परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १९ मंगलबार

  • आन्दोलनरत चिकित्सक र सरकारबीच तीनबुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलन गरेका छन् । तर त्यस सहमति उपभोक्ता हित विपरीत भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले मुद्दा दायर गर्ने बताएको छ ।

 

  • बाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनी इच्छुक रहेको समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

 

  • जाजरकोटको मोटरमार्ग नै नभएको छेडागाड नगरपालिकाले ६० लाखको गाडी र छवटा मोटरसाइकल खरिद गरेको समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

 

  • शीर्षनेताहरूले नै भागबण्डामा चित्त नबुझाउँदा नेकपाको एकता प्रक्रिया भद्रगोल हुन पुगेको समाचार पनि अन्नपूर्ण दैनिकमा नै प्रकाशित छ ।

 

  • वैदेशिक रोजगारीमा गएका युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोडभन्दा बढी भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • २०७४ साल मंसिर २० गतेदेखि अस्तित्वमा आएको नेपाल विद्युत नियमन आयोग पदाधिकारीविहीन हुँदा उर्जा मन्त्रालयले नियमावली ल्याएर विद्युत खरिद दर (पीपीए) लगायतको दर तोको कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • दशैंका लागि उत्पयकामा ७० हजार खसीबोका भित्रिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम गरेर संघीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाइएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । यसभन्दा अघि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउन लागिएको चर्चा थियो ।

 

  • यातायात व्यवस्था विभागले ठेकेदार कम्पनी उपलब्ध गराएको स्मार्ट कार्ड (सवारी इजाजतपत्र) मापदण्डबमोजिम भए नभएको परीक्षण गर्न बोलपत्र आह्वान गरेको समाचार छ ।

 

  • बैतडीमा अरिङ्गलको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ समाचार छ ।

 

  • कर्णाली प्रदेश सरकारको अनुदान सहयोग र सहकारीको सहयोगमा रुकुम पश्चिममा पहिलो पटक दूग्ध चिस्यान केन्द्र स्थापना भएको  छ ।

 

  • सुदूरपश्चिम तथा मध्यपश्चिम मनाइने गौरा पर्व राजधानीको टुँडिखेलमा मनाइएको छ ।

 

  • संघीय संविधान जारी भएको ३ वर्षपछि सबै सात सय ५३ स्थानीय तहमा नेपाल प्रहरीको युनिट खडा भएको छ ।

 

  • साताको दोस्रो दिन नेपालको सेयर बजार (नेप्से) को परिसूचक १५.९८ अङ्कले बढेर बन्द भएको छ । सुस्त गतिमा रहेको नेप्से गतसाताको अन्तिम कारोबारको दिनदेखि उकालो लागेको थियो ।

 

  • अन्नपूर्ण पदमार्गको धेरैजसो भाग सडकमार्गले जोडिएपछि स्थानीय होटल व्यवसाय चौपट हुन पुगेको खबर छ ।
Facebook Comments