रलिप्त दिग्वधूमुखे ।

मदांध सिंधु स्फुरत्वगुत्तरीयमेदुरे,
मनो विनोदद्भुतं बिंभर्तु भूतभर्तरि ।।

कवि ज्यूले साक्षात शिवजी कै अगाडि उनकै बन्दना गर्ने अबसर किन गुमाउँथे ।

Facebook Comments