परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनकल्याण सेवासंघको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत पशुपति गुह्येश्वरी नजिक खरिबोट स्थित जनकल्याण सेवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ९७ जना रक्तदाताले रक्तदान गर्नु भएको छ।

विश्व रक्तदाता दिवशको अवसरमा गरिएको यो कार्यक्रम स्थानीय युवा सन्तोष अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो । संयोजक अधिकारीका अनुसार रक्तदान कार्यक्रममा एक सय बाह्र जना व्यक्तिले सहभागिता जनाउनु भएको थियो।

रक्तदान कामनपा–७ नेपाली काँग्रेसका युवा नेता प्रवेश लामिछानेका अनुसार रक्तदाता दिवशको अवसर पारेर रक्तदान गरिएको हो । कोरोना महामारी पछि रक्तदानका गतिविधि कम भई रगतको अभाव हुने सम्भावनालाई विचार गरी रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्य राखेको कुरा लामिछानेले बताउनु भयो।

Facebook Comments