परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘बाहिरका राजा मोहन शमशेर छन् तर भित्र उनको पनि हुकुम चल्दैन’

वरिष्ठ पत्रकार स्व. मणिराज उपाध्यायको जेल डायरी- ४ (वि.सं. २००७)

…तर उनले हाम्रो सार्ने कुरालाई पन्छाएर तिनै हाम्रा कुरुवाहरूलाई विस्तरा सुकाइदिने गर्नू भनी आदेश दिए । हामीले उनसँग हामी मर्न आएका हैनौँ, हामीले घाम ताप्न पाउनुपर्छ भन्ने जिक्र ग¥यौँ । यस कुरामा हामीले अलिक बढी नै जोड ग¥यौँ तर ती नाइकेले साफ इन्कार गर्दै आफूलाई यस जेलको शासनकर्ता हुँ भन्ने वाक्य यस किसिमसँग भने, ‘बाहिरको राजा मोहन शमशेर छन् तर भित्र उनको पनि हुकुम चल्दैन । यहाँ भित्रको राज मेरो हो । यस्तैगरी धाक, रवाफ देखाउन थाल्नुभयो भने यही चीसो छिँडीमा प्राण गुज्रेला । यहाँ तपाईहरू जस्ता कति कांग्रेस आए, कति गए । कसैको केही लागेन । आफू सम्हालिएर बस्नुस् । बाहुनका छाउरा जस्तो देख्दछु, मैले धनसवाल नलगाउनु परोस् ।’ यति भनी उनी हिँडे । सामान लिन भाइनाइके आउने बेला भयो । आजलाई बन्द गर्दछु । ज्यादा ।

*********

४)
पत्र पाएँ । हिजो पत्र हाल्नै विर्सेछ भनी लेख्नुभएको भई खुशी लाग्यो कि बाहिरका दुष्टहरूले पक्डेका हैन रहेछन् भन्ठानेर ।

आमा, हिजो लेख्दालेख्दै बन्द गरेको कुरा याने ‘धनसवाल’ नाइकेले यस शब्द प्रयोग गरेको बेलादेखि हामी यो कुन ‘सवाल’ हो भनी बुझ्न अकुतायौँ । हामी सफल पनि भयौँ । हामीलाई नै कुर्न राखिएकामध्ये यौटासँग हामीले यसको अर्थ सोध्यौ । यसको अर्थ रहेछ, यहीँ जेलभित्र अस्पताल छ रे । आमा, हामी त नजरबन्द जस्तो गरी राखिएका छौँ । अतः हामीले ता जेलभित्र आफू बसेको छिँडी र अगाडि ठूलो, अग्लो पर्खाल शिवाय केही पनि देख्न पाएका छैनौँ । हो, त्यही अस्पतालनिर ठूलो यौटा चक्का छ रे । त्यस चक्कामा लगी तीन हात लामा मोटा सिक्री लगाइएको नेलमा ठोकिदिन्छन् रे अनि त्यो ठोकिएपछि एक कदम पनि चल्न हल्न सकिन्न रे । त्यो सिक्री र नेलको सम्बन्ध धनले गराउने हुनाले यसको नाम नै को सम्बन्ध धनले गराउने हुनाले यसको नाम नै धनसवाल राखेको रे भनेर पूरा व्याख्या ग¥यो । ययो सब कुरा सुनेर हामीलाई हाँसो र रिस साथसाथै उठ्यो र हामी आफूआफूमा यस्तो अमानुसिक कार्यहरूको आलोचना गर्दै सुत्यौँ ।

आमा हिजोसम्म ता हामी चीसाे चीसाे मात्र भनी गुट्मुटिन्थ्यौँ । तर गएको रातदेखि त ा चीसाे हामीलाई धेरै नै पचेर हो कि हाम्रो शरीरको तापक्रम नै यस छिँडीसँग मिल्न थालेर हो, चीसोको उत्तिको याद आएन । आङ चारैतिर चिलाएर आयो र मैले आफू नउठिकन यौटा साथीलाई बत्ती बाल्न भनेँ । बत्ती बलेपछि जुरुक्क उठेर हेर्छु ता मैले उडुस, उपियाँ, जुम्रा र लामखुट्टे सब साथ नै देखेँ । अब कुनकुन ती पैले समात्ने भनी हामी हाँसीमजाक गर्न थाल्यौँ । (क्रमशः)

Facebook Comments