परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेता र कोरोना 

चट्याड-प्रहार

नेताले त्राश सिर्जना गर्थे, कोरोनाले पनि गर्‍यो
नेताले मान्छे मार्थे, कोरोनाले पनि मार्‍यो
नेताले बाटो बन्द गर्थे, कोरोनाले पनि गर्‍यो
नेताले जिल्ला बन्द गर्थे, कोरोनाले पनि गर्‍यो !

 

नेताले स्कूल-क्याम्पस बन्द गर्थे, कोरोनाले पनि गर्‍यो
नेताले अफिस, पसल बन्द गर्थे, कोरोनाले पनि गर्‍यो
नेताले उद्योग-धन्दामा हड्ताल गर्थे, कोरोनाले पनि गर्‍यो
नेताले आमहड्ताल भनेर देशै बन्द गर्थे, कोरोनाले पनि गर्‍यो !

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

नेताले बजार भाउ चर्काउँथे, कोरोनाले पनि चर्कायो
नेताले एक-अर्कोदेखि डराउनुपर्ने बनाउँथे, कोरोनाले पनि  बनायो
नेताले मान्छे अस्पताल जानुपर्ने बनाउँथे, कोरोनाले पनि बनायो
नेतादेखि डराएर मुख बन्द गर्नुपर्थ्यो, कोरोनाले पनि मुख बन्दै गरायो !

 

दुवै एउटै काम गर्छन् भने आखिर नेता र कोरोनामा फरक के भयो ? —
नेता बिरुद्ध भ्य्याक्सिन पाइँदैन, कोरोन बिरुद्ध भ्याक्सिन  पाइने भयो  !!
Facebook Comments