परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काठमाडौं क्षेत्र नं. ४ का मतदातासँग राजन भट्टराई

काठमाडौं । नेपाली काङग्रेसका महामन्त्री गगन थापाबाट उपेक्षित काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का जनता अहिले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवार, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईको पक्षमा खुलेर लाग्ने भएका छन् । २०७९ साल मंसिर ४ गते हुने निर्वाचनमा डा. भट्टराईलाई जिताउन स्थानीय जनताले स्वस्फुर्द रुपमा टोल टोलमा कमिटी गठन गर्न थालेका छन् ।

यस क्षेत्रको विकासका लागि डा. राजन भट्टराईको पहलमा अाठ अरब रुपैंया निकासा भएर विभिन्न विकासका कामहरू सम्पन्न भएका छन् । भट्टराईको यिनै कामहरूको मूल्याङ्कन गर्दै जनता उत्साहित बनेका हुन भनेर बुझ्न सकिन्छ । तर यस काठमाडौं क्षेत्र नं. ४ बाट विजयी भएर दुई कार्यकाल अर्थात् १० वर्ष विताउनु भएका नेपाली काङग्रेसका महामन्त्री गगन थापाले भने यस क्षेत्रका जनताका लागि कुनै काम नगरेको टिप्पणी स्थानीय जनताले गर्ने गरेका छन् । बढी बोल्ने, भाषणमा अाकास पाताल जोडने, डा. भट्टराईले गरेका विकास निर्माणमा अबरोध पुराउने र राजन भट्टराईको अगुवाइमा महानगरले सम्पन्न गरेका कामको जस लिन खोज्ने गगन प्रवृत्ति प्रति स्थानीय जनता रुष्ट बनेका छन् ।

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले  कमल पोखरी पुन निर्माण गर्दा उक्त निर्माण कार्य रोक्न नेता गगन थापाको नेतृत्वमा हामीसमेत गएका थियौ भन्ने स्थानीय सूर्य डङगोल अहिले छक्क परेका छन् । डङगोल भन्नु हुन्छ `त्यसबेला पुन निर्माण रोक्नै पर्छ भन्ने गगन थापा अहिले अाएर नलजाइकन यो कमल पोखरी मेरै पहलमा पुन निर्माण भएको हो भन्न थाल्नु भएको छ ।´ उहाँले त्यसबेला उक्त पुननिर्माण कार्य रोक्न काठमाडौं महानगरपालिकामा पत्रसमेत पठाउनु भयो । उपमेयर खड्गीलाई भनेर विरोध गर्न लगाउनु भयो । पछि डा. राजन भट्टराई र मेयर विद्यासुन्दर शाक्यले गगनले भेला गरेका विरोधी जत्थालाई पन्छाएर कमल पोखरीको पुननिर्माण सम्पन्न गर्नु भयो । डङगोल भन्नुहुन्छ – अहिले अाएर हाम्रै अगाडि उभिएर `यो कमल पोखरी मेरै जोडबलले पुननिर्माण भएको हो´ भनेर गगन हामीलाई नै भन्दै हुनुहुन्छ । यस्ता नेतालाई अब पनि भोट दिएर फेरि गल्ती गर्ने पक्षमा हामी छैनौ । अब यस क्षेत्रको नेतृत्व राजन भट्टराईले गर्नु हुन्छ ।

स्थानीय विदूर शर्मा पनि अाफ्नै नेता गगनलाई `बोलीको ठेगान नभएको नेता´ भन्ने अारोप लगाउनु हुन्छ । उहाँ भन्नु हुन्छ- हाम्रो टोलले निर्णय गरिसकेको छ – अबको भोट गफाडी गगनलाई होइन, काम गर्ने राजनलाई दिन्छौ । हाम्रो गगनले कहिले `एमसिसी पास भयो भने चारपाटा मुढेर मलाई चार भञ्ज्याङ कटाउनु´ भन्नु भयो । अनि अाफै पास गर्नु भयो । `एसपिपी नेपाललाई अावश्यक´ छैन भनेर पत्र लेख्ने निर्णए भएको थियो । तर, पत्र नलेखि अोके गरियो । त्यसमा त पार्टीको महामन्त्री जस्तो  पदमा पुगेको नेता बोल्नु हुन्छ होला भनेको बोल्नु भएन । नेपाली नागरिकले नागरिकता पाएन भने दिनुपर्छ । त्यस सम्बन्धी यथेष्ट नियम कानुन बनेका छन् त्यही अनुसार दिदा भईहाल्छ । तर, हाम्रा नेता गगनहरू भने राष्ट्रहित विपरितको नागरिकता विधेयक पास गराउन कम्मर कसेर लाग्नु भयो । अनि उहाँ जस्तालाई भोट दिएर हामी पनि राष्ट्रघातमा सरिक हुनु भनेको अाफू पनि राष्ट्रघाती हुनु हो भन्ने हामीलाई लागेको छ । त्यसैले अब हाम्रो भोट यस क्षेत्रको विकासमा खट्ने डा. राजन भट्टराईलाई ।

काठमाडौं क्षेत्र नं. ४ का जनताको धारण बुझ्दा मंसिर ४ को चुनावमा राजन भट्टराईले सहज जित निकाल्ने अाँकलन गर्न सकिन्छ । काङग्रेस महामन्त्री गगन थापाले यस क्षेत्रको विकास गर्न थोरै पनि पहल नगरेकाले थापा प्रति काङग्रेसी कार्यकर्ता नै रूष्ट बन्न पुगेका छन् । चावहिल गणेशथानका काङग्रेस कार्यकर्ता प्रविन श्रेष्ठको पनि यस पटक विचार फेरिएको छ । उहाँ गगनकै कारणले  काङग्रेसलाई अाफ्नो भन्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्दै भन्नु हुन्छ – १० वर्ष गगनले यस क्षेत्रको जनप्रतिनिधि भएर यो काम गरे भन्ने ठाउँ पनि बनाउनु भएन । उहाँलाई हामीले देख्ने भनेको चुनावको बेला मात्र हो । अहिलेसम्म उहाँले हामीलाई वेकुफ बनाउनु भयो । अब हामी वेकुफ बन्दैनौ । अब अाउने चुनावमा स्थानीय जनताको दुख सुखको साथी, यस क्षेत्रको विकासमा अहोरात्र खटीरहनु भएका डा. राजन भट्टराईलाई जिताएर पठाउछौ ।

स्थानीय जनताको भनाइमा गगनले कमल पोखरी पुननिर्माणको मात्र विरोध गर्नु भएन कपनमा राजन भट्टराई अाफै खटेर निर्माण गराउनु भएको सडक ढलान, ढल निर्माण र पाइप विछ्याउने कामको पनि पहिला विरोध गर्नु भयो । अहिले अाएर अाफूले पहिला विरोध गरेकै कामलाई `त्यो काम मैले सम्पन्न गराएको हो´ भन्न थाल्नु भएको छ ।तर, स्थानीय जनताले महामन्त्री गगन थापाको विश्वास गर्न छाडिसकेका छन् । त्यसैले काठमाडौं क्षेत्र नं. ४ का मतदाता भन्दैछन् – अबको हाम्रो जनप्रतिनिधि डा. राजन भट्टराई – भनेर ।

Facebook Comments