बलात्कारः छोरालाई शिक्षा र संस्कार जरुरी
हिजोआज बलात्कारका कुरा धेरै सुनिन थालेका छन् । ४ वर्षीया बालिकादेखि लिएर ८४ वर्षीया आमा समेत बलात्कार भइन् भन्ने खवर सुन्दा आङ नै सिरींग हुने गर्छ । घरमा छोरी चेली हुनेहरूलाई त ‘लौ अब यस्तै भयो भने कसरी आफना छोरी चेली जोगाउने’ भनेर चिन्ता नहुने कुरै भएन । यसरी बलात्कारका समाचार एकपछि अर्को आइरहँदा बलात्कार गर्ने व्यक्ति प्रायः फरार नै देखिन्छन् । प्रहरीले बलात्कार गर्ने पुरुषलाई खोजिरहेको जानकारी त दिने गर्छन् तर बलात्कारी खोज्दाखोज्दै एक दुई महिना टरिसकेको अवस्था हुन्छ । यदि कथम्कदाचित् बलात्कारीलाई समातिहाले पनि अनुसन्धानमा धेरै समय बित्ने गर्छ । त्यसैले बलात्कारीले सजायँ नपाउँदा पनि यस्ता घटनाहरू बढ्दै गएका हुन् कि भन्ने भान हामी सबैलाई हुने गर्छ ।
बलात्कार कोबाट हुने गर्छ त ?
यौनकुण्ठा भएका पुरुषहरूबाट पनि बलात्कारका घटना हुने गरेको अध्ययन अनुसन्धानले देखाउँछ । यस्ता यौनकुण्ठा र मानसिक रूपमा विरामी पुरुषहरूले बलात्कार गर्दा न बच्चा भन्ने गर्छन् न त वृद्ध महिला नै । यस्ता मानसिक रोगीहरूले जसलाई पनि सिकार बनाउन सक्छन् र आफनो यौन प्यास मेटाउने गर्छन् । त्यसैले यस्ता रोगीहरूको उपचार नै गर्नु जरुरी हुन्छ ।
हाम्रो समाजमा बलात्कार केटाले केटीलाई नै गर्ने गर्छ । केटीबाट केटा बलात्कृत भएका घटना नगन्य छन् । बलात्कार गर्ने व्यक्ति केटा नै भएको हुँदा विशेष गरी छोरालाई सचेत गराउनु जरुरी छ । एक जना छिमेककी आमा भन्दै थिएन् , ‘यस्ता बलात्कारका घटना सुनेर निकै डर लाग्ने गर्दछ । छोरो भरखर १३- १४ वर्षको हुँदैछ तर उसलाई यस्तो कुरा कसरी सम्झाउने ?’ तर अव आवश्यक भइसकेको छ । जसरी छोरी ठूली हुँदै जादा उनको यौन अङ्गबारे आमाले जानकारी गराउँछिन् त्यसैगरी बाबुले पनि बढ्दै गएको छोरोलाई उसको यौन अङ्गका बारे जानकारी गराउनु जरुरी छ । छोरो हो, एक दुई केटीसँग यौन सम्र्पक गर्दा पुरुषार्थै गरेको हुन्छ भन्ने मानसिकताको अन्त्य हुनु जरुरी छ । जसरी एक आमाले आफनी छोरी घर फर्कने समयदेखि लिएर छोरीले गर्ने क्रियाकलापमा ध्यान दिन्छिन् त्यसैगरी बाबुले पनि छोरो कहाँ जान्छ, के गर्छ, साथीभाईसँगको सङ्गत कस्तो छ, के कुरामा बढी इच्छा राख्छ ? केटी मान्छेप्रति कस्तो धारणा राख्छ त्यो सबै कुराको ख्याल गर्नु जरुरी छ । अनि केटी साथीहरूलाई जिस्काउनु हुँदैन , केटी साथीसँग पनि आदरका साथ बोल्नुपर्छ, धक्का लाएर हिँड्नु हुँदैन, केटीहरूको संवेदनशील अङ्गमा हात लगाउनु हुँदैन र केटी साथीलाई हिंसा गर्नु हुँदैन है भनेर बरोबर भन्ने गर्नुपर्छ । बलात्कार गर्ने प्राय गरी पुरुष नै हुने हुँदा उसलाई कस्तो शिक्षा दिइरहेका छाैँ, कसरी हुर्काइरहेका छौं, घरभित्रको संस्कार कस्तो छ त्यसले पनि छोराछोरीलाई असर पारिरहेको हुन्छ ।
कसरी केटाहरू, केटीमाथि बलात्कार गर्न पुग्छन् त ?
मनोविद्का अनुसार, जो बच्चा हिंसामा परेको हुन्छ पछि गएर त्यही बच्चा हिंस्रक बन्नेगर्छ । हिंसामा पर्ने बालकले पछि गएर अरुमाथि हिंसा गर्ने गर्छ । हाम्रो समाजको कुरा गर्ने हो भने प्रायःजसो सिनेमाहरू एक जना महिलालाई लखेट्दै केटाहरूको झुण्डले यौन हिंसा गरेको दृश्य देखाइन्छ । यसरी हिंसा गर्दा पनि केही सजायँ भएको हुदैन । यसले गर्दा केटाहरूको मनोबल बढ्दै जान्छ र जे गरे पनि हुने रहेछ भन्ने पर्दै जान्छ। समाजमा हुने गरेका घटनाको प्रभाव समाजमा पर्दै जान्छ । अर्को हो, घरभित्र केटाकेटीसँग गरिने व्यवहार। जो व्यक्ति दुव्र्यवहारमा पर्छ, माया पाउँदैन तिरस्कृत हुन्छ, यस्तो व्यक्तिले पनि प्रायः गरी हिंसा गर्ने तर्क मनोविद्हरूको छ । त्यसैले कसैले रिस फेर्न पनि अर्काको छोरीचेलीमाथि आक्रमण गरेर बेइज्जति गर्ने गरेको पाइन्छ ।
यौनकुण्ठा भएका पुरुषहरूबाट पनि बलात्कारका घटना हुने गरेको अध्ययन अनुसन्धानले देखाउँछ । यस्ता यौनकुण्ठा र मानसिक रूपमा विरामी पुरुषहरूले बलात्कार गर्दा न बच्चा भन्ने गर्छन् न त वृद्ध महिला नै । यस्ता मानसिक रोगीहरूले जसलाई पनि सिकार बनाउन सक्छन् र आफनो यौन प्यास मेटाउने गर्छन् । त्यसैले यस्ता रोगीहरूको उपचार नै गर्नु जरुरी हुन्छ ।
हाम्रो समाज अनि पुरुषलाई दिइने महत्त्व
पुरुष अर्थात् छोरा भन्ने शब्द, यो शब्द सम्बोधन गरेर बोलाउन अझै पनि धेरै बाबुआमा लालायित नै हुन्छन् । छोरा जन्मनेवित्तिकै घरमा खुसीको बहार नै छाउने गर्दछ । कत्तिपय बाबुआमा भन्ने नै गर्छन् , छोरो भयो, जतिखेर जहाँ गए पनि भो, कसैले केही गरिदेला भन्ने डर भएन । मानौँ, छोराले कुनै काम विर्गादैनन् र छोरा भयो भने सङ्कट नै हटिहाल्छ । तर कुरा यत्तिमै सकिँदैन ।
त्यस्तै, देशमा विद्यमान ऐन, कानुन र कुनै पनि व्यक्तिले बलात्कार गरेमा हुनसक्ने सजायँका बारे पनि आफना छोराछोरीलाई जानकारी दिनु जरुरी छ । तर हामीकहाँ, न यस्तो ऐन, कानुनबारे जानकारी दिइन्छ न त यौन शिक्षाबारे । उल्टै छोरो घरमा ढिलो आयो भने र यदि आमाले प्रश्न उठाइन् भने बाबु चाहिँले ‘छोरा हो ढिलो आउँछ, जवानी छ , एक दुई केटीसँग मस्ती गरेर आउँछ, के भो त’ भनेर ढाक छोप गर्ने पनि चलन छ ।
जसरी हामी छोरीलाई सानैदेखि यो गर्नु हुन्न, त्यो गर्नु हुन्न भनेर सिकाउँछौं छोरालाई पनि नराम्रो काम नगरेस् है भनेर सिकाउनु अति नै जरुरी भैसकेको छ । तपाई हामीमध्ये कति जनाले अर्काकी छोरीलाई नछोएस्, नजिस्केस्, छोरीहरूको संवेदनशील अङ्गहरूमा नछोएस्, हात नहालेस् भनेर सिकाएका हौँला ? लाग्छ, यस्तो कुरा छोरालाई सिकाइँदै सिकाइँदैन ।
सेक्स शिक्षाको जरुरी
हुन त विद्यालय शिक्षादेखि नै यो विषयमा पढाई नहुने होइन । तर, शिक्षकले कतिको खुलेर कुरा गर्छन् भन्ने पनि हो । पहिलो शिक्षा घरमै हुनुपर्छ भने घरपछि शिक्षा प्राप्त गर्ने ठाउँ भनेको विद्यालय नै हो । त्यसैले शिक्षकले नै कुनै सङ्कोच नमानी यो विषय पढाउनु जरुरी छ । जसरी हाम्रो शरीरलाई खानाको जरुरत पर्छ, उसैगरी सेक्स गर्नु आवश्यक हुन्छ तर यौन चाहना भयो भन्दैमा अपरिचीत व्यक्तिलाई जबरजस्ती गर्नु हुँदैन भन्ने कुरा सम्झाउनु जरुरी छ । जब मानिसको यौन अङ्गको विकास हुन्छ, यस्तो बेलामा यौनाङ्ग र यसले गर्ने प्रक्रियाका बारे किशोर अवस्थादेखि नै बालबालिकालाई शिक्षा दिनु जरुरी छ ।
त्यस्तै, देशमा विद्यमान ऐन, कानुन र कुनै पनि व्यक्तिले बलात्कार गरेमा हुनसक्ने सजायँका बारे पनि आफना छोराछोरीलाई जानकारी दिनु जरुरी छ । तर हामीकहाँ, न यस्तो ऐन, कानुनबारे जानकारी दिइन्छ न त यौन शिक्षाबारे । उल्टै छोरो घरमा ढिलो आयो भने र यदि आमाले प्रश्न उठाइन् भने बाबु चाहिँले ‘छोरा हो ढिलो आउँछ, जवानी छ , एक दुई केटीसँग मस्ती गरेर आउँछ, के भो त’ भनेर ढाक छोप गर्ने पनि चलन छ ।
एक अनुसन्धानले के देखाएको छ भने जुन देशमा सेक्स बजारलाई कानुनी मान्यता दिइएको छ, त्यस्तो ठाउँमा बलात्कारका घटनाहरू कम हुने गरेका छन् । विदाको समयमा आफना बच्चालाई यस्ता बजारमा लगेर यौनाङ्गबारे जानकारी दिने गर्छन् र इच्छा लागेका व्यक्ति पनि यस्ता बजारमा गएर यौन प्यास मेट्ने गर्छन । तर नेपालको प्रसङ्ग अलि फरक छ । अझै पनि हामी संयुक्त परिवारमै बस्छौँ, यौनका कुरा खुलेर गर्न सक्दैनौँ । हाम्रो समाजमा त यौन शिक्षाको अभावले भन्दा पनि आफूले चाहेकी केटी नपाउँदा, रिस ईवी फेर्न, महिलाको बेइज्जत गर्न नै यस्ता घटना हुने गरेका छन् । त्यसैले बाबुआमाले नै आफना छोराछोरीलाई सजग गराउनु नै उत्तम उपाय देखिन्छ । अब हरेक आम बाबुले आफना छोरालाई, अर्काकी छोरीलाई नछोएस, नजिस्केस्, उनीहरूको संवेदनशील अङ्गहरूमा हात नहालेस् भनेर सम्झाउन ढिलो भएन र भन्या ?