सिसीको गलफत्ती
चट्याङमास्टरको झटारो
गलफत्ती छ एमसीसी फेल गरौँ कि पास गरौँ  ? ![]()
 म भन्छु पहिले वरिपरि भएका गिलास हेरौं
सबै गिलास भर्न पुग्ने भए पास गरौँ
कतै पुग्ने कतै नपुग्ने भए फेल गरौँ
यहि सहमति गरौँ
एउटा करायो – त्यस्तो कहाँ हुन्छ?
मेरो गिलास भर्न पुग्छ त्यसैले पास गरौँ
अर्को गर्जियो – मेरो गिलासमा थोपै नपर्ला जस्तो छ
त्यसैले फेल गरौँ,
तेस्रो चतुरे बोल्यो – अहिले बरु आलटाल गरौँ
कसकसको भागमा के कति पर्यो या पर्छ? पहिला त्यो चैँ तय गरौँ
अनि आफ्नो भाग हेरी चित्त बुझे पास गरौँ नत्र फेल गरौँ !!
बरु यसमा पो सहमति गरौँ
						