मानवीय सोच र स्वभाव
सृष्टिको उन्नत गणितीय जीवनमा मानव उत्कृष्ट प्राणी मात्र हो।यतिकैमा उसलाई मानव भन्न सकिन्न। मानवहुनको लागि उसले कालखण्डका विविध चरणहरु पार गरेको छ। निम्नलिखित कालचरण गुज्रिएपछि मात्र ऊमानव बनेको छ।
यसरी सृष्टिमा प्राणी मानवबाट मान्छे हुन श्रम, समय, सम्पत्ति र लामो एवं कठोर इतिहास भोगेको मानव, आज कोरोना भाइरसले धेरैलाई कर्मयोगी, मानसिक रोगी, विषय भोगी र वैचारिक ढोँगी बनाएको छ। संसंगैकतिलाई गतिछाडा, मतिछाडा, हुत्तिहारा र अल्छी पनि बनाएको छ। तिनमा सचेत कर्तव्यवान् कर्मयोगी रअसचेत कर्तव्यहीन अकर्मण्य गरी दुईथरि सोच र स्वभावका का व्यक्ति छन्।
पूर्व वंशजको प्राकृतिक स्थिति, उसकै गुण सहितको जन्मजात स्वभाव, आर्थिक अवस्था,पारिवारिक लालनपालनजन्य संस्कार, शिक्षा तथा रेखदेख एवं सामाजिक परिवेश, विद्यालय विश्वविद्यालयीय दीक्षितगुण, दैनिक कार्य (कर्म) क्षेत्र उठबसको संगत र संवाद, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षणक्षण परिवर्तित वातावरण रघट्नाको वहाव र प्रभावको स्मरण तथा जीवन संघर्षका पलपलका जटिलताको जाँचमा सफल हुने सद्गुणले दीक्षित ज्योतियुक्त `स्थूलपिण्ड´ शरीर नै मानव अथवा मान्छे हो। समय क्रममा यही मान्छे स्वघोषित मर्मज्ञ, अल्पज्ञ, विशेषज्ञ, धर्मज्ञ र भावुक तथा भयग्रस्त हुन्छ।
आज कोरोना भाइरसको वरदान भनौँ वा अभिशापले विश्व बन्दाबन्दीको सकसपूर्ण समयमा उल्लिखित हरेक मान्छेले यो विषम परिस्थितिमा आफ्नो मनमस्तिष्कलाई तनाव मुक्त राख्ने अनेकाअनेक उपाय अपनाएको देखिन्छ। स्वतन्त्र सोचकासाथ तिनले आ-आफ्नो फुर्सद बेफुर्सद,अनुकूलता र प्रतिकूलताको अवस्था र आवश्यकता अनुसार समय बिताएको नभनौँ त्यसलाई विभिन्न गतिविधिले व्यवस्थापन गरेको सूक्ष्म अनुभूति पनि पाइन्छ।
यसरी सृष्टिमा प्राणी मानवबाट मान्छे हुन श्रम, समय, सम्पत्ति र लामो एवं कठोर इतिहास भोगेको मानव, आज कोरोना भाइरसले धेरैलाई कर्मयोगी, मानसिक रोगी, विषय भोगी र वैचारिक ढोँगी बनाएको छ। संसंगै कतिलाई गतिछाडा, मतिछाडा, हुत्तिहारा र अल्छी पनि बनाएको छ। तिनमा सचेत कर्तव्यवान् कर्मयोगी रअसचेत कर्तव्यहीन अकर्मण्य गरी दुईथरि सोच र स्वभावका का व्यक्ति छन्।
सचेत कर्तव्यवान्
सचेत कर्तव्यवान् व्यक्तिहरु स्वयम् यो प्रतिकूल अवस्थाको पात्र हुँदाहुँदै पनि कतिले आफ्ना निजी चाहनालाई टाढा राखेर पारिवारिक जिम्मेवारीको भार वहन गरेका छन्। परिवारका स-साना सदस्यदेखि मान्य बृद्ध बृद्धा,बिरामी र अन्य अशक्तजनको समेत भरणपोषण, सरसफाइ सेवा शुश्रूषा समयोचित दैनिक घरायसी एवम्बाहिरी कार्यमा समेत पनि अनवरत खटेका छन्।
यिनैमध्ये मानव सेवा भावका समाजसेवी, कर्तव्य परायणका सरकारी कर्मचारी, डाक्टर, नर्स, खाद्यान्न र पानीवितरक, स्विपर (सरसफाइ कर्मचारी) कर्तव्यनिष्ठ राष्ट्रिय पहरेदार सेना, आन्तरिक सीमासुरक्षाका सशस्त्रप्रहरी तथा शान्तिसुरक्षाका जनपद पुलिस आदि यी सबैले आफ्नो जीवनलाई कालको मुखमा राखेर चौबीसै घण्टा जनकल्याण तथा राष्ट्रिय हितमा आफूलाई समर्पित गरेका छन्। यही महाविपत्तिको अवधिमा आफ्नोज्यान बाजि राखेर मानव रोग, भोग र शोकलाई निर्मूल पार्ने काममा तल्लिन छन्। अहोरात्र मानव सेवामा समर्पित छन्।
यही समाजमा अन्य केही त्यस्ता माथि उल्लेख गरिएका विवेकी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, देशभक्त र अरु पनि व्यक्ति छन्। जो तत्काल परिस्थितिजन्य घट्नाको आँकलन गर्छन्। तुरुन्तै समाधानको उपायमा सरिक हुन्छन्। त्यसमा ढिलो चाँडो सफल पनि हुन्छन्। अर्काको भलोमा समर्पित रतिनैको सुखमा सम्मिलित यस्तालाई सबैबाट राष्ट्रियस्तरमा अभिनन्दन गरिनु पर्छ। वन्दन र पूजन पनि गर्नुपर्छ।यो हाम्रो साझा कर्तव्य हो।
असचेत कर्तव्यहीन
यो विज्ञान देन साझा-सहज-सुविधाको महत्वपूर्ण संचार साधन सेलफोनको सदुपयोग गर्ने सोच यसमा आयो।त्यसै अनुरुप रुचिपूर्ण सीप विकास युग सुहाउँदो लेखनकला स्क्रिन टच अभ्यासलाई यो दिक्दारी र बेरोजगारीकालमा त्यसै झोक्राएर कोक्राएर तथा म्यासेन्जर र भाइवरमा टरटर घण्टौँ भट्भटाएर बस्नुभन्दा कनिकुथि विना चुरोगुदीकै भए पनि बोक्रे गन्थन-मन्थनको चियोचर्चो गर्न मन लाग्यो।
यो चियोचर्चोको विषय कुनै कोही व्यक्ति विशेषप्रति लक्षित नभई `तपाईं´, `म´, `हामी´ सबैको दबाब- रबाफ, कपट-झपट, टिपोट-चिमोट, निमोठ जस्ता प्रवृत्तिप्रतिको र आफैँप्रतिको तीखो र तितो पोखाइ मात्र हो। त्यस्तामाथिको प्रक्षेपण प्रेक्षित हो।
छिनछिनमा चर्कने र दर्कने आजभोलिको प्राकृतिक मौसमी प्रभाव जस्तै हाम्रा आनिबानी र छिनछिनका चालचलनहरु हिजोआज अलि छाडा लागेका छन्। कसो? हरकोहीले यसो आफूले आफैँलाई दिनभर नभएर छिनभरै भए पनि यसरी हेरविचार गरौँ है त?…
माथि उल्लेख सचेत कर्तव्यवान् वर्गमा बयान गरिएको पहिलो कोटीमा यो लाटोबुङ्गो यस जुनीमा तकहिल्यै पर्दैन। खोई, अर्को जुनीमा ईश्वरले बिर्सेर कथंकदाचित जीवन दिएछन् भने दोस्रो न्यूनस्तरको असचेत असभ्य कर्तव्यहीन तहमा त पर्ला कि नपर्ला! के थाहा?
दैव इच्छा यदि परिहालेछ भने पनि निम्नस्तरीय मानवीय सत् असत् आचार विचार र घटना दुर्घटनासंग जोडिएको नाथे `मुला´ न होला!
यही भोग विषयी व्यवहार कुवाको भ्यागुतो न होला! इतर संसारको न कुनै सिद्धपुरुष त पक्कै नहोला! न, उपदेशक नै होला! आ, जे होला! होला! जाओस् खोलैखोला! `लुतो न कन्याई´।
हिजोआज यसका व्यावहारिक चालचलन र मानसिक सोचविचार चित्रविचित्रको हुन थालेको छ। कहिलेसंसाँझै सुत्ने ढिला उठ्ने! तङ्ग्रिँदा न तङ्ग्रिँदै खुट्टो लर्खराउँदै भोकाएको बाघले शिकारतिर झम्टेसरि हत्तनपत्त पाकशालातर्फ लम्कने गर्छ। कहिले सख्खारै उठ्नेबित्तिकै आँखा मिच्दै चिप्रा टिप्दै दायाँबायाँ पल्याकपुलुक हेर्दै हतार हतार व्वाँसो चालमा सुनसान जनजीवन र वतावरण नियाल्दै वरपर टोलटोलमा विना काम चाहार्दै गन्तव्यहीन सडक नाप्न थाल्छ।
यो लुच्चो, छुच्चो, फुच्चो र नकच्चरो कोरोना भूमिगत कालमा मौकामा चौका हान्दै साना दुखले आर्जेको अर्काको सम्पत्तिको मालामालमा र्याल काढ्न पुग्छ।
यस्तो अपूर्व, अप्राप्य र अकल्पनीय फु्र्सदै फुर्सदको घडीमा पनि यो विवेकहीन अबुझलाई बुझिनसक्नुको रागले भ्याइ नभ्याइ छ। `बेला न कुबेला बजे तबेला´ भनेझैँ चकमन्न मध्यरातमा घर धुरीमा जर्मन शेपहर्डको साथ लिई त्यसका कर्कस आवाजमा आफ्नो रुखो स्वर मिसाएर उराठ लाग्दो उच्च ध्वनिले टोलको शान्ति भङ्ग गर्छ। यस्ता उच्छृङ्खल असामयिक उद्दण्ड क्रियाकलापमा ऊ रोमान्चित हुन्छ।
यसका, यस्ता गतिविधिका फेहरिस्त सूची यतिमात्र होइन अरु पनि प्रशस्तै झन्। विनसित्तिमा आफ्ना नजिककासँग झर्कने, उनीहरुलाई थर्काउने, सामाजिक दूरीको नाममा आफन्तजनसँगको संवादबाट तर्कने, पौरखी आर्जनको रन्कोमा स्वनिवासका अग्ला टावर हेरेर फुर्कने तथा कुनैबेला भने विगतको विवशतापूर्ण लाचारी जीवनको दुरावस्थाको साक्षी छाप्रो र पाप्रोको झझल्कोले झस्किने गर्छ। त्यो छाँयाबाट तर्सिने पनिगर्छ।
पुनः उतिन्खेरै उसका विगत र वर्तमानका अनन्त स्वार्थ सिद्धिका बाटोमा तगारो तेर्स्याउने र भाँजो हाल्नेहरुलाई सम्झिएर एक्लै बेसुरमा बम्कने पनि गर्छ। ए हजुर! विना श्रमको रासन खाएर शक्ति विनाको आसनमा बसेर शासन गर्ने यो चङ्खे समाजमा आशा-निराशा, आय-व्यय, स्वाभिमान-अभिमान, प्रेम-घृणा, आग्रह-अनुग्रह,मान-सम्मान, आदर-अनादर, रिस-राग, ईख- सिख एवम् उत्साह-उमङ्ग आदि इत्यादि भावतरङ्ग तथा मन लहडीका पिङमा कहिले मच्चिन्छ र कहिले थच्चिन्छ। यति हुँदा हुँदै पनि मनगढन्ते भ्रामक सपनाहरु देख्ने र त्यसलाई बाँड्ने सुरवेसुरका सोचमा यो मग्नमस्त छ।
यस्तो अपूर्व, अप्राप्य र अकल्पनीय फु्र्सदै फुर्सदको घडीमा पनि यो विवेकहीन अबुझलाई बुझिनसक्नुको रागले भ्याइ नभ्याइ छ। `बेला न कुबेला बजे तबेला´ भनेझैँ चकमन्न मध्यरातमा घर धुरीमा जर्मन शेपहर्डको साथ लिई त्यसका कर्कस आवाजमा आफ्नो रुखो स्वर मिसाएर उराठ लाग्दो उच्च ध्वनिले टोलको शान्ति भङ्ग गर्छ। यस्ता उच्छृङ्खल असामयिक उद्दण्ड क्रियाकलापमा ऊ रोमान्चित हुन्छ।
फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सर्व पहुँच सञ्चार उपकरणका वालमा बैँसालु यौवन-यौवनाका परिचित अपरिचित बेतुकका चित्रमा तथा प्रियजनका संझनाका छायाँ विम्बहरुमा लाइक दिनु र स्वरुचि अनुसारका स्टाटसका कमेन्ट बक्समा थरिथरिका टीकाटिप्पणी गर्नु यसको अर्को चाखलाग्दो दिनचर्या रहेको छ।
युट्युबका छाडा सन्देश नाना चित्रकथा गीत र वार्ता अश्लिल भिडियोका साइट र अन्य समाज अपाच्य स्वादवेस्वादमा यो लठ्ठिएको र बहकिएको छ। स्वस्थ विचार, असल चिन्तन र सिर्जनात्मक काममा यसको मन फिटिक्कै जाँदैन।
यसरी यो लकडाउनको पट्यार लाग्दो र अत्यास लाग्दो बखतमा यो कर्मकाण्डी, ज्योतिष, पुराणाचार्य चण्डीरुद्री पी.एच.डी धारी, पुजारी कुरा भकारी आदि अवगुणका भण्डारी को ४५-४६ दिने बेलिविस्तार निबन्ध हो।यो संवेदनहीन, अल्छी, लवस्तरो, निष्क्रिय तथा भुँडी बखानको कोरोनापुराण हो। हजुर, अरु केही हैन र छैनपनि!
upkuikel@gmail.com