समय-चक्र
कविता
भए कैयन योगी, महन्त
शास्त्राज्ञ भै घुमे सब जग
हेर न हिजोका ती विद्वान
गए एक दिनकै भै मेहमान
अरे, अझै पनि बाँकी जति
आऊ न भोगूँ भई स्वच्छन्द
माटो बन्नुभन्दा पहिले
किन नभोगूँ सुख खुशीले
उड्ने छौँ जब भई खरानी
न त बसन्त न हुन्छ जवानी !