परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी बदलौ, कोरोनालाई पराजित गरौ !

कोरोना भाइरसले विश्वलाई अक्रान्त बनाएको छ । युरोप, अमेरिका जस्ता स्रोत र साधन सम्पन्न राष्ट्रहरू समेत किंकर्तब्यविमुड भएका छन् । मानिसमा एक खालको अातंक फैलिएको छ । विश्वका अाम जनसमुदायले ‘लक्डाउन’, ‘अाइसोलेशन’, `क्वारेन्टाइन’ र ‘कोभिड-१९” जस्ता शब्दहरूको अर्थ केलाउन थालेका छन् । तर, अर्थ केलाएर अथवा ब्याख्या विश्लेषण गरेरमात्र यो कोरोना भाइरसबाट मुक्ति पाउन सकिने देखिदैन । यसबाट मुक्ति पाउन हाम्रा अाफ्नै दैनिकमा परिवर्तन ल्याउनु पर्ने विज्ञहरूले अौंल्याएका छन् ।

डिसेम्बर २०१९ देखि सुरु भएकोयो कोरोनाले कति मानविय क्षति पुर्याउने होअहिले नै अांकलन गर्न सक्ने अवस्था छैन । यता विश्व अर्थतन्त्रलाई भने यसले घुँडा टेक्ने अवस्थामा पु-याउन सक्ने भनेर अर्थविद्हरू भन्न थालेका छन् । मानविय क्षति कम गर्न र कोरोना भाइरसको खोप पत्ता लगाउन विज्ञहरू लागिपरे पनि अहिलेसम्म सफलता मिलिसकेको अवस्था छैन । यसर्थ सरकारले घोषणा गरेका निर्देशन पालना गर्नु नै अहिलेका लागि कोरोना भाइरसबाट जोगिने एक मात्र उपाय हो ।

विश्वलाई नै गाँजेको कोरोनाले नेपालमा अहिलेसम्म मानविय क्षति नपुर्याए पनि दुई ब्यक्तिमा कोरोना भाइरस भएको पुष्टि भएको छ । त्यस मध्य एकजना चीनबाट अाएका थिए । उनी निको भएर घर फर्किएका छन् भने विदेशबाटै अाएकी एक युवतीलाई अाइसोलेशनमा राखेर उपचार गरिदै छ । यी दुई ब्यक्तिको `हिस्ट्री´ हेर्दा कोरोना भाइरस विदेशबाट अाउनेले नै ल्याउने रहेछन् भन्ने पुष्टि भएको छ । यसले के बुझाउछ भने कोरोना अाफै उडेर अाउने नभई गएर ल्याउदा मात्र अाउने रहेछ । यसर्थ अब विदेशबाट नेपाल अाएका जोसुकैले कोरेन्टाइनमा बस्नु जरुरी छ । त्यस्ता ब्यक्तिलाईसरकारले उचित ब्यवस्थाका साथअनिवार्य रुपमा कोरेन्टाइनमा राख्ने गर्नु पर्छ । अन्यथा यसले विकराल रुप लिन सक्छ । बेलैमा सचेत हुन जरुरी छ ।

अहिले मेरो वरिपरिको वातावरण असहज बनेको छ । र माथि भनिए जस्तै विभिन्न तर्कनाहरू घर भित्रबाट निस्किरहेका छन् । विश्व मानवले नसोचेको विपत् अाइलागे पछि भावनात्मक रूपले मानिस नजिक भएका छन् , संवेदनशील बनेका छन् । कोरोना भाइरसबाट छिटै मुक्ति मिलोस् भन्ने कामना गरिरहेका छन् । यता विद्वानहरूले कता के मिलेन भनेर खोजी गरिरहेका छन् । युरोप, अमेरिका जस्ता साधन सम्पन्न र सफा सुघर देशहरूमा कोरोना फैलिए पछि सामाजिक सद्भाव र मानविय संवेदनामा कमी साथै शासन ब्यवस्था नै बेठीक भनेर अर्थ्याउन थालिएको छ । यता चीनको हकमा भने कोरोना रोकथामको तदारुकता देखेर विश्वले नै प्रसंसा गरिरहेको छ ।

अहिले काठमाडौं चकमन्न छ । सरकारले चालेका कदम (लकडाउन) को स्वागत गर्दै अधिकांश मानिस घर भित्रै बसेका छन् । अधिकांश मानिस फेसबुक र ट्विटर मार्फत अाअाफ्ना विचार प्रवाह गरिरहेका छन् । घरका छतमा बसेर मानिस पुस्तक, पत्रपत्रिका, मोबाइल र ल्यापटपमा ब्यास्त देखिन्छन् । मानिसहरू भन्दै छन् – यदि यो अवस्था लामो समयसम्म रयो भने के गर्ने ? के खाने, घर भाडा कसरी तिर्ने, दैनिक उपभोग्य वस्तुको जोहो कसरी गर्ने ? दैनिक ज्यालादारीमा बाँचेकाहरूको अवस्था झन सोचनिय बन्न पुगेको छ । ब्यपारी, व्यवसायीहरूको गुनासो र इशारा बैंकको ब्याज तर्फ छ भने गृहस्थ जीवनमा नै रमाइरहेकाहरूको चिन्ता दैनिक उपभोग्य वस्तुको अापूर्ती सरकारले सहज बनाएन भने अाउदा दिन कष्टकर बन्ने तर्फ छ ।

अहिले मेरो वरिपरिको वातावरण असहज बनेको छ । र माथि भनिए जस्तै विभिन्न तर्कनाहरू घर भित्रबाट निस्किरहेका छन् । विश्व मानवले नसोचेको विपत् अाइलागे पछि भावनात्मक रूपले मानिस नजिक भएका छन् , संवेदनशील बनेका छन् । कोरोना भाइरसबाट छिटै मुक्ति मिलोस् भन्ने कामना गरिरहेका छन् । यता विद्वानहरूले कता के मिलेन भनेर खोजी गरिरहेका छन् । युरोप, अमेरिका जस्ता साधन सम्पन्न र सफा सुघर देशहरूमा कोरोना फैलिए पछि सामाजिक सद्भाव र मानविय संवेदनामा कमी साथै शासन ब्यवस्था नै बेठीक भनेर अर्थ्याउन थालिएको छ । यता चीनको हकमा भने कोरोना रोकथामको तदारुकता देखेर विश्वले नै प्रसंसा गरिरहेको छ ।

जसले जे भने पनि अहिले कोरोनाबाट बाँच्न र बचाउन कसरी सकिन्छ मानव समुदायले त्यही विषयमा सोच्न जरुरी छ । सरकारले मात्र काम गरेर हुने केही छैन । नागरिकहरू नै सचेत र संवेदनशील बन्नुपर्छ । नेपाल सरकारले पनि अाफ्ना जनतालाई कोरोना भाइरसबाट जोगाउन हरसम्भव प्रयास गरेको छ । यो प्रयासलाई जनताले पूर्णरूपमा सहयोग गर्नु पर्छ । साधन स्रोत सम्पन्न मुलुकहरूको अवस्था देखि सकेका नेपालीले अाफू र अरूलाई सुरक्षित राख्न कुनै कसर बाँकी राख्नु हुदैन । हाम्रो सबैभन्दा ठूलो पीडा भारतसँगको खुला सिमा नाका बन्न सक्छ । तराईमा सबैतिर खुला छ । कतिपय ब्यक्तिको अंशबण्डा गर्दा अाँगन पारि भारततिर भाइको घर र अाँगन वारि नेपालतिर दाजुको घर परेको हुन सक्छ । ब्यवस्थापन गर्न कठिन भए पनि निर्ममता पुर्वक सरकारले निर्णय लिन जरुरी छ ।हामी गएर ल्याउदा मात्र यो भाइरस अाउछ नत्र अाउदैन भन्ने बुझेर अाफ्नो दैनिकी परिवर्तन गर्ने हो भने यो महामारीको जालोबाट हामी सकुशल उम्कन सक्छौ अन्यथा गाह्राे छ । धेरै त्रसित नबनौ । साबुन पानीले बारम्बार हात धुने, सेनिटाइजर र माक्सको प्रयोग गर्नेगरौ र कोरोना भाइरसलाई पराजित गरौ । यो भन्दा अन्य विकल्प अहिलेलाई हामीसँग छैन।

Facebook Comments