संविधान दिवसलाई कालो दिन ठान्ने कुपात्रहरु
सन्दर्भः संविधान दिवस
नेपालमा गणतन्त्र स्थापनापछि एउटा झुण्ड गणतन्त्र र संविधानको विरोधमा ज्यान फालेर लागेको छ । त्यो झुण्ड विभिन्न वहानामा गणतन्त्र र संविधान पक्षधर नेता, कार्यकर्ता, प्रधानमन्त्री, मन्त्री, जनता र व्यवस्थाप्रति अत्यन्तै तुच्छ सोच बोकेर समाजमा नकारात्मक सन्देश प्रवाह गर्न तल्लीन देखिन्छ ।
विश्वको इतिहासले भन्छ– व्यवस्था परिवर्तन पछि आफ्नो मौजा खोसिएको एउटा तप्का सधैं परिवर्तनप्रति घृणा फैलाउन सक्ने दुब्लो आशा बोकेर हिडेको हुन्छ । अहिले नेपालमा पनि त्यसैगरी परिवर्तनका विरोधीहरुको स–सानो झुण्ड सलबलाउन थालेको छ । यो सलबलाहटलाई विभिन्न माध्यमबाट सहयोग गर्ने स्वदेशी तथा विदेशी संघ/संस्थाहरु पनि भएको अनुमान स्पष्टसंग गर्न सकिन्छ । यसलाई अस्वभाविक रुपमा लिनु पनि हुदैन । जसको खाइपाई आएको र सधैं रजाईं गरेर बस्ने विर्ता खोसिएको छ, सिंहाशन लुटिएको छ, मौजा हरण गरिएको छ उसले आफ्नो गुमेको वर्चश्व पुनः प्राप्त गर्न चेष्टा गर्नु अस्वभाविक हुँदै होइन ।
अर्कोतर्फ त्यही संविधान मानेर चुनाव लड्ने अनि राज्यका सरसुविधा र हैसियत प्रयोग गरी विभिन्न तहका मन्त्री र सांसद बन्ने तर संविधान दिवसलाई लाजैनमानी कालो दिन भन्ने नौटंकी पनि नेपाली राजनीतिक मञ्चमा घृणित रुपले मञ्चन भइरहेको छ । यो गैरराजनीतिक हर्कत आफूलाई नेता र राजनीतिक पार्टी भनाउनेहरुबाटै हुनु देशका लागि त के कसो होला तर उनीहरुको भाविश्यका लागि भने भयानक दुर्भाग्य सावित हुनेछ । देश र जनता भाँडमा जाउन मैले मोज गर्न पाए पुग्छ भन्ने निच र कलुसित सोचका यस्ता उपजहरुको पर्दा खुल्न धेरै दिन लाग्ने छैन ।
नेपाली भूमिममा राजनैतिक रुपले विभिन्न खाले परिवर्तन भए । ती परिवर्तनप्रति पनि बेलाकुबेला आक्रमण नभएका होइनन्, तर नेपाली जनताले त्यस्ता तत्वलाई आफ्नो ‘साइज’ मा राख्दै आएका छन् । अहिले पखेटा पलाएको देखिएको पश्चगामी तत्वको पखेटा पनि समय क्रममा जनताले चुडाल्ने छन् ।
तर, जनतामा वर्तमान सरकारले गरेको र गर्ने क्रममा रहेका विकासका, परिवर्तनका, स्वतन्त्रताका र विगतका आन्दोलनले प्राप्त गरेका उपलब्धी बारे जानकारी गराउन आवश्यक हुन्छ । उपलब्धीहरुको धज्जी उडाउँदै हिड्नेहरुले फैलाएको भ्रमलाई चिर्न सकिएन भने भ्रमले पनि आकार ग्रहण गर्छ । यसका लागि परिवर्तनकारी शक्ति र सरकारसँग यथार्थ पस्किन सक्ने प्रचार संयन्त्र हुन जरुरी छ ।
वास्तवमा भन्ने हो भने अहिले वर्तमान सरकार, प्रधानमन्त्री र मन्त्रीहरुको मानमर्दन गर्दै ‘राज्यको बागडोर सरकारको हातमा होइन हाम्रो हातमा छ’ भनी भ्रमको खेती गर्नेहरु सलबलाइ रहेका छन् । उनीहरुको मूल लक्ष भनेको गणतन्त्र माथि प्रहार गर्नु नै हो । यो पक्षलाई गम्भीर भएर मनन् गर्न जरुरी छ ।
वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी. शर्मा ओलीलाई जुन तरिकाले चितवनमा सराप्ने कार्य गरियो र ‘राजा आउ देश बचाऊ’ भन्ने नारा लगाइयो त्यो गणतन्त्र विरोधीहरुको झुण्डले लगाएको नारा थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोधमा जसरी गाली गर्दै ‘राजा चाहिन्छ’ भनियो त्यो पनि वर्तमान व्यवस्था विरोधीहरुको अभियान अन्तर्गत कै कर्तुत थियो । नेपालगंजमा पर्यटन मन्त्री योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारका पछि पनि तत्कालीन युवराज पारस शाहको विरोधमा वर्तमान पर्यटन मन्त्रीले उहिले सात लाख हस्ताक्षर बुझाएको बदला लिने दुस्साहस भयो ।
सबै क्षेत्रका सिण्डिकेट तोड्ने काम पनि यही सरकारकाले गर्नुपर्छ । अर्थात् पंचायतकालदेखि थुपारिएको बेथितिको फोहोर यो सरकारबाट बढार्ने काम हुनुपर्ने टड्कारो खाँचो छ । यो अपेक्षा जनताले गरेका छन् । जबसम्म सुशासन प्राप्त हुँदैन तबसम्म देश विकास हुदैन । देश विकास नभएसम्म जनता समृद्ध बन्न सक्तैनन् । जनता समृद्ध अर्थात् सम्पन्न नभएमा असन्तुष्टि बढ्दै जान्छ र त्यहाँ पश्चगामीहरु प्रवेश गरेर खेल्न थाल्छन् । यस तर्फ सरकार स्पष्ट भएर अगाडि बढ्न जरुरी छ ।
वास्तवमा उनीहरु व्यक्तिमाथि आक्षेप लगाए जस्तो गर्दै व्यवस्था माथि नै प्रहार गर्ने लक्ष बोकेर अगाडि बढेका छन् भन्ने त्यो भनाइले पनि स्पष्ट पार्छ । यदि यो परिवर्तन विरोधी तत्वलाई समयानुसार जवाफ दिन सकिएन भने यसले केही समय गिजोल्न सक्छ । चाहे राजनीतिको नाममा होस् चाहे भ्रष्टाचार विरोधी अभियानको नाममा होस्, चाहे प्रस्तोताको नाममा होस्, चाहे लेखक साहित्यकारका नाममा होस् उनीहरु अहिले निकै सक्रिय भएका छन् । नाम मात्रैको जस्तो लाग्ने प्रमुख प्रतिपक्षी भने फेद खनेको हेर्दै टुप्पामा बसेर सत्तारुढ नेतृत्वतर्फ औंल्याउँदै मच्चीमच्ची काखी बजाउँदै रमाइरहेछ ।
अर्कोतर्फ त्यही संविधान मानेर चुनाव लड्ने अनि राज्यका सरसुविधा र हैसियत प्रयोग गरी विभिन्न तहका मन्त्री र सांसद बन्ने तर संविधान दिवसलाई लाजैनमानी कालो दिन भन्ने नौटंकी पनि नेपाली राजनीतिक मञ्चमा घृणित रुपले मञ्चन भइरहेको छ । यो गैरराजनीतिक हर्कत आफूलाई नेता र राजनीतिक पार्टी भनाउनेहरुबाटै हुनु देशका लागि त के कसो होला तर उनीहरुको भाविश्यका लागि भने भयानक दुर्भाग्य सावित हुनेछ । देश र जनता भाँडमा जाउन मैले मोज गर्न पाए पुग्छ भन्ने निच र कलुसित सोचका यस्ता उपजहरुको पर्दा खुल्न धेरै दिन लाग्ने छैन ।
के गर्ने, रिसले खाँवो चिथोरेर मात्र हुँदैन । यस्तो प्रवृत्तिलाई जवाफ दिन सत्तारुढ नेतृत्वले पनि आफूमा नैतिक शक्ति निर्माण गर्नुपर्छ । आफू भित्रका कमी कमजोरी हटाएर विकास निर्माणका अधुरा कामहरु सम्पन्न गर्ने, वडादेखि केन्द्रसम्मको आर्थिक अनियमितता निर्मूल पार्ने, सेवाग्राहीको घुइँचो हुने कार्यालयहरुमा चलन बनी सकेको घुस्याहा प्रवृत्ति समाप्त पार्दै सरल र सहज रुपमा सेवा उपलब्ध गराउने काम वर्तमान सरकारले गर्नै पर्छ ।
छद्म भेष वा रुप बनाएर समाजमा प्रवेश गर्ने, सरकारले गरेका असल काम र जनपक्षीय कदमहरु चपरी मुनी छोप्तै गर्न बाँकी कामहरु तर्फ औंल्याएर जनता भड्काउने गणतन्त्र विरोधीको स्वभाविक चरित्र हो । उनीहरु झिना मसिना विषयहरु उठाएर सरकारमाथि प्रहार गर्ने तालिम लिएर हिडेका छन् । यसलाई जवाफ दिंदै सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने संयन्त्र वर्तमान सरकारले बनाउन सकेको छैन भन्दा पनि हुन्छ ।
सबै क्षेत्रका सिण्डिकेट तोड्ने काम पनि यही सरकारकाले गर्नुपर्छ । अर्थात् पंचायतकालदेखि थुपारिएको बेथितिको फोहोर यो सरकारबाट बढार्ने काम हुनुपर्ने टड्कारो खाँचो छ । यो अपेक्षा जनताले गरेका छन् । जबसम्म सुशासन प्राप्त हुँदैन तबसम्म देश विकास हुदैन । देश विकास नभएसम्म जनता समृद्ध बन्न सक्तैनन् । जनता समृद्ध अर्थात् सम्पन्न नभएमा असन्तुष्टि बढ्दै जान्छ र त्यहाँ पश्चगामीहरु प्रवेश गरेर खेल्न थाल्छन् । यस तर्फ सरकार स्पष्ट भएर अगाडि बढ्न जरुरी छ ।
छद्म भेष वा रुप बनाएर समाजमा प्रवेश गर्ने, सरकारले गरेका असल काम र जनपक्षीय कदमहरु चपरी मुनी छोप्तै गर्न बाँकी कामहरु तर्फ औंल्याएर जनता भड्काउने गणतन्त्र विरोधीको स्वभाविक चरित्र हो । उनीहरु झिना मसिना विषयहरु उठाएर सरकारमाथि प्रहार गर्ने तालिम लिएर हिडेका छन् । यसलाई जवाफ दिंदै सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने संयन्त्र वर्तमान सरकारले बनाउन सकेको छैन भन्दा पनि हुन्छ । जतासुकै जेसुकैमा सरकारको विरोध गर्नै पर्छ भन्ने भावना लिएर हिडिरहेको जमातलाई थोर बहुत उकेरा लगाउने काम नेकपा भित्रबाट पनि भई रहेको छ । कतिपयलाई तः
‘सिलगुडीबाट छुटेको रेल पुगेछ नक्सालमा,
संगैको साथी हवाइजहाजमाथि म भुलें बाघचालमा’
भने जस्तै भइरहेको छ । अर्थात् केहीलाई फलानो भन्दा त मै प्रधानमन्त्री बन्नु पर्ने भन्ने लागेको होला । कतिपयलाई फलानो मन्त्री बन्न लायक नै होइन म मन्त्री बन्नु पर्ने भन्ने लागेको हुन सक्छ । राजनीति गरेर, चुनाव जितेर आएपछि स्वभाविकै हो मन्त्री, प्रधानमन्त्री बन्ने आकांक्षा पलाउनु । तर आफू पदमा पुग्न नपाएको डाहभावले ग्रस्त बन्दै व्यवस्थाकै विरोध गर्नेहरुलाई नजानिदो ढंगले सहयोग पु¥याउनु भने आफ्नैं खुट्टमा बन्चरो हान्नु जस्तै हो । एउटा भनाइ– छ ‘आफ्नो थैलीको मुख कसिलो पार्नु, साथीलाई चोर नलगाउनु ।’ नेकपाका नेताहरुले पनि थैलीको मुख कसिलो पार्नु पर्ने अवस्था देखियो ।
देखिँदै छ– सरकारलाई असफल बनाउन विभिन्न कोणबाट आक्रमण गरिदै छ । आक्रमणहरु सुनियोजित मात्र होइन खर्चालु पनि देखिएका छन् । अर्थात् प्रसस्त पैसा खर्च गर्न सक्ने स्वदेशी साथै विदेशी संघ/संस्थाबाट पश्चगामीहरुलाई आर्थिंक, भौतिक र नैतिक समर्थन प्राप्त छ भन्ने स्पष्ट छ । यदि ती संघ–संस्थालाई सरकारले वैधानिक उपायद्वारा नियन्त्रण गर्ने हो भने यो जमात बौरिन नसक्ने गरी मूर्छा पर्ने छ । उदाहरणका रुपमा विगतको जनजाति आन्दोलनलाई लिन सकिन्छ । त्यसबेला जनजातिका नेता राजकुमार लेखीले एउटा कार्यक्रममा भाषण गर्दै भनेका थिए– यूरोपियन युनियनले ११ करोड रुपैयाँ फिर्ता लगिगो अब जनजाति आन्दोलन हुदैन । यूरोपियन युनियनले भने अनुसारको आन्दोलन जनजातिले नगर्दा रकम फिर्ता लगेपछि ती यथार्थवोधक शब्दहरु नेता लेखीले बोलेका थिए । नभन्दै जनजाति आन्दोलन पनि सेलाउँदै गयो । अहिले गणतन्त्र विरोधी नाराबाजी गर्नेहरुलाई पनि कतै न कतैबाट पोषण तत्व प्राप्त छ । त्यो पोषण तत्व प्राप्त गर्ने पाइप चुडाली दिने हो भने यो झुण्ड पनि समाप्त हुन्छ ।
वर्तमान सरकारप्रति जनताको अपेक्षा चुलिएका छन् । जनअपेक्षा ह्वात्तै बढ्दा र सोही अनुरुप काम सरकाले गर्न नसक्दा जनतामा निराशा पैदा हुन्छ । यही पैदा भएको निराशाको गरामा व्यवस्था र संविधान विरोधीहरुले सरकारप्रति वितृष्णाको बिउ रोप्छन् । यस्तो बेलामा उर्लिएको जनअपेक्षा एकै चुट्कीमा पुरा गर्ने सरकारसँग जादूको छडी छैन र क्रमशः जनचाहना अनुरुप काम हुँदैछ भन्ने साथै प्रचार गर्न सक्ने संयन्त्र सरकारसँग हुनुपर्छ ।
अहिले सरकारले सम्पन्न गरेका विकास योजना, सम्पन्न हुनै लागेका आयोजना, जनताका पक्षमा बनेका नियम कानून, गरेका राम्रा काम र भविष्य समेत हेरेर गरिएका निर्णयबारे जनता अनभिज्ञ छन् । अर्कोतिर सरकारले गरेका राम्रा कामहरुबारे नकारात्मक सन्देश प्रवाह गर्नेहरु भने सक्रिय देखिन्छन् । यसलाई अब नजरअन्दाज गर्नु हुदैन । सफल नेतृत्वले अरुलाई दोष लगाएर पुग्दैन । तसर्थ कामसंगै सन्देश प्रवाह गर्ने परिपाटी पनि वर्तमान सरकारले बसाल्न जरुरी छ ।