गजल
सक्छौ भने अन्याय र अत्याचार बन्द गर
कालकुट भरिएको विचार बन्द गर
खबर कत्ति सुन्नु यहाँ शान्ति हराएको,
अशान्ति मौलाएको समाचार बन्द गर
मानवताको खोलभित्र लुकेका ए दानवहरू,
धर्म–जातमा क्रान्ति छर्ने प्रचार बन्द गर
जनतासामु गाई बन्ने ब्वाँसा पनि छन् यहाँ,
छेपारो झैँ रङ्ग फेर्ने आचार बन्द गर !