परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एक्लैले गरेर केही हुँदैन

एक्लैले गरेर केही हुँदैन !
गौतम बुद्ध हुन् या पृथ्वीनारायण शाह
हुलै लिएर त कोही पनि जन्मिँदैन
एक्लैले गरेर केही हुँदैन ?

 

चट्याङ-प्रहार

चट्याङमास्टर
महेन्द्र, बी.पी. मनमोहनको फोटोमा
एउटा बाहेक अनुहार देखिँदैन
एक्लैले गरेर केही हुँदैन ?

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

आफैंंभित्र पोलिँदै आगोको भुङग्रो बनेको छ एक्लो सूर्य
ऊ उदाएपछि लाखौँ ताराको भिडको पनि मतलब हुँदैन
जति सुकै ठूलो होस् पहाड र जति फराकिलो होस जङ्गल
भित्रभित्र बलेको छैन भने ज्वालामुखी पनि
भए नभएको पत्तो हुँदैन
भिड जम्मा हुँदैमा केही हुँदैन !
एक्लै गरेर केही हुँदैन ?

 

नबलेको दियोमा जतिसुकै धेरै बत्ती होस्
के फरक पर्छ ?
बलेको एउटा बत्तीको अगाडि
नबलेका सयौं बत्तीको अस्तित्व हुँदैन
एक्लैले गरेर केही हुँदैन ?

 

आफैंंले आफैंंलाई आगो नबनाएसम्म
जीवन ज्योति देखिँदैन
ज्योति बिनाको जीवन नसल्किएको बाती
एक्लैले होस या भिड, केही फरक पर्दैन
एक्लैले गरेर केही हुँदैन ?
Facebook Comments