कालो माघ १९ : यसरी पसेको थियो रेडियोमा सेना
डेटलाइन: रेडियो सगरमाथा
यही बीचमा ती क्याप्टेनले यहाँको मुख्य मान्छे को हो? भनेर प्रश्न गरे । मैले म हो भनेर उत्तर दिनासाथै तिनले कठोर भावावेशमा अङ्ग्रेजीमा आदेश दिए — नो न्युज, नो करेन्ट अफेयर्स, वन्ली म्युजिक !
२०६१ साल । माघ १९ गते । मङ्गलबार । बिहानको समय । चीसो थियो । तर माघको दोस्रो हप्तादेखि नै राजनीतिक बजार तातेको थियो । मिडियाको बजारमा पनि अनेक अड्कलबाजी चलिरहेका थिए । ज्ञानेन्द्र शाह राजा भए लगत्तै म देखिने मात्र राजा बन्दिनँ, देखिने र सुनिने राजा बन्छु भनेर २०४७ सालको संविधानले व्यवस्था गरेको संवैधानिक राजतन्त्रको भूमिकाप्रति असन्तुष्टि जनाई शेरबहादुर देउवाको निर्वाचित सरकार भङ्ग गरी तीनवटा प्रयोग पनि गरिसेसकेको अवस्था थियो । पहिलो प्रयोगमा पुराना पञ्च प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाई तत्कालीन विद्रोही माओवादी समूहलाई शान्तिपूर्वक बाटोमा ल्याएर आमचुनाव गराउने म्यान्डेट राजाले दिएका थिए । नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालासँगको टक्करका कारण प्रजातान्त्रिक कांग्रेस बनाएका शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्री पद अप्ठ्यारामा परेपछि आफ्ना राजनीतिक गुरु कोइरालाको पदचिन्ह पछ्याउँदै २०५८ सालमा संसद् भङ्ग गरी आमनिर्वाचन प्रस्ताव गरेको अवस्था थियो ।
संसद्मा आफ्नो सरकारको नीति तथा कार्यक्रम छत्तीसे समूहले विफल गराइदिएपछि आक्रोशित भएका तत्कालीन पधानमन्त्री गिरीजाप्रसाद कोइरालाले पहिलोपटक २०५० सालमा एकमना बहुमत भएको संसद् भङ्ग गरी चुनाव प्रस्ताव गरेदेखि २०४६ को राजनीतिक परिवर्तनपछिका निर्वाचित प्रधानमन्त्रीहरूका लागि यो बाटो पनि सहज भएको थियो । यही पदचाप पछ्याउँदै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले पनि २०५२ सालमा संसद्मा अविश्वासको सामना गर्नुपर्ने भएपछि संसद् विघटन गरी चुनाव प्रस्ताव गरेका थिए । तर सर्वोच्च अदालतले यो निर्णय बदर गरिदिएको थियो ।
उषाले कुन षड्को २/४ स्न्याप फाटो हान्न भ्याइन् र उनी मलाई आँखा सन्काएर स्वाट्टै स्टेसनबाट बाहिरन् । उनको क्यामेरा डिजिटल थियो । त्यसको केही घण्टामै संयुक्त राष्ट्रसङ्घको कार्यालय पुल्चोक गएर उषाले त्यो तस्बिर इन्टरनेटमा हालिन् । त्यसपछि नेपालका रेडियोमा सेनाले कब्जा गरेको संसारभर एकैछिन्मा फैलियो ।
शेरबहादुर देउवाको सरकारले बारबार चुनावको मिति तोक्ने तर चुनाव गराउन नसक्ने अवस्था आएपछि दाजुको वंश विनाश भई अपुतालीमा राजपाठ सम्हाल्न पुगेका राजा ज्ञानेन्द्रले २०५९ असोजमै देउवालाई ‘अ(स)क्षम’ प्रधानमन्त्रीको संज्ञा दिँदै बर्खास्त गरी लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । लोकेन्द्र बहादुर चन्दले हात उठाएपछि राजाले पुराना पञ्च प्रधानमन्त्री÷नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाई चन्दलाई जस्तै सशस्त्र विद्रोही माओवादीलाई वार्तामार्फत् शान्ति कायम गरी चुनाव गराउने जिम्मेवारी तोकेका थिए । तर सूर्यबहादुर थापाले पनि हात उठाइसकेपछि राजाले अर्को प्रयोग गरेका थिए । पहिले अक्षम भनिएका शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्ने । यो अवस्थालाई आफूमाथि राजाले लागि राजाले न्याय गरेको देउवाको बुझाइ रह्यो । त्यतिखेरको अर्को राजनीतिक शक्ति नेकपा (एमाले) का लागि भने यो परिघटना आधा प्रतिगमन सच्चिएको भन्ने थियो । अनि सरकार पनि नेपाली कांग्रेस (प्रजातान्त्रिक) र नेकपा (एमाले) को संयुक्त बनेको थियो ।
देउवावाला कांग्रेस र एमालेको गठबन्धन सरकारले पनि चन्द र थापाले जस्तै पाएको म्याण्डेट थियो— माओवादीलाई शान्तिपूर्वक राजनीतिमा ल्याई चुनाव गराउने । तर यो सम्भव देखिएको थिएन । यो गठबन्धनको सरकारका पनि खुट्टा लुला हुँदै गइरहेका थिए । माओवादीले खेताला (देउवा सरकार) सँग वार्ता गर्नुभन्दा बरु मालिक (राजा) सँगै वार्ता गरिन्छ भन्ने भनाइ सार्वजनिक गरेको अवस्था थियो । दरवार पनि सिँधै माओवादीसँग वार्ता गर्न लालायित देखिएको थियो र भित्रभित्र तारतम्य मिल्दै गएको रहे्छ पनि ।
मैले क्याप्टेनलाई सोधेँ— के सङकटकाल लासगसकेको हो र ? उनले मेरो प्रश्नमा घृणात्मक भावले मलाई हेरे र उत्तर दिए— म प्रश्नको उत्तर दिने स्थितिमा छैन । माथिको आदेश हो । भने अनुसार गर्नुहोला ।
राजाले कुनै पनि बेला केही कदम चाल्न सक्छन् भन्ने चर्चा राजनीतिक जगतमा चुलिँदै थियो । यत्तिकैमा माघ १८ गते राजाले केही कदम चाल्न सक्छन् भन्ने हल्ला फैलिएको थियो । राजनीतिक बजार यस्तै अडकल र हल्लाखल्लाले तात्दै थियो । माघ १९ गते विहान राजाले देशका नाममा सम्बोधन गर्ने जानकारी आइसकेको थियो । रेडियो सगरमाथामा एउटा अभ्यास के स्थापित गरेका थियौँ भने, केही ठूलो घटना भएमा वा हुने जस्तो भएमा सबै यथासक्य छिटो रेडियोमा जम्मा हुने । यसै अनुसार, विहानै रेडियो पुगेँ र जे भए पनि तयार रहने मनस्थिति बनाएँ । बिहानको सिफ्टले रेडियोमा काम गरिरहेकै थियो । हामी सहकर्मीबीच पनि के भन्छन् राजाले भन्ने कौतूहलता थियो ।
राजासँग दुईवटा विकल्प थिए— कि राजनीतिक हस्तक्षेप बिना दरबारमा संवैधानिक भएर बस्ने अर्थात् देखिने मात्रै राजा हुने कि आफैँले सत्ता हातमा लिएर प्रत्यक्ष शासन गर्ने । यसबीचका प्रयोग उनले लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा हुँदै शेरबहादुर देउवासम्ममा गरिसकेका थिए । एक किसिमको उकुसमुकुस राजनीतिक वातावरण थियो । दलका नेताहरू पनि डराएको अवस्था थियो । हामीले उच्चस्तरीय र महत्वपूर्ण राजनीतिक सम्बोधनहरू रेडियो सगरमाथाबाट प्रत्यक्ष प्रसारण गर्ने गरेका थियौँ ।
राजाको सम्बोधनको सिँधै प्रसारण दरबारले पहुँच नदिने भएकाले सम्भव थिएन । तर, रेडियो नेपाल वा नेपाल टेलिभिजनबाट हुक गरी प्रसारण गर्न सम्भव थियो । त्यसै हुक गरी बजाउँदा प्रतिलिपि अधिकारको हनन् हुन जान्थ्यो र अनैतिक, अव्यावसायिक, गैरकानूनी प्रसारण हुन जान्थ्यो । त्यसैले मैले रेडियो नेपालका कार्यकारी निर्देशकसँग राजाको प्रसारण हुक गरी प्रसारण गर्न मौखिक सहमति लिएँ । प्राविधिकलाई मैले राजाको सम्बोधन रेडियो नेपालबाट तानेर बजाउनुहोला भन्ने निर्देशन दिएँ । एक सेट टेलिभिजन समाचार कक्षमा जोडिएको थियो । नेपाल टेलिभिजन र रेडियो नेपालले राजाको सन्देश प्रसारण हुने पूर्व जानकारी गराइरहेका थिए । त्यो दिन कुनै औपचारिक दिन वा दिवस थिएन । त्यसैले राजाको सम्बोधन अस्वाभाविक र आकस्मिक थियो । त्यसैले पनि बढी चनाखो हुनुपरेको थियो । त्यस्तै विहानको ९ बजेको हुँदो हो, राजाको सम्बोधन सुरु भयो । राजाले देउवा सरकार भङ्ग गरेको र सङ्कटकाल जारी गरेको घोषणा गर्नुपूर्व नै सेनाको एक टुकडी रेडियो सगरमाथाको परिसरमा छि¥यो ।
सेनाको अप्रत्याशित प्रवेश र नियन्त्रणले सगरमाथाका युवा सहकर्मी आक्रोशित देखिए । मैले उनीहरूलाई सम्झाएँ — हाम्रो अधिकार काटिएको छ, तपाईहरू शान्त रहनुस् । सेनासँग म कुरा गर्छु ।
पहिले पहिले पनि सेनाको शिवपुरीस्थित अधिकृत तालिमका क्याडेटहरूलाई रेडियो सगरमाथा अवलोकन गर्न तत्कालीन शाही नेपाली सेनाले ल्याउने गथ्र्यो । उनीहरू सबै अदबका साथ सगरमाथाको मुलढोका बाहिर उभिन्थे । एकजना कमाण्डर हतियार बिना परिसरमा छिर्थे र उनीहरू आँगनमा बिना हतियार जम्मा हुन्थे । हतियारवाल सिपाही मुलढोका बाहिरै उभिन्थे । आँगनमा मैले उनीहरूलाई सगरमाथाका बारेमा छो्टो जानकारी दिएपछि उनीहरू स्टुडियो भ्रमण गर्थे । हामी स्टुडियोमा जुत्ता खोलेर जान्थ्यौँ तर उनीहरू भने हामीलाई अप्ठ्यारो हुने भएकाले जुत्ता चाहिँ खोल्न असमर्थ छौँ भनेर बुट सहितै रेडियो स्टुडियोमा जान्थे । हामीले पनि उनीहरूको बाध्यता होला भनेर त्यसमा केही भन्दैनथ्यौँ ।
स्टुडियो भ्रमणमा गएपछि सेनाका अधिकृतहरूले मसँग अरु प्रश्नका रेडियो सगरमाथाको घुम्ती (सुटकेस) रेडियोको बारेमा एउटा प्रश्न गर्न छुटाउँदैनथे — तपाईहरूको घुम्ती रेडियो कस्तो हुन्छ, हेर्न सकिन्छ? हामीले सुरक्षाका कारण रेडियो सगरमाथाको घुम्ती रेडियोको ब्रिफकेस थापाथलीस्थित नेपाल वातावरण पत्रकार समूहको सचिवालयमा सुरक्षित राखेका थियौँ । रेडियो सगरमाथासँग रघु मैनाली स्टेसन म्यानेजर भएका बेला २०५६ सालमा तत्कालीन सञ्चारमन्त्री राधाकृष्ण मैनालीको स्वीकृतिमा २० वाटको घुम्ती रेडियो ट्रान्समिटर राख्ने अनुमति पाएको थियो । यो घुम्ती रेडियो एउटा सुटकेसमा अँट्थ्यो । बेलाबेलामा नेपाल वातावरण पत्रकार समूह÷रेडियो सगरमाथाले यो रेडियो प्रविधिबारे गाउँगाउँमा समुदायलाई जवानकारी दिन र सामुदायिक रेडियो स्थापनाका लागि हौसला दिन प्रयोग गर्ने गर्दथ्यो । सुटकेसबाटै प्रसारण गर्न मिल्ने भएकाले यसलाई नेपालीमा घुम्ती रेडियो नाम राखिएको थियो ।
बेलाबेलामा शिवपुरीबाट आउने तालिमे सैनिक अधिकृत र तिनका प्रशिक्षकले घुम्ती रेडियो हेर्न चासो राख्नुलाई मैले पहिला त स्वाभाविक जिज्ञासा मानेको थिएँ । तर पछि थाहा भयो, सेनाले जानाजान त्यो प्रश्न दोहो¥याएको, तेहे¥याएको रहेछ । किनभने विद्रोही माओवादीले २०६० साल कात्तिक २१ देखि जङ्गलबाटै रेडियो जनगणतन्त्र नामको डोके रेडियो प्रसारण गर्न थालेका थिए । त्यसबेलाका सैनिक अधिकृतहरूलाई भने कतै रेडियो सगरमाथाको सुटकेस रेडियो माओवादीले लगेका त हैनन् भन्ने शङ्का रहेछ । सैनिक अधिकृतहरूले माओवादीहरूले कसरी डोके रेडियो चलाइरहेका छन् त? भनेर पनि मसँग प्रश्न गर्ने गर्दथे । तपाईहरूको सहयोग छ कि भनेर समेत प्रश्न सोध्ने गर्दथे । अझ हामीलाई उनीहरूलाई सुटकेस रेडियो त्यहाँ स्टुडियोमा नदेखाउँदा झनै उनीहरूको शङ्कालाई बल पुगेको रहेछ । यद्यपि माओवादीसँग आवद्ध व्यक्तिहरू भेष बदलेर समुदाय सदस्यका रूपमा रेडियो सगरमाथामा आएका, मलाई भेटेका, प्रसारणबारे जानकारी मागेका कुरा मलाई थाहा थियो । कतिपय उनीहरू नारायण श्रेष्ठमार्फत् आउँथे भने कति सिँधै मलाई नै भेट्न आउँथे । मधुरिमामा मैले रेडियो उद्घोषणको तालिम दिँदा पनि केही जनगणतन्त्र रेडियोका साथीहरूसँग मेरो भेट भएको थियो ।
तर रेडियो सगरमाथामा कहिल्यै पनि माओवादीले परिचय खुल्नेगरी पसेर कहिल्यै पनि असहज बनाएनन् भने कुनै माग पनि गरेनन् । सुटकेस रेडियो माग्ने र लैजाने भन्ने त कुरै थिएन । रेडियो सगरमाथा निष्पक्ष थियो र गुण तथा दोषका आधारमा यसले कसैको समर्थन या विरोध गर्दथ्यो । यो कुरा सरकार र विद्रोही दुबै पक्षलाई थाहा थियो । बरु राजा ज्ञानेन्द्रको शासन समाप्त हुनासाथै नक्खुजेलबाट छुटेर सिँधै मलाई भेट्न पत्रकार मित्रहरू ओम शर्मा, मनऋषि धिताल लगायतको टोली सगरमाथामा आएको थियो ।
उनले मलाई सन्दर्भवश भने— शाही शासनकालमा तपाईहरूको रेडियो सगरमाथाको प्रसारण जाम गराउने जिम्मा मैले नै पाएको थिएँ ।
माघ १९ गतेको विहान काठमाडौँ उपत्यकामा सेनाको टुकडी सबैभन्दा पहिले रेडियो सगरमाथामै प्रवेश ग¥यो । किनभने उनीहरूलाई सगरमाथा देख्न कुनै अप्ठ्यारो थिएन । ललितपुरको पुल्चोक–बखुण्डोलस्थित रेडियो सगरमाथाको समाचार कक्षबाट आफ्नै आँगन र बाहिर बाटो परैसम्म देखिन्थ्यो । मैले समाचार कक्षको झ्यालबाट बाहिर हेरेँ । पहिले जस्तो अदबका साथ सेना आएको थिएन । सेनाका जवानहरूले मुलढोकामा हात्तले हानेर ढोका खोल्न आदेश दिएका थिए । एउटा खुकुरी र लट्ठी मात्रै लिएको गार्ड सेनाका अगाडि निरीह थियो । आधुनिक बन्दुक र राइफल सहित पसेको त्यो टोली १२÷१४ जनाको थियो । मुलढोकाबाट छिर्ने वित्तिकै सेनाले सबैभन्दा पहिले मूलढोका नै नियन्त्रणमा लियो । सेक्युरिटी गार्डलाई नियन्त्रणमा लियो । त्यसपछि आउने मान्छेलाई रोक लगायो भने भित्रबाट बाहिर कसैलाई जान दिएन ।
मुल ढोका कब्जामा लिने वित्तिकै सेना स्टेसनको स्टुडियो नियन्त्रणमा लियो र कौशीमा पहरा दिन थाल्यो । सँगससँगै समाचार कक्ष र उत्पादन कक्ष पनि सेनाको नियन्त्रणमा आए । एकजना क्याप्टेनले सेनाको नेतृत्व गरेका रहेछन् । उनको नाम मैले बिर्सेँ । रेडियो सगरमाथामा सेनाको प्रवेशले खैलाबैला मच्चियो । २०४६ सालपछि हुर्केका र जान्ने भएदेखि स्वतन्त्रता भोगेको त्यसबेलाको नयाँ पुस्ताको रेडियोमा बाहुल्य थियो । सेना किन यहाँ पस्यो? उनीहरूले मलाई प्रश्न गर्न थाले । यही बीचमा ती क्याप्टेनले यहाँको मुख्य मान्छे को हो? भनेर प्रश्न गरे । मैले म हो भनेर उत्तर दिनासाथै तिनले कठोर भावावेशमा अङ्ग्रेजीमा आदेश दिए — नो न्युज, नो करेन्ट अफेयर्स, वन्ली म्युजिक !
राजा ज्ञानेन्द्रको भाषण भर्खरै प्रसारण हुन मात्रै थालेको छ । सेनाले प्रवेश गरिसक्यो । रेडियो नियन्त्रणमा लिइसक्यो । मैले क्याप्टेनलाई सोधेँ— के सङकटकाल लासगसकेको हो र ? उनले मेरो प्रश्नमा घृणात्मक भावले मलाई हेरे र उत्तर दिए— म प्रश्नको उत्तर दिने स्थितिमा छैन । माथिको आदेश हो । भने अनुसार गर्नुहोला ।
यहाँ कसले फोटो खिचेछ भनेर ती क्याप्टेनले मसँग सोधखोज गरे । मैले खै, थाहा भएन । तपाईहरूको यत्रो कडा निगरानी र नियन्त्रणमा कसले खिच्न सक्छ? तपाईहरूले नै खिचेको होला नि भन्ने जवाफ दिएँ । त्यसको केही दिनमै ती क्याप्टेन त्यहाँबाट सरुवा भए ।
सैनिकहरूले चक्कु निकालेर समाचार कक्ष, उत्पादन कक्ष, स्वागत कक्ष, स्टुडियो सबैतिरका फोनका तार धमाधम काट्न थाले । मैले आफ्नो मोबाइलबाट फोन गर्न खोजेँ, फोन अफ भइसकेको रहेछ । धमाधम चक्कुले फोनको तार काटिरहेको सेनालाई एकैछिन् एउटा लाइन नकाट्नुस्, मलाई जरुरी फोन गर्नुछ भनेँ । क्याप्टेनले एक लाइन फोन नकाट्न आदेश दियो र छिटो फोन गरिहाल्न भन्यो । त्यसबेला म रेडियो सगरमाथाको कार्यक्रम÷समाचार निर्देशक थिएँ । मैले स्टेसन म्यानेजरलाई घरका लाइनमा फोन गरेर तपाई तुरुन्तै आउनुहोला, यहाँ परिस्थिति काबुबाहिर छ भन्ने वित्तिकै सेनाले च्वाट्ट तार काटिदियो । सेनाको अप्रत्याशित प्रवेश र नियन्त्रणले सगरमाथाका युवा सहकर्मी आक्रोशित देखिए । मैले उनीहरूलाई सम्झाएँ — हाम्रो अधिकार काटिएको छ, तपाईहरू शान्त रहनुस् । सेनासँग म कुरा गर्छु । तपाईहरू कसैले पनि सेनासँग कुरा नगर्नुस् । उनीहरू पनि भर्खर आएका छन् र ड्युटीमा छन् ।
हाम्रा सहकर्मी साथीहरू अत्तालिनु र आक्रोशित हुनुका पछाडिको अर्को पनि कारण थियो । सेनाले आफ्ना बेडिङ विस्तारा कार्यक्रम उत्पादन कक्षमा थुपारे भने मनोरञ्जन थलो समाचार कक्षलाई बनाए । मूलढोकादेखि स्टेसनमा बन्दुकधारी सेनाको कब्जा भयो । स्टुडियोमा त बन्दुक तानेर प्रस्तुोतालाई ताकेरै सेनाले पोजिसन लिएको थियो । त्यस्तो अवस्थामा बोल्ने मान्छेले कुन मुटुले बोले? के बोले? यस्तो थियो परिवेश । मैले तत्कालै त्यहाँ भएका सहकर्मी जम्मा गरेर सम्पादकीय बैठक बोलाएँ । धेरैजसो सहकर्मी स्टेसनमा आइपुग्ने क्रम बढेको थियो । बारम्बारको मेरो अनुरोधपछि सेनाले परिचय पत्र हेरेर र रजिष्टर्डमा नाम लेखेर मात्रै रेडियोकर्मीलाई भित्र पस्न दिन थालेको थियो । चियापत्ती, चिनी जस्ता सामग्री लिन छेवैको पसल जान पनि सहयोगी कर्मचारीलाई रोकेको बिडम्बनापूर्ण अवस्था थियो । त्यसबीचमा क्याप्टेनले रेडियोमा राजाको सन्देश सुनेपछि यो प्रसारण रोक्नुस् भनने आदेश दिए । मैले राजाको सन्देश जनताले थाहा पाउँछन्, नरोकौँ भनसाथै हामीलाई माथिबाट आदेश छैन, मानिदिनुस् नत्र अप्ठ्यारो हुन्छ, हामीले रेडियोको स्वीच अफ गर्नुपर्ने हुन्छ भन्न थाले । त्यसपछि मैले त्यो सन्देश प्रसारण नगर्न र तत्काल गीत बजाउन स्टुडियोलाई निर्देशन दिएँ ।
उनले कानेशुखी गरेर भनिन्, ए घमराज, तिमीहरू त्यो सैनिक अधिकृतलाई कुरा गरेर भुल्याओ, म जासुसी क्यामेराले त्यसको फोटो खिच्छु ।
मैले सम्पादकीय बैठकलाई सम्बोधन गर्दै भनेँ — राजनीतिक परिवेश फरक परेको र नागरिकका अधिकार कटौती भएको हुनाले दीर्घकालीन रणनीति केही पछि तय हुनेछ । अहिलेबाट कुनै पनि समाचारमूलक र समसामयिक विषयका कार्यक्रम प्रसारण हुँदैनन् । तपाईहरू विचलित नहुनुस् । केही दिनपछि सबै स्पष्ट हुने नै छ ।
मैले सम्पादकीय बैठक सञ्चालन गरिरहँदा सेनाको क्याप्टेन पनि समाचारकक्षको एकापट्टिको टेबलमा खुट्टा हल्लाउँदै बसेर मेरा कुरा सुनिरहे, केही बोलेनन् । यसरी रेडियो सगरमाथा पूर्ण रूपमा सेनाको नियन्त्रणमा आयो ।
मेरो कार्यकक्षको ढोकामा बन्दुकको नाल भित्र छिराएर सेनाले पहरा दिएको थियो । शायद् मलाई नियन्त्रणमा लिएको होला । जब मैले कम्प्युटर चलाएको आवाज आउँथ्यो अनि ती सेनाका जवान बन्दुकको नालले ढोका खोलेर यहाँ के भइरहेको छ? भनेर सोध्थे । अनि मैले यहाँ काम भइरहेको छ नि भनेपछि ए.. भनेर फेरि पुरानै पोजिसनमा बस्थे ।
माघ २० गतेको दिन यस्तै ११ जति बजेको हुँदो हाे । मानवअधिकारकर्मीका रूपमा नाम लेखाएर सेनाले पत्रकार उषा तितिक्षुलाई रेडियो सगरमाथाभित्र छिर्न दिएछ । उनी मेरो कक्षमा आइन् र कानेखुशी गरिन् । किनभने बाहिर त बन्दुकवाला सेना थियो । माघको दिउँसो । पारिलो घाम लागेको थियो । क्याप्टेन रेडियोको माथिल्लो तलाको कौशीमा घाम तापेर बसिरहेका थिए । उनको बसाइ उषाले आँगनबाटै देखेकी रहिछन् । उनले कानेशुखी गरेर भनिन्, ए घमराज, तिमीहरू त्यो सैनिक अधिकृतलाई कुरा गरेर भुल्याओ, म जासुसी क्यामेराले त्यसको फोटो खिच्छु ।
उषाले मलाई क्यामेरा देखाइन् । क्यामेरा हत्केलामा अँट्ने सानो थियो । अहिले जस्तो माइक्रो स्टिङ क्यामेरा त्यसबेला हुँदैनथे । तर उषाले बोकेको त्यो क्यामेरा त्यसबेलाको सबैभन्दा सानो र गतिलो जासूसी क्यामेरा थियो । उषाको आँटलाई मैले सह्राएँ । किरण पोखरेललाई मैले खुसुक्क यो कुरा भनेँ । ऊ र म कौशीको पश्चिम साइडपट्टि डिलमा बस्यौँ । क्याप्टेन लाइब्रेरी कक्षतिरको झ्यालको छेवैको भित्तामा बन्दुक राखेर त्यही कौशीको पूर्वपट्टि बसेर घाम तापरिहेका थिए । हामीले उनलाई कुरा गरेर अल्मल्यायौँ । उषाले कुन षड्को २÷४ स्न्याप फाटो हान्न भ्याइन् र उनी मलाई आँखा सन्काएर स्वाट्टै स्टेसनबाट बाहिरन् । उनको क्यामेरा डिजिटल थियो । त्यसको केही घण्टामै संयुक्त राष्ट्रसङ्घको कार्यालय पुल्चोक गएर उषाले त्यो तस्बिर इन्टरनेटमा हालिन् । त्यसपछि नेपालका रेडियोमा सेनाले कब्जा गरेको संसारभर एकैछिन्मा फैलियो ।
अहिले पनि नेपाली रेडियोमा सेवा प्रवेश गरेको प्रमाण देखाउने फोटो त्यही नै हुन पुगेको छ । पछि सुने अनुसार, हातले नभेट्ने गरी बन्दुक राखेको भनेर सेनाले तिनलाई कारवाही ग¥यो रे । यो तस्त्रिरबारे सैनिक मुख्यालयमा थाहा नहुने कुरै थिएन । यहाँ कसले फोटो खिचेछ भनेर ती क्याप्टेनले मसँग सोधखोज गरे । मैले खै, थाहा भएन । तपाईहरूको यत्रो कडा निगरानी र नियन्त्रणमा कसले खिच्न सक्छ? तपाईहरूले नै खिचेको होला नि भन्ने जवाफ दिएँ । त्यसको केही दिनमै ती क्याप्टेन त्यहाँबाट सरुवा भए ।
ज्ञानेन्द्र राजाको प्रत्यक्ष शासन सकिएपछि मैले तालिम दिने क्रममा एकपटक नेपाल प्रेस इन्स्टच्युटमा सेनाका अधिकृतहरू पनि तालिमका सहभागी थिए । तीमध्ये एकले मलाई सन्दर्भवश भने— शाही शासनकालमा तपाईहरूको रेडियो सगरमाथाको प्रसारण जाम गराउने जिम्मा मैले नै पाएको थिएँ ।
(वश ! …बाँकी… अर्को कुनै सन्दर्भमा…।)