समय यन्त्र 

लघु कथा

आज बिहानै नेपालका वरिष्ठ वैज्ञानिक ज्ञानबहादुर नेपाली सहरको ठूलो सभागृहमा पत्रकारहरुबाट घेरिएका थिए । कारण नेपालको सिलिकन भ्याली वा (हाइ-टेक) सहरमा निर्मित समय यन्त्रबाट उनलाई मात्र  पृथ्वीको एक लाख वर्षभन्दा अघिसम्मको भूत र त्यति नै वर्षपछिको भविष्य मानव जीवनलाई तहसनहस पार्ने महामारी हेर्ने सौभाग्य मिलेको थियो ।

निर्माण गरेको केही घण्टापछि नै त्यस यन्त्रलाई नष्ट गरियो । किनकि, त्यहाँ  मानव सभ्यताको अन्त र नयाँ बुद्धिजीवी प्राणीको सुरुवात प्रष्ट देखिन्थ्यो ।

“आदरणीय वैज्ञानिकज्यू, विगतमा आएको र भविष्यमा आउने मानव सभ्यतालाई नै तहसनहस वा नष्ट पार्ने चुनौती र प्रकोपहरू के कस्ता थिए, र छन् ?”

आदिम मानव सभ्यताको विकास हुनुभन्दा पहिला पृथ्वी अत्यन्तै सुन्दर थियो र एक लाख वर्षपछि फेरि पृथ्वी सुन्दर हुने छ । विगतमा आएका चुनौती र प्रकोपहरू तपाईंहरूलाई थाहै छ । जस्तैः एन्टोनीन प्लेग, ब्ल्याक डेथ, अमेरिकन प्लेग, फ्लु पेण्डामिक, पाँच करोडभन्दा बढीको ज्यान लिने स्पेनिस फ्लु, एड्स, स्वाईन फ्लु, इवोला, जिका र कोरोना जस्ता चुनौतीहरू आए र गए । अब हजारौं आउनै बाँकी छन् । तिनको नामकरण र तिनले पुर्‍याउने क्षति त्यति बेला नै तय हुने छ ।

“अनि एक लाख वर्षपछि पृथ्वी फेरि कसरी सुन्दर हुन्छ त वैज्ञानिकज्यू ?”

ल सुन्नुहोस् , “८० हजार वर्षपछि नै चाइनिज भाषाबाट आएको नाम “गोवाङ् पिन्तु” (राजा भाइरस) कोरोना भाइरसभन्दा मात्रै १०१% ले शक्तिशाली भाइरसबाट मानव सभ्यताको अन्त भैसकेको हुनेछ !” अनि पृथ्वीमा ग्लोवल वार्मिङको मात्रा घट्छ अनि हुँदैन त फेरि सुन्दर पृथ्वी ! वरिष्ठ वैज्ञानिक ज्ञानबहादुर नेपालीको यो जवाफ सुनेर पत्रकारहरु स्तम्भित भए र भँगेरे टाउके ब्रेकिंग शीर्षक सोच्दै कार्यालयतिर लागे— ‘८० हजार वर्षपछि मानव जाति नामेट हुँदैः एक लाख वर्षपछि पृथ्वी झनै सुन्दर बस्ती बन्दै !’

Facebook Comments
bannerDipak
Comments (0)
Add Comment