परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राजनीतिमा को नायक को खलनायक?

ईश्वरवाद भाग्यमा विश्वास गर्छ । भाग्यमा नायकको वरदान र तथास्तु चाहिन्छ । सर्पले डसीरहेको छ बचाउने नायकको खोजीमा हुन्छ । विष शरीर भरी फैलिसकेको हुन्छ ! प्रकृतिले दिएको जडिबुटी र प्रकृतिबाटै निर्मित विज्ञानको औषधी खोजीको सट्टा प्रारब्धलाई दोष दिन पुग्छौ ! नायकहरु खलनायक कति खेर बन्छन्, खलनायक नायकमा कतिखेर परिणत हुन्छन् पत्तो नै हुदैन । एकीकरणको नायक पृथ्वीनारायणलाई दुई सताब्दीसम्म मान्दै आउँदा नायक होइन भनेर २१ औं शताव्दीमा बहस गर्न खोजियो । राणाशासन ढाल्न क्रान्ति भयो तर आज जङ्गवहादुर जस्तो शासकको पुनः कल्पना गर्ने एक खालको जमात पनि तयार हुँदै गएको छ ।

बन्न खोज्ने, पक्ष विपक्षका नायकहरु पनि समयको पर्खालमा गएर टुङ्गिदा रहेछन् । सदावहार कोही हुँदो रहनेछ । मर्दा बैंकमा सातसय रुपैयाँ भएका भारतका डा. राममनोहर लोहिया आज भारतको इतिहासमा विस्मृतिको गर्भमा छन् । गान्धी दिनौदिन हराउँदैछन् । भोटका लागि हुन सक्छ, पक्ष विपक्षका नायकहरुको तत्कालीनका लागि नाम बेच्लान् तर चुनाव सकिसकेपछि उनीहरुका विचारहरु डस्टविनमा रहने गरेको कुरा आजको जीवन्त यथार्थ हो ।

साहित्यिक, साँस्कृतिक श्रष्टाहरुको नायकत्वको खोजीभन्दा आज भोलि राजनीतिक नायकको खोजीमा नेपाल अलमलिएको छ । नेपालमा अतितमा नायकको खोजी गर्दा वि.सं. २००७ सालमा वि.पी. टंकप्रसाद, डा. के.आई सिंह, पुष्पलालहरु पक्ष–विपक्षका नायक भए । सर्वमान्य नायक हुन कोही सकेनन् भन्ने आरोप पनि समाजमा उठीरहेको छ । नायकत्वको खोजी गर्दा गर्दै छिमेकी मुलुक भारतमा नायक हुन खोज्दाखोज्दै महात्मागान्धीमाथि एक पक्षबाट लगातार आक्रमण भैरह्यो अन्ततः हत्या नै भयो ।

सम्बत् २०१५–२०१७ सालताका नेपालमा राजतन्त्रवादी राजा महेन्द्र र प्रजातन्त्रवादी वि.पी बीचको नायकत्वको लडाईमा सर्वस्वीकार्य दुवै भएनन् । एकथरिले वत्ति वाले एक थरिले वत्ति निभाए । प्रजातान्त्रिक र साम्यवादी खेमामा प्रजातन्त्रवादीका लागि वि.पी. कृष्ण प्रसाद र गणेशमान नायक बने भने साम्यवादी भित्र विभिन्न घटक उपनायकहरु जन्मे । पुष्पलाल देखि मोहनविक्र, मनमोहनसम्म, सी.पी. मैनाली देखि मदन भण्डारीसम्म । नायकत्वको भार उनीहरुले बहन गरे गरेन इतिहासकारले सही विश्लेषण गर्लान् । तर नेपालीको चाहना एकल नायक– जसले मुलुकको सबै प्रकारका भेदभाव, शोषण हटाओस, मानव अधिकार सहितको जनताको जनतन्त्रको स्थापना गरोस् भन्ने चाहना नै रह्यो ।

बन्न खोज्ने, पक्ष विपक्षका नायकहरु पनि समयको पर्खालमा गएर टुङ्गिदा रहेछन् । सदावहार कोही हुँदो रहनेछ । मर्दा बैंकमा सातसय रुपैयाँ भएका भारतका डा. राममनोहर लोहिया आज भारतको इतिहासमा विस्मृतिको गर्भमा छन् । गान्धी दिनौदिन हराउँदैछन् । भोटका लागि हुन सक्छ, पक्ष विपक्षका नायकहरुको तत्कालीनका लागि नाम बेच्लान् तर चुनाव सकिसकेपछि उनीहरुका विचारहरु डस्टविनमा रहने गरेको कुरा आजको जीवन्त यथार्थ हो ।

आजको समयमा वर्तमान राजनीति भित्र पार्टीहरु छन् तर पार्टीभित्र गुटहरु छन् । काँग्रेस भित्र कसैको लागि शेरवहादुर नायक कसैका रामचन्द्र पौडेल, कसैका लागि कोइराला परिवारका सदस्यहरु छन् । प्रकाशमान, कृष्णप्रसाद सिटौला, गगन, प्रदीप झुण्ड झुण्डका कविलाको नायकको रुपमा स्थापित हुन लालायित छन् । समग्र मूलुकका लागि निष्ठावान नायक बन्ने कोसिस कसैले गरेका छैनन् ।

साम्यवादी खेमामा जनयुद्धताकाका प्रचण्ड आज खिया लागेको फलाम बनेका छन् भने कुनै वेलाका किम्वन्तीका पात्र सीपी मैनाली अनि नारायणमान र मोहनविक्रमहरु क्रमशः हराउदै छन् । मदन भण्डारीको जनताको बहुदलीय जनवाद स्थगित राख्ने अवस्थामा नेकपा पुगेको छ । केपी ओलीलाई उहाँकै पार्टीबाट सर्वस्वीकृति प्राप्त नायकको रुपमा होइन, पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा पनि बल्ल तल्ल स्वीकार गरेको अवस्था छ । यो तितो सत्य हो ।

नायकहरुमा जुन चरित्र, जुन त्याग, निष्ठा र इमान्दारीका साथै सिङ्गो मुलुकलाई विचारको आधार आधार संगसगै मानवीयपनका आधारमा नेतृत्व दिन सक्ने नायक आज छैनन् र दोस्रो साथै तेस्रो पुस्तामा पनि त्यो अनुहार छैन । उनीहरु पनि दौराको फेर समातेर केन्द्रीय समिति पदाधिकारी हुन लालच पालेर बसेका छन् । नायकको खोजीमा राष्ट्रको जनमत रहने दलहरु नायक जन्माउन नसक्ने खाली पार्टी र राज्यभित्र शासक मात्र जन्माउने यो निरन्तरताले नायकको अवधारणामा नै प्रश्न उठ्न थालेको छ ।

व्यक्तिगत फाइदा वेफाइदा हेर्ने समाज भित्र सामुहिकता– समाजिकता खोज्नु वालुवाको तेल निकाल्नु जस्तै भएको छ । नायकको सम्बन्धमा दलहरुका पक्ष विपक्षका लेखकहरुको आ–आफ्नै मापदण्ड छ। अवत को नायक र को खलनायक छुट्याउन पलपलको हिसाव राख्द पनि हिसाव मिल्दैन। आज समाजको नायकमा बहुराष्ट्रिय कम्पनीहरु उपभोक्तावादी दर्शनका सवल पृष्ठपोषकहरु, बजार र विज्ञापनका बलिया खम्बाहरु नायकको रुपमा दरिएका छन् । तिनीहरु कै छाँयामा राजनैतिक दलका महत्वकाँक्षाका स्वघोषित गुट, उपगुटका नायकहरु चलायमान भएको तथ्यलाई नजरअन्दाज गर्न सकिदैन ।

आज पार्टीहरुभित्र जनवाद छैन । गोडा पाँचेक नेताले जे बोले त्यही सिद्धान्त, त्यही विचार पार्टी मार्गदर्शन, हिसावकिताव मिलाएर लेखा राख्ने गरिन्छ । प्रजातन्त्रवादी भनिनेहरुमा पनि बहस, छलफलभन्दा नेताको बोली नै निर्देशक विचार बनेको छ । जनवादी केन्द्रीयताको आधारमा पार्टी सञ्चालन गर्नेहरु पनि केन्द्रीयता त्यसमा पनि सिमित नेताको केन्द्रीयतामा नै पार्टीहरु चलेका छन् । जनवादी केन्द्रीयताको साँगठानिक ढाँचा लेनीनवादी साँगठानिक ढाँचा हो । लेनीनवाद सर्वहारावर्गको अधिनायकत्वमा अडेको हुन्छ । वर्तमान गणतन्त्रमा नै जनवादी क्रान्ति सम्पन्न भएको भनी समाजवादको सपना देख्ने र बेच्नेहरुले वहुलवादभित्र पार्टी संगठनलाई संरचनागत स्वरुप नदिने हो भने पार्टीभित्रको जनवाद कुनै महाधिवेशनमा पनि के कसो हुने हो सोचनीय प्रश्न समाज सामु उभिएको छ । नायकको दौर सकिए जस्तो छ, तर हामी नायक खोजी रहेका छौ ।

व्यक्तिगत फाइदा वेफाइदा हेर्ने समाज भित्र सामुहिकता– समाजिकता खोज्नु वालुवाको तेल निकाल्नु जस्तै भएको छ । नायकको सम्बन्धमा दलहरुका पक्ष विपक्षका लेखकहरुको आ–आफ्नै मापदण्ड छ । अवत को नायक र को खलनायक छुट्याउन पलपलको हिसाव राख्द पनि हिसाव मिल्दैन । आज समाजको नायकमा बहुराष्ट्रिय कम्पनीहरु उपभोक्तावादी दर्शनका सवल पृष्ठपोषकहरु, बजार र विज्ञापनका बलिया खम्बाहरु नायकको रुपमा दरिएका छन् । तिनीहरु कै छाँयामा राजनैतिक दलका महत्वकाँक्षाका स्वघोषित गुट, उपगुटका नायकहरु चलायमान भएको तथ्यलाई नजरअन्दाज गर्न सकिदैन । नायकको खोजीमा यज्ञ अनुष्ठान बहस केन्द्रित गर्नुभन्दा देशको विकास नायक विना पनि हुन सक्छ कि भन्ने बहसको थालनी गर्दै त्यस अनुरुपको आचरण र व्यवहार गर्दा मुलुकले काया फेर्छ कि ?

गुटउपगुटका तथाकथित नायकहरुको उछलकुदमा भविष्य नै धरापमा पर्न बेर छैन । नायकत्वको स्वरुप ग्रहण गर्न खोजका विभिन्न विचार समूहका तत्कालीन विपी, पुष्पलाल, मदन भण्डारीहरु खोपीको भिमसेन जसरी आज दर्जा दिई वार्षिकी मनाउने गरिन्छ त्यति पनि मौजुदा गुटउपगुटका नेताहरुले दर्जा पाउदैनन् भन्ने ठोकुवा गर्न सकिन्छ । यो तितो यथार्थबाट नब्युझने हो भने तारा र जुन टिपेर प्रेमिकालाई लगाइदिने नव प्रेमीको फल्तुगफ बाहेक अरु केही हुन सक्तैन ।

आजभोलि नायक र खलनायकबीच कुनै भेद छैन । त्यसैले कसैलाई नायक बनाउन हैन जीवनको यथार्थ बुझेर सारा नागरिक नायक बन्नु पर्छ र नायकको परिभाषा फेरिनु  पर्छ । तब मात्र मुलुकमा सुशासन कायम भई विकासले गति लिन सक्छ । अन्यथा भड्खालो नजिकै छ ।

Facebook Comments