परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ज्येष्ठ नागरिकमा कोभिड-१९ को प्रभावः हिंसा, दुर्व्यवहार र हेला

सन्दर्भः ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवस

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवसको आवश्यकता र महत्व औँल्याउँदै सन् २००६ मा (International Network For Prevention of Elder Abuse (INPEA) ले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवस सुरु गरेको थियो । त्यसको ६ वर्षपछि अर्थात् सन् २०१२ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले पनि यसको महत्व र आवश्यकता मनन् गर्दै यो दिवसलाई मान्यता दिएको थियो । त्यसपछि हरेक वर्ष जुन १५ लाई विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्ष यो दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘ज्येष्ठ नागरिकमा कोभिड—१९ को प्रभावः हिंसा, दुर्व्यवहार र हेला’ भन्ने नारा दिएको छ । कोभिड—१९ र यसले ज्येष्ठ नागरिकमा पारेका विभिन्न प्रभावहरूका साथै यस अवधिमा ज्येष्ठ नागरिकमाथि भएका हिंसा, दुर्व्यवहार र हेला विषयमा चर्चा परिचर्चा गरेर जुन, १५ अर्थात् असार १ गते विश्वभरि यो दिवस मनाइँदै छ ।

नेपालको सन्दर्भमा, एजिङ नेपालमा प्राप्त तथ्याङ्क अनुसार, कोभिड—१९ को महामारी अगाडि र यसको अवधिमा ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यवहारहरूको तथ्याङ्क अनुसार कोभिड—१९ को महामारी पछिको ३ महिनामा दुर्व्यवहार १८८.८९ % ले बढेको देखिन्छ । दुर्व्यवहार महिला ज्येष्ठ नागरिकमा भन्दा पुरुषमा बढी देखिन्छ ।

विश्व स्वास्थ्य सङगठन (WHO) का अनुसार, प्रत्येक ६ जनामा १ जना ज्येष्ठ नागरिक र विश्वभरिमा १४ करोड १० ज्येष्ठ नागरिक कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्न बाध्य भएको अनुमान गरेको छ । यो सङ्ख्या अझ धेरै बढी हुन सक्छ किनभने प्रत्येक २४ मा एक दुर्व्यवहारको घटना मात्र बाहिरिने तथ्य २०१७ मा विश्वका ५२ देशहरूमा २८ विधिबाट दुर्व्यवहार विषयमा गरिएको अनुसन्धानमा उल्लेख छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वभरिकै जनजीवन प्रभावित बनेको छ । यसै कारण विश्वका धेरै देशहरू लकडाउन गरिएका छन् । कोभिड—१९ कै कारण ज्येष्ठ नागरिकमा विभिन्न किसिमका नकारात्मक प्रभावहरू पनि परेका छन् । तीनका सरात्मक प्रभावहरूमा आर्थिक सङ्कट, स्वास्थ्य समस्या, सामाजिक तथा सांस्कृतिक रूपमा बढ्दो दूरी आदि रहेका छन् । यसको साथसाथै घरेलु हिंसा र दुर्व्यवहारहरू (शारीरिक, आर्थिक, मनोवैज्ञानिक, यौन, बेवास्ता) का घटनाहरू पनि प्रमुख समस्याको रूपमा रहेको र कोभिड—१९ को समयमा धेरै मात्रामा बढेको अनुमान गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा, एजिङ नेपालमा प्राप्त तथ्याङ्क अनुसार, कोभिड—१९ को महामारी अगाडि र यसको अवधिमा ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यवहारहरूको तथ्याङ्क अनुसार कोभिड—१९ को महामारी पछिको ३ महिनामा दुर्व्यवहार १८८.८९ % ले बढेको देखिन्छ । दुर्व्यवहार महिला ज्येष्ठ नागरिकमा भन्दा पुरुषमा बढी देखिन्छ । महामारीको तीन महिना (March, April, May) मा घटेका दुर्व्यवहारका घटनालाई अघिल्लो वर्षको सोही महिनाको घटनासँग तुलना गर्दा ३०% ले बढेको देखिन्छ । महामारी अगाडि शारीरिक दुर्व्यवहार धेरै रहेकोमा महामारी पछाडिको समयमा बेवास्ता बढेको पाइएको छ । यसैगरी यौनजन्य दुर्व्यवहार घटेको र आर्थिक दुर्व्यवहार बढेको पाइन्छ । महामारी अगाडिका महिना (December, January, February) हरूमा १८ वटा दुर्व्यवहारका घटना घटेका थिए भने महामारी पछाडिको महिना (March, April, May) हरूमा सो सङ्ख्या बढेर ५२ पुगेको थियो । महामारी आउनुपूर्वको तीन महिनामा लिङ्ग अनुसार पुरुष र महिलमा दुर्व्यवहारको अनुपात ५५.५६% र ४४.४४% थियो भने महामारीको अवधिमा यो अनुपात ६१.५४% र ३८.४६ रहेको देखिन्छ । यस अवधिको लिङ्ग अनुसार दुर्व्यवहारका घटनाहरू तुलना गर्दा पुरुषमा कुनै पनि परिवर्तन नभएको तर महिलामा १५% ले वृद्धि भएको पाइन्छ ।

कोभिड—१९ को यो अवधिमा ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक पक्षहरूलाई नकारात्मक असर र भ्रम पार्ने खालका विभिन्न समाचार तथा प्रतिवेदनहरू सार्वजनिक भए । कुनै ठोस प्रमाण तथा तथ्यहरू विहीन त्यस्ता समाचारले ज्येष्ठ नागरिकहरू र ज्येष्ठ नागरिकहरूसँग काम गर्नेहरूलाई त्रसित बनाएका थिए । अझै हेरचाह केन्द्रमा बसेका ज्येष्ठ नागरिकहरूको अवस्थालाई नराम्रो प्रकारले चित्रण गरेका थिए । केवल ज्येष्ठ नागरिक मात्र गम्भीर बिरामी र मृत्युको उच्च जोखिममा छन् भन्ने कुराले सामाजिक सञ्जालहरू भरिएका थिए । यसले ज्येष्ठ नागरिकप्रति सञ्चारमाध्यमको पूर्वाग्रही र अपमानजनक सोचाइ प्रष्ट पार्दछ । किनभने कोभिड—१९ व्यक्तिको रोग प्रतिरोधक क्षमतामा निर्भर छ, उमेरमा हैन । यस्ता समाचारहरूको कारणले गर्दा पनि कतिपय ज्येष्ठ नागरिकहरू आफ्नै परिवारमा अपहेलित हुनुपरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार समुदायस्तरमा कोभिड—१९ र ज्येष्ठ नागरिकमा भएको दुर्व्यवहारहरूको वास्तविक र भरपर्दो तथ्याङ्कको कमी छ तर यो कुरा स्पष्ट छ कि कोभिड—१९ ले ज्येष्ठ नागरिकको सेवा र उपचारमा धेरै प्रभाव पारेको छ । संयुक्त राष्ट्रसंघका महासचिवले पनि कोभिड—१९ ले ज्येष्ठ नागरिकहरूमा बढ्दो दुर्व्यवहारहरू र हिंसाले ठूलो चुनौती थपिएको कुरामा तर्क पेश गरेका छन् । उनका अनुसार ज्येष्ठ नागरिकको अधिकारको रक्षा गर्न राष्ट्रियस्तरमा पर्याप्त कानुनको अभाव र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कानुनी ढाँचाको अभावले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारलाई बढावा पाएको हो। सङ्कटको यो घडीमा बढेको यो प्रतिकूल अवस्थाको अन्त्य हुनै पर्दछ । यस गम्भीर मानवअधिकार उल्लङ्घनको विरुद्धमा लड्न र यसलाई रोक्न अत्यन्त जरुरी छ । ज्येष्ठ नागरिकमाथि हुने हिंसा, उपेक्षा र दुर्व्यवहारका विरुद्धमा सर्वव्यापी रूपमा लागू हुने मापदण्डहरू विकास गर्न अत्यावश्यक छ ।

Facebook Comments