वृध्दकाे वेदना
माझिएका ती अस्थिपन्जर माझिएका मथिङ्गल
विचार र व्यवहार मिल्दैन कतै भइरहन्छ कचिङ्गल
अँगेनी डिलमा बसेर सधैँ अतीतले बाेला’ छ ।
हृदय उनकाे हजाराै लहर मन त्यसै टाेला’ छ
साथी र सङ्गी काेही पनि छैनन् सबै विदा भए
सुख र दुःख जीवन झेल्दै परलाेकतिर गए।
कविता
याे बृध्द जीवन विताउनु पर्ने आँगनीमा बसी
नगरी काम पुग्दैन खाना घुडा धसिधसी।
आफ्नै छ संसार सन्तानाहरू बुझ्दैनन् भावना
प्रगति गरुन् सन्ततिहरू बृध्दकाे कामना।
छिमेकमा कुरा काटेर हिँड्छिन् घरकी बुहारी
रात र दिनमा गनगने भन्छन् भइरहन्छ जुहारी।
दाँत पनि झर्या, याे सिउँदाे फुल्याे सकियाे जवानी
रगत सुक्याे बखत गयाे पुछ्दैनन् काेही पनि।
राेगले च्याप्याे दम खाेकी बढ्याे हिँड्नलाई गाह्राे भाे
प्रेसर बढ्याे सुगर बढ्याे दिनका दिन साह्राे भाे।
पच्दैन खाना जे खाए पनि सुझ्दैन शरीरलाई
बाध्यता भयाे बाँचेर हिड्नु जिन्दगी भरिलाई।
छाेराले माया नातिलाई गर्छ बाबुलाई गर्दैन
बृध्दले पीडा सहेर पनि माया त मार्दैन।
जिस्क्याउँदै हिँड्छन् जाे पनि उसलाई गनगने भनेर
न सम्मान पाउँछ न सत्कार पाउँछ पुर्खा हाे भनेर।
अन्य आकर्षणहरू
न कान सुन्छ न अाँखा देख्छ जिउनलाई बेकार छ
बाँच्नु छ उस्लाई अर्काकाे भरमा जिन्दगी धिक्कार छ।
ऊ आफ्नाे ढिपी छाेड्दैन कहिले बुझ्दैन जमान
समय बुझी जिन्दगी जिउन गर्दैन सामना।
झझल्काे आउँछ पुराना दिनकाे कल्पनामा डुब्छ
मन सधैँ उसकाे बिलरी खेल्छ सम्झना ऊ पुग्छ।
सबै काम सकी जीवनभरि सुनाउँछ ऊ कथा
भनेर पनि सुन्दिने छैनन् दुःखी उसको ब्यथा।
जीजन भरि सङ्घर्ष गर्यो बालबच्चा हुर्कायाे
धेर माया गर्याे सन्तति भनी फुरुक्क फुर्कायाे।
टाउकाेमा टेक्छन् यी छाेराेछाेरी भनेकाे मान्दैनन्
सुन्दैनन् यिनले बुढाकाे कुरा आफूले जान्दैनन्।
भनेर बुढाे सुनाउँछ गाँउमा पाेख्दछ बेदना।
काे सुनिदिन्छ काे बुझिदिन्छ बुढाेकाे राेदना।
घरमा पाल्नु पर्दैन अरे के आयाे जमाना ।
बृध्दाकाे घर ठाँउठाँउमा छन् रे बृध्दाश्रम तमाम।
सन्तान छैन उत्तम हाे जानु त्याे बुढाे बृध्दाश्रम
ज्ञानी र गुणी सन्तान भए पठाउनु परधाम।
बसन्त आउँछ हरेक वर्ष पालुवा पलाउँछ।
बुढाकाे कथा बुढाकाे ब्यथा भित्री मन जलाउँछ।
जन्मेर फेरि पार गर्नु पर्ने विभिन्न चरण।
स्वीकार्नै पर्ने याे भाैतिक चाेला मृत्युकाे वरण।
Facebook Comments