नेपाली पत्रकारिताका भीष्मपितामह
सन्दर्भः मणिराज उपाध्यायको ९८ औँ जन्म जयन्ती
वि.सं.२००८ सालमा उहाँँसँग परिचित भएदेखि म उहाँँलाई मणिदाजु भनेर नै सम्बोधन गर्थें । उहाँँ मणि, मणिबाबु, मणिराज उपाध्याय र बाबाबाट पनि सम्बोधित हुनुहुन्थ्यो । धेरैजसो परिवारजन र बन्धुबान्धवहरू उहाँँलाई मणिबाबु नै भन्ने गर्थे । तर मेरा लागि उहाँँ सदैव आदरणीय मणिदाजु रहनुभयो र म उहाँँको भाइ ।

वि.सं. २००० साल पनि नलाग्दा समयको नामी एन.आर.टि.(न्यूरोड टोल) फूटबल टिमका ख्यातिप्राप्त सेन्टर फर्वार्ड खेलाडी, तिनैताकाको उत्तिकै नामी डिल्लीबजार महावीर फूटबल टिमका सशक्त प्रतिस्पर्धी खेलाडी मणिबाबुु सबै खेलाडी र दर्शकहरूका लागि प्रशंसनीय हुनुहुन्थ्यो । खेलाडीहरूमा प्रायः स्वाभाविक रूपले हुने अभिमानबाट मुक्त उहाँँ सधै प्रसन्नचित्त देखिनुहुन्थ्यो ।
डिल्लीबजार टोल र पहिला–पहिला जुद्ध सडक, त्यसपछि नयाँ सडक र यता आएर न्यूरोड भनिने टोलका बीच राणाशाही विरोधी राजनीतिक जागरणको कारणले गर्दा एउटा अनौठो समानता हुँदाहुँदै पनि समयावधि फरक भएकाले त्यसबाट बेग्ला–बेग्लै प्रभाव परेको थियो । कुरा के भने डिल्लीबजारका कतिपय युवाहरू “ध्रुव” नाटकमार्फत १९९६–१९९७ सालतिर राणविरोधी आन्दोलनपट्टि आकर्षित भएका थिए भने न्यूरोेडका युवाहरू एन.आर.टि. मार्फत २००४ सालको नेपाल नेसनल लिग र २००५ सालको प्रजा पञ्चायत आन्दोलनतिर तानिएका थिए । जसका कर्ताधर्तामध्ये प्रमुख व्यक्तित्व क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल थिए ।
डिल्लीबजारमा पुष्करनाथ उप्रेती, मुकुन्दनाथ रिमाल तथा भवदेव पन्त आदि उल्लेखनीय हुनुहुन्थ्यो भने न्यूरोडका त्रिपुवरसिहं प्रधान, विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, होराप्रसाद जोशी तथा मणिराज उपाध्याय आदि राजनीतिक सक्रियतावादी हुनुहन्थ्यो । उपाध्याय त केही समयपछि उप्रेती र रिमाल जस्तै गरी काठमाडौंँमा नेपाल प्रजा परिषदका एक हस्ती नै हुनुहुन्थ्यो । एन.आर.टि.का खेलाडीहरू “ॐ” शान्ति जय नेपाल, एन.आर.टि.ले जित्नैपर्छ” भन्ने नारा लगाउँदै प्रजा पञ्चायतको राजनीतिलाई अघि बढाउने गर्थे ।
२००७ सालको क्रान्तिले नेपाली सामन्ती समाज उन्मूलन गरी एउटा युगान्तकारी अवधिको सूत्रपात ग¥यो । समाजशास्त्र एवम् राजनीतिशास्त्रको दृष्टिबाट यो विराट ऐतिहासिक फड्को पनि थियो । प्रतिपक्षमा रहेको नेपाल प्रजा परिषदको नेतृत्व बाहेक एकातिर सत्ताधारी नेपाली काँग्रेसले र अर्कोतिर नेपाल कम्युनिष्ट पार्टी, नेपाल राष्ट्रिय काँग्रेस र सत्ताच्युत राणाहरूको दल गोरखा परिषदले २००७ सालको क्रान्तिको महत्व नबुझिदिँदा क्रान्तिका उपलब्धिहरूमा आघात पर्न गयो । अनि त दुवै लोकप्रिय टिम महाबीर तथा एन.आर.टि.बीचको एउटा रोमाञ्चक मनोरञ्जनले भरिपूर्ण फुटबल खेल रेफरीको एउटा सामान्य गल्तीले गर्दा यस्तो अहङ्कार र प्रतिशोेधको अन्धो आवेगमा डढ्न गयो, जसको रापमा परेर गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले १९९७ सालको ऐतिहासिक पर्चा आन्दोलनका नायक टङ्कप्रसाद आचार्यलाई “शान्ति सुरक्षा खल्बलाएको” आरोपमा तीन÷तीन महिनासम्म झ्यालखानमा थुन्न पुगे । पछि यस्तै घटनाक्रमबाट बढेको चिनियाकाजी हत्याकाण्डको परिणामस्वरूप कोइराला जस्ता करिश्माजनक राजनेता पनि ७–७ वर्षसम्म सत्ताच्यूत नै हुन प¥यो ।
मणिदाजु कालान्तरमा प्रखर पत्रकार–सम्पादक एवम् राजनीतिक विश्लेषक मात्र नभई एउटा संस्था सरह नै हुनुभयो । उहाँँ आफ्नो सत्यनिष्ठाबाट कहिल्यै डग्नु भएन, न उहाँँ लोभबाट प्रलोभित र धम्कीबाट त्रसित हुनुभयो । पत्रकारितालाई योगको रूपमा लिनुहुने मणिदाजुले त्यस क्षेत्रमा अप्रतिम इमान्दारीको अमिट छाप छाड्नुभयो । उहाँँको संरक्षकत्व र कुशल प्रशिक्षणबाट “समाज” दैनिकले असंख्य योग्य एवम् कर्मठ पत्रकारहरूलाई राष्ट्रसेवामा र पत्रकारिताको विकासमा उता¥यो । यसर्थ उहाँँले नेपाली पत्रकारिता जगतका भीष्मपितामहको रूपमा समुचित कीर्तिमान स्थापित गर्नुभयो ।
यस घटनाबाट आहत हुनुभएका उपाध्याय अब प्रत्यक्ष राजनीतिमा संलग्न हुन नेपाल प्रजा परिषदसँग आबद्ध हुनुभयो, जसका अध्यक्ष आचार्यबाट उहाँँ २००६ तिर आफैं झ्यालखाना पर्दा आकर्षित हुनुभएको थियो । त्यति मात्र नभई उहाँँ हिन्दी पत्रिका “सही रास्ता” को स्तम्भमार्फत आफ्नो दलको राजनीतिलाई सशक्त बनाउन र सङ्गठन बढाउन लागिपर्नु भयो । उहाँँको हिजोको टिमका खेलाडीहरू पनि राजनीतिक विभाजनका कारण उहाँँबाट छुट्टिए तर उहाँँले उनीहरूसँगको मित्रतालाई आफ्नो तर्फबाट कहिल्यै ओझेलमा पर्न दिनुभएन ।
२०१० साल भदौमा काठमाडौं नगरपालिकाको चुनाव भयो । न्यूरोड–इन्द्रचोक वडामा उहाँँ प्रजा परिषदको उम्मेदवार भएर उठ्नुभयो । नेपाली काँग्रेसका उम्मेदवार चाहीँ उहाँँको पुरानो खेलाडी मित्र थिए । ने.का.ले उहाँँलाई हराउन कुनै कसर बाँकी राखेन । नेपाल कम्युनिष्ट पार्टीले पनि उहाँँको विरुद्ध आफ्नो उम्मेदवार उठाएको थियो । विजय मणिराजकै भयो तर उहाँँ कहिल्यै काँग्रेस र कम्युनिस्टविरोधी हुनुभएन । तर यसरी उहाँँमा लोकप्रिय यूवा फूटबल खेलाडीका साथै राजनीतिक योद्धाको यश पनि जोडियो ।
तर दलगत राजनीति उहाँँको व्यक्तित्व परिमार्जन गर्ने रसायन बन्न सकेन । उहाँँ आफैँ पनि त्यस्तो राजनीतिबाट हट्नुभयो । प्रजा परिषदबाट हटे पनि टङ्कप्रसाद आचार्र्य मणि दाजुको आजीवन आदर्श पुरुष रहनुभयो । आचार्यको विश्वासिलो सहयोगी र निःस्पृह परामर्शदाता रहनुभएका उहाँँले “समाज” दैनिकका सम्पादकको रूपमा आचार्य प्रधानमन्त्रित्व कालखण्डमा वैदेशिक तथा आन्तरिक राजनीतिको स्वस्थ र सबल विकासमा ठूलो योगदान पु¥याउनुभयो ।
उहिलेको ए–फोर डुप्लिकेटिङ्ग कागत भन्दा सेखै ठूलो आकारको “समाज” दैनिकको मूलमन्त्र राष्ट्रियताको संरक्षण, जनताको मङ्गल–कल्याण, प्रजातन्त्रको संस्थागत विकास, कानूनी राज्यको स्थापना तथा स्वतन्त्र विदेश नीति सञ्चालन थियो ।
“समाज” दैनिक आफ्नो स्वतन्त्र एवम् राष्ट्रहितकारी चरित्रबाट लोकप्रिय हुँदै गयो । त्यसको निर्भिक विचारबाट विश्वेश्वरप्रसाद कोइराला पनि प्रभावित हुनुहुन्थ्यो । तर राष्ट्रियताको प्रश्नमा “समाज” दैनिक ने.का.को. कटु आलोचक हुन कहिल्यै छाडेन । “समाज”को लोकप्रियतामा इष्र्या गर्नेहरूले त्यसलाई टुक्र्याए । अब त राजनीतिक दलहरू मात्र नभई पत्रपत्रिका पनि समानन्तरको रूपमा आउन थाले, यद्यपि सही अर्थमा पत्रपत्रिकाको संख्यात्मक वृद्धि कुनै नकारात्मक कुरा चाहिँ थिएन ।
मणिदाजु कालान्तरमा प्रखर पत्रकार–सम्पादक एवम् राजनीतिक विश्लेषक मात्र नभई एउटा संस्था सरह नै हुनुभयो । उहाँँ आफ्नो सत्यनिष्ठाबाट कहिल्यै डग्नु भएन, न उहाँँ लोभबाट प्रलोभित र धम्कीबाट त्रसित हुनुभयो । पत्रकारितालाई योगको रूपमा लिनुहुने मणिदाजुले त्यस क्षेत्रमा अप्रतिम इमान्दारीको अमिट छाप छाड्नुभयो । उहाँँको संरक्षकत्व र कुशल प्रशिक्षणबाट “समाज” दैनिकले असंख्य योग्य एवम् कर्मठ पत्रकारहरूलाई राष्ट्रसेवामा र पत्रकारिताको विकासमा उता¥यो । यसर्थ उहाँँले नेपाली पत्रकारिता जगतका भीष्मपितामहको रूपमा समुचित कीर्तिमान स्थापित गर्नुभयो ।
उहाँँको निधनमा आफ्ना श्रद्धाञ्जलीस्वरूप देशका पत्रपत्रिकाहरू र पत्रकार/स्तम्भकारहरूले उहाँँप्रति जुन सम्मान दर्शाए त्यसबाट उनीहरू आफैं धन्य भए भन्नु अत्युक्ति हुने छैन ।
कवि गोपालप्रसाद रिमालले २००७ सालको क्रान्तिबाट पनि आफ्नो आमाको सपना पूरा गर्न नसके जस्तै मणिदाजु पनि २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र त्यसको विजयपछिको क्रममा मुलुकको राष्ट्रियता कमजोर पर्न गएबाट अत्यन्त विक्षुव्ध हुनुहुन्थ्यो ।
अब त आकार पनि निकै ठूलो र पृष्ठसंख्या पनि बढेको “समाज” ले बडो कष्टपछि पुनर्स्थापित प्रजातन्त्रलाई राजनीतिक दलहरूले नभाँडून् भन्ने उद्देश्यबाट विभिन्न विचारका साम्रगीहरूलाई आफ्नो स्तम्भमा ठाँउ दियो । तर सत्ताधारी दलको रूपमा नेपाली काँग्रेस मात्र होइन नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रियता र देशको प्राकृतिक सम्पदाहरूको अक्षुण्णताका प्रश्नमा भारतीय सत्तासामु लत्रिँदै गएबाट राष्ट्र–स्वभिमानी मणिदाजु झन आहत हुनुभयो । त्यसपछि पत्रिकाको पूरै अभिभारा पुत्र ब्रजेश शर्मालाई थमाएर आफ्नो चार दशक बढीको सक्रिय पत्रिकारिताबाट सन्यास लिनुभयो । आफ्नी संरक्षिका माताजीको प्रेरणा, सद्गुरुदेव श्री कविप्रसाद गौतम “राम”को अनुपम कृपा र आफ्नो प्रारव्ध–कर्मको फलस्वरूप उहाँको जीवनले आध्यात्मिकताको उदात्त बाटो लियो । अनि उनै ममतामयी आमाले परम् पावन देवघाटधाममा खडा गरेको आश्रम उहाँँको साधनास्थल बन्न गयो ।
जुन क्रममा उहाँँले डा.स्वामी रामानन्द गिरी, स्वामी सत्यदेव, स्वामी ज्ञानानन्द र पछिल्लो समयमा स्वामी महीधराचार्यको सानिन्ध्य पाउनुभयो । यी सन्त सङ्गतबाट र विशेषगरी श्रीमद्भागवत् महापुराणको सघन अध्ययनबाट मणिदाजुमा भक्ति र ज्ञानको नयाँ जागरण छायो अनि भगवान श्रीकृष्णका ऐश्वर्य लीलाहरूलाई भगवानप्रति भक्तहरूको प्रेम भावनालाई आफ्नै शैलीमा र नेपाली वाङ्मयमा उतार्ने प्रेरणा जाग्यो जसले “रासपाञ्चायन” तथा “नवरत्नमाला” जस्ता भक्तिभाव–प्रधान रचनाहरूले मूर्त रूप पाए । उहाँँको यो साधनाको सन्त समाजबाट समेत उच्च मूल्याकन भयो ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि मूलमन्त्रको रूपमा जपेर मणिदाजु आफ्नो चेतनशील आध्यात्मिक जीवनको अन्तिम घडीसम्म पनि राष्ट्रको भविष्यबारे चिन्तित हुनुहुन्थ्यो ।
आफू पनि आध्यात्मिक बाटोमा लागि परीरहेको बेला मैले पनि उहाँँसँगको सत्सङ्गबाट श्री स्वामी सत्यदेव महाराजको स्वरूपमा प्राप्त गरेँ । गुरुदेवले नेपालमा आफ्नो भगवत्भक्ति जागरणरूपी अभियान सबभन्दा पहिला मणिदाजुकै डिल्लीबजारको घरमा, उहाँँको माताको वात्सल्यताबाट शुभारम्भ गर्नुभएको थियो । त्यो २०४५ सालतिरको घटना हो, जतिबेला श्री सत्यदेव स्वामी १६ वर्षको कलिलो उमेरमा आसामबाट काठमाडौंँ पाल्नु भएको थियो । मेरा पिता, माता र दिदीहरूले स्वामीज्यूको सानिन्ध्य पाइसक्नुभएको १३ वर्षपछि २०५८ सालमा मैले र मेरी पत्नी उर्मिलाले चाहीँ हरिद्वार श्री हनुमान मन्दिरको गुरु आश्रममा सौभाग्यवश दीक्षा पायौँ । त्यस दिनदेखि हामी दुवैको जीवनले नयाँ चेतना पायो र सद्गुरुदेवको शरीर २०६१ को ज्येष्ठ कृष्ण तृतीयामा बदरीधाममा शान्त हुन्जेलको संक्षिप्त अवधिमा पनि उहाँँबाट विपुल कृपा प्राप्त गरी आनन्दी जीवन बिताइरहेका छौं ।
मणिदाजुकै प्रेरणाबाट हामी भक्तहरूले काठमाडौं र देवघाटधाममा स्वामी सत्यदेव सत्सङ्ग खडा गरी श्रीगुरुकृपाबाट आफ्नो जीवनलाई धन्य र सार्थक बनायौँँ । उहाँँकै प्रेरणाबाट हामीले श्रीगुरुवाणीबाट प्रवाहित भएका अमृत वचनलाई पुस्तकका रूपमा लिपिबद्ध ग¥यौँ । अनि उहाँँको संयोजकत्वमा हामीले काठमाडौंँमा २०६० सालको महानवमीका शुभ दिनमा श्री सद्गुरुदेवको स्वर्णजयन्ती मनाँउदै उहाँँका श्रीचरणमा अभिनन्दनपत्र चढायौँ ।
श्री सद्गुरुदेवको अविश्वसनीय देहावसानबाट मर्माहत भएका मणिदाजु र हामी गुरु भाइबहिनीको परिवारले गुरुकै कृपाबाट आफूलाई सम्हालेर आफ्नो गृहस्थ जीवनलाई गुरुभक्ति र आध्यात्मिकताको पुठले सार्थक बनाउँदै आएका थियौं । मौनमै बसेर उहाँँसग सत्सङ्ग गर्दागर्दै दाजु बीचबीचमा देशको झन्झन् गिर्दो अवस्थाबाट चिन्तित हुँदै आहत भरिएको आवाज निकाल्नुहुन्थ्यो । यता उहाँँको पवित्रात्माले नश्वर शरीर छाड्ने बेला आइसकेको रहेछ र मचाहीँ रुघाखोकीले ग्रस्त भएर घर बाहिर निस्किन सक्ने स्थितिमा थिइन । मैले उहाँँको अन्तिम दर्शन गर्न पाइन । तर सौभाग्यले गर्दा मेरी पत्नी उर्मिलाले उहाँँको अन्तिम दर्शन गर्न पाइन् ।
उहाँँले ममा सत्सङ्ग र स्वध्यायको महत्व भरिदिएर मेरो जीवनलाई सार्थकतातिर जान प्रेरित गर्नुभयो र मेरो “१९९७ सालदेखि २०१७ साल–एक अवलोकन” ग्रन्थलाई विशेष गरी राजनीतिज्ञ टङ्कप्रसाद आचार्यको कर्तव्य र आचार्य तथा विश्वेश्वरप्रसाद कोइरालाबीच २०३३ सालपछिका अन्तरङ्ग सम्बन्धहरूको दुर्लभ सूचना एवम् जानकारीले सुसमृद्ध गरिदिने उदारता प्रदान गर्नुभयो । तीप्रति सदा सर्वदा कृतज्ञ रही म उहाँँलाई नमन गर्छु ।
अनि अन्त्यमा ती वाक्यसहित श्रद्धाञ्जलीका शव्दलाई विराम दिने अनुमति चाहन्छु । चार पुस्ताका परिवारजनहरूको सेवा–सुश्रुवा पाएर तर कसैलाई दुःखकष्ट नदिइकन शान्त तवरले मणिदाजुले सही अर्थमा गृहस्थसन्तको इहलीला समाप्त गर्नुभयो । जतिबेला सञ्चार साधन र सञ्चारकर्मीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरीरहेका थिए, त्यतिबेला मेरो मनले तलका शव्दहरू गुनगुनाइरहेको थियो —
‘कबिरा जब हम पैदा हुवे
जग हँसे हम रोए ।
ऐसी करनी कर चलो
हम हँसे जग रोए ।’