परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एशियाः उपनिवेश र स्वतन्त्रता

सो¥हौदेखि बीसौँ शताब्दीसम्म विभिन्न युरोपेली मुलुकहरू विश्व विजय यात्रामा हिँडे । धेरै मुलुकलाई युद्धमा हराउँदै आफ्नो बनाए । कति मुलुकलाई आार्थिक प्रलोभनमा पारेर आफ्नो बनाएर भने कतिलाई व्यापारका नाममा कव्जा गरे ।

हाम्रो देश नेपाल भने सधैँ सार्वभौम स्वतन्त्र रहयो । नेपालले कहिल्यै विदेशीको आधिपत्यमा बस्नु परेन । सिमाना पारि भारतसम्म अङ्ग्रेजले शासन गरिरहेको बेला नेपालमा भने अर्कै एकिकरणको लहर थियो । बाइसे, चौबीसे मुलुकमा विभाजित नेपाल सिंगो अधिराज्य बन्दै थियो ।

केही पटकको युद्ध असफलतापछि त्यसवेला अंग्रेज साम्राज्यले नेपालसित कुटनीतिक सम्वन्धका लागि हात बढाएको थियो । राजधानी काठमाडौंमा कुटनीतिक नियोक खोलेर स्वतन्त्र राज्यको दर्जामा राखेको थियो । जब कि वरपरका बाँकी सबै मुलुक उसकै अधिनमा थिए । नेपालले त्यसबेला सुगौली सन्धिका नाममा वेलायतलाई आफ्नो सिमानामै रोकेको हो । सोीह सन्धिका नाममा वेलायतले पनि नेपाललाई आफ्नो पक्षमा वाँधेको थियो । त्यसैगरि वेलायतले नेपालको ठूलो भूभाग पनि आफ्नो नाममा पारेको थियो । अनि, खास गरेर कठोर पहाडमा जन्मे हुर्केका नेपालीलाई वेलायती सेनामा भर्ति गर्ने र आफ्नो सम्राज्य संरक्षणका लागि प्रयोग गर्ने नीति लिएको थियो । नेपाललाई चीन (तिव्वत) र अङ्ग्रेज भारतको बीचमा मध्यवर्ती क्षेत्रका रूपमा वेलायतीले स्थापना गर्यो ।

आफ्नो साम्रज्य बढाउने नाममा ती युरोपेली मुलुकले कब्जा भएको देशका मुल्यावान खानीहरू आफ्नो नियन्त्रणमा लिए । हीरा ज्वहारत, सुनचाँदी लुटेर लगे । कतिपय देशलाई त कैयौं बर्षसम्म आफ्नो अधिनमा राखे । ती देशको शासन बागडोर नियन्त्रणमा लिए । उनीहरूको स्वतन्त्रता हनन गरे । अहिले पनि वेलायतले केही देशमा आफ्नो हैसियत कायम नै गरेको छ । ती देशहरूले बेलायती महारानीलाई नै आफ्नी महारानी स्वीकारेका छन् ।

हाम्रै दक्षिण एशियाकै छिमेकी मुलुक भारत नै सयौं बर्ष वेलायती साम्राज्यको अधिनमा थियो । त्यस्तै भारत स्वतन्त्र हुने क्रममा बनेको पाकिस्तान, भारतभन्दा छ महिनापछि स्वतन्त्र भएको बङ्गाल क्षेत्र (अहिलेको बङ्गलादेश र भारतको पश्चिम बङ्गाल)बर्मामा पनि वेलायतकै हैकम थियो ।

वेलायतले पृथ्वीको आधा बढी भूगोललाई आफ्नो हैकममा राखेको थियो । उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका कैयन मुलुक, अष्ट्रेलिया लगायत पनि कुनै न कुनै युरोपेली मुलुकको अधिनमा पुगे । यसरी साम्राज्य फैलाउने प्रमुख युरोपेली मुलुकहरूमा वेलायत, फ्रान्स, स्पेनपोर्चुगल थिए । तर, स्वतन्त्र भएर पनि धेरै एशियाली राष्ट्रहरू उनीहरूको नियन्त्रणमा थिए । तिनै देशहरूको खटनपटन चल्थ्यो ।

एशियाली राष्ट्रहरूः उपनिवेश र स्वतन्त्रता 

जापानः एशियाका अन्य देश झँैं जापानले पनि कसैको दासत्व खेप्नु परेन । बरु, कुनैवेला उ आफै साम्राज्यवादी वा विस्तारवादी भएको थियो । अहिलेको दक्षिण कोरिया, सिंगापुर, मलेशीया, फिलिपिन्स, चिनका केहि भुभाग, वर्मामा समेत उसले हैकम चलाएको थियो । सन् १८६८ को मेइजी ंपुर्नस्थापन अभियानले जापानको सामाजिक तथा राजनैतिक अवस्थालाई नै नयाँ आकार दिएको थियो । सन् १८९५ मा त्यसबेलामा पुर्वी एशियाकै शक्तिशाली क्विङ्ग चिनलाई युद्धमा हराएको थियो । त्यस्तै १९०५ मा रसिया लगायत अन्य युरोपेली राष्ट्रहरूलाई समेत युद्धमा हायलकायल पारेको थियो । दोेश्रो विश्व युद्धताका जापानी साम्राज्य शक्तिशाली राष्ट्रका रूपमा गनिन्थ्यो । उसले अमेरिकामाथि समेत हमला गरेर, विश्वलाई थर्कमान पारेको थियो, जसको बदलास्वरूप जापानले हिरोसिमा नागासाकीको प्रताडना भोग्नुप¥यो । दोस्रो विश्वयुद्धपछि केही समय जापान पूर्ण रूपमा मित्र शक्ति मानिने अमेरिका, सोभियत संघ, बेलायत र फ्रान्सको सैन्य शक्तिको अधिनमा रहन पुग्यो र अमेरिकाकै नेतृत्वमा जापानको नयाँ संविधान बन्यो ।

थाईल्याण्डः सियाम राज्य, एक राजतन्त्रातत्मक मुलुक हो । जसलाई हामी हिजोआज आधुनिक थाईल्याण्ड भनेर चिन्छौ । अहिले पनि त्यहाँ संवैधानिक राजा कायम नै छन् । थाईल्याण्ड दुई साम्राज्यको चेपुवामा परेको थियो । एकातिर बेलायतीहरू वर्मामा सक्रिय थिए भने अर्कोतिर फ्रान्स साम्राज्यवादी भियतनाम, कम्वोडिया र लावोसमा कब्जा जमाएर बसेका थिए । तत्कालीन सियाम राजा चुलालोङ्गकोर्नले चलाखीपूर्ण कुटनैतिक ढंगले वेलायती र फ्रान्सेली सम्राज्यवादीसित सम्वन्ध कायम राखे । आफ्नो देशलाई स्वतन्त्र बनाइराख्न उनले कैंयन युरोपेली परम्परालाई सजिलै भित्रिन दिएका थिए । त्यसैगरी युरोपले गरेको प्रविधि विकासलाई पनि राजाले आफ्नो देशमा भित्र्याए र युरोपसँगको व्यापार सहज पारिदिए । कतिपय मामलामा त यिनले पूर्वमा सक्रिय वेलायती र पश्चिममा अड्डा जमाएका फ्रान्सेलीलाई चतुरतापुर्वक भिडाइदिन्थे ।

टर्कीः ओट्टोमान साम्राज्य रहेको विशाल, शक्तिशाली र बहुसंस्कार भरिएको टर्कीमाथि आधिपत्य कायम गर्नु युरोपेली मुलुकहरूका लागि सदैव कठिन रहयो । तर पनि, उन्नाईसौ शताब्दीको अन्त र बिसौं शताब्दीको शुरुवाततिर अफ्रिकी सिमाना रहेको टर्कीका भूभागहरूमा स्वतन्त्रता आन्दोलनका नाममा युरोपेलीहरूले घुसपैठ गर्ने प्रयत्न गरे भने दक्षिण पूर्वी युरोपको भूभागबाट पनि त्यस्तै प्रयास गरिएको थियो । क्रिमियन युद्धको शुरुवातताका ओट्टोमान सरकारलाई अर्थिक अभाव भयो । त्यसका लागि उसले युरोपेली मुलुकसित ऋण लियो । लिएको पैसा चुक्ता गर्न नसकेपछि ओट्टोमान साम्राज्यले आफ्नो लन्डन र पेरिससँग जोडिएका समुन्द्री नाकामाथिको नियन्त्रणलाई छोडनु परयो । त्यहाँको रेलमार्ग निमार्णमा पनि विदेशी स्वार्थको ठूलो चलखेल भएको थियो । त्यस्तै बन्दरगाह तथा अन्य भौतिक संरचना निमार्णमा समेत विदेशी स्वार्थको हालिमुहाली भयो । त्यसरी राज्यमाथिको नियन्त्रणमा राजालाई कमजोर बनाउने काम गरिएको थियो । ओट्टोमान साम्राज्य भङ्ग भयो र टर्की राज्य अस्तित्वमा आयो । किनभने, ओट्टोमान साम्राज्यका अधिकांश भूभाग अहिलेको टर्कीमै पर्दथे । टर्कीको स्वतन्त्रता भने सदैव कायम रहयो ।

चीनः ओट्टोमान साम्राज्य जस्तै क्विङ्ग चिनको विशाल र वलियो राष्ट्रमाथि नियान्ण लिन पनि युरोपेली उपनिवेशवादलाई सजिलो भएन । हुन त, त्यहाँ वेलायत र फ्रान्स दुवैले व्यापारको माध्यमबाट आफ्नो अधिपत्य जमाएकै थियो । जसलाई उनीहरूले पहिलो र दोश्रो अफिम युद्धका नाममा विस्तार गरेका थिए । त्यसवेला, सन्धि सम्झौताका नाममा वेलायत र फ्रान्सले कति कुरा आफ्नो पक्षमा पारेपछि रसिया, इटाली, अमेरिका र जापानले पनि सोही बराबरको हैसियत दावी गरेको थिए । यसरी क्विङ्ग साम्राज्यलाई त्यतिवेला खुम्चयाउने काम भएको थियो । लगभग निरीह पारिएको थियो । देश नै नखाए पनि सन् १९३१ मा जापनीहरूले क्विङ्ग मातृभूमि मन्चुरियामाथि पूर्ण कव्जा जमाएको थिए ।

अफगानिस्तानः एकातिर वेलायती, अर्कोतिर रसिया । दुवै देश अफगानिस्तानमाथि आफ्नो आधिपत्य जमाउन चाहन्थे । उनीहरू अफगानिस्तानलाई नियन्त्रणमा लिएर मध्य एशियामा राज गर्न चाहन्थे । तर, अफगानीहरू आफ्नो देशमा विदेशी हस्तक्षेप चाहँदैनथे । पहिलो एङ्ग्लो–अफगान युद्धमा वेलायती सेनाको क्रुर हत्याका कारण पनि त्यीह राष्ट्रवादी संवेदनाले काम गरेको थियो । त्यसपछि, दोश्रो युद्धमा अफगानी शासक अमीर अबदुर रहमानसित बेलायतले सन्धि गर्यो र अफगानिस्तानको वैदशिक नीति आफ्नो नियन्त्रणमा लियो । राष्ट्रको आन्तरिक मामिला मात्रै अमीरको हातमा रह्योे । वेलायती उपनिवेशवादले यसरी रसियालाई पन्छाएर अफगानिस्तानलाई एक हिसाबले स्तवतन्त्र राष्ट्रका रूपमा छाडिदियो ।

पर्सिया (इरान)ः अफगानिस्तानमा झँै रसियाली र वेलायती दुवैको नजर इरानमाथि पनि थियो । दुवैका लागि यो देश महत्वपूर्ण थियो । उन्नाइसौ शताब्दीमा रसियनहरूले ककेसस क्षेत्रको पर्सियन भूमिमाथि आधिपत्य जमाउन सफल भए । जुन अहिलेको तुर्किमिनिस्तान हो । त्यस्तै बेलायतीहरूले पर्सियाकै बलोचिस्तान क्षेत्रमा आफनो हैकम कायम गरे । जुन भुभाग अहिले पाकिस्तानमा पर्छ । सन् १९०७ मा रसिया र वेलायतबीच सम्झौता भयो, जुन वलुचिस्तानमाथि वेलायती नियन्त्रणलाई लिएर गरिएको थियो । आधाभन्दा बढी उत्तरी पर्सियामा रसियाको नियन्त्रण थियो । कजार सम्राज्यमा टर्की जस्तै पर्सिया (इरान) ले पनि रेलमार्ग लगायतको भौतिक संरचना निमार्णका लागि युरोपेली बैंकसित कर्जा लिएको थियो । लिएको कर्जा फिर्ता गर्न सकेनन् । त्यसपछि रसिया, बेलायत र इरानवीच राष्ट्रिय आम्दानीको वाँडफाँडमा भागवण्डा गर्ने सम्झौता भयो । भन्सारबापत उठ्ने कर, माछा र अन्य उद्योगबाट हुने आम्दानीमा पनि बेलायत र रसियाको हक कायम गरियो । यसरी राष्ट्र स्वतन्त्र भएता पनि इरानको अर्थिक मामिलामा वाह्य हस्तक्षेप कायम गरिएको थियो ।

हाम्रै दक्षिण एशियामा पर्ने भुटानलाई पनि वेलायतीले आफ्नो आधिपत्यमा राखेनन् । केही लडाईहरू भएता पनि भुटानको भौगलिक अवस्था हेरेर उसले शान्ति सम्झौता गर्यो । त्यहाँको प्राकृतिक स्रोत अथातर्् वनमाथि आफ्नो कब्जा जमायो । भुटान स्वतन्त्र सार्वभौम रहिरह्यो । बरू नेपालले पूर्वमा विस्तार गर्ने क्रममा भुटानमाथि बेलाबेलामा हानेको पाइन्छ र सुगौली सन्धिमा भुटान (त्यसबेलाको भोटाङ) लाई नेपालले चलाउन पाउने छैन भनिएको छ)

कोरिया भने आफ्नै छिमेकी जापानको अधिपत्यमा रहयो । जापानले कोरियामाथि शासन गरेको थियो । मंगोलियामाथि क्विङ्ग सम्राटको आधिपत्य थियो, पछि यसलाई रसियाले नियन्त्रणमा लियो ।

त्यसैगरी मध्यपूर्वका अरेबियन राष्ट्रहरू सदैव उपनिवेशवादी र साम्राज्यवादीका आखाँमा परिरहे । तेल भण्डारका कारण यी देशहरू अति महत्त्वपुर्ण छन । यी राष्ट्रहरूको सुरक्षा र संरक्षणको जिम्मा वेलायत र फ्रान्सले लिँदै गए । सुरक्षा र संरक्षण्णका नाममा उनीहरू खाडी राष्ट्रहरूलाई आफ्नो नियन्त्रणमा राखिरहन्थे । युनाइटेड अरब इमिरेटस बेलायती नियन्त्रणमा थियो । सिरिया र लेवननको जिम्मा फ्रान्सले लिएको थियो । तर अहिले यिनभित्र अमेरिका छिरेको छ ।

Facebook Comments