परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अवमूल्यन

कविता

यहाँ इमानको के काम !

यहाँ म जस्ता प्रजाको के काम !!

यहाँ इमान्दार र राष्ट्रवादको 

नारा मात्र लाग्छ – खोक्रो नारा

नाराको आडमा लुट्न सक्नेलाई 

यहाँ ठूलो मिल्छ काम !

 

जहाँ खोटा सिक्का चलिरहेका छन्

अन्य आकर्षणहरू

विरासत

समय-चक्र

त्यहाँ मूल्यवान धातुका सिक्का कसले पाउँछ !

यहाँ त ढाँट, धोखा, जी-हजुरीको बेला छ

कसले पो सुन्छ म जस्ता प्रजाको आवाज !

 

लहैलहै बगेको छ चौतर्फी

कसले पो सत्य खोज्दछ !

यहाँ इमानको के काम?!

Facebook Comments