परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बलियो सरकार

चट्याङ–प्रहार

यस्तो बलियो सरकारले अरु कसैलाई भ्रष्टाचार गर्न दिँदैन

आफैँ सक्षम छ सबै थोक गर्न, अरुको भर पर्दैन

पुस्तौँपुस्ता टन्न खान नपाएरै राजनीतिमा लागेको हो 

बल्लबल्ल पाएको बेला छादुन्जेल खान्छ, खुवाउँछ, छोड्दैन   

 

यस्तो बलियो सरकारले क्रमभङ्ग गर्छ, पुरानोलाई निरन्तरता दिँदैन

धर्म जाओस् कि इतिहास मेटियोस् यसलाई फरक पर्दैन

पुरानै सिमाना र पुरानै संस्कार मानिरहे नयाँ नेपाल कसरी बन्छ? 

पुरानो गुरुत्वाकर्षण अब नमान्ने घोषणा गर्न सक्छ, शङ्का गर्नु पर्दैन  

 

यस्तो बलियो सरकारले सफल राष्ट्र बनाएर विश्वलाई देखाइदिन सक्छ  

विश्वले नहेरे हेर्नै पर्ने बिधेयक ल्याएर बहुमतले पास गराइदिन सक्छ 

संविधान हेरफेर गर्नु परे कुन ठुलो कुरा हो र ? 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

कैयौँ संविधान फालेर नयाँ ल्याएको अनुभव त्यत्रो  छ, फेरि अर्को ल्याइदिन पनि सक्छ  

 

यस्तो बलियो सरकारका अगाडि के हल्ला हो यो एमसीसी को?  

त्यस्ता अनेकौं नामका सीसी रित्याएको लामो अनुभव छ पहिलेको   

मेलम्चीको पानी मात्रै भित्रियोस् न राजधानीमा !

अनि मोनोरेल र पानी जहाज उडाएरै पुर्याइन्छ घरघरै जनताको 

 

यस्तो बलियो सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाइसक्थ्यो आजसम्म 

कोरोना भाइरस नै आएर संसार हल्लाइरहेको छ र पो त अहिलेसम्म

त्यस्तो विस्तारवादी भाइरसलाई परास्त गर्न सरकार मुख खोलेर लागेको छ

नयाँ नेपालको स्वर्ण युगको घाम उदाइसक्ने छ यो सरकार रहेसम्म ।

 

Facebook Comments