नेपाल इन्जिनियरिङ कलेजको ‘डेलिभरी रोबोट’ अस्पताललाई

काठमाडौं, जेठ ३ । नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरका प्राध्यापाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोबोट’ एक कार्यक्रमबीच  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई हस्तान्तरण गरिएको हो ।

अस्पतालहरूमा नर्सहरूलाई विरामीहरूलाई औषधि, पानी, खाना, सामानलगायतका सामानहरू आफैँ दिन जान नपर्ने गरी मेशिनले दिन जाने स्वचालित रोवोट हस्तान्तरण गरिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएको रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिनेछ । हस्तान्तरणसँंगै रोवोटको प्रयोग गर्ने नर्सहरूलाई रोबोट सञ्चालन सम्वन्धी अस्पतालमै अभ्यास गराएको थियो । पाँंच छ जना नर्सहरूले रोबोट सञ्चालन गर्न सिकेका थिए । रोवोट चलाउन जानेपछि रोवोट हस्तान्तरण गरी अस्पतालमा छोडिएको थियो । यही क्रममा रोबोटलाई अस्पतालको आइसोलेशन वार्डवार्डमा लगेर सञ्चालन अभ्यास समेत गरिएको थियो ।

कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौता समेत गरिएको थियो । सम्झौतामा कलेजको तर्फबाट कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र अस्पतालको तर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रूपनारायण खतिवडा सम्पर्क व्यक्ति रहेको र रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।

अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका चारजना सहायक प्राध्यापकहरू रुपेशदही श्रेष्ठ, दिनेश डंगोल, सचिन श्रेष्ठ र अभिनाश खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल हुनुभएको हो ।

परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरू रोबोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ । ट्रली बाहेकको निर्माण सामग्रि करिव २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भव भएको जनाइएको छ । रोबोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामी विरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पु¥याउन लगाउने छ ।

कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरूले रोवोट बनाएको प्रा.डा. श्रेष्ठले जनाउनुभयो । भविष्यमा नेपाल सरकार वा अन्य निकायहरूबाट माग भएमा प्राविधिक सहयोग गर्न कलेज तयार रहेको प्रा.डा. श्रेष्ठले स्पष्ट पार्नुभयोे ।

Facebook Comments
Comments (0)
Add Comment