बेसहारा लाश
कविता
आँखा अन्तिमपल्ट चिम्लिँदा,
केही आँखाहरूसित
उसका आँखा जुधेका थिए ।
उनीहरू,
आफ्नै जस्ता लागेका थिए ।
त्यसपछि,
पहिला-पहिला जस्ताे
रुँदै, विलौना गर्दै,
कोही पछि लागेनन् ।
शङ्ख फुक्ने पनि कोही थिएनन्
उसका पछाडि,
लामा लस्कर निन्याउरो
मलामीका ताँती थिएनन् ।