पन्छी !
पन्छी !
मलाई ईर्ष्या लाग्छ
तिम्रो स्वतन्त्रता देखेर ।
तिमी !
आकाशमा पखेँटा फैलाएर
निस्फिक्री उडिरहेको देखेर
बादलमा डुवुल्की मारिराखेको देखेर
अनुमति कसैसँग लिनु पर्दैन
तिमीले कहीँ उड्न
मेरो पनि
तिम्रो जस्तै पखेटा भइदिएको भए
लुक्ने थिएँ बादलभित्र
म पनि
खेल्ने थिएँ
तिमीसँग लुकामारी ।
तर बिर्सिछन् किन प्रकृतिले
मलाई तिम्रो जस्तै
पखेटा दिन
वा
झुक्याइन् उनले
मात्रै दुईवटा खुट्टा दिएर !
त्यसैले त
पन्छी !
मलाई इर्ष्या लाग्छ
तिम्रो स्वतन्त्रता देखेर
म तिमी जस्तै उड्न नसक्ने भएर !