जनआकांक्षाको प्रतिनिधित्व गर्न नसक्ने मिडियाले स्वतन्त्रताको वैद्यता गुमाउँछ
संसार अजिवको छ ! उत्पादनको संसारमा समाचार, विचार सबै उत्पादन भैरहेका छन् । र, विक्री पनि भइरहेका छन् । एकखाले उत्पादन हुनेखाने वर्ग र सत्ताका लागि, अर्कोखाले उत्पादन सामान्य जनताका लागि । बोलवाला, व्राण्डिङ, प्रचार प्रसार, विज्ञापन हुनेखानेका लागि उत्पादन हुन्छ । यो दुई खाले उत्पादनमा सामान्य जनता चाहिँ सत्ता र हुनेखाने वर्गको कोपभाजन भएर हिंसाको सिकार बन्छ ।
आज मिडियाहरुले असहिष्णु ढंगले साँस्कृति विभाजनको विऊ किन रोपीरहेका छन् ? जीवनका, सार्थक समाचार किन बाहिर आउदैन ? किन कसैलाई खुईलाइन्छ, खुइलाइनेलाई जोगाइन्छ ? भारतमा ‘गोदी मिडिया’को अहिले उछित्तो काढिदैछ। तथापि गोदी मिडियाको प्रवृत्ति विश्वभर कायम छ्, नेपालमा पनि छ!
यसै पृष्ठभूमीमा समाचारको उत्पादन र बिक्री आज लगभग कर्पोरेट हाउस र सत्ताको गठजोडले अगाडि बढाएको छ । समाचारको मिश्रणमा कर्पोरेट हाउसहरुको व्यापारिक स्वार्थ, सत्ता फेरवदलको स्वार्थ, विचौलियाको स्वार्थ र सत्ताको महिमा गानमा रुमलिएको छ । भोलि जसको पक्षमा हुन्छ याने सत्तामा हुन्छ एक आपसमा मनोवैज्ञानिक युद्ध छेडेर सामान्य जनताको मनस्थितिमा खेलवाड हुन्छ । सोही समाचारको आधारमा सत्ता र सत्तामा पुग्न चाहनेहरुले त्यही समाचार अघोषित सैनिक दस्ता निर्माण गर्छन् र त्यही अनुसारका अवयवहरु तयार गर्छन् । सत्ताको लक्ष सत्ता नै रहेको मान्यता प्रवल भएको अवस्थामा जनता हुन सक्तैन । त्यसैले समाचार सत्ताको बन्छ, समाचार जनताको बन्दैन ।
आज मिडियाहरुले असहिष्णु ढंगले साँस्कृति विभाजनको विऊ किन रोपीरहेका छन् ? जीवनका, सार्थक समाचार किन बाहिर आउदैन ? किन कसैलाई खुईलाइन्छ, खुइलाइनेलाई जोगाइन्छ ? भारतमा ‘गोदी मिडिया’को अहिले उछित्तो काढिदैछ । तथापि गोदी मिडियाको प्रवृत्ति विश्वभर कायम छ्, नेपालमा पनि छ !
कसैलाई देवत्वकरण र कसैलाई राक्षसीकरण गर्ने कार्यमा गोदी मिडियाहरु लागि परेका छन् । स्वस्थ्य समाचार पाउन मुस्किल भएको छ । सत्ताका तानशाहहरु, मिडियाका तानशाहहरु व्यापारका तानशाहहरु आफूलाई स्वतन्त्र देखाउँदै आमजनतालाई गुलाम बनाउछन् । सार्थक समाचारका लागि खट्ने, लड्ने भिड्ने पत्रकाहरु छाँयामा पर्छन् । या हत्या हुन्छ या रोटीका लागि छटपटिएर आत्महत्या गरेका हुन्छन् । स्तुती मिडियालाई नयाँ कलेवरमा जनता सामू पस्किन्छन् कर्पोरेट हाउसहरुले । आजको मिडिया न्यूजको छिनाझम्टी विचौलिया तथा व्यापारीहरुको एकता र अधिकारका लागि गरिएको लडाई हो । यदाकदा जनताका मनका आवाज पस्कीदिए जसो गरी पस्की दिन्छन् । वाही वाही लुट्छन् त्यसैबाट पुनः दलाली शुरु गर्छन् ।
मिडियाले कसलाई, कस्तो रुपमा कति स्थान दिने त्यो मिडियाको स्वतन्त्रता हो तर स्वतन्त्रताको नाममा स्वयच्छाचारी हुने कि नहुने ? फलानो दलको मिटिङ्ग फेरि भोलि, फेरि भोलि, फेरि भोलिको न्यूज दैनिक आउँछ । तर, जनताको आत्माको पीडा उपभोक्तावादी साँस्कृतिको जलपमा समाचारको मर्म मारेर आउँछ । सत्ता र सत्ताको पर्खाइमा रहेको समूह दुवै सार्थक, सत्य समाचारका लागि निर्मम हुन्छन् । दक्षिणपन्थी धार समातेका मिडिया आफ्नो प्रचार गर्दै, वामपन्थीको उछित्तो काड्छन् । वामपन्थी मिडिया दक्षिणपन्थीको उछितो काड्छन् । देशका लागि के, जनताका लागि के “ कागलाई वेला पाक्यो हर्ष न विस्मात” भने जस्तो । कुन चीजले सकारात्मक दिशातिर समाज जानसक्छ त्यस तर्फ विचार हुँदैन । सही अर्थमा मिडिया आममानिसको पहुँच र उनीहरुको दर्द, कहानी, सत्ता तथा विपक्षका कमजोरीप्रति प्रहार र जागरण ल्याउने कार्यको सट्टा तिनै असमाचारालई व्यापारीकरण गर्छन् ।
सत्ताको, विचौलियाको, सुदखोर व्यापारीको निर्मम तारो बन्दा बन्दै पनि निष्ठापूर्वक जनपक्षीय विचारमा आफ्ना समाचार बनाउने पत्रकारहरु पनि नभएका होइनन् । तर ती अमेरिकाका हुन या भारतका या चीनका या नेपालका, यस्ता सबै पत्रकार मानसिक र शारीरिक हिंसाको सिकार भैरहेका छन् । नेपालका विभिन्न राजनैतिक आन्दोलनमा सकारात्मक भूमिका मिडियाकर्मी र मिडियाले नखेलेको होइन तर त्यसको भरमा कित्तामा बाडिएर समाजलाई, दिशाहिन र अराजक बनाउन पाउने व्याज मिडियाले कहिलेम्म असुल्ने हुन थाहा छैन । श्रमजीवी पत्रकार स्वयं कर्पोरेट हाउसको शोषणको सिकार भएका तथ्यहरु खोज्न अन्यत्र जाने पर्दैन । कर्पोरेट हाउस भित्र पनि इमान्दार मिडियाकर्मी नभएका होइनन् तर धेरै जसोले कलमलाई बन्धकी बाध्य छन् ।
आजकल मिडियाका साथै राजनैतिक दलहरुले पनि सामाजिक संजाललाई उतिकै प्रभावी ढङ्गबाट आफ्नो हितानुकुल व्यवस्थापन गरी राखेका छ । प्राय मिडियाकर्मीहरु कुनै न कुनै राजनैतिक दलको र तिनका भातृसंगठनमा आवद्ध छन् । जब मिडियामा राजनीतिको पकड हुन्छ तब स्वतन्त्रता माथिनै खतरा हुन्छ । लोकतन्त्र, सभ्य र सुसंस्कृत समाज, वहुलता, शान्ति, अहिंसा र समन्वय सँस्कृतिमा समाजालाई दिशा दिदै गलत क्रियाकलपाको भन्डाफोर गर्ने मिडिया जब दायित्वबाट पन्छिदै कित्ताकाट रजानीतिमा केन्द्रित रहन्छन् तब नरम, गरम, भ्रष्ट जे सुकैको नामको होस् राज्यसत्ता फासिवाद तिर जान्छ वा मुलुकमा अराजकता फैलिन्छ ।
कुन समाचारलाई कति स्पेस दिने या नदिने पाठकको अधिकार होइन त्यो मिडियाकै हो । तर, मिडियाले प्रयोग गरेको स्वतन्त्रता जनताले उपलब्ध गराएको बैद्यतामा अडेको हुन्छ । यदि जनआकांक्षाको प्रतिनिधित्व गर्न मिडियाले सक्तैन भने उसको स्वतन्त्रताको वैधानिकता समाप्त हुन्छ । त्यसैले मिडिया जीवन्त होस्, सार्थक होस्, परिवर्तन गर्न सक्ने क्षमताको होस् भन्ने चाहना हो ।
समाजले पढ्ने र आफ्नो अनुहार देख्न खोज्ने भनेको मिडिया रुपी ऐना हो । कोरनाको कहर, भोकमरी, वेरोजगारी, अर्थतन्त्र तहसनहस भएको अवस्थमा त्यसलाई सुधार्न विचार, आलोचना, समालोचनाका समाचार हुनुपर्ने ठाउँमा त्यो नहुन दुखद पक्ष हो । उदाहरणका लागि भारतको मिडियाले सुसान्त राजपूतको मृत्यु नै गरायो ।
पत्रकारले उत्पादन गरेका विचारबाट भएको मुनाफा श्रमजीवी पत्रकारले पनि पाउनु पर्छ । तर, उपभोक्तावादी सँस्कृतिको एउटा प्रोपगण्डा अराजक रुपमा सनसनीखेद सामग्री उत्पादन र विक्री वितरण तर्फ मिडियालाई नलैजानका लागि हामी जस्ता पाठकको यो एउटा अनुरोध मात्र हो । पाठकका भावहरु मिडियालाई नपच्न सक्छ या रुचिकर पनि लाग्न सक्छ, यो मिडियाले बुझ्ने कुरा हो । वजारको यो दुनियामा वाच्नु पर्छ, टिक्नु पर्छ, लगानीको प्रतिफल हुनुपर्छ तर त्यसभित्रको मूल्य, मान्यता, मानवीय संवेदनालाई विर्सेर वजारकै मात्र अङ्ग बन्ने हो भने बजारीकरणले मानवीय स्वतन्त्रताको दुहाइ मिडियाले नदिए हुन्छ ।
कुन समाचारलाई कति स्पेस दिने या नदिने पाठकको अधिकार होइन त्यो मिडियाकै हो । तर, मिडियाले प्रयोग गरेको स्वतन्त्रता जनताले उपलब्ध गराएको बैद्यतामा अडेको हुन्छ । यदि जनआकांक्षाको प्रतिनिधित्व गर्न मिडियाले सक्तैन भने उसको स्वतन्त्रताको वैधानिकता समाप्त हुन्छ । त्यसैले मिडिया जीवन्त होस्, सार्थक होस्, परिवर्तन गर्न सक्ने क्षमताको होस् भन्ने चाहना हो ।