परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विपदमा मानवीय संवेदना हराउन नदिऔं

कोरोना महामारी

दोस्रो विश्व युद्धमा शक्तिको उन्मादले मानवीयसमवेदना हराएको बखत कसरी मानवीय संवेदना जगेर्ना गर्न सकिन्छ भनेर नर्सहरूले अनुपम कार्य गरे । जसको परिणाम स्वरुप विद्यालयमा नर्सिङ अध्ययन अध्यायपन कार्य सुरु भयो । अनि यसलाई समय सापेक्ष बनाउँदै विश्वविद्यालय स्तरमा वैज्ञानिक तवरबाट अध्ययन अध्यापन गर्न सुरु गरियो ।

वर्तमान परिप्रेक्ष्यमा कोरोनाको महामारी विश्वमा द्रुत गतिले फैलिरहेको अवस्थामा नर्सहरूको भुमिका के रहन्छ त ? स्वभाविकै हो यसको उत्तर हुन्छ– महामारी कम क्षति मै रोक्नु र यसबाट उत्पन्न दुष्पपरिणाम न्यूनीकरण गर्नु ।

जुन तरिकाबाट, जसरी द्रुत गतिमा यो महामारी विश्वभर फैलिरहेको छ यसले मानव जगतलाई मानवीयताको अस्तित्वमाथि नै चुनौतीको पहाड खडा गरेको छ ।

खासमा चिकित्सा विज्ञान जसरी सामूहिक तवरले समाजको संस्कार, बनावट आदिलाई सम्बोधन गर्ने खालको हुनु पर्ने हो त्यस्तो नभएर समाजको संस्कार र रहनसहन भन्दा निकै पर गएको भान यो कोरोनाको प्रकोपले दिएको छ । जब चीनमा महामारी सुरु भयो त्यस बखत विकसित राज्यले जसरी सघाउनु पर्ने थियो र आफ्नो राज्यलाई सजग राख्नु पर्ने थियो त्यसो भएन, उनीहरू उल्टै चीनलाई गाली गर्दै बसे ।

सन् २०२० लाई विश्व नर्स र मिडवाईफ्री वर्षका रुपमा घोषणा गरिएको छ । यही वर्ष नै कोरोना महामारी फैलिनले नर्स र मिडवाईफहरूलाई खडा गरेको छ । नर्स र मिडवाईफहरूको भुमिका के हो भन्ने प्रष्ट देखाउनु पर्ने वेला आएको छ ।

नर्सिङ सेवा सिधै मानवीय समवेदनासंग गाँसिएको विषय हो । हाल विश्व जगतमा कोरोनाको प्रकोपले मानवीय समवेदनामा सोझै हमला गरेको छ । विषाणु फैलिन र संक्रमण रोक्न प्रत्येक व्यक्तिले भौतिक दूरी कायम गरी विश्व मान्यता अनुरुपको व्यवहार अपनाउन हर संभव प्रयास गर्नु परेको छ ।

यो समस्या स्वास्थ्य क्षेत्र जगतको मात्र नभएर सम्पूर्ण मानव जगतको हो, यसका लागि सही सोचको विकास गरिनु पर्दछ । त्यसैले स्वास्थ्य नै धन हो भन्ने भनाइलाई आत्मसात गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना सम्म गर्न सकिदैन भन्ने कुरालाई प्रष्ट पारेको छ । त्यस कारण पनि स्वास्थ्यबारे सही सोचको विकास गरिनु पर्दछ । हामी मानवको उत्पति, विकास र परिस्कारको संग्रह नै समाज हो । त्यसैले समाज बिना हामी मानवको परिकल्पना गर्न सक्दैनौं । तर हिजोआज मौद्रिक मुनाफा लक्षित परियोजनाहरू जसले समाज र यसको चुरो पाटोलाई ओझेलमा पारेर व्यक्ति, कुनै पेशा वा भूगोललाई मात्र हावी गराउने जुन प्रवृत्ति विकास गरियो त्यो मानव हितमा थिएन भन्ने कुरा अहिलेको महामारीले प्रष्ट्याएको छ ।

यस्तो वेला उचित पौष्टिक आहारा, यथेष्ट आराम, शारीरिक व्यायाम आदि बारे सचेत रहनु पर्छ । आफ्ना साथी, घर परिवारका सदस्यहरूसंग स्वास्थ्य सम्बन्धी छलफल गर्नु र गर्न लगाउनु पर्दछ । यसले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै इच्छाशक्ति र मानसिक स्वास्थ्य समेत दरो बनाउन मद्दत गर्दछ ।

यो कोरोना विषाणु खोक्दा हाछिऊँ गर्दा हावा मार्फत श्वासप्रश्वास मार्फत सर्ने, साथै हाम्रो सम्पर्कमा रहेका संक्रमित स्थान र वस्तुबाट हातको माध्यम हुँदै नाक, मुख, कान, आँखा मार्फत शरीरमा प्रवेश गर्ने हुनाले हात साबुन पानीले पटकपटक धुने बानी विकास गर्नु पर्दछ ।

यो समस्या स्वास्थ्य क्षेत्र जगतको मात्र नभएर सम्पूर्ण मानव जगतको हो, यसका लागि सही सोचको विकास गरिनु पर्दछ । त्यसैले स्वास्थ्य नै धन हो भन्ने भनाइलाई आत्मसात गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना सम्म गर्न सकिदैन भन्ने कुरालाई प्रष्ट पारेको छ । त्यस कारण पनि स्वास्थ्यबारे सही सोचको विकास गरिनु पर्दछ । हामी मानवको उत्पति, विकास र परिस्कारको संग्रह नै समाज हो । त्यसैले समाज बिना हामी मानवको परिकल्पना गर्न सक्दैनौं । तर हिजोआज मौद्रिक मुनाफा लक्षित परियोजनाहरू जसले समाज र यसको चुरो पाटोलाई ओझेलमा पारेर व्यक्ति, कुनै पेशा वा भूगोललाई मात्र हावी गराउने जुन प्रवृत्ति विकास गरियो त्यो मानव हितमा थिएन भन्ने कुरा अहिलेको महामारीले प्रष्ट्याएको छ । यसको ज्वलन्त उदाहरण युरोपेली समाजको अर्थ बजार र हाल उनीहरूले सामना गर्नु परेको अवस्थाले उजागार गरेको छ । आफू शक्तिशाली राज्यको हैसियतले जहाँ पनि जसरी पनि र जति पनि लगानी गर्न उद्यत हुने उनीहरूको सोच गलत थियो । पैसाले जुनसुकै राज्यको मानवस्रोत, प्राकृतिक खनिज र साधनहरू खरिद गर्न सकिन्छ भन्ने भ्रम बेकेका थिए । र, त्यसै अनुरुप नै स्वास्थ्य क्षेत्रलाई मुनाफाखोरी बजारको कारोबारमा परिणत गरेका पश्चिमा मुलुकहरू कोरोना महामारी नियन्त्रण गर्न निरिह बनेका छन् ।

स्वास्थ्य बारे सोचको कुरो यस अर्थमा उल्लेख गर्नु जरुरी छ कि समाजमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले नै हाल आएर विश्वभरिका मानिसहरू घर भित्र नै स्व–कैदी सरह बस्नु परेको छ । आत्म अनुशासनको कुरो फैलाउनु परेको छ । यो समस्या मात्र स्वास्थ्य पेशाकर्मीहरूले समाधान गरेर हुने होइन । राज्य लगायत विश्व स्वास्थ्य संगठनले सबैलाई गुहार्नु परेको छ । यो विश्वव्यापी संकटको बेला मात्र नर्सिङ पेशाकर्मी वा स्वास्थ्य पेशाकर्मीहरूको भूमिका खोजिनु, उल्लेख गरिनु उचित होइन । हामी प्रथमतः मानव हांै । मानवीय संवेदना हामीमा हुनु पर्दछ र यो मानवीय संवेदनाको क्षेत्रबाट आम मानिसहरूलाई स्वास्थ्य क्षेत्रमा सुरक्षित बनाउने नर्सिङको अहम दायित्व छ । तर हरेक तह तप्का, हरेक भूगोल, हरेक क्षेत्रका सबैजन त्यतिकै महत्वपूर्ण भूमिकामा अग्रसर भैदिनु हुन र त्यस प्रति जागरुक भैदिनु हुन र आफ्नो तहमा नेतृत्वको भूमिका निभाईदिनु हुन आग्रह गर्नु पनि हामी नर्सहरूको कर्तव्य बनेको छ ।

स्वास्थ्य पेशाकर्मीहरू जो युद्दको अग्रीम रेखामा गएर यो संक्रमण बिरुद्द योद्धाको रुपमा लड्नु परीरहेको छ उनीहरूलाई सुरक्षाका लागि सुरक्षाका कवचहरू पनि सबै मिलेर जुटाउनु परेको छ । सुरक्षा कवचहरू जस्तो पञ्जा, मास्क, सुरक्षित ड्रेस (Personal Protective Equipment) सुरक्षित एम्बुलेन्स, सवारी साधन लगायत औषधिहरू आदि । यी सबै जुटाउन, जुटेकाको व्यवस्थापन गर्न र आम स्वास्थ्य कर्मीहरू बीच समन्वय गराउने भूमिका नर्सिङको हुन आउँछ ।

यो महामारीमा सबैभन्दा बढी मारमा परेका ज्येष्ठ नागरिकहरू हुन त्यसैले वृद्ध आश्रम जस्तो पशुपति, देवघाट आदिमा पूर्ण सुरक्षित घेराभित्र राखेर आबश्यक खाद्यान्न, औषधी र दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने समन्वयात्मक भूमिका निभाउनु पर्दछ ।

इटली जस्तो स्वास्थ्य क्षेत्र प्रदान गर्नेमा विश्वको दोस्रो स्थान ओगट्न सफल भएको देशलाई त यो विपद् रोक्न हम्मेहम्मे परेको अवस्थामा यदि हामीले हाम्रा सम्पूर्ण उपायहरू, सम्पूर्ण सम्भावनाहरू परिचालित नगर्ने हो भने भोलि हाम्रो त्योभन्दा दयनीय स्थिति नआउँला भन्न सकिदैन । त्यसैले यसलाई मात्र स्वास्थ्यकर्मीको भूमिकाका रुपमा नहेरौ, हामी सम्पूर्ण मानवको दायित्व हो ।

अहिले राज्यले दिएन, नर्सहरू हेपिए, विभेदकारी व्यवहार ग¥यो भनेर दोषारोपण गर्ने र अनुभूत गर्ने बेला होइन, अहिले हामी मानव हांै, हाम्रो मानवीय धर्म भनेको हामीले जानेको बुझेको र आर्जन गरेको ज्ञान, सीप र अर्थ कसरी यो समस्या विरुद्ध जुद्ध्न सबैसंग मिलेर प्रयोग गर्ने भन्ने हो । पहिला आफ्नो परिवारका सदस्य, समाजका सदस्य लगायत राज्यलाई नै सचेत गराउँदै अगाडि बढ्ने हो । त्यसैले दोषारोपण होइन सहकार्य गरौँ, आ–आफ्नो क्षेत्रबाट सबैले सबैलाई सक्दो सहयोग गरौँ र गर्न अभिप्रेरित गराऔं । हामी नर्सहरूले सेनियार नर्सहरूलाई फोन, इन्टरनेट मार्फत सम्पार्क गरौं र उहाँहरूको मनोबल उच्च गर्ने कार्यको जिम्मेवार दिऔं, छलफल चलाआंै, पूर्ण सुरक्षा प्रदान गरौं र त्यसको अनुभूती गराऔं । युवामा बल हुन्छ तर अनुभव कम, बृद्धमा अनुभव हुन्छ तर बल कम । त्यसैले यसलाई संयोजन गरौं । युवा दस्तालाई सक्दो परिचालित गरौं, पाकाहरूको सोच शक्ति निर्माणमा प्रायोजन गरौं ।

हरेक क्षेत्रका शिक्षक, पत्रकार, वकील, इन्जिनियर, कलाकार, विद्यार्थी, किसान, उद्योग–व्यवसायी, यातायात व्यवसायी, विभिन्न पार्टीका नेतागण लगायत हरेक क्षेत्रकासंग विशेष आग्रह के छ भने हामीहरू सरकारले जारी गरेको घर भित्रै रहने सल्लाहलाई पूर्ण पालना गरौं ।

त्यस्तै अति जोखिम मुलुकबाट स्वदेश फर्किएका र कोरोना संक्रमितको सम्पर्कमा भएकाहरू आफैं आइसोलेशनमा बस्न र कोरोनाको जाँच गराउन अभिप्रेरित हुनुहोस् । त्यस्तै अस्पताल, क्लिनिक आदि जहाँ स्वास्थ्य सेवा दिने गरिएको छ, त्यहाँ आपतकालीन अवस्था बाहेक गएर भिडभाड नगरौं । सरकारले यो कुरो बारम्बार अनुरोध पनि गरिरहेको छ, त्यसलाई अनुशरण गरौं ।

स्थानीय, प्रदेश र संघीय सरकारले ठाउँ ठाउँमा कोरोना अस्पताल तोकेको छ । उदाहरणका लागि चितवन भरतपुरले १२ नम्बर वडाको औद्योगिक प्रदर्शनी हलमा कोरोना अस्पताल खोलेको छ, त्यस्तै हरेक अस्पतालले ज्वरो क्लिनिक अस्पतालको भवन बाहिर खोलेका छन्, जसले गर्दा अस्पतालका अरु बिरामीहरूलाई कोरोना सङ्क्रमण नहोस् । यो विश्वव्यापी महामारी भएकोले विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन अनुसार नै राज्यले स्थापित मापदण्ड अनुसार नै कार्य योजनाहरू लागु गर्नु र त्यस्तो वातावरण तयार गर्नु नर्सिङको पनि भुमिका हो ।

यसबेला कुनै पनि स्वास्थ्य संस्थाले दिई आएको सुविधा कटाएर आफ्ना मातहतका कर्मचारीहरूलाई बिदामा राख्ने होइन । सरकारसंग सहकार्य गरी कसरी बढीभन्दा बढी एक भएर महामारी बिरुद्द लड्ने भन्ने कार्य योजना सहित अगाडि आउनु पर्दछ । यस्तो भूमिका निभाउने संस्थाहरूको अभिलेख राख्ने र सरकारसंग समन्वय गरी कार्यसम्पादन गर्नु पनि नर्सिङको दायित्व हुन आउँछ । हाल हाम्रो देशमा उच्च जनशक्ती निजी स्वास्थ्य संस्थाहरूमा धेरै मात्रामा कार्यरत छन् । यो कोरोनाको संक्रमण र यसको असरको न्यूनीकरण द्रुत गतिमा गर्न निजी संस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ । अहिले प्रश्न उठेको छ– कतै हाम्रा ठूलाठूला निजी अस्पताल र निजी मेडिकल कलेजहरूहरू उच्चदक्षता युक्त जनशक्तिको सही सदुपयोग गर्न बन्चित त भएका छैनन?

यो कुरा पनि अति सुक्ष्म तबरबाट निगरानी गर्न सरकारलाई नर्सहरूले नेपाल नर्सिङ सङ्घ मार्फत सहयोग गर्न सक्छन् । नर्सिङ सङ्घले तत्काल आपातकालीन सेवा प्रदान गर्न तीन सयभन्दा बढीलाई विपद् व्यवस्थापन र यसबाट हुने क्षति न्यूनीकरण गर्ने विशेष तालिम पनि दिइएर EPI Nurse तयार पारेको छ । आवश्यक छलफल र कार्ययोजना पनि नेपाल सरकारसंग मिलेर निर्माण गर्दै आएको छ । उनीहरूलाई परिचालित गर्न सकिने छ । साथै विभिन्न नर्सिङ कलेजमा अध्यायपन गराउने र अध्ययनरत नर्सिङ जनशक्तिलाई त्यस कलेजको व्यवस्थापनसंग समन्वय गरी यो विपद् व्यवस्थापनमा सहभागी गराउन सकिनेछ ।

इटली जस्तो स्वास्थ्य क्षेत्र प्रदान गर्नेमा विश्वको दोस्रो स्थान ओगट्न सफल भएको देशलाई त यो विपद् रोक्न हम्मेहम्मे परेको अवस्थामा यदि हामीले हाम्रा सम्पूर्ण उपायहरू, सम्पूर्ण सम्भावनाहरू परिचालित नगर्ने हो भने भोलि हाम्रो त्योभन्दा दयनीय स्थिति नआउँला भन्न सकिदैन । त्यसैले यसलाई मात्र स्वास्थ्यकर्मीको भूमिकाका रुपमा नहेरौ, हामी सम्पूर्ण मानवको दायित्व हो । आ आफ्नो क्षेत्रबाट सुरक्षाका हरेक सम्भावना परिचालित गर्दै अरूलाई पनि सुरक्षित राख्दै यो कोरोना महामारी बिरुद्ध संयुक्त युद्धमा सहभागी हुन एक जिम्मेवारी नर्स, नेपाल नर्सिङ सङ्घको बरिष्ठ उपाध्यक्ष तथा एक नेपाली नागरिकको हैसियतले हार्दिक अपिल गर्दछु ।

Facebook Comments