परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राजनीतिक मुखौटासंग विश्वास हराए पछि

जीवनको मुख्य धारामा समाज, राजनीति, अर्थतन्त्र, सँस्कृति हुन्छन् । भाषा, धर्म र मूल्य मान्यताहरुले बाटो बनाएका हुन्छन् । यी बाटाहरु बनाउने विषय जीवनपरक, लोकपरक भएन भने जीवनले दुःख पाउँछ । सामाजिक न्याय समाज भित्र, राजनीतिभित्र नहुने हो भने जीवनले बाँच्नका लागि अर्को बाटो लिन्छ । समाजका, राजनीतिका, सँस्कृतिका, साहित्यिक क्षेत्रका, अर्थ क्षेत्रका नायकहरुको चरित्र, व्यवहार, आचरण, मूल्य र मान्यताले समाजको चित्र दिन्छ । जीवनको ऐना देखाउँछ ।

मुर्ख हामी, तिनैलाई दण्डवत् गर्छांै, अगरवत्ति जलाउछांै, फूल चढाउछांै, आपसमा मेरा देवता ठुला भनी मारामार गर्छांै । उनीहरुले कब्जा गरेका छन्, हाम्रा स्थानहरु, हाम्रा मश्तिष्कमा, जीवनका आरोह अवरोहमा, भौतिक उन्नतिमा, आध्यात्मिक चेतना र चेतनामा । हाम्रो गुफा रुपी जमिन, जंगल, जनता, जल माथि विचारहरुको नाममा, राजनीतिको नाममा, परिवर्तनको नाममा हामीसित चक्रवर्ती व्याज सहित असुल गरेर आरामदायी जीवनयापन गरिरहेका छन् । अयसआरामा तलवितल पर्छ कि भनेर मुखौटाहरु बेलाबेलामा वचनको, शरीरको लडाई गर्न खोज्छन् । अनि लड्छौं हामी उनीहरुको एकछत्र रजगजका लागि ।

राजनीति, सँस्कृति र सामाजिक संरचनालाई उद्योग, व्यवसायको रुपमा नाफाको एजेण्डामा हिडाउँदा सामाजिक जीवनको हराभरामाथि निर्मम वमवार्ड गर्नु बाहेक केही हुँदैन । सिमित मान्छे मोटाउलान तर उनीहरुको जीवनधारा नै सामाजिक जीवनधाराको रुपमा कोण प्रतिकोणबाट स्थापित गर्न खोज्लान् । एकछत्र शासन समाजमा, सँस्कृतिमा, राजनीतिमा, अर्थमा गर्ने इच्छा आकांक्षाको अन्त्य भनेको विस्थापन हो ।

समाजको चरित्र र सामाजिक मनोविज्ञान पनि गजबको हुन्छ । वुद्ध स्वयं अनिश्वरवादी थिए । उनको दर्शन पनि त्यही थियो । उनका अनुयायीहरुले वुद्धलाई ईश्वर माने, पूजा, अर्चना गर्न थाले । नववुद्धवादको अनुयायीले यस कार्यको थालनी गरे । आज माक्र्सवादको हविगत यही छ । एक धर्मको विकल्प अर्को धर्म । ईश्वर, प्रार्थना, आफूमा श्रेष्ठ छांै भन्ने अहम भित्र नै समाज धर्मको विकल्प धर्म नै खोज्छ । चरित्र, आचारण, व्यवहार, शैली एकछत्र शासक हुने अभिलाषा बोकेका मध्येबाटै हामी विकल्प खोज्न बाध्य छौं । त्यसैले हामी सामाजिक प्राणी भित्रका दाश प्राणी भएका छौं । नायकत्व गर्छु भन्नेहरुको अतित, वर्तमान हेर्दा प्रगतिशील त छँदै छैन तर प्रगतिशीलको मुखौटा लगाउन छोडेका छैनन् । हामी साना-साना नादान वच्चा जस्तै रंगी विरंगी मुखौटा लगाउनेहरु मध्ये को उत्कृष्ट को-कस्को फ्यान भन्ने भ्रममा नै बाँचेका छांै । समाज भित्र सकारात्मक, सिर्जनात्मक र विवेकशील राजनीति सर्वथा लोप भैसकेको छ वर्तमान भीडका अुनहारहरु हेर्दा । आज जगजगी मच्चाइ रहेकाहरु तर लोपउन्मुख ती पात्र र अनुहार हेर्दा, उनीहरुको व्यवहार, आचारण र जीवनप्रतिको दृष्टिकोण हेर्दा निस्सेको जरथुस्ट्र पात्रको भनाईसंग ठ्याक्कै मेल खान्छ ।

जरथुस्ट्र सहसा गुफा तिर आएर भने, ‘‘ए ठग, ए मतलवी तिमी किन आएको यहाँ तिमीले किन मुखौटा लगाएको, सबै कुराको जानकारी हुँदा हुँदै पनि बच्चा झैं अञ्जान बनेर प्रार्थना गरिरहेका छौ । अब तिमी यहाँबाट जाऊ । मेरो एकान्त गुफा खाली गर, मलाई तिम्रो स्वर्ग चाहिएन । म मनुष्य भैसके पृथ्वीमा नै बाँच्नेछु”

आजको समाजका बहुसंख्यक पीडित सदस्यहरुले विना भय, विना आश अब भन्ने वेला आयो- भाग, छोड, अब तिमीहरु हाम्रा होइनौ, मुखौटा नभीर, हामीलाई भ्रममा नराख । तर के गर्ने यो भावना न हो । मुखौटाहरुलाई आरती गर्ने निकै लामा लामहरु लागिरहेकै छन् । फल चढाइरहेकै छन् । भक्ती भजन गानाहरु बजिरहेकै छन् । एउटै दल र चिन्तन भित्र रहेका स्वघोषित तथाकथित देवताहरुका आ-आफ्नै पूजकहरु छन् । भजन छ, मण्डली छ, सम्प्रदायहरु छ । एक आपसमा उछित्तो काड्नमा व्यस्त छन् । लोकका लोकमतलाई टुक्रा टुक्रा पारी हत्या गरिरहेका छन् उनीहरुको कलुसित स्वार्थका लागि । जनसरोकारप्रति कुनै चासो छैन । समाजवाद भन्छन् समाजवादमा स्वार्थ मिसाउछन्, कोही पुस्तैनी वंशवाद नै अचुक औषधी हो भनेर भीड जम्मा गर्छन्, मुखौटा लगाएर ।

मुर्ख हामी, तिनैलाई दण्डवत् गर्छांै, अगरवत्ति जलाउछांै, फूल चढाउछांै, आपसमा मेरा देवता ठुला भनी मारामार गर्छांै । उनीहरुले कब्जा गरेका छन्, हाम्रा स्थानहरु, हाम्रा मश्तिष्कमा, जीवनका आरोह अवरोहमा, भौतिक उन्नतिमा, आध्यात्मिक चेतना र चेतनामा । हाम्रो गुफा रुपी जमिन, जंगल, जनता, जल माथि विचारहरुको नाममा, राजनीतिको नाममा, परिवर्तनको नाममा हामीसित चक्रवर्ती व्याज सहित असुल गरेर आरामदायी जीवनयापन गरिरहेका छन् । अयसआरामा तलवितल पर्छ कि भनेर मुखौटाहरु बेलाबेलामा वचनको, शरीरको लडाई गर्न खोज्छन् । अनि लड्छौं हामी उनीहरुको एकछत्र रजगजका लागि ।

हामीले भन्न सक्नुपर्छ- तिमी मुखौटाले दिने वचनको स्वर्ग हामीलाई अब किमार्थ चाहिएन । हामीलाई आफ्नैपन, आफ्नै जीवन, जीवनपरक चिन्तन चाहियो। आफ्नै गुफा चाहियो । भ्रमको स्वर्ग चाहिएन । वंशवादका अतितका राजामहाराजा पनि चाहिएन । वर्तमानका रजौटाहरु पनि चाहिएनन् । मौलिक समाज चाहियो । यो हाम्रो दृढ आकांक्षा हो । यसको पूणर्ता हामी आफैं सकारात्मक, सिर्जनात्मक र विवेकशील भयौं भने हाम्रै शक्ति, हाम्रो मेघाले उन्नत मानवीय समाजको रचनामा सार्थक योगदान दिन सक्छौं । अब गम्भिर भएर सोचांै, साच्चै सोचौ । न सोच्ने हो भने यस्तै मुखौटाहरुको कालान्तरसम्म राज रहनेछ । यिनले हाम्रो गाँस, वाँस, थातथलो, छिन्ने छन् । हामीलाई गुलाम बनाई राख्नेछन्, छदम माक्र्सवादीहरुले, छदम प्रजातान्त्रिक समाजवादीहरुले र वंशवादी राजतन्त्रवालाहरुले । अनी हाम्रा विश्वास र भरोसाहरु एउटा भारतीय हिन्दी सिनेमाकोे गीत “नो वन किल्ड जेसिका” जस्तो हुनेछ । त्यसको केही अंश यस्तो छ :

“डरका शिकार हुआ ऐतबार,

दिल मे दरार हुआ ऐतबार

करो चित्कार बाहें पसारकर के

नश्तर कि धार हुआ ऐतबार

पसली के पार हुआ ऐतबार

चुसे है खुन वडा खुंखार बनके

झुलसी हुई इस रुहके चिथडे पेड, विखरे हुए

उघडी हुई उम्मिद है

रौंदे जिन्हें कदमों तले बडी वेशरम रफ्तार मे

जल भुन के राख हुआ ऐतबार

गन्दा मजाक हुआ ऐतबार

चिढता, उठता है, सडता है रातों मे ।

Facebook Comments