आज स्कूलमा रचयिताको शान र फुर्तीको सीमाना थिएन । उनी पढ्ने बृहस्पति विद्या सदन स्कूलले आज उनका अङ्कललाई निमन्त्रणा गरेको थियो । हुन त स्कुलले गरेको निमन्त्रणाका पछाडि रचयिताको ठूलो भूमिका थियो । उनले अङ्कलबाट सुनेका विज्ञान सम्बन्धी अनेकन कुराहरू सहपाठीहरूसँग भनेकी थिइन् । विस्तारै रचयिताले भनेका कुरा ‘साइन्स टिचर’ ले सुने, र कुरा ‘प्रिन्सीपल’ सम्म पुग्दै ब्यवस्थापनसम्म पुग्यो । र, स्कु्लले रचयिताका अङ्कललाई विद्यार्थीहरूसँग ‘साइन्स’ विषयक गोष्ठी गर्ने निम्तो गरी बोलायो ।
एउटा ठूलो हलमा गोष्ठी गर्ने प्रबन्ध गरिएको थियो । ६ देखि १० कक्षासम्मका विद्यार्थी हलमा पर्खिरहेका थिए ।
ठीक १० वजे प्रिन्सीपल, साइन्स टिचर र रचियताका अङ्कल आइपुग्नुभयो ।
अङ्कल– ‘गुड मर्निङ’ मेरा प्यारा विद्यार्थी भाइ–बहिनीहरू !
‘गुड मर्निङ सर,’ सबै विद्यार्थीले एक स्वरमा भने ।
हेर ! म तिमीहरूको साथी रचयिताको अङ्कल हुँ । ल भन त साथीको अङ्कललाई तिमीहरू के भन्छौ ?
हामी पनि अङ्कल नै भन्छौँ, सारा विद्यार्थीले जवाफ फर्काए ।
‘गुड’ आज म तिमीहरूसँग रमाइलो गफगाफ गर्न आएको हुँ । तिमीहरूले आफूलाई मन लागेको प्रश्न सोध्न सक्छौ । ल हात उठाएर भन त, कति जना प्रश्न गर्न चाहन्छौ ?
वीसभन्दा वढी विद्यार्थीले हात उठाए ।
‘भेरी गुड,’ ल, अब एक–एक जना गरी प्रश्न सोध ।
अङ्कल, मेरो नाम मन्जु शेरचन हो । म कक्षा सातमा पढ्छु । म सोध्न चाहन्छु– यो संसारमा सबैभन्दा बढी गति कसको छ ?
ल अब सबै विद्यार्थीले ध्यान दिएर सुन, मन्जुको यस प्रश्नको म तिमीहरूलाई एकदम सरल र बुझने उत्तर दिन्छु ।
विज्ञानले हामी मानिसहरूलाई ‘होमोे सोपिन्यस’ नाम दिएको छ । आजसम्मको इतिहासमा सबैभन्दा बढी गतिले दौडने मान्छे हुन्– उसैन बोल्ट (USAIN BOLT) । सन् २००९ को बर्लिन ओलम्पिकमा उनले प्रतिसेकेण्ड १२ दशमलव २७ मिटरको गतिसम्म छोएका थिए । सय मिटरको दौड प्रतिस्पर्धा बोल्टले ९ दशमलव ५८ सेकेण्डमा पूरा गरी विश्व रेकर्ड कायम गरेका थिए । यो सय मिटरको दौड पूरा गर्नमा उनको औसत गति १० दशमलव ४४ मिटर/सेकेण्ड रहेको थियो । यो औसतले उनको प्रतिघण्टा गति २३ दशमलव ३५ माइल हुुन आउँछ । र, यो दौड पूरा गर्ने अवधिमा उनको गति १२ दशमलव २७ मिटर/सेकेण्डसम्म पुग्यो, जुन प्रतिघण्टा २७ दशमलव ४४ माइल (४३ दशमलव ९० किमि) हुन्छ । र, तिमीहरूका लागि एउटा खुशीको कुरा । बैज्ञानिकहरूले गरेको अनुसन्धानवाट ज्ञात भएको छ, मानव शरीरको वनावट र यसको क्षमता ३५/४० माइल प्रतिघण्टासम्म दौडिन सक्ने रहेको छ । तिमीहरूमध्ये नै कसैले उसैन बोल्टको रेकर्ड तोड्न सक्छौ !
यो त भयो मानिसको तीव्रतम् गति । तिमीहरूलाई थाहा छ, एउटा विरालो मानिसभन्दा बढी गतिले दगुर्छ । बिरालो ३० माइल, अफ्रिकन लायन ५५ माइल र चितुवा ७२ माइल प्रतिघण्टासम्म दौडिन सक्छ ।
यो त भयो जीवित प्राणीहरूको अधिकतम गति । विज्ञानले योभन्दा धेरै गतिले गुड्ने वस्तु बनाइसकेको छ । के तिमीहरू भन्न सक्छौ सबैभन्दा बढी गतिले हिँड्ने के हो ?
कार, हवाईजहाज ‘सव–मेरिन’ ‘बुलेट टे्न’, ‘रकेट’, अनेकन विद्यार्थीले जबाफ दिए ।
ल अब सुन, आजको दिनसम्म कारको अधिकतम गति ‘हेनेसे भेनोम जीटी (Hennessey Venom GT) सुपर कार’ ले कायम राखेको छ । २७० दशमलव ४९ माइल प्रतिघण्टाको बेगले गुडेर यसले विश्व रेकर्ड राखेको छ । सामान्यतया कारको ‘स्पीड’ ६०–७० माइल प्रतिघन्टा हुन्छ ।
त्यसैगरी सबैभन्दा गतिले हिड्ने ‘बुलेट ट्रेन’ चीनको शाङ्घाई माग्लेव (Shanghai Maglev) हो । यो ट्रेन २६७ माइल प्रतिघण्टसम्म गुड्छ ।
‘सब–मेरिन’ ले पानीमा हिडनुपर्छ, तिमीहरूलाई थाहै छ । पानी हावाभन्दा वाक्लो हुन्छ । अतः पानीमा हिड्न धेरै बल लाउनुपर्छ । सामान्यतया ‘सबमेरिन’ को गति त्यति धेरै हुँदैन । आधिकारिक जानकारी अनुसार, रसियन के–२२२ ले ३० मार्च १९७१ म ५१ माइल प्रतिघण्टाको गति रेकर्ड कायम गरेको थियो ।
यसका साथै मसँग एउटा ‘अन अफिसियल’ जानकारी छ । चीनले २०१४ मा ‘सुपरसोनिक सब–मेरिन’ बनाएको छ । यो ‘सुपरकैभिटेसन’ प्रणालीमा आधारित छ । भनिन्छ, यसले साङ्घाईदेखि सान फ्रान्सिस्कोसम्मको छ हजार माइलको दूरी जम्मा १०० मिनेटमा पूरा गर्यो ।
के तिमीहरूमध्ये कसैले भन्न सक्छ, ‘साउण्ड’को ‘स्पीड’ कति हुन्छ ?
‘साउण्ड’ लाई गति गर्न माध्यम चाहिन्छ । हावाको माध्यममा ‘साउण्ड’ ले ३४३ मिटर/सेकेण्डको गतिले ‘ट्राभल’ गर्छ । कक्षा ८ मा पढने रश्मिले उत्तर दिइन् ।
‘गुड’ तिमीले ठीक भन्यौ रश्मि, ‘साउण्ड’ ले माध्यम नभई गति गर्न सक्दैन । हावाको आद्र्रता र शुष्कताले ‘साउण्ड’ को गति प्रभावित हुन्छ । यो ३४३ मिटर/सेकेण्डलाई माइल प्रतिघण्टामा ढालेर कसले भन्न सक्छ ?
सबैभन्दा ‘फाष्ट’ जवाफ दिए रोशनले, किमिमा १२३४ दशमलव ८ र माइलमा ७६७ प्रतिघण्टा हुन्छ ।
अब तिमीहरूलाई म एउटा रमाइलो जानकारी दिन्छु । ‘साउण्ड’ को यो जुन ‘ट्राभल स्पीड’ छ । यसलाई उछिन्ने कुनै पनि विज्ञान निर्मित उपकरणलाई ‘सुपरसोनिक’ (Supersonic) अथवा पराध्वनिक भनिन्छ । अब भन ‘सुपरसोनिक जेट’ कसलाई भनिन्छ ?
जुन ‘जेट प्लेन’ १२३५ किमी /घण्टाभन्दा बढी गतिले उड्छन्, ती सबै ‘सुपरसोनिक’ हुन्छन, कक्षा ९ की अनुभा अग्रवालले जवाफ दिइन् ।
‘भेरी स्मार्ट गर्ल !’ सवैभन्दा बढी गतिले ‘प्लेन’ उडाउने रेकर्ड पाइलट विलियम जे दशमलव पेटे नाइटको नाममा छ । उनले अमेरिकन X–15 नामक ‘एअरक्राफ्ट’ लाई ‘साउण्ड’ भन्दा झण्डै ६ गुनाको स्पीड ७२०० किमि/घण्टाले उडाएका थिए । यसैगरी १६ नोभेम्बर सन् २००४ मा नासाले मानवरहित ‘एअरक्राफ्ट’ NASA’s X–43A लाई ‘साउण्ड’ भन्दा १० गुना बढी स्पीड (११८५० किमि) ले उडाएका थिए । यी सबै ‘एअरक्राफ्ट फाइटर जेट’ श्र्रेणीमा आउँछन् । सामान्यतया ‘प्यासेन्जर प्लेन’ को गति ‘साउण्ड’ को गतिभन्दा कम्ती राखिन्छ ।
अब हामी गतिको क्रममा आकाशतिर लाग्छौँ । पृथ्वी छाडेर अन्तरिक्षमा जान गति अझै बढाउनुपर्छ । अन्तरिक्षमा पुग्न ‘मिनिमम’ गति ११ दशमलव २ किमि/सेकेण्ड आवश्यक हुन्छ । यसलाई पृथ्वीको ‘स्केप भेलोसिटी’ (Escape Velocity) भनिन्छ । तिमीहरूले ११ दशमलव २ किमि/सेकेण्ड अथवा ४०,३२०/घण्टाको बेगले कुनै वस्तु पृथ्वीदेखि माथि हुत्याउँछौ भने त्यो फर्केर तल खस्दैन । के कसैले भन्न सक्छ, पृथ्वीवाट माथि जानलाई ११ दशमलव २ किमि/सेकेण्डको गति किन आवश्यक हुन्छ ?
जवाफ १० कक्षा पढने रोशनले दिए, किनकि ग्रह, उपग्रह, ताराको आ–आफ्नो गुरुत्वाकर्षण बल (Gravitational Force) हुन्छ । गुरुत्वाकर्षणका कारण पृथ्वीले प्रत्येक वस्तुलाई आफूतिर तान्छ । पृथ्वीबाट माथि जानलाई गुरुत्वाकर्षणका विरूद्ध बल लगाउनुपर्ने हुन्छ । ११ दशमलव २ किमि/सेकेण्डको वेग नै त्यो बल हो, जसले पृथ्वीको गुरुत्वाकर्षणका विरुद्ध अगाडि बढ्ने क्षमता राख्दछ ।
‘गुड’ रोशन, अब तिमीहरूलाई स्पष्ट भयो होला, पृथ्वीको सतहबाट अन्तरिक्षमा जानलाई ११ दशमलव २ किमि/सेकेण्डको ‘स्पीड’ आवश्यक हुन्छ । वैज्ञानिकहरूले अन्तरिक्षमा स्थापित गरेका सबै ‘स्याटेलाइट’, जुन रकेटबाट पठाइन्छन्, ती रकेटको ‘स्पीड’ ‘स्केप भेलोसिटी’ भन्दा बढी हुन्छ । आफ्नो निर्धारित ‘अर्बिट’ मा स्थापित भइसकेपछि ‘स्याटेलाइट’ हरू आफ्नो गतिले ‘अर्बिट’ मा घुमिरहन्छन् ।
तिमीहरूलाई एउटा रमाइलो जानकारी, ‘स्पेस’ सम्म अधिकतम उचाइमा पुग्ने पहिलो ‘रकेट’ वास्तवमा एउटा ‘मिसाइल’ रहेको थियो । V2 नामक मिसाइल जर्मनीले सन् १९४२ मा ‘स्पेस’ मा दागेको थियो ।
यसपछि पहिलो ‘स्याटेलाइट’ जसको नाम स्पुतनिक (Sputnik) थियो । रशियाले ४ अक्टुबर १९५७ मा R-7 ICBM ‘रकेट’ बाट प्रक्षेपित गरेको थियो । यो मानवरहित उडान थियो । किनकि, हाम्रो आजको छलफलको प्रसङ्ग गति सम्बन्धी हो । यस कारणले हामीले ‘जूनो स्पेसक्राफ्ट’ लाई सम्झिनुपर्ने हुन्छ । पृथ्वी ग्रहको सबैभन्दा ठूलो छिमेकी ग्रह ‘जूपिटर’ को अध्ययनका लागि नासाले पठाएको ‘जूनो’ यान ४ जुलाई २०१६ मा ‘जूपिटर ग्रेभेटी’ मा पुग्दा यसको ‘स्पीड’ २,६५,००० किमि/घण्टा हुन पुग्यो । यो गति नै मानव निर्मित कुनै पनि आविष्कारको सर्वाधिक गति हो । यसलाई किमि ÷सेकेण्डमा गणना गर्दा ७३ दशमलव ६१ किमि/सेकेण्ड हुन आउँछ ।
के यो नै हाम्रो संसारमा भएको सबैभन्दा बढी गति हो ? कक्षा ८ की रश्मिले अचम्म मान्दै सोधिन् ?
होइन रश्मि ! मानिसले बनाएको कुनै पनि वस्तुको सर्वाधिक गति हो यो तर संसारमा उपलब्ध गतिको तुलनामा यो केही पनि होइन । जस्तो कि तिमीहरूलाई थाहा छ– हामी वसेको पृथ्वी, चन्द्रमा, अन्य ग्रह, सूर्य लगायत सबै–सबै आफ्नो जन्मदेखि नै गतिमान छन् । ल कसलाई थाहा छ, पृथ्वीको आफ्नो अक्ष ९(Axis) मा घुम्ने ‘स्पीड’ के हो ?
पृथ्वीले आफ्नो अक्षको एउटा चक्कर पूरा गर्न २३ घण्टा, ५६ मिनेट, ४ दशमलव ०९ सेकेण्डको समय लगाउँछ । यस अवधिमा पृथ्वीले ४६० मिटर/सेकेण्ड अथवा १६५६ किमि/घंटाको ‘स्पीड’ ले ४००७५ किमि यात्रा गर्नुपर्छ, रोशनले जवाफ दिए ।
र, पृथ्वीले सूर्यको चारैतिर घुम्ने कार्य कुन ‘स्पीड’ ले गर्छ ?
पृथ्वीको सूर्यलाई चक्कर लगाउने गति ३० किमि/सेकेण्ड अथवा १,०८,००० किमि/घण्टा हो, यसपटक जवाफ ८ कक्षाका विद्यार्थी केशवले दिए ।
‘अलराइट’ केशव ! जस्तो कि तिमीहरूलाई थाहा छ, पृथ्वी र सूर्यबीचको दूरी १४ करोड ९६ लाख किमि छ । यस दूरीलाई ‘एस्ट्रोनोमिकल युनिट’ (AU) भनिन्छ । पृथ्वीले सूर्यको एक चक्कर पूरा गर्न झण्डै ३६५ दिनको समय लाग्छ, यसलाई नै एक वर्ष भनिन्छ । सूर्यको एक चक्कर पूरा गर्न पृथ्वीले झण्डै ९४ करोड किमिको यात्रा गर्नुपर्छ ।
पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ सूर्यले आफ्ना सौर्यपरिवारका सबै सदस्य, भनौँ, हाम्रो सौर्यमण्डलसहित ‘मिल्की वे’ आकाशगङ्गाको केन्द्रको चक्कर लगाउँछ । सूर्यले यस केन्द्रको परिक्रमा गर्ने गति २३० किमि /सेकेण्ड हो । सूर्यको एक चक्कर पूरा हुन झण्डै २५ करोड वर्षको समय लाग्छ । यसलाई नै ‘ग्यालेक्टिल इअर’ अथवा ‘कस्मिक इअर’ भनिन्छ । यसरी नै ‘मिल्की वे’ आकाशगङ्गा पनि परिक्रमारत छ । परिक्रमाका क्रममा यसको गति १००० किमी /सेकेण्ड छ । पृथ्वी ‘मिल्की वे’ मा अवस्थित छ, हामी पृथ्वीमा । यस हिसावले हामी सबै १००० किमी दशमलव /सेकेण्डको ‘स्पीडले’ सधैँ गतिमान भइरहेका हुन्छौँ । तिमीहरूमध्ये कतिपयलाई थाहा होला, प्रकृतिमा योभन्दा बढी गति उपलब्ध छ । कसैले भन्न सक्छ, त्यो के हो ?
विजुली, मन, चट्याङ, रेडियो तरङ्ग, एक्स–रे, अनेकन विद्यार्थीले आ–आफ्नो जवाफ दिए ।
रचयिताका अङ्कलले हाँस्दै भन्नुभयो, मन बाहेक सबै उत्तर ठिक हुन् । समग्रमा यी सबै प्रकाशकै रूप हुन् । प्रकाशको गति यो संसारमा सबैभन्दा बढी छ । प्रकाश एक सेकेण्डमा २,९९,७९२ किमिको गतिमा यात्रा गर्छ । आधुनिक भौतिक विज्ञान अनुसार, प्रकाशभन्दा तीव्र गति हुनु सम्भव छैन । आजको गति सम्बन्धी चर्चालाई यहीँ विराम दिऊँ ।
स्कूलका साइन्स टिचरले वक्तालाई धन्यवाद दिँदै सहभागी सबै विद्यार्थीलाई आजका पाहुनासँग ‘क्यान्टिन’ मा चियापानका लागि सम्मिलित हुन भन्नुभयो । साथै उहाँले वक्तासँग चियापानको अवधिमा आजको चर्चामा आफूसँग वा विद्यार्थीहरूसँग रहेका पूरक प्रश्नको जवाफ दिन अनुरोध गर्नुभयो । ‘लेट्स गो अल टु पार्टिसिपेट इन क्यान्टिन, देयर वी मीट अगेन फर शर्ट मिटिङ्ग ।’
Facebook Comments
Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
सारै ज्ञानवर्धक अन्तर्वार्ता बच्चाहरूको लागि।
Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
रोचक बार्तालाभ ।।।
Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
nice article