परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोनाको कोरा

चट्याङ प्रहार

कोरोनाको डरले घर बाहिर निस्कन मिलेन

घरकाको करकरले भित्र बस्न मन लागेन 

समृद्धि आउँछ भन्थे स्थायी सरकार भएपछि

थुनाउने र थुनिनेको जमाना पो आएछ थाहै भएन  ! 

 

कहिले भुइँचालो आउँछ घरबाहिरै थुन्दछ 

अहिले कोरोना आयो घरभित्रै नजरबन्द छ     

देखिने गरी आए त हामीले पनि जान्या थ्यो 

ज्यानमाराहरू धेरै तह लगाई सकिया थ्यो !! 

 

मलाई खोज्दै कोरोना मेरो घर नआउने रे 

आफै गई भीँडमा भेटेरै ल्याउनु पर्ने रे 

लागेपछि कोरोनाले मार्छ नै भन्ने होइन रे 

मार्ने पनि सम्भावना मात्र हो, १७% बढी होइन रे !

 

त्यस्ता सम्भावना हामी बेहोर्छौ सधैं कति   

अरबको गर्मी खाएर फर्किए त गए जति?

अर्काको देशको सेना बन्दै हामी मर्यौ कति ?

आफ्नै देशमा गरी क्रान्ति मर्यौ मार्यौ कति कति !

 

बर्षको दुई चार हजार हामी मर्छौ मोटर लडाएर

रक्सी, चुरोट विषादिले लान्छ केही बढारेर 

निस्सासिने धुलो बाटो धुवाँ फोक्सो कुहाउन 

नक्कली औषधी, डाक्टर तैयार छन् सिद्ध्याउन 

 

कयौं रोग त हामी ढ्याङ्ग्रो ठटाई भगाउँथ्यौँ 

केही रोगका लागि पशु बलि चढाउँथ्यौँ 

पहेंला अक्षता फ्याँकी कैयौ रोग भगाउँथ्यौँ 

जाबो यो कोरोनालाई कोरा बारेर भगाउँछौँ !!

Facebook Comments