परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कञ्चनपुरमा गोली चल्यो, एक किशोरको मृत्यु

किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले एक छानबिन समिति गठन गरेपछि आज अपरान्हसम्म शान्त रहेको कञ्चनपुर साँझपछि एकाएक तनावग्रस्त भई मुठभेड हँदा एक किशोरको ज्यान गएको छ ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षीय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ र स्थानीय प्रशासनले कर्फ्यू  घोषणा गरेको छ ।

आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार महेन्द्रनगरको चन्दन चौकनिर प्रहरीको गोली लागि चेतन भट्टको मृत्यु हुनुका साथै थप तीन जना गम्भीर घाइते भएका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै उनको परिवार सहित स्थानीयवासी आन्दोलित छन्।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बन्दै आएको छ ।

Facebook Comments