‘म नारी अधिक हुँ, पुरुष कम’ : स्वामी विवेकानन्द गाथा- २

लकडाउन अध्ययन

स्वामी विवेकानन्द भन्थे, जबसम्म मेरो जन्मभूमिको एउटा मात्रै कुकुरले पनि भोकै बस्नु पर्छ तबसम्म उसलाई आहार दिनु नै मेरो धर्म हो । यसका अतिरिक्त अरु जे जति छ सब अधर्म हो।

स्वामी विवेकानन्दको उदय

रामकृष्णको दाहसंस्कारपश्चात उनको भस्मावशेष एउटा ताम्रकलशमा राखेर भक्तहरुले काशिपुर छाडे । पछि ताम्रपत्रसहित उक्त भस्मावशेषलाई भक्तहरुले काकुरगाछी भन्ने स्थानको योगोद्यानमा स्थापित गरिदिए।

नरेन्द्र अर्थात विवेकानन्दलाई लाग्यो कि गुरुदेवद्वारा संगठित युवा सन्यासीहरुलाई यदि कुनै सवल आधार प्राप्त नभएको खण्डमा उनीहरु तितरबितर हुनेछन् । कुरा भक्तहरुलाई पनि मुनासिव लाग्यो । अतः रामकृष्णका गृहस्थ शिष्य सुरेन्द्रनाथ मित्रले वराहनगर भन्ने स्थानमा एउटा घर भाडामा लिएर सन्यासीहरुको आवाशको ब्यवस्था मिलाइदिए।

घरायसी मुद्दामामिला समाप्त नहुन्जेल विवेकानन्द आश्रम–घर गरिरहन्थे भने मुद्दामामिलाको टण्टा सकिएपछि उनी ढुक्कै आश्रममा बस्न थाले । सबै युवा सन्यासीहरुलाई उनी वैराग्यको जोश भरिदिन्थे । सत्संग गर्थे । उपदेश दिन्थे । गीता पाठ गर्थे, गराउँथे । कहिलेकाहिँ उनी गीताको पुस्तक बन्द गरेर एकातिर हुत्याइदिन्थे र भन्थे, के हुन्छ गीता पाठ गरेर ? गीताको विलोम त्याग चाहिन्छ । अनि कामिनी–कञ्चनको त्याग!

यतिबेलासम्म सबैले नरेन्द्रलाई स्वामी विवेकानन्द भनेर संवोधन गर्न थालिसकेका थिए।

आश्रममा साधारण घर थियो जसमा तीनवटा कोठाहरु मात्रै थिए । सन्यासीहरुले भिक्षाटन गरेर ल्याएका खाद्यसामग्री नै भोजनको आधार थियो । तर कहिलेकाहिँ भोजन कम हुने गर्दथ्यो र उनीहरु आधा पेट मात्रै खाएर चित्त बुझाउने गर्दथे भने कहिले त उपवाश गरेरै समय ब्यतित गर्ने गर्दथे । उपवाशको त विवेकानन्दलाई राम्रो अभ्यास थियो । बिगतमा भोकभोकै परेको हुँदा भोकलाई उनले होश साध्ने साधना बनाएर प्रयोग गरिसकेका थिए । निश्चय नै बढी खाँदा भन्दा कम खाँदा मात्रै साधना फलिभूत हुने यथार्थवोध पनि उनलाई भइसकेको थियो।

आश्रममा भाँडाकुँडाको पनि पर्याप्तता थिएन । बृक्षका पातमा उनीहरु भोजनप्रसाद ग्रहण गर्ने गर्दथे । र, सन्तुष्ट देखिन्थे । अनि प्रफुल्ल पनि ।

आश्रममा विभिन्न जिज्ञासु तथा आलोचकहरु भ्रमणार्थ आइपुग्थे । उनीहरु अनेक सवाल सोधेर सन्यासीहरुको परीक्षा पनि लिने गर्दथे । विभिन्न तर्क, उपतर्कहरु गर्ने गर्दथे । तर स्वामी विवेकानन्दको फेला परेपछि उनीहरु सबै चूप हुन्थे । स्वामी विवेकानन्द आफ्ना गुरुभाइहरुलाई भन्ने गर्दथे, अरे, यी सबै लार्भाहरु हुन् । यिनको चिन्ता बिल्कूलै नगर कि यिनीहरु अहिले के भनिरहेका छन् । कुनै दिन प्यूपा हुँदै पुतली भए भने उनीहरुका कुरा अवश्य सुनुँला ।

सन् १८८८ मा स्वामी विवेकानन्द बिहार तथा उत्तर प्रदेशको भ्रमणमा निस्किए । उनी बनारस पनि पुगे । उनले त्यहाँ श्रीमत त्रैलिंगस्वामी तथा स्वामी भास्करानन्दलाई भेटे । कुरैकुरामा भास्करानन्द र उनका शिष्यहरुले रामकृष्ण परमहंसको आलोचना गरे । स्वामी विवेकानन्दले उनीहरुका कुराहरुको प्रतिवाद गरे । अनि उनीहरुले जेसुकै ठाने पनि तत्कालका लागि आफ्ना कुराहरु सकेर उनी त्यहाँबाट अयोध्यातिर चल्दिए । अयोध्याबाट उनी पैदल यात्रा गर्दै लखनउ, आगरा तथा बृन्दावन पनि पुगे।

आगरा र बृन्दावनका बीचमा उनी हिँडिरहेका थिए । बाटाका छेउमा एउटा ब्यक्ति चिलिम तानिरहेको थियो । ऊसँग स्वामीले चिलिम मागे।

तर उसले भन्यो, महाराज, म त मेहतर हुँ।

तर पनि विवेकानन्द रोकिएनन् । उनले ब्यक्तिका हातबाट चिलिम तान्दै भने, मैले त जाति, कूल, मान–सम्मान जस्ता कुराहरु त्यागेर सन्यास लिइसकेको छु । म मेहतरलाई मात्रै होइन कसैलाई पनि नीच ठान्दिनँ।

अनि उनी चिलिमबाट गहिरागहिरा कश लगाउन थाले । धुँवाको मूश्लो ओकलेर उनी निकैबेर मौन बसे ।

स्वामी विवेकानन्द माछामासु, सिगरेट, सिगार आदि सहस्र ग्रहण गर्ने गर्दथे । तथापि उनका उक्त आदतहरुका आधारमा उनका सद्गुणहरुलाई कम आँक्नु उचित नहुने राय विद्वानहरुको छ । गुरु रामकृष्ण पनि बेलाबेला उपरोक्त वस्तुहरुको सेवन गर्ने गर्दथे । त्यसैले उनी विवेकानन्दलाई त्यस्ता कुराहरुको सेवनमा कुनै रोकटोक गर्दैन थिए।

विवेकानन्द लेख्छन्, ती भद्र महिलाका साथमा रहँदा मेरो प्रतिदिन एक डलरको महंगो खर्च जोगियो । उनी आफ्ना स्थानीय दौंतरीहरुलाई बोलाई–बोलाई भारतबाट आएको एक अद्भूत जीवसँग भेट गराउँने गर्दथिन् । उनीहरु सबै मलाई देखेर ट्वाँ पर्थे र अनेक सवालहरुले एकसाथ आक्रमण पनि गर्दथे । यी सब झमेलाहरु मैले यहाँ सहन त गर्नै पर्छ । मलाई यो बेला भोक र शीतका साथै मेरो विचित्र पोशाकका कारण सडकका मान्छेहरुको हँसिमजाक र अवहेलना आदिकासाथ लड्दै अघि बढ्नु छ।

स्वामी विवेकानन्द बृन्दावनमा केही दिन बसेर हाथरस भन्ने ठाउँमा पुगे । त्यतिबेला हाथरस रेल्वे स्टेशनका स्टेशन मास्टर थिए, शरच्चन्द्र गुप्त । उनले स्वामीलाई चिने र आफ्नो घर आमन्त्रण गरे । स्वामीका साथमा उनले सत्संग गरे । शरच्चन्द्र जिज्ञासु स्वाभावका थिए । उनले स्वामीसँग दीक्षा लिन चाहे । स्वामीले भने, सन्यासी बन्नु पर्छ नि फेरि!

स्वामीको यस प्रस्तावलाई शरच्चन्द्रले स्विकार गरे र आफ्ना आमाबुबासँग सहमति लिएर स्वामीसामु आफूलाई समर्पित गरे । यसप्रकार स्वामी विवेकानन्दका पहिलो सन्यासी शिष्य हुने अवसर शरच्चन्द्रले पाए । फलस्वरुप, विवेकानन्दको आज्ञानुसार उनले एकदिन हाथरस रेल्वे स्टेशनका कुल्लीहरुसँग भिक्षा मागेर आफ्नो सन्यासी जीवनको शुभारम्भ गरे । सन्यास लिएपछि त्यहाँ शरच्चन्द्र कहलिए, सदानंद।

यसपश्चात स्वामी विवेकानन्द कलकत्ता फर्किए र वराहमठ एवम् बागबाजार बलराम बसुको घरमा एक वर्ष बिताए । तर उनलाई लाग्यो कि कलकत्ता बस्दा घरको चिन्ताले सताइरहन्छ । त्यसैले उनले कलकत्ता छाड्ने विचार गरे।

उनी भ्रमणमा निस्किए । उनी काशी, ऋषिकेश, उत्तराखण्ड, पंजाब तथा राजस्थान पुगे । उनले वराहनगर मठमा दुइ वर्षसम्म पाणिनिको अष्टाध्यायी अध्ययन गरे । अनि उनले जयपुरका राजपुरोहितसँग थप दुइ हप्ता अष्टाध्यायीको अभ्यास गरे । उनी जयपुरबाट अजमेर तथा पुनः खेतरी पुगे । खेतरीका राजा उनका भक्त हुन पुगे । त्यसपछि उनी अहमदाबाद, लिंबडी, जूनागढ, भोज, वेरावल, प्रभास, सोमनाथ, पोरबन्दर, मांडवी, पालीटाना, बडौदा, काठियावाड, बम्बई, मार्मागोवा, बेलगाँव, मैसूर, कोची, त्रावणकोर, त्रिवेन्द्रम, पांडिचेरी, कन्याकुमारी, मद्रास जस्ता स्थानहरुमा एक्लै घुमे । यस बेला उनी गरीबका झुपडी तथा राजामहाराजका दरवारमा गएर ज्ञानको चर्चा गर्ने गर्दथे।

यसैताका अमेरिकाको शिकागो शहरमा विश्वधर्म सम्मेलनको आयोजनाको घोषणा भएको थियो । मद्रासका युवकहरु तथा खेतरीका राजाको सहयोगमा सन् १८९३ मे ३१ तारिखका दिन स्वामी विवेकानन्द बम्बईबाट पानीजहाजमा शिकागो प्रस्थान गरे।

शिकागोमा स्वामी विवेकानन्द
उनी कोलम्बो, मलेशिया, सिंगापुर, हंगकंग, जापान हुँदै भ्यानकोवर पुगे । त्यहाँबाट रेलमा तीन दिनको यात्रा गरेपश्चात उनले शिकागोको अनौठो आवोहवामा प्रवेश गरे।

शिकागोका सडकमा स्वामीले लगाएको गेरुवा वश्त्र देखेर मान्छेहरु चकित पर्दै थिए । त्यहाँ मान्छेहरु उनलाई घुरेर हेर्दथे र हाँस्ने पनि गर्दथे ।

धर्मसभा निर्धारित समयमा नभएर कारणवश केही महिना पछि सर्यो । स्वामीसँग भएको पैसा महंगो होटलको बिल तिरेर नै सकियो । त्यहाँ उनी आफ्नो भविष्य अन्धकारमय पो देख्न थाले । उनको भावुक मन विचलित हुनपुग्यो । उनलाई पश्चाताप पनि भयो कि केही हठधर्मी युवाको कुरा मानेर उनी व्यर्थै अमेरिका आइपुगे । सायद उनी त्यहाँको अति भौतिकवादी जीवन देखेर असमन्जसमा पनि परेका थिए । र, हैरान पनि भएका थिए।

उनी शिकागो छाडेर बोस्टन पुगे । त्यहाँ उनले एक बृद्ध तथा भद्र महिलालाई भेटे । महिलाले उनलाई आश्रय दिइन् । अलिकति आश पलायो।

स्वामीले आफ्ना भाषणहरुमा राष्ट्रप्रेम, सम्पूर्ण मानवता र खासगरी हेपिएको निम्न जातिको उत्थानका लागि जोरदार अपिल गरे । उनले भद्र वर्णश्रमी ब्राह्मण पंडितहरुका कर्तूत र कूतर्कहरुको खण्डन गरे । कूल–गुरुप्रथालाई मूर्ख, शास्त्रज्ञानविहिन ब्राह्मणको धार्मिक व्यवसाय भएको आरोप लगाए । साथै त्यो सब धन्दालाई उनले अवैदिक र अशास्त्रिय भएकाले सबैलाई सावधान रहन अपिल पनि गरे । उनले तान्त्रिक साधनाको नाममा इन्द्रिय–दासता मौलाइरहेको आरोप लगाए र यसको पनि घोर खण्डन गरे।

विवेकानन्द लेख्छन्, ती भद्र महिलाका साथमा रहँदा मेरो प्रतिदिन एक डलरको महंगो खर्च जोगियो । उनी आफ्ना स्थानीय दौंतरीहरुलाई बोलाई–बोलाई भारतबाट आएको एक अद्भूत जीवसँग भेट गराउँने गर्दथिन् । उनीहरु सबै मलाई देखेर ट्वाँ पर्थे र अनेक सवालहरुले एकसाथ आक्रमण पनि गर्दथे । यी सब झमेलाहरु मैले यहाँ सहन त गर्नै पर्छ । मलाई यो बेला भोक र शीतका साथै मेरो विचित्र पोशाकका कारण सडकका मान्छेहरुको हँसिमजाक र अवहेलना आदिकासाथ लड्दै अघि बढ्नु छ।

स्वामीले सोचे, यदि अमेरिकामा वेदांतको प्रचारको सुविधा नमिलेको खण्डमा म इंग्लेण्ड जानेछु । र, यदि त्यहाँ पनि उक्त सुविधा नमिलेको खण्डमा भारत नै फर्किनेछु।

शिकागोको धर्मसभाको अर्को मिती तय हुन सकिरहेको थिएन । एक किसिमले उक्त सम्मेलनप्रति उनको आशा नै मरिसकेको थियो । उनी निकै निरास पनि हुन पुगेका थिए । तर पनि उनले हिम्मत हारेनन् । उनी एक योगी जो थिए । बिषम परिस्थितिहरुलाई वर्षाको भेलले जसरी बगाएर लैजाने चुनौतिलाई एउटा योगीले हरदम हृदयंगम गरेको हुन्छ।

तिनै महिलाका घरमा स्वामीले हार्वार्ड विश्वविद्यालयका ग्रीक भाषाका प्राध्यापक जेएच राइटलाई भेट्न पुगे । उनले स्वामीलाई शिकागो धर्मसभामा अवश्य भाग लिने साहस प्रदान गरे । साथै उनले स्वामीलाई सफलताको शुभकामना पनि दिए।

प्राध्यापक राइटले उक्त धर्मसभासँग सम्बन्धित आफ्ना एक मित्रलाई एउटा पत्र लेखेर स्वामीका हातमा थमाइदिए । परिचयका साथ उनले उक्त पत्रमा लेखेका थिए, मेरो बिश्वास छ कि यो एक्लो अज्ञात हिन्दु सन्यासी हाम्रा सबै विद्वानहरुलाई एकातिर राख्दा पनि अधिक वजनदार र विद्वान सावित हुनेछ । नभन्दै स्वामीले धर्मसभामा चोटिलो भाषण गरे।

दर्शकहरु उनले लगाएको गेरु वश्त्र देखेर हाँसेपछि उनले मञ्चबाट भने, मलाई थाहा छ, तपाईंहरु मैले लगाएको लुगा देखेर हाँसिरहनु भएको छ । तर याद राख्नुहोस्, म जहाँबाट आएँ त्यहाँ ईश्वर र प्रकृतिले मान्छेलाई सभ्य बनाउँने गर्दछन् । तर तपाईंहरुलाई त यहाँ लुगा सिलाउने दर्जीले सभ्य बनाउँदो रहेछ ।
उनको यो व्यंग्यले त्यहाँ धेरै श्रोताहरु असिनपसिन हुन पुगेका थिए । भनिन्छ, केही मुमुक्षु स्रोता उनको उक्त कुरा सुनेर त्यहाँ तत्काल जागेका थिए । र, नरम भाषामा स्वामीलाई जिन्दगीको वास्तविक रहस्य उजागर गरिदिन अनुरोध पनि गर्न थालेका थिए।

अमेरिकी जनता स्वामीका उपदेश सुनेर निकै आकर्षित भए । यस कुराले उता इसाई समाजका संकुचित पादरीहरु तिल्मिलाउन पुगे । उनीहरुले स्वामीलाई दुश्चरित्रको आरोप पनि लगाए । तर उनलाई आम जनताको साथ प्राप्त भयो । उनीहरुले स्वामीलाई विभिन्न स्थानमा प्रवचनका लागि आमन्त्रण गरे । सयौं अमेरिकीहरु उनका शिष्य पनि भए । विवेकानन्द त्यहाँ अनुकूलता र प्रतिकूलता समेत सहेर दृढ बनिरहे।

स्थानीय न्यूयर्क हेराल्ड नामक अखवारले लेख्यो, शिकागो धर्मसभामा विवेकानन्द नै सर्वश्रेष्ठ वक्ता हुन् । उनको प्रवचन सुनेर यस्तो लाग्छ कि धर्ममार्गमा समुन्नत राष्ट्र भारतमा हाम्रा इसाई धर्मप्रचारकहरुलाई पठाउनु अज्ञानता र मूर्खता पनि हो।

विवेकानन्द पनि कुरा बनाएर वा रट्राट् पारेर भन्दैन थिए । उनी जे सत्य हो, त्यही बेझिझक बोल्ने गर्दथे । उनी एक स्वतःस्फूर्त वक्ता थिए । फलस्वरुप, टाउकोमा अनेक अनुच्छेदहरुको अवान्छित गर्भ बोकेका कतिपय मान्छेहरु उनीसँग रुष्ट पनि हुने गर्दथे । तर उनी भन्थे, यो मूर्ख जगत मलाई जे गर्न अह्राउँछन् त्यो मैले गर्दै जाने हो भने, मैले एउटा निम्नकोटीको जीवमा परिणत हुनुपर्ने हुन्छ । यस्तो मलाई स्विकार छैन । बरु मलाई मृत्यु मञ्जूर छ । मलाई जे भन्नु छ, त्यो म आफ्नै भावमा भनेरै छाड्छु । म आफ्ना शब्दहरुलाई न हिन्दु ढाँचामा ढाल्छु न त इसाई वा अन्य कुनै ढाँचामा । म आफ्ना कुराहरुलाई केवल आफ्नै ढाँचामा ढाल्न रुचाउँने गर्दछु । र, मलाई स्वतःस्फूर्तता मन पर्छ।

भारतकै केही कथित सनातनधर्मी पंडित पनि विवेकानन्दको निन्दामा उत्रिएका थिए । प्राचीन हिंदु सम्प्रदायको मुखपत्र बंगवासी त स्वामीको निन्दा–प्रचारमा हात धोएर पछि लागेको थियो । तर अर्कातर्फ भारतका अनेक मान्छेहरु स्वामीका प्रशंसक भइसकेका थिए । रामनदका राजा भाष्कर वर्मा तथा खेतरीका राजा अजित सिंह बहादुरले स्वामीको अमेरिका प्रचारका अवसरमा भारतका विभिन्न शहरमा सभाहरुको आयोजना गरे । कलकत्तामा पनि त्यस्ता सभाहरु भए । विवेकानन्दलाई सम्मानपत्रहरु पठाइए । जवाफमा उनले लेखे, मैले यो निश्चितरुपमा बुझें कि कुनै व्यक्ति या जाति अर्कोसँग विच्छिन्न भएर जीवित रहन सक्दैन । भ्रान्तिजन्य श्रेष्ठत्वको अभिमान अथवा पवित्रताको बोधले जहाँजहाँ यस प्रकारका प्रयासहरु भएका छन् त्यहाँ परिणामहरु अत्यन्तै शोचनीय र विधायकरुपमा आइलागेका छन् । मलाई लाग्छ कि अरुका प्रति घृणाको नींवमा केही प्रथाहरुको पर्खाल ठड्याएर अलिप्तताको अवलम्वन गर्नु नै भारतको पतन र दुर्गतीको कारण हो।

प्राचीनकालमा हिन्दुहरुलाई छिमेकी बौद्ध सम्प्रदायको समिश्रणबाट रोक्न नै त्यस्ता प्रकारका व्यवस्थाहरुको अवलम्वन गरिएको थियो । यस व्यवस्थाको यथार्थतालाई प्राचीनकालमा वा हाल पनि कुनै भ्रान्त युक्तिद्वारा प्रमाणित गर्ने चेष्टा किन नगरिएको होस्; तर जो अरुलाई घृणा गर्दछ, उसको पतन अवश्यंभावी छ । र, यो नै निश्चित नीति पनि हो । फलतः जो प्राचीन जाति–समूहका बीच अग्रगण्य भएका थिए – आज त यिनीहरु केवल किंवदंतीका रुपमा विद्यमान छन् – तिनीहरु आज सबैको घृणाको पात्र नै सावित भएका छन् । हाम्रा पूर्वपुरुषहरुका भेदनीतिको परिणाममा के हविगत हुन पुग्यो भन्ने कुराको हामी ठेट् उदाहरण हौं।

विवेकानन्दले अमेरिकामा तत्कालिन प्रसिद्ध वक्ता एवम् लेखक रोबर्ट इंगरसोल तथा जर्मनीका प्रसिद्ध वेद विद्वान प्राध्यापक म्याक्समूलरसँग पनि भेटघाट गरेर विचार आदानप्रदान गर्ने मौका पाए।

विवेकानन्द यसैबीच इंग्ल्याण्ड पनि पुगे । अमेरिकाको दाँजोमा इंग्ल्याण्डवासीहरुमा उनले अधिक निश्चल र सुमधूर व्यवहार पाए । त्यहाँ उनी करीब तीन महिना बसे । त्यहाँका धेरै बासिन्दाले उनको प्रवचन सुने र कतिपय त उनका शिष्य पनि हुन पुगे।

अमेरिकीहरु विवेकानन्दको प्रवचनमा मुग्ध भएको देखेर एउटा भाषण कम्पनीले उनलाई ससुल्क भाषण दिने करार गरायो । पछि गएर स्वामीको भाषणले कम्पनी त फाइदामा नै गयो । तर विवेकानन्दले करारमा उल्लेख गरिए बमोजिमको निश्चित पारिश्रमिक पाएनन् । उनलाई ग्लानी भयो र कम्पनी परित्याग गरेर उनी निःशूल्क भाषण दिन थाले।

वेदान्त प्रचार कार्यले भावुक र आविभूत भएका स्वामीको लक्ष्य विदेशबाट प्रसस्तै धन ल्याएर भारतको गरिबी निराकरण गर्ने थियो । परन्तु यो कहाँ त्यति सजिलै सफल हुने विषय थियो र ? एउटा योगीलाई रोडाढुंगा बटुल्न सायद परमात्माले नै नामन्जूर गरिदिएका थिए । त्यसैले उनले आफ्नो लामो विदेश यात्रालाई सफलिभूत भएको ठानेनन्।

स्वामीले महसूस गरे कि प्रवचनले मान्छेहरुमा सामाजिक उत्तेजना त पैदा गर्दछ नै । तर स्थायी लाभका लागि काम पनि स्थायी नै गर्नु पर्ने हुन्छ । अतः उनले त्यहाँ सत्संगमा ज्यादा ध्यान पुर्याउन थाले । प्रचारबाट थाकेर उनले केही समय त्यहाँ एकान्तवाश पनि गरे।

परदेश गएको चार वर्षपछि सन् १८९६, डिसेम्वर ३० का दिन उनी पानीजहाजमा स्वदेश फर्किए । उनीसँग त्यतिबेला केही अमेरिकन र अंग्रेज शिष्य पनि भारत आएका थिए।

वेदान्त प्रचार कार्यले भावुक र आविभूत भएका स्वामीको लक्ष्य विदेशबाट प्रसस्तै धन ल्याएर भारतको गरिबी निराकरण गर्ने थियो । परन्तु यो कहाँ त्यति सजिलै सफल हुने विषय थियो र ? एउटा योगीलाई रोडाढुंगा बटुल्न सायद परमात्माले नै नामन्जूर गरिदिएका थिए । त्यसैले उनले आफ्नो लामो विदेश यात्रालाई सफलिभूत भएको ठानेनन्।

स्वदेश पुग्नुअघि विवेकानन्द कोलम्बो पुगे । त्यहाँका हिन्दुहरुले उनको भव्य स्वागत गरे । शिकागो तथा अमेरिकाका अन्य स्थान र इंग्ल्याण्डमा उनले दिएका प्रवचनहरुको प्रभाव श्रीलंकामा पनि परेको थियो । श्रीलंकाका विभिन्न स्थानहरुमा उनको जोडदार स्वागत भयो । उनले कैयन दिनसम्म त्यहाँ अनेक स्थानमा प्रवचन दिए।

त्यसपछि उनी मद्रास आए । रामनदका राजा भास्कर वर्मा बहादुरले उनको स्वागत गरे । हजारौं मानिसहरु उनको दर्शनार्थ सडकमा उर्लिए । मद्रासमा तत्कालिन राजाले र कलकत्तामा अनेक सभ्रांतहरुले स्वामीलाई रथयात्राले शुशोभित गरे । गृहनगरमा पनि उनको भव्य स्वागत भयो।

स्वामीले आफ्ना भाषणहरुमा राष्ट्रप्रेम, सम्पूर्ण मानवता र खासगरी हेपिएको निम्न जातिको उत्थानका लागि जोरदार अपिल गरे । उनले भद्र वर्णश्रमी ब्राह्मण पंडितहरुका कर्तूत र कूतर्कहरुको खण्डन गरे । कूल–गुरुप्रथालाई मूर्ख, शास्त्रज्ञानविहिन ब्राह्मणको धार्मिक व्यवसाय भएको आरोप लगाए । साथै त्यो सब धन्दालाई उनले अवैदिक र अशास्त्रिय भएकाले सबैलाई सावधान रहन अपिल पनि गरे । उनले तान्त्रिक साधनाको नाममा इन्द्रिय–दासता मौलाइरहेको आरोप लगाए र यसको पनि घोर खण्डन गरे।

स्वामीले आम जनतालाई बताइदिए कि उनी कूसंस्कार एवम् कट्टरपनसँग सम्झौता गर्नेवाला छैनन् । र, यसपश्चात उनले कलकत्तामा कुनै भाषण दिएनन् । उनी त्यहाँ ब्यक्ति विशेषलाई छुट्टै उपदेश दिन थाले।

मिशनको स्थापना
सन् १८९७, मे १ तारिखका दिन आलमबजार मठमा स्वामी विवेकानन्दले भक्त तथा सन्यासीहरुका माझ सर्वसम्मतद्वारा श्री रामकृष्ण मिशनको स्थापना गरे । जसको अध्यक्ष उनी स्वयम् थिए।

केही गुरुभाइहरुले विरोध पनि गरे । उनीहरुले स्वामीलाई आरोप लगाए कि श्रीरामकृष्णको आदर्श त ध्यान, जप, वैराग्यादि साधनामार्फत आत्मसाक्षात्कार गर्नु थियो । जनसेवा, रोगीसेवा, मठस्थापना, देशविदेशमा प्रचार गर्नाले त साधकलाई बर्हिमुखी बनाइदिन्छ।

तर स्वामीले तर्क पेश गरेर सबैलाई सम्झाए । उनले भने कि वैराग्य, ज्ञानका साथसाथै कर्म र जनसेवाको पनि महत्व अपरिहार्य हुन्छ । साधना र सेवा एकअर्काका पर्याय हुन् भन्ने कुरामा उनले जोड दिए र सबैलाई चूप लगाइदिए।

उनले पुरुष सन्यासी मठको स्थापना गर्नुका साथै महिलाहरुका लागि सन्यासिनी मठको पनि आवश्यक्ता पर्ने कुरा औंल्याए।

अधिक श्रमका कारण उनको स्वास्थ्य प्रतिकूल बन्दै गएको थियो । उनी स्वास्थ्यलाभ लिन कलकत्ताबाट अल्मोडा गए । त्यहाँ पनि उनको भव्य स्वागत भयो ।
भारतमा स्वामीको जोडदार स्वागत देखेर अमेरिकाका केही इशाइहरु उनको विरोधमा सकृय हुन थालेका थिए । शिकागो धर्मसभाका अध्यक्ष डा. ब्यारोज पनि स्वामीको निन्दा गर्न सकृय हुन पुगे । त्यहाँका समाचारपत्रहरुमा स्वामीको निन्दा बढिरहेको थियो । तर विवेकानन्द कति पनि विचलित भएनन् ।

संसारका प्रायः सबै क्रान्तिकारीहरुले निन्दा, अपयश, अवहेलना आदिको सामना गर्नु परेका दृष्टान्तहरु स्मरण गरेर स्वामीले आफूलाई अरु मजबूत र धैर्यवान तुल्याए।

त्यसपछि स्वामी अल्मोडा, पंजाब, कश्मिर, बरेली, अम्बाला, अमृतसर, रावलपिंडी, सियालकोट जस्ता स्थानहरुमा प्रवचन कार्यक्रम गर्दै लाहौर पनि पुगे ।
खासगरी पंजाब तथा लाहौरमा उनी आर्यसमाजी माहौल देखेर दंगदास रहे । लौहपुरुष दयानन्द सरस्वती (सन् १८२४–१८८३) ले सन् १८७५ मा बम्बईमा आर्यसमाजको स्थापना गरेका थिए र १८७७ मा लाहौरमा त्यसको विधान पारित गरेका थिए । आर्यसमाज जस्तो एक सबल संस्थाले त्यतिबेलासम्ममा उत्तर भारतमा धार्मिक आन्दोलनको शक्तिशाली भूईंचालो ल्याइसकेको थियो । यस कुराको बोध स्वामी विवेकानन्दलाई लाहौर पुगेपछि भएको थियो । अनेक आर्यसमाजी विद्वानहरुसँग स्वामीले भेटघाट र वार्तालाप गरे । त्यहाँ सैद्धान्तिक मतभेदहरु पनि भए । तर त्यहाँ कसैले कसैको खिल्ली उडाएनन् । कुराहरु सौहार्दपूर्ण नै भएका थिए ।

यत्तिकैमा एक दिन त्यस कक्षमा स्वामीको नजर पर्यो । उनी चूपै बसे । कसैलाई तत्काल केही पनि भनेनन् । तर साँझपख अग्निकुण्डका सामु सबै आश्रमवासीहरु भेला भएपछि उनले ओजपूर्ण भाषामा मूर्तिपूजाको व्यर्थता प्रमाणित गर्न थाले । उनले निकै पहिले नै स्पष्टरुपमा आफ्नो उद्देश्य के भनेर व्यक्त गरेका थिए भने अद्वैत आश्रममा कुनै पनि किसिमको मूर्तिपूजा वा बाह्यपूजाको अनुष्ठान नगरियोस्।

दयानन्द ऐंग्लो वैदिक कलेजका अध्यक्ष आर्यसमाजी हंसराजले स्वामीसँगको वार्तामा आफ्ना केही कट्टरता व्यक्त गरिरहेका थिए ।

स्वामी विवेकानन्दले भने,
लालाजी, हजुरहरु जुन विषयका बारेमा यति धेरै आग्रह प्रकट गरिरहनु भएको छ, त्यसलाई हामी फेनाटिसिजम् अर्थात कट्टरपना भन्ने गर्दछौं । मलाई यो पनि थाहा छ कि यसमार्फत सम्प्रदायलाई शिघ्र बिस्तृत बनाउने कार्यमा सघाऊ नै पुग्दछ । र, मलाई यो कुराको पनि राम्रो हेक्का छ कि शास्त्रको कट्टरपनाको अपेक्षा व्यक्तिको कट्टरपना (व्यक्ति विशेषलाई अवतार मानेर उसको पूजा गर्दा मात्रै मुक्ति मिल्छ भन्ठान्नु) द्वारा अरु आश्चर्यजनक तथा शिघ्रताले सम्प्रदायको विस्तार हुने गर्दछ । र, मेरो हातमा हाल यो शक्ति पनि छ । मेरा पूज्य गुरुदेव श्रीरामकृष्णलाई ईश्वरावतारका रुपमा प्रचार गर्नका खातिर मेरा कैयन गुरुभाइहरु कटिबद्ध पनि छन् । मैले मात्रै उक्त किसिमको प्रचारको डटेर विरोध गरिरहेको छु । किनभनें, मान्छेलाई उसको बिश्वास र धारणा अनुसार उन्नति गर्न दिँदा निकै मन्द गतिले त्यस्तो उन्नति हुने गर्दछ । तर त्यसो गर्दा जे उन्नति हुने गर्दछ, त्यो बिल्कूलै पक्का हुने गर्दछ । यहाँ कसैलाई पनि देवत्वकरण गर्नु हुँदैन।

ब्राह्मसमाजका केशवचन्द्रले दयानन्द सरस्वतीलाई यो जानेर कलकत्ता बोलाएका थिए कि आर्यसमाजी उनी मूर्तिपूजा र जातिप्रथाका विरोधी हुन् र सहकार्य गरेर अगाडि बढ्दा लाभ हुन्छ । तर त्यसो हुन सकेन । ब्राह्मसमाजले वेदको अपौरुषेयताको मान्यतालाई सन् १८५० मा नै त्यागिसकेको थियो । दयानन्द सरस्वती सन् १८७२ ताका केही समय कलकत्तामा बसेका थिए । यसैबेला रामकृष्ण र उनीबीच भेटवार्ता भएको थियो । तर मूर्तिपूजा विरोधी दयानन्द सरस्वतीका विचार मूर्तिपूजक रामकृष्ण परमहंसलाई उचित लागेका थिएनन् ।

स्वामी विवेकानन्दको यसै लाहौर प्रवासका बखत गणितका युवा प्राध्यापक तीर्थराम गोस्वामीसँग पनि भेट भएको थियो । पछि यिनी वैरागिएर प्राध्यापन त्यागेर हिँडे । यिनी स्वामी रामतीर्थका नामले प्रसिद्ध हुन पुगे र अमेरिका लगायत अन्य पश्चिमा देशहरुमा आफ्नो दर्शन बाँड्ने काम गरे ।
यात्राकै क्रममा स्वामी विवेकानन्द खेतरीका राजाको निमन्त्रणामा राजपुताना पनि पुगे । स्वामीले त्यहाँ भाषण गर्दा व्यंग्यपूर्वक भने, हामी न हिन्दु हौं । न वेदान्ती । हामी त हौं ‘छुवाछुतपन्थी’ । चुल्हो हाम्रो मन्दिर हो, भाँडाकुँडा हाम्रा उपास्य देवता । ‘छुनु हुँदैन–छुनु हुँदैन’ हाम्रो मन्त्र !
यसपश्चात विवेकानन्द किशनगढ, अजमेर, जोधपूर, इन्दौर हुँदै खण्डवा पुगे । उनी त्यहाँ बिमारी हुन पुगे । अतः खण्डवाबाट उनी कलकत्ता फर्किए ।

बेलुड मठको स्थापना, सन् १८९८
स्वामी विवेकानन्दको संकल्प थियो, कलकत्ताको गंगातटमा एक स्वतन्त्र मठको स्थापना होस् । त्यसको लागि निदान गंगाको पश्चिम तटस्थित बेलुड गाउँमा प्रसस्तै जमिन किनियो । त्यहाँ एउटा पुरानो घर पनि थियो । जमिन समथर तुल्याएर त्यहाँ मठस्थापना गरियो जो आज श्री रामकृष्ण मिशनको केन्द्र हुन पुगेको छ । यसैताका सेवियर दम्पत्तिको सहयोगमा हिमालयमा एउटा मठको स्थापना भयो । मद्रासमा पनि एउटा मठ बनाइयो।

त्यसैबेला एक पश्चिमी महिलाले आफू ब्रह्मचर्य व्रत पालना गरेर मठमा रहने इच्छा व्यक्त गर्दै स्वामीलाई पत्राचार गरिन् । जवाफमा स्वामीले लेखे, निर्धनता, अधःपतन, कूडाकर्कट, फाटेका र मैला लुगा लगाएका मान्छेहरुको दर्शन गर्ने हो भने आउँदा हुन्छ । अरु कुनै पनि कुराको आशा गरेर यहाँ नआउनू । यहाँ हामी तिमीहरुको हृदयहिन आलोचना सहन सक्दैनौं।

तर ती पश्चिमी महिला भारत आएरै छाडिन् । उनी मठमा जीवनभर भगिनी निवेदिताका नामले बसिन् । निवेदिता र स्वामीबीच निकै दिनसम्म मतभेदहरु जारी रहे । स्वामीले कैयन पटक उनको आलोचना गरे । तर सारा आलोचनालाई महिलाले प्रसादको रुपमा ग्रहण गरिदिइन् । अन्त्यतः उनी पूर्णतया स्वामीकै ढाँचामा ढल्न पुगिन्।

विवेकानन्द मानवता र करुणाका सागर रहेछन् । उनी सारा प्राणी र प्रकृतिलाई स्नेह गर्दथे । उनमा प्रचूर मात्रामा देशप्रेम पनि ब्याप्त थियो । उनी भन्थे, जबसम्म मेरो जन्मभूमिको एउटा मात्रै कुकुरले पनि भोकै बस्नु पर्छ तबसम्म उसलाई आहार दिनु नै मेरो धर्म हो । यसका अतिरिक्त अरु जे जति छ सब अधर्म हो।

यसपश्चात स्वामी विवेकानन्दले पुनः एक पटक उत्तर भारतको यात्रा गरे । उनले अल्मोडामा नै गाजीपुरका पवहारी बाबा तथा आफ्ना लिपि संकेत लेखक गुडविनको मृत्युको खबर सुने।

पुनः विदेश यात्रा
सन् १८९९, जुन २० मा स्वामीले पुनः पानीजहाजबाट अमेरिका प्रस्थान गरे । साथमा थिए, स्वामी तुरीयानन्द तथा भगिनी निवेदिता । स्वामीको स्वास्थ्य त्यति सन्तोषजनक थिएन । यसपालि विदेशमा पहिलेजस्तो सकृयता नभए पनि भेटघाट र धर्मचर्चाहरु भए । भनिन्छ, बीचबीचमा उनको मन काफी उदास रहने गर्दथ्यो । अलमोडाको मायावती मठका संस्थापक श्री सेवियरको देहान्त भएको खबर सुनेपछि उनी तुरुन्तै भारत फर्किएका थिए।

स्वदेश फिर्ता
अमेरिकाबाट फर्किएर सन् १९००, डिसेम्बर ८ को साँझ करीब आठ बजे विवेकानन्द बेलुठ मठको ढोकामा खडा थिए । मठमा रात्रिभोजनको घण्टी लागिसकेको थियो । यतिकैमा बगैंचाको मालीले त्यहाँका अन्य सन्यासीहरुलाई भन्यो, एक जना भलाद्मी बाहिर ढोकामा उभिरहनु भएको छ । चाबी पाए ढोका खोलेर म उनीलाई भित्रै डाक्थें।

ढोका खोल्दा त्यहाँ कोही पनि थिएन । उता स्वामी विवेकानन्द भने भान्सामा पुगिसकेका थिए । स्वामी प्रेमानन्दले दियालो बालेर मान्छे चिन्ने प्रयास गर्दा भान्सामा खडा विवेकानन्दलाई देखेर लगभग तर्सिन पुगे । विवेकानन्दले जोडजोडले हाँस्दै भने, मैले भोजनको घण्टी सुनें । अनि पर्खाल नाघेर भित्र आएँ । समय घर्केपछि मठमा भोजन प्राप्त नहुने कुरा मलाई राम्रोसँग थाहा छ।

रात्रिभोजनका बेला अचानक आफ्नासामु स्वामी विवेकानन्दलाई पाएर सारा साधु, सन्यासीहरु आह्लादित हुन पुगे । खिचडी बनेको थियो । विवेकानन्दले त्यसलाई स्वाद मानीमानी ज्यूँनार गरे।

पहिलो पटक विवेकानन्द जब विदेशबाट भारत फर्किए तब मद्रास र कलकत्तामा उनको भव्य स्वागत भएको थियो । तर यस पटक भने उनी चुपचाप बेलुड मठको भोजनालय अघिल्तिर आएर एक्लै खडा थिए । हुन पनि एउटा ज्ञानी पुरुषका लागि सब कुरा समान हुन्।

मायावतीका सेवियरजीको निधन भएका कारण उनी समय नगुमाइ अल्मोडातर्फ हान्निए । पुगेर उनले सेवियरकी पत्नीलाई सान्त्वना दिए।

त्यहाँ आश्रमका सन्यासीहरु मिलेर एउटा कक्षमा श्रीरामकृष्णको मूर्तिको स्थापना गरेका थिए । त्यहाँ हरेक दिन पूजा, भोग, भजन आदि हुने गर्दथ्यो।

यत्तिकैमा एक दिन त्यस कक्षमा स्वामीको नजर पर्यो । उनी चूपै बसे । कसैलाई तत्काल केही पनि भनेनन् । तर साँझपख अग्निकुण्डका सामु सबै आश्रमवासीहरु भेला भएपछि उनले ओजपूर्ण भाषामा मूर्तिपूजाको व्यर्थता प्रमाणित गर्न थाले । उनले निकै पहिले नै स्पष्टरुपमा आफ्नो उद्देश्य के भनेर व्यक्त गरेका थिए भने अद्वैत आश्रममा कुनै पनि किसिमको मूर्तिपूजा वा बाह्यपूजाको अनुष्ठान नगरियोस्।

त्यतिबेला स्वामीजी अलिक कडा मिजाजमा प्रस्तुत पनि भए । तर उनले आफ्ना गुरुको मूर्ति हटाउन लगाएर अन्य भक्त, सन्यासी र शिष्यहरुको मन दुखाउन पनि चाहेनन् । तर स्वामी स्वरुपानन्द र श्रीमती सेवियरले स्वामीको उद्देश्यलाई राम्रोसँग बुझेर अद्वैत आश्रमको नियमानुसार श्रीरामकृष्णको पूजा बन्द गरिदिए।

यसपश्चात, विवेकानन्द बेलुड मठ फर्किए । उनी आश्रमको सानो भन्दा सानो काम पनि गर्ने गर्दथे । तर उनको स्वास्थ्य ओह्रालो लागेको थियो । उनलाई दमको समस्याले पनि चापेको थियो।

स्वामीलाई बाल्यकालमा नै पेटकोरोगले सताएको थियो । यसपश्चात उनलाई कहिल्यै आराम भएन । अन्त्यतः सन् १९०२ को जुलाई ४ तरिखको रात ३९ वर्षकै तरुणवयमा उनले शरिर छाडे । उनको देहान्त हुँदा आमा साथै थिइन् । स्वामीको देहान्तपश्चात उनकी आमा अरु ९ वर्ष बाँचिन्।

उपसंहार
स्वामी विवेकान्द निकै भावुक हृदयका थिए । अर्को खास कुरा के पनि थियो भने, जीवनको राहमा उनलाई श्रीरामकृष्ण परमहंस जस्ता गुरु पनि प्राप्त भए । गुरु पनि यस्ता कि भक्तहृदय देवपूजक ।

सत्येन्द्रनाथ मजुमदारले आफ्नो पुस्तक विवेकानन्द चरितमा लेखेका छन् –
सत्यान्वेषक विवेकानन्दले यदि युवावस्थामा परम कारुणिक श्रीरामकृष्णलाई गुरुको रुपमा नपाएका भए सम्भवतः हामीले उनलाई दयानन्द सरस्वती जस्तो बिद्रोही पाउने थियौँ।

ध्यान, साधनाले शरिरका हार्मोन र अन्य रसायनहरु परिवर्तन हुन्छन् भनेर विज्ञानले पनि प्रमाणित गरिसकेको छ । शिव, कृष्ण, राम, बुद्ध, फरिदा लगायत अन्य कैयन महापुरुष तथा योगीहरुले आफूभित्रको स्त्रैण शक्तिलाई जागृत गराएका दृष्टान्तहरु हाम्रा सामु छन् । विज्ञान त आज केवल ति कुराहरुलाई सावित मात्रै गर्दै हिँडिरहेको छ । जसलाई हाम्रो सभ्यताले भने लामो समयदेखि बाँच्दै आइरहेको छ।

विवेकानन्द भन्ने गर्दथे, मलाई जे भन्नु छ त्यसलाई म आफ्नै भावमा भन्न मन पराउँछु । म आफ्ना वाक्यहरुलाई न हिन्दु ढाँचामा ढाल्छु न त इशाई वा अन्य कुनै।

उनका केही वाणी अति नै मन पराइएका छन् । जस्तो उनी भन्ने गर्दथे, होइन, सम्झौता होइन । लिपापोती होइन । सडेगलेका मूर्दाहरुलाई फूलले नढाक । …अति निन्दनीय कापुरुषताले नै सम्झौता गर्ने प्रबृत्ति उत्पन्न गराउँछ । साहसको आलम्बन गर, मेरा प्याराजन ! सबैभन्दा बढी तिमी साहसी बन । कुनै पनि कारणले असत्यका साथ सम्झौता गर्न नजानू । चरम सत्यको प्रचार गर । तिमीलाई लोक समाजको श्रद्धा प्राप्त हुँदैन कि भन्ने कुराले त्रसित हुनु पर्ने कुनै कारण नै छैन।

कुरा गर्दागर्दै विवेकानन्द उग्र हुने गर्दथे । भावुक भएर आँशु पनि बगाउने गर्दथे । त्यसो त उनी त करुणाका सागर नै थिए।

आफूभित्रको स्त्रैण शक्ति पूर्णरुपमा जागृत गराउन सफल विवेकानन्दले आफ्नै हातले लेखेका छन्, म नारी अधिक हुँ, पुरुष कम।

त्यसो त यहाँ उल्लेख गर्नै पर्ने एउटा प्रसंग छ । गुरु रामकृष्ण परंहंस स्वयम् स्त्रैण शक्तिले पूर्णरुपमा रुपान्तरित थिए । उनका स्तनहरु बढेका थिए । भनिन्छ साधनाको पराकाष्ठाले उनका स्तनहरु दूधले भरिएका थिए । ओशोले त कहाँसम्म दावी गरेका छन् भने रामकृष्णलाई रजश्वाला पनि भएको थियो । तर जगतले तथ्यलाई नबुझेर गलत अर्थ लगाउन सक्ने हुँदा उक्त प्रसंगलाई गोप्य राखिएको थियो।

ध्यान, साधनाले शरिरका हार्मोन र अन्य रसायनहरु परिवर्तन हुन्छन् भनेर विज्ञानले पनि प्रमाणित गरिसकेको छ । शिव, कृष्ण, राम, बुद्ध, फरिदा लगायत अन्य कैयन महापुरुष तथा योगीहरुले आफूभित्रको स्त्रैण शक्तिलाई जागृत गराएका दृष्टान्तहरु हाम्रा सामु छन् । विज्ञान त आज केवल ति कुराहरुलाई सावित मात्रै गर्दै हिँडिरहेको छ । जसलाई हाम्रो सभ्यताले भने लामो समयदेखि बाँच्दै आइरहेको छ।

स्वामी विवेकानन्दले थप लेखेका छन्, म सदा अरुको दुःखलाई आफूमाथि ओढ्ने गर्दछु –बिना कुनै प्रयोजनले, कसैलाई कुनै लाभ पुर्याउन समर्थ भएबिनै –ठिक ती स्त्रीहरुसदृश, जो निःसन्तान हुँदाको अवस्थामा पनि आफ्नो सम्पूर्ण स्नेहलाई एउटा बिराला वा कुकुर पालेर भए पनि प्रकट गर्ने गर्दछन्।

स्वामीले लेखेका छन्, पुरातन कालमा ईश्वरलाई नमान्नेहरु नास्तिक कहलाउँथे । र, आज जो आफूलाई अर्थात आफ्नो आत्मालाई मान्दैन, ऊ नास्तिक कहलाउँछ।

स्वामीजी कुनै बेला आफ्ना शिष्यहरुलाई भन्ने गर्थे, मेरा प्यारा नानीहरु हो, सम्पूर्ण भारतमाथि धावा बोल; अर्थात धर्मप्रचार र जनसेवाका लागि विस्तार होऊ।

विवेकानन्द मानवता र करुणाका सागर रहेछन् । उनी सारा प्राणी र प्रकृतिलाई स्नेह गर्दथे । उनमा प्रचूर मात्रामा देशप्रेम पनि ब्याप्त थियो । उनी भन्थे, जबसम्म मेरो जन्मभूमिको एउटा मात्रै कुकुरले पनि भोकै बस्नु पर्छ तबसम्म उसलाई आहार दिनु नै मेरो धर्म हो । यसका अतिरिक्त अरु जे जति छ सब अधर्म हो।

तर आज भारत देशलाई हेर्ने हो भने, त्यहाँ अत्याधिक भोकमारी छ । लाग्छ, भारतमा कुनै पनि सन्त वा महापुरुषको असरले छोएको छैन । त्यहाँ लगातार अत्याधिक अराजकता र अपराध छ । नत्र भारतमा जति सन्त दुनियाँमा अन्त कहाँ पैदा भएका छन्?

के बत्तिमुनि सधैँ अँध्यारो नै हुने गर्दछ ? के धेरै सन्त हुनु पनि खतरा हो?

Facebook Comments
Lila
Comments (0)
Add Comment