परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

म कुन खुसीका दही-चिउरा खाऊँ ?


(डा. खतिवडा अनुसन्धानमूलक सामग्रीका आधारमा तर्क गर्ने गर्नुहुन्छ । उहाँले असार १५ मा ‘म कुन खुसीका दही चिउरा खाऊँ’ भनेर फेसबुकमा राख्नुभएको सामग्री हामीलाई घत लागेर थप छलफल/बहस होस् भन्ने उद्देश्यले यहाँ साभार प्रस्तुत गरेका छौँ– सं.)

१. आज असारको १५ । किसानको चाड । नेपालीको चाड । दही चिउरा खाने दिन ।
२. कुन खुसीमा दही चिउरा खाऊँ रु नेपाल ३० वर्षअघिसम्म पनि खाद्यान्नमा आत्मनिर्भर थियो भनेर ऐतिहासिक तथ्यले बताउँछ । खाद्यान्न निर्यात कम्पनीले उब्जनी निर्यात गरेर सरकारलाई राम्रै राजश्व बुझाउँथ्यो ।
३. आज नेपालकोस्थिति खाद्यान्न आयातले भारत, चीन, जापान इटली जस्ता देशसँग ब्यापार घाटा बढ्दो छ । नेपालका ९६ प्रतिशत धानका बीउ समाप्त भए । बाँकी ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैँकमा छ भनेर सरकारी डाटाले भन्छ ।
४. अब तीन वर्षमा नेपाललाई खाद्यान्नमा निर्भर बनाउन विज्ञलाई तालिमलिन इजरायल इटली फिलिपिन्स पठाउने योजना राष्ट्रिय योजना आयोगले बनाउँछ ।
५. नेपालको प्रत्येक ४ किलोमिटरमा हावा पानी माटो मौसम फरक पर्छ । नेपाललाई कस्तो विज्ञ चाहिएको छरु५८ वटा ठूला उद्योग सरकारको मातहतमा हुँदा सरकारी खर्च १६ प्रतिशत थियो । ती उद्योग निजीकरण गरिसकेपछि सरकारी खर्च बढेर ३१।२ पुगेको छ ।
६. इटलीको बंशाणुगत सुधार गरिएको स्याउको बीउले कर्णालीको स्याउ खेती धानेको छ । विदेशको स्याउले नेपाली बजार ओगटेको छ । टमाटर र खोर्सानीको बीउ भारतमा भर पर्नुपर्छ । आलु र प्याजको बजार भारतको नियन्त्रणमा छ ।
७. देशको सम्पूर्ण बजेटको आधा हिस्सा भारतसँग व्यापार घाटा छ । अर्थ मन्त्री अर्थको श्वेतपत्र निकाल्छन् । दुबै देशका प्रधानमन्त्रीको भ्रमण हुन्छ । व्यापार घाटाको “ब” पनि उच्चारण हुँदैन ।
८. देशको शिक्षाको स्थिति उस्तै बेहाल छ । विश्वविद्यालयको पाठ्यक्रम र राष्ट्रिय योजना आयोगको राष्ट्रिय नीतिमा सामञ्जस्यता छैन ।
९. विश्वविद्यालयमा “ग्रामीण विकास (Rural development) पढाउन थाले पछि गाउँगाउँमा जमिन बाँझो रहन थाल्छ । विश्वविद्यालयमा “समाज विकास (Social Development)” पढाउन थालेपछि देशको आयात ७२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्छ । निर्यात घटेर २८ प्रतिशतबाट ६ प्रतिशतमा झर्छ ।
१०. विकासको प्रश्न उठायो भने सत्तामा भएका पाटीहरू एक अर्कालाई दोष लगाएर पन्छिन्छन् ।
११. भाषाको समस्या त भनिसाध्य छैन । विश्व बैँक र एसियन डेभलपमेन्ट बैँकबाट ४८ अरब ऋण लिएर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राखेको राष्ट्रिय पञ्जीकरणको डाटामा राहदानीमा १० लाख जति र जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ(सराइ र सम्बन्ध बिच्छेदको अभिलेखमा २ करोड ६४ लाख नाम, ठेगाना गल्ती भेटिन्छन् ।
ए हजुर, तपाईँ नै भन्नुस्, यो असारे पन्द्रमा म कुन खुसीका दही चिउरा खाऊँ ?

Facebook Comments