परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्पादकहरूसँग प्रधानमन्त्रीको अन्तरक्रियाः पूर्णपाठ

दस्तावेज (२०७६ बैशाख २१ शनिबार)

काठमाडौँ ।

उपस्थित सम्पूर्ण संचारकर्मी साथीहरू

हिजो संसदको चौथो अधिवेशनको संघीय सदनका दुवै अधिवेशनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बोधन भयो । त्यस सम्बोधनले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई प्रस्तुत गरेको छ, प्रस्ताव गरेको छ र दृष्टिकोणहरू समेत प्रस्तुत गरेको छ त्यसमा । खासगरी यस सम्बन्धमा संचार जगतमा कतिपय प्रश्नहरू पनि हुन सक्छन्, अस्पस्टताहरू पनि हुन सक्छन् वा जिज्ञासाहरू रहन सक्छन् । त्यसै प्रसंगमा मैले साथीहरूसँगको यो भेटघाट आयोजनागर्न चाहेको हुँ ।

सरकारलाई कुनै पनि कुरा अपारदर्शी, अन्योलग्रष्त अथवा कुनै हिसाबले अलमलमा राख्नु छैन् । सरकार बहुत स्पस्ट ढंगले सुशासन र विकासको बाटोमा अगाडि बढ्न चाहन्छ । लोकतन्त्रको सदृढीकरण, राष्ट्रियताको संरक्षण र सम्वद्र्धन, सामाजिक न्याय र समानताको प्रत्याभूति र अभिवृद्धि, शान्ति र स्थायीत्व र प्रत्याभूती, वातावरणीय प्रश्नहरू मानवअधिकारका प्रश्न, प्रेश स्वतन्त्रताका प्रश्न लगायत लोकतन्त्रका सम्बन्धमा अन्य पक्षहरूमा स्पष्टता र खासगरी सुशासन र विकास । सुशासन भित्र शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, अपराध रोकथाम र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने र आधारभूत आवश्यकता परिपूर्तीमा अनुकुल वातावरण सिर्जना गर्दै जाने । समाजका सबै पक्षको चिन्ता, सुरक्षा, देखभाव र सबैपक्षका कमजोर अशक्तहरूका अधिकारको सुरक्षा र उनको क्षमता अभिवृद्धि र सम्मानजनक जीवनको प्रत्याभूति पनि सुव्यवस्था भित्र समेटिएका छन् । स्वभाविक रूपमा आर्थिक उन्नतीका निम्ति, वृद्धिका निम्ति हामीेले प्रयास केन्द्रित गर्नु परेको छ । सरकारले आफ्ना सम्पूर्ण प्रयासहरू केन्द्रित गर्ने, त्यस प्रयासमा निजी क्षेत्रलाई प्रोत्साहित गरेर सहभागी गराउने, सहकारी सामुदायिक अन्य पक्षहरूलाई त्यसै प्रोत्साहित गरेर अगाडि बढाउने र हाम्रा आन्तरीक प्रयासहरू मात्र पर्याप्त हुदैनन किनभने आजको ग्लोबलाइजड् दुनियाँमा आन्तरिक प्रयासहरूमा मात्र भर पर्दा विकासका प्रयासहरू ढिलो हुन्छन्, ढिलो गतिमा अगाडि बढ्न सक्छन् । त्यसकारण हामीले बाह्य पूँजी र प्रविधि हाम्रा प्रयासहरूमा सामेल गराउने कोसिस गर्नुपर्छ र सामेल गराउँनु पर्छ । त्यसका निम्तिका प्रयासहरू अगाडि बढाउने कामहरू भएका छन् । यी कामहरू गरिरहदा हाम्रा विविध क्षेत्रका कृषिमा, उद्योगमा, व्यापारमा, पर्यटनमा अथवा अरु नीतिको सम्बन्धमा वा पूर्वाधार निर्माणको सम्बन्धमा, उर्जाको सम्बन्धमा, यातायातको सम्बन्धमा, हवाई क्षेत्रमा, संचारको सम्बन्धमा हामी कसरी अगाडि बढ्छौं ? ती कुराहरू पनि हाम्रा मूलभुत नीति अन्तर्गत पर्दछन् र हाम्रा स्पस्टताका साथ अगाडि जान जरुरी छ । यस्तोमा हामी शिक्षाका क्षेत्रमा के गछौं ? स्वास्थ्यका क्षेत्रमा के गछौं ? ती कुराहरू पनि हाम्रो नीति तथा कार्यक्रममा समाविष्ट छ । र, हाम्रा विकासका प्रयासहरूमा, पूर्वाधार निर्माणका प्रश्नहरूमा हामी कुनकुन आयोजनालाई र अरु आयोजनालाई कसरी प्रयोग गछौं ।
बाह्य सहायता, छिमेक सम्बन्ध, अन्तर्राष्ट्रिय परिस्थिति, अन्तराष्ट्रिय सम्बन्ध र आफ्नो काम, प्रभाव प्रतिष्ठालाई कसरी अगाडि बढाउने जस्ता कुराहरू पनि स्वाभाविक रूपमा नीति कार्यक्रमका विषय हुन् । यीनै कार्यक्रमको सेरोफेरोका सम्बन्धमा नीति कार्यक्रम आएको छ । र, सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमा यी कुराहरू समेटिएका छन् । यस सम्बन्धमा नै साथीहरूका प्रश्न, जिज्ञासा, रुचि अथवा कुनै प्रकारका केही स्पस्ट पार्नुपर्ने लागेको भए तत् सम्बन्धमा स्पस्ट पार्नका लागि साथीहरूसँग मैले यो अन्तरक्रिर्यात्मक कार्यक्रम राखेको हुँ । अब म साथीहरूलाई जिज्ञासाका लागि फ्लोर ओपन गर्न चाहन्छु । जिज्ञासा साथीहरूबाट स्वागत छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, कार्यक्रम समग्र रूपमा २१८ बँुदा छ, नीति र कार्यक्रम । एकदम राम्रो छ, कर्णप्रिय शब्दहरू छन् । विकासको र समृद्धिको तपाईंको यात्रा सफल हुन यो कार्यक्रम कार्यान्वयन हुनुपर्छ । त्यसको आधार के छ ? जनता जान्न चाहन्छन् । किनभने विगतमा धेरै नीति र कार्यक्रम आएको छ । तर अत्यन्त फितलो सुस्त गतिका साथ कार्यान्वयन हुन्छ । यस पटक तपाईंले ल्याउनु भएको सरकारको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनु भएको कार्यक्रमको कार्यान्वयनको आधार के छ पहिलो कुरा । दोस्रो कुरा नेपाल सरकारको प्रमुख तपाईं हुनुहुन्छ । प्रधानमन्त्री तपाईं हो । तर राष्ट्रपतिले हिजो कार्यक्रम सम्बोधन गरिरहदाखेरी धेरै पटक मेरो सरकार भन्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, नेपालको संविधान सार्वभौसमसत्ता जनतामा निहीत रहेको अवस्थामा साँच्चिकै हाम्रो देशमा फेरि पनि……लगेको हो कि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार, नेपाल सरकार जनता जान्न चाहन्छन् सम्माननीय प्रधानमन्त्रीज्यू ?
जहाँ ऋषिजी हुनुहुन्छ, त्यहाँ प्रश्न त आउने भयो । जनता जान्न चाहने नै भए । तर मलाई के लाग्यो भने सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधन मार्फत आएको नीति तथा कार्यक्रममा खासै अस्पष्टता केही छैन र त्यसमा आलोचना र टिप्पणीयोग्य विषयहरू पनि खास छैनन् ।

ऋषिजीले राख्नु भएको छ, कार्यक्रम त ठीकै छ, राम्रो छ । तर पहिले पहिले गति धिमा छ विकासको । नीति कार्यक्रममा पनि विभिन्न कारणहरू उल्लेख गर्दै वाञ्छित गति लिन नसकेको कुरालाई स्वीकारिएको छ । नीति कार्यक्रमको पनि बुँदा हेरेर पनि बताइदिन सक्छु । वाञ्छित गति आएको छैन, त्यो म असन्तुष्ट होइन, तर पर्याप्त गतिसँग सन्तुष्ट छैन् । हामीले हाम्रो गति बढाउन जरुरी छ, तालमेल मिलाउन जरुरी छ । तर फेरि पनि सबैभन्दा उत्साह ढंगले राजस्व अभिवृद्धि भएको छ, रेमिट्यान्स–मान्छे जान कम भए पनि रेमिट्यान्स बढेको छ । अनियमितता जस्ता कुराहरू रोकिएका छन् । कृषि र अन्य क्षेत्रमा पनि आर्थिक वृद्धिदर उत्साहजनक छ । ७ प्रतिशत आर्थिक वृद्धिदर गतवर्ष ६ प्रतिशतभन्दा बढी रहेको आर्थिक दरलाई उत्साहजनक नै आर्थिक दर भन्नुपर्छ । उत्साहजनक आर्थिक दर माथि ७ प्रतिशत आर्थिक वृद्धि यो साधारण कुरा होइन । अर्को कुरा आन्तरिक वचतको स्थिति १५ प्रतिशत भन्दा बढी नभइरहेको नेपाल इतिहास छ तर यस पटक २७ प्रतिशतले आन्तरिक वचतको स्थिति बनेको छ । यसपटक गति धिमा, गति धिमा सबै ठाउँमा गति धिमा होइन । एक वर्ष पछाडि बन्ने भेरी–बबई डाईभरसन एक वर्ष अगाडि सकिएको छ । हामीले हाम्रा विकासका प्रयासहरूमा प्रविधिको प्रयोग सामेल गर्ने भनेका छौं, सामेल गर्न थालेका छौं । र, हाम्रा विकासका प्रयासका लक्ष्यहरूलाई प्रविधिको प्रयोगद्धारा हामी तीव्रता र उच्च प्रतिफल दिने तर्फ लान चाहन्छौं । त्यसकारण यो बनेको छैन् भन्ने होइन । नीति कार्यक्रममा पनि यहीँ संकेत गरिएको छ । वास्तवमा एउटा अभ्यास के देखियो भने जसरी पनि विरोध गर्नुपर्छ भन्ने एउटा मानसिकता । त्यसो गरेर वत्ता सत्य नबोल्ने वत्ताको रूपमा स्थापीत हुने हो । अरु त्यसले जनतालाई अलमल पार्न खोज्छु भन्ने अथवा आफ्नो त विरोध गर्नुनै काम हो जस्तो त्यो वास्तविक अर्थमा सही कुरा होइन । हामीले सहीलाई सही, गलतलाई गलत । गलत काम गरेका ठाउँमा गलत गर्नु हुदैन भनेर रखबारी गर्ने त्यो चिज गर्नुपर्छ । जसो भए पनि विरोधको परिपाटी, जस्ता कामको पनि विरोधको परिपाटी र त्यसमा पनि राष्ट्रलाई विकासको पाटोमा अगाडि बढाउने सन्र्दभमा पनि जसो भएपनि विकास विरुद्ध कसरी बोल्न सक्ने ? राष्ट्रिय हितका प्रश्नमा, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डताका पक्षमा कुनै बाहनावाजी उभिनु पर्छ । हाम्रा विकासका राष्ट्रिय चाहना र त्यसलाई परिपूर्ति गर्ने सन्र्दभमा आएका नीतिहरूको सन्र्दभमा त पक्षमै उभिनु पर्छ । त्यस्ता कुराहरूको पनि विरोध, त्यो उचित कुरा होइन । यदि कुनै कुरा गलत नीति, गलत बाटो सरकारले लिएको भए, छ भने सरकार त्यसमा बहस गर्न तयार छ र सच्याउन पनि तयार हुन्छ सरकार । सरकारलाई देश विकास बाहेक अर्कोे कुनै तर्कवाजी, कुनै कुराले अल्मलाएर अगाडि बढ्ने कुनै त्यस्तो इच्छा छैन् । सरकार देश विकासमा केन्द्रित हुन चाहन्छ । त्यसकारण देश विकासका निम्ति प्रभावकारी नीति र व्यवहार, ति नीति कार्यान्वयन गर्ने कार्यक्रम, कार्ययोजना कसरी हुन सक्छन् । ति कुरामा केन्द्रित छ । यसर्थ झुट बोल्ने, अल्मलाउने, छक्काउने त्यस बाटोमा सरकार लाग्दैन् । किनभने यो सरकारलाई सरकारमा रहनु, हुनु, सरकार बन्नुसँग होइन । देश बनाउने कुरासँग सरोकार छ, देश बनाउने कुरासँग मतलब छ । त्यसकारण यसले छलछामपूर्ण कुराहरू गर्दैन । एकदमै स्पस्ट कुराहरू गर्छ । तसर्थ यो परम्पराको निर्वाह, खोक्रो, केही पनि तत्व नभएको, बेकारको भन्ने टिप्पणीको म खास केही पनि अर्थ देख्दिन । त्यसको अर्थ के हुन्छ त ? खोक्रो कहाँ निर भयो ? भरिलो कसो गर्दा हुन्थ्यो ? केही पनि नभएको छ भने के गर्दा केही पनि हुन्थ्यो ? रित्तो छ भने भरिलो कसो गर्दा हुन्थ्यो ? त्यतापट्टि म जान चाहन्न । वास्तवमा कुनै आलोचनाको ठाउँ नभेटाएर हल्काफुल्का टिप्पणीका कुराहरू आएका छन् । अब म चाहन्छु कि सार्थक बहस होस् । हामी एउटा नयाँ प्रणालीमा छौं । र, हाम्रा अगाडि राष्ट्र निर्माणको अभिभारा छ । राष्ट्र निर्माणको अभिभारा बोकेर हामी जब अगाडि बढ्दै छौं भने यस्तो अवस्थामा वास्तवमा विकासका निम्ति, सुशासनका निम्ति, अग्रगतिका निम्ति, सकारात्मक पक्षहरूको परिस्थिति निर्माण गर्नका निम्ति सार्थक बहसको आवश्यकता छ । हामी चाहन्छौं त्यो सार्थक बहस होस् । त्यसकारण मैले साथीहरूलाई यहाँ संचार जगतका मित्रहरूलाई आमन्त्रण गरेको पनि सार्थक छलफल तर्फ देश जाओस् भन्नका लागि हो । खुकुला टिप्पणी माथि होइन् ।

अब अर्को एउटा प्रश्नः राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । मैले मेरो देश भन्छु । मैले मेरो देशभन्दा तपाईंहरूको होइन भनेको हो र ? अरुको होइन भनेको हो र ? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान । मैले बनाएको हो र राष्ट्रिय गान ? मैले मात्र गाउँने हो र राष्ट्रिय गान ? मेरो मात्रै हो र राष्ट्रिय गान ? तर मैले मेरो राष्ट्रिय गान भन्छु । मेरो राष्ट्रिय गौरव भन्छु । मेरो भन्ने कुराको एउटा बृह्त अर्थमा, सामुहिक अर्थमा बुझ्ने अभ्यास गर्नुपर्छ अर्को । राष्ट्रपति देशको, राष्ट्रको प्रमुख हो । म व्यक्तिको कुरा गरिराखेको छैन्, संस्थाको कुरा गरिराखेको छु । राष्ट्रको प्रमुखको हैसियतले जनु सरकार बन्छ त्यो सरकार राष्ट्रपतिको सरकार हो र राष्ट्रपतिले सरकारको नीति कार्यक्रम आफ्नो सम्बोधन मार्फत भनिरहदा गरिमामय संसदलाई यो सरकारको नीति यो छ, कार्यक्रम यो छ भनेर नीति र कार्यक्रम त्यो राष्ट्रपतिको सरकारको नीति र कार्यक्रम राष्ट्रपतिले भन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास हो । हाम्रो बौद्धिक जगतले, हाम्रो संचारकर्मी मित्रहरूले यत्रो वर्षदेखि यहीँ भारतमा, छिमेकमा चलेको अभ्यास थाहाँ नपाउनु अचम्म लाग्छ । बौद्धिक जगतले पनि थाहाँ नपाउनु अचम्म लाग्छ । भारतमा आफ्नै पार्टीको, एउटा पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएको छ भने पनि त्यस पार्टीको सरकार हुदा मात्रै होइन । सरकार त बदलिन्छ । अर्को पार्टीको सरकार हुदाँ पनि संसदलाई सम्बोधन गर्दा माई गभमेन्ट भनेर गर्छ । कमसेकम त्यति त हेर्ने कष्ट गरौं । राजतन्त्र भारतमा पनि छैन् होला गणतन्त्रै हो । भारतको राष्ट्रपति पनि कार्यकारी राष्ट्रपति होइन होला । यस भन्दा ठीक अगाडिको मात्रै कोविन्दजीको सम्बोधन साथीहरूले यसो युट्युवमा हेर्नुभयो भने पनि स्पस्ट हुन्छ जस्तो लाग्छ मलाई । त्यो भन्दा त्यो भन्दा अघिल्लो हेर्नुस्, त्यो भन्दा अघिल्लो हेर्नुस्, त्यो भन्दा अझै अघिल्लो हेर्नुस् । धेरै राष्ट्रपति हाम्रोमा त बल्ल दुईओटा राष्ट्रपति हुनुभयो । भारतमा त धेरै ओटा राष्ट्रपतिले धेरै ओटा सम्बोधन गर्नुभएको छ पार्लियामेन्टलाई । भारतले कमसेकम डेमोक्रेसी बुझेकै छैन, केही डेमोक्रेसी अभ्यास बुझेकै छैन, त्यहाँ चाहि राजतन्त्र छ भन्ने ठान्नु, राजतन्त्रको झल्को लाग्नु, भारतीयहरूलाई लागेन । नेपालमा भारतीयलाई नलागेको झल्को किन भर्खर भर्खर राजतन्त्र गएको हुनाले झल्को लागेको हो कि ? अथवा अब कतिपयत राजनीतिक पार्टीहरू लोकतान्त्रिक पार्टीहरू लोकतान्त्रिक नेताहरू पनि राजतन्त्र, राजतन्त्र भनेर कराएर हिड्नु भएको छ । त्यसो भएर झल्को लागेको हो कि ? झल्को लाग्नु पर्ने आवश्यकता छैन् । जननिर्वाचित सरकार यो जननिर्वाचित सरकारलाई राष्ट्रपतिले, राष्ट्रको प्रमुखले जनु राष्ट्रपतिले गरिमामय संसदले दुवै सदनले पास गरेको कानूनलाई हस्ताक्षर गरेपछि मात्रै कानुको रूपमा हुन्छ । यस्तो विवाद गर्न हुदैन कि दुईओटै संसदले पास गरेपछि राष्ट्रपतिले हस्ताक्षर नगर्दासम्म लालमोहर भन्छ त्यसलाई नलगाउदासम्म । कानून नबन्ने त्यस्तो पनि हुन्छ ? पार्लामेन्ट भन्दा ठूलो, राजतन्त्रको झल्को आयो भन्न पनि सकिन्छ । तर कुनै पनि सिस्टम भनेको त्यही हो, त्यसको व्यवस्था, गरिमा । ति कुराहरू हुन्छन् । त्यो हामीले थाहा पाउनु वाञ्छनीय हुन्छ छिचरा तर्कमा अल्झिनु भन्दा । अबको जमानामा नि २१औं शताब्दीमा नि यति साह्रै संचार सुविधा उपलब्ध भएका ठाउँमा हामीले संसारको पार्लामेन्ट हेर्न अब त्यहीँ जान पर्दैन यहीँबाट हेर्न सक्छौं, लाइभ हेर्न सक्छौं । मलाई अचम्म लाग्यो कि राष्ट्रपतिले मेरो सरकार भनेकोमा समेत आजको नेपालमा टिकाटिपप्णी हुदा हामीले आफुलाई कुमन्डुप बनाइराख्नु हँुदैन । अलिकति त्योभन्दा फराकिलो हुनुपर्छ । अलिकति त्योभन्दा दुनियाँ थाहाँ पाउनुपर्छ । थाहा पाएर गरिएको हो भने जानकारी भइभइकन पनि यो एकदम स्वाभाविक कुरा हो, कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? यो सरकारको नीति कार्यक्रम भन्दाखेरी अनि के फलानोको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेन्टमा आउँछ । पार्लियामेन्टमा आएर पार्लियामेन्टमा राष्ट्रपतिले सम्बोधन गर्ने भनेको अपनत्व छ । सेनाको राष्ट्रपति परमाधिपति हुन्छ । र, सिस्टमको, व्यवस्थाको, प्रणालीको सर्वप्रमुख हुन्छ । राष्ट्रको सबैभन्दा माथिल्लो, सबैभन्दा मर्यादित, सम्मानित पोष्टको हुन्छ । ओहोदाको हुन्छ र अभिभावकतुल्य हुन्छ राष्ट्रपति । संविधानको रक्षा समेतको जिम्मेवारी राष्ट्रपतिको काँधमा हुन्छ । त्यसकारण राष्ट्रपतिले मेरो सरकार भन्ने अत्यन्त सामान्य अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जमानामा हामी हुनु भनेको हामीले या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौं, आफूले स्थापना गरेको प्रणाली, त्यसको गरिमा र राजतन्त्र फालेर ल्याएको गणतन्त्र र गणतन्त्रमा राष्ट्रपति हुन्छ, राष्ट्र प्रमुख हुन्छ राजा बाहेक नागरिकबाट । नागरिकबाट निर्वाचित राष्ट्र प्रमुखको गरिमासँग हामीलाई चित्त नबुझेको हो कि ? अथवा हाम्रो मानसिकता निरर्थक दरिद्रता मात्रैले ग्रस्त हो ? यसर्थ म आग्रह गर्न चाहन्छु, आजको नेपालले यत्तिको कुरा नबुझ्नु हँुदैन । थप बहस साथीहरूले नेपाली समाजलाई बसह, सार्थक, ठीक दिशामा पु¥याउन संचार जगतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ किनभने यो सचेत क्षेत्र भएको हुनाले यसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने म ठान्छु ।

प्रश्नः प्रधानमन्त्रीज्यू यो रोजगारीका अवसरहरू श्रृजना गर्नका लागि के गर्नु पर्ला ? किनकि दिनहँु हजार, बाह्र सयको दरमा मान्छेहरू युवाहरू विदेश जाने क्रम अझै जारी छ । यो आगामी बर्षभित्र कति रोजगारी का अवसरहरूको श्रृजना गर्ने योजना छ ? कि यो रेमिट्यान्समुखी भएर हामी कति बस्ने ? हामी उत्पादनमुखी कहिले हुने ?

प्रश्नः नमस्कार ! यो विकास र सुशासनको कुरा प्रधानमन्त्रीज्यूले हिजोकोे नीति तथा कार्यक्रममा आउनु भन्दा पहिले देखि पनि उठान गर्दै आउनुभएको छ । यस्ता चाहिँ विकासको कुरा गर्दा जहिले प्रश्न उठिरहेको चाहिँ अहिले पनि यो आर्थिक बर्षको जम्मा १७ प्रतिशत मात्र विकास खर्च भएको छ । यो हिसाबले ठूलो चुनौती हो हाम्रो छुट्याइएको विकास खर्च पनि खर्च हुन सकेन पूँजीगत खर्च भन्दा, अर्थमन्त्रीले पनि यो कुरा स्वीकार गर्नु भएको छ । यो राष्ट्रकै समस्या हो । हाम्रो प्रक्रियागत समस्या छ भन्ने कुरा आउँछ । यो अवस्थामा विकासको लक्ष्य हासिल गर्नको लागि विकास खर्च नै राम्रोसँग नै हुन सक्ने प्रणाली स्थापित गर्ने तर्फ सरकारले के कुरा सोचेको छ ? अघि सुशासनको कुरा गर्दा भ्रष्टाचारको नियन्त्रणको कुरा आयो, भ्रष्टाचारमा अस्तिको महालेखापरीक्षको प्रतिवेदन अनुसार बेरुजू धेरै छ । यसबाहेक म तथ्याङ्कीय हिसाबले म सङख्यामै त म कण्ठ सक्दिन । तर अख्तियारमा परेको उजुरी हेर्दा खासगरी स्थानीय तहमा भ्रष्टाचार बढ्यो भनेर जुन उजुरीहरू आएका छन्, र स्थानीय तह र प्रादेशिक तहको भ्रष्टाचार नियन्त्रणको लागि प्रणालीगत समस्या पनि छ, भनेर पनि आइरहेकै छ । र, संघीय सरकारमा पनि खासगरि प्रशासन संयन्त्र त्यसपछि ठेक्कापट्टासँग सम्बन्धित भएर आउने कुराहरू छन्, ती भ्रष्टाचार नियन्त्रण गर्नका लागि सुशासन कायम गर्नको लागि चाहि ठूलो अवरोध देखिएको अवस्थामा विकास खर्च हुन नसक्नी र भ्रष्टाचार सिहंदरबारमा भयो भनेर आरोप लागेको भ्रष्टाचार गाउँगाउँमा पुगेका सिहंदरबारहरूले पनि यहाँको लक्ष्य हासिल गर्न कत्तिको सजिलो होला ? धन्यवाद ।

प्रश्नः नमस्कार मेरो एउटा सानो समस्या खासै ठूलो समस्या हैन । विदेशबाट आउने हाम्रो रेमिट्यान्स त बढ्यो, तर यो लास पनि दिनै पिच्छे ३ वटा आउथ्यो पहिले पहिले तर अहिले चार आउँछ । र त्यो लास पनि कसरी आउछ भने २ महिना, ३ महिना पछि आउँछ मरेको । त्यसलाई छोट्याउनको लागि सरकारले के गरिराखेको छ ? लास ल्याउनको लागि छोटोभन्दा छोटो अवधि कसरी गर्ने सरकारको तयारी के छ ?

प्रश्नः प्रधानमन्त्रीज्यू शुभ प्रभात । एगदष्अि ब्अअयगलतबदष्ष्तिथ बढाउनका लागि सरकारले भन्न त धेरै कुरा भनेको छ, तर हाम्रा ऋयलकतष्तगतष्यलब िद्ययमष्भक का प्रतिवेदनहरू औल्याउने हो भने यही कुरालाई एकदमै ज्ष्नजष्निजत गरेर वर्षेनी गरेर आउने गर्छन् । यसमा अस्पिेन्ट नेचर र कम्पोनेन्ट नेचरका लागि अरु धेरै पोलिसीहरू छैनन् । ती सार्वजानिक ओहोदामा बस्नेहरूको अलि जिम्मेवार बन्ने गरी काम बढाउन प्रधानमन्त्रीज्यूको तर्फबाट के कस्ता नीतिहरू अपनाइने छन् ?

प्रश्न ः प्रधानमन्त्रीज्यू सरकारको नीति तथा कार्यक्रमहरूमा हिजो यसै सरकारले दोहोरो अङ्कमा आर्थिक वृद्धिदर पु¥याउने भनेर जुन घोषणा गरेको छ । खास विकास खर्च नै नहुने र आर्थिक वृद्धिदर चाहिँ यसै सरकारले दोहोरो अङ्कमा पु¥याउने भनिएको छ, त्यो कति सम्भव होला ? खासगरि यो विकास खर्च नहुनु ठूलो जटिल समस्या हो जस्तो लाग्छ, र अर्काे प्रश्न प्रधानमन्त्रीज्यूको क्षेत्रमा झापामा प्रधानमन्त्री कार्यालयबाटै योजना आयोगमा ५० भन्दा बढी योजनाहरू पार्नु पर्छ भनेर चिठी गएको छ भन्ने विषय बाहिर आएको छ, त्यो विषयमा पनि अलिकति प्रष्ट पारिदिनुप¥यो ?

सायद त्यति प्रश्न नहोलान् पनि अब । साथीहरू रोजगारीका अवसरहरू कति सिर्जना हुन्छन् वा कसरी सिर्जना हुन्छन र हामीले प्रतिदिन एकजार, बाह्रसय युवाहरू बाहिर गइरहेका छन् । त्यसलाई कसरी रोक्न सक्छौं भन्ने एउटा जिज्ञासा छ । यो सिलशीला बाहिर जादा राम्रो नजादा नराम्रो जस्तो केही पनि होइन । मुख्य कुरा हाम्रो अर्थतन्त्र र आर्थिक अवस्था कस्तो छ भन्ने हो । पञ्चायत कालमा गरिबी चरम थियो । र चरम गरिबी भएपनि बाहिर जान पनि दिइदैन्थ्यो, पासपोर्ट दिइदैन्थ्यो, पुलिस रिर्पोट लिइन्थ्यो, कतै जान दिइदैन्थ्यो रोकिएको थियो । रोक्दा चाहि राम्रो भएर के के न विकास भएको थिएन । ६०–६२ प्रतिशत भन्दा बढी गरिबी पञ्चायत व्यवस्था गएको बेला थियो । अर्थात बाहिर जान नदिएर मात्रै समस्याको समाधान हुने वा गरिबी यहाँ युवाहरू राख्दा मात्र होइन । यहाँ युवाहरू रहने स्थिति पहिलो रोजगारी अवसरहरू सृजना हुनु प¥यो ।

दोस्रोः रोजगारीका अवसरहरू आकर्षक अवसरहरू उपलब्ध हुनु प¥यो । किन भने अहिलेको जमानामा हामी बाहिर जाने कुरा रोक्न सक्दैनौँ र यदि रोजगारीको अवसर उपलब्ध छन् तर आकर्षक छैनन् भने मान्छेले अवसरहरूको उपलब्धता हेरेर फेरि जान सक्छ बाहिर । त्यस कारण हामीले रोजगारीका अवसरहरूको व्यापक रूपमा सृजना गर्ने र आकर्षक अवसरहरू सृजना गर्ने आवश्यकता छ । त्यति मात्रै पनि आवश्यकता हुँदैन । हामीले राष्ट्रिय भावना जगाउँ, हाम्रो राष्ट्र हामीले निर्माण गर्नु पर्छ अलिकति कम पैसा भएपनि, अलिकति कम सुविधा भए पनि यही बसेर राष्ट्र निर्माण ग¥यौँ भने, राष्ट्रलाई समृद्ध बनायौँ भने त्यसले भोलि बाहिर रोजगारीका लागि गइरहनु पर्ने अवस्था हुँदैन ।
त्यस कारण यो हामीले ३ वटा काम गर्नु पर्छ । रोजगारीका अवसरहरू सृजना गर्ने, रोजगारीका आकर्षक अवसरहरू बनाउने र राष्ट्रिय भावना कि हामीले देश भित्र केही गर्नुपर्छ र उन्नती गर्नु पर्छ भन्ने भावना ।

अर्को यी भावना र यी परिस्थितीहरूलाई सरकारले आफ्ना नीति कार्यक्रमहरू मार्फत कसरी सुविधा दिने ? ति कुराहरू मैले भनेको रोजगारीको अवसरको सृजना र आकर्षक अवसरको सृजनासँग जोडिएका कुराहरू छन् । हाम्रा नीतिहरू र हाम्रा हामीले उपलब्ध गराउने अवसरहरू तीनिहरू ।

हामीले कृषिको आधुनिकीकरण मार्फत दुईवटा कुरा गरेका छौँ । सुरुमा कृषिको आधुनिकीकरण मार्फत रोजगारीका अवसरहरू सृजना हुन्छन् । तर आधुनिकीरण, व्यवसायिकीकरण र मसिनिकरण, यान्त्रिकिकरणको माध्यमबाट फेरि कृषिमा भएको रोजगारी, अहिले वास्तवमा कृषिमा दुई तिहाई जनसंख्या अल्झिएको छ भनेको त्यसमा रोजगार प्राप्त छ भनेको होइन । आंशिक वा अल्प वा अल्त्यअल्प रोजगारी वा रोजगारी बिहीनताको स्थितिमा पनि कृषिमै अल्झिएको छ भन्ने कुरा हो । टु थर्ड, दुई तिहाई जनसंख्या कृषिमा अल्झिएको जिविका चलेर अथवा त्यसबाट होइन कि अत्यन्त अल्प अवसर भए पनि अर्को विकल्प नभएको हुनाले वाध्य छ । त्यस कारण अरु विकल्पहरूको सृजना हुँदै जान्छ र कृषि माथिको निर्भरता कम हुँदै जान्छ । त्यो उद्योग, व्यवसाय र अरु हामीले हाम्रो नीति कार्यक्रममा स्पष्ट भनेका छौँ, मुल्यान्तर सम्बन्धी पक्षमा अथवा कृषिको आधुनिकीकरणको सन्दर्भमा, कृषिले आधुनिकीकरणको सन्दर्भमा उत्पन्न गर्ने औधोगिकरणको सम्बन्धमा, व्यवसायिकीकरणको सम्बन्धमा र अन्य प्रकारका रोजगारीका अवसर सृजना गर्ने सन्दर्भमा, रोजगारी कृषिमा आधारित जनसंख्या रोजगारीको हिसाबले, निर्भरताको हिसाबले अरु तिर स्थान्तरण हुँदै जान्छ । यसरी रोजगारीका थप अवसरहरू सृजना हुन्छन् र कृषि माथिको जनताको निर्भरता घट्छ । उद्योग, व्यवसाय वा अरु विभिन्न क्षेत्रहरू तिर निर्भरता बढ्दै जान्छ । यो अनुकुलता हो । कृषि उत्पादन हामी बढाउँछौँ तर कृषि उत्पादन व्यापक रूपमा बढाउँछौँ । यस पल्ट पनि आम रूपमा ६ प्रतिशत भन्दा बढी कृषि उत्पादन बढेको छ । तर समग्र राष्ट्रिय उत्पादन ७ प्रतिशतले बृद्धि भएको छ । मुख्य बाली धानको उत्पादन ९ प्रतिशतले बढेको छ । तर पनि कृषिको योगदान उत्पादन वृद्धिमा भन्ने हो भने ६ प्रतिशतको हारहारीमा रहेको छ । अरु उत्पादनहरूले जितेको छ । फेरि पनि ७ प्रतिशत उत्पादन भएको छ । अर्थात कृषिको उत्पादनलाई हामी अलिकति न्यून गर्छौँ भन्ने कुरा साथीहरूले अवस्य बुझ्नु भएको छ भन्ने मलाई लाग्छ । र, बाहिर गईरहेका युवाहरूको संख्या क्रमसः कम्ति हुँदै जान्छ र हाम्रा युवाहरू बाहिर जादा अहिले हामीले गोपालजीले प्रश्न गर्नु भएको यसमा जोडिन्छ ।

अहिले हामीले मजदुरहरू नठगियून भनेर मजदुरले रोजगारीका अवसरहरू प्राप्त गर्न कुनै प्रकारको कुनै खर्च गर्न नपर्ने, स्वास्थ परीक्षण लगायतका अरु कुनै कुरामा पनि खर्च गर्न नपर्ने र आतेजाते विमान टिकट जस्ता कुराहरू पनि व्योहोर्नु नपर्ने, स्वास्थ वीमाहरूदेखि लिएर भनिएको जब, भनिएको रोजगरी, भनिएको काम, भनिएको पारिश्रमिक र बैंङ्किक सेक्टरबाट औपचारिक ढंगले त्यो आफ्नो आय आर्जन चाहि ठीक ढंगले आउन सकोस् भन्ने कुरामा ध्यान दिने यी सबै कुराहरू गरिएको छ ।

यत्रो ठूलो संख्यामा बाहिर जादा खेरी केही अप्रिय घटनाहरू भइरहेका हुन्छन् । ति अप्रिय घटना नहुन भन्नका लागि त्यसको रोकथाम, त्यसको न्यूनिकरण त्यसको सन्दर्भमा सरकार सजक छ र सरकारले यस्ता अप्रिय स्थिति हुन नपाउन र नदिनका निम्ति समेत प्रवन्ध गरेको छ । हालै हामीले त्यस कारण जापनसँग, मलेसियासँग श्रम सम्झौता गरेका छौँ, युएईसँग गरेका छौँ । जो अनुकुल छ र कतारसँग पनि हामी गर्दैछौँ । जहाँ ठूलो संख्यामा साढे ४ लाख जसो नेपालीहरू काम गरिरहेका छन् । त्यस कारण यी स्थितिहरूमा सुधार ल्याउनका लागि हाम्रो प्रयास केन्द्रित छ भन्ने कुरा म साथीहरूलाई बताउन चाहन्छु,

अब विकास खर्चमा कमी, पूँजिगत खर्च, विकास खर्चमा कमी भन्ने नीति कार्यक्रमले यसलाई कुरालाई स्वीकारेको छ । कि विकास खर्च विकासका काममा खर्च गर्ने हाम्रो क्षमतामा अझै न्यूनता छ । त्यसको अभिवृद्धि गर्नुपर्छ र त्यसको अभिवृद्धिका निम्ति हामीले खरीद ऐन लगायतका कुराहरू प्रोसिड्युरल कुराहरू अरु व्यूरोक्राटिक हडल्सहरू नहुन भन्ने कुराहरू र अरु थुप्रै सहज र सरलीकरण गर्ने कुराहरू समयमा ठेक्कापट्टा गर्ने कुराहरू र एउटै ठेकदारले नसक्ने गरी धेरै ठेक्का पट्टाहरू लिने, त्यसको छानबिन नहुने, लोयस्टलाई दिने, असम्भव लोयस्टलाई दिने अनि पछि त्यसमा ठूला समस्याहरू पैदा हुने, त्यस प्रकारका कुराहरूलाई सच्याउने र समय भित्र उपयुक्त मापदण्डका आधारमा, उपयुक्त ढंगले कामको जिम्मा लिने, उपयुक्त समयमा ठेक्कापट्टा लगाउने, उपयुक्त समयमा सिध्याउने ।
अबको कम्पिटिशन लोयस्ट विडिङ्ग मात्रै होइन, फास्टेस टाईम, सटेस्ट टाईम त्यसको पनि विडिङ्ग हुन्छ । कसले छिटो समयमा गुणस्तरीय, छिटो समयमा गुणस्तरीय काममा प्रतिपस्र्धा र भनिएको समयमा, तोकिएको समयमा उपयुक्त, विलकुलै उपयुक्त कारणबिना काम नसक्ने र त्यो व्ययभार देशलाई बोकाउने काम अब मान्य हुन सक्दैन ।
यसरी र व्यूरोक्राटिक ढिलासुस्ति जस्ता कुराहरूलाई पनि अन्त्य गरेर हाम्रो सामथ्र्य अभिवृद्धि गर्नु पर्छ । हामीले सामथ्र्य अभिवृद्धि गर्दै गएका पनि छौँ तर सबै ठाउँमा त्यो अलिक पुग्न सक्या छैन । त्यसलाई हामी कारणहरू खोजेर, पत्ता लगाएर त्यसको पहिले यसमा के रोग हो ? त्यो रोगको निधान र त्यसको उपचार त्यसमा प्रभावकारी ढंगले सरकारले अगाडि बढ्ने नीति र व्यवहार अपनाएको छ । त्यता म साथीहरूलाई यसै भित्र प्रकृयागत समस्याहरू र प्रणाली स्थापना गर्ने कुराहरू यसै भित्र पर्छन् ।

अहिले यो वेरुजु नियमित दुईओटा हिसावले वेरुजु आउँछ । वेरुजु भनेको भ्रष्टाचार होइन । वेरुजु हुँदैमा भ्रष्टाचार भयो भन्न सकिदैन । वेरुजु कतिवटा प्रकृया नपुगेका केही अरु यस्ता कानूनी जटिलता नमिलेका कुराहरू हुन्छन् र त्यो वेरुजु भइरहेको हुन्छ । कोही कोही वास्तवमा भ्रष्टाचार जन्य कुराहरू पनि वेरुजुमा भित्र मिसिएका हुन्छन् । यो सबै कुराहरूलाई हामीले छुट्याएर हेर्ने बुझ्ने गर्नु पर्छ । अहिले जति वेरुजु छ त्यो सबै भ्रष्टाचार होइन । त्यसमा केही कानूनी, केही प्रक्रियागत कुराहरूको अपर्याप्त हो र त्यसमा सावधानी अपनाउनु पर्छ र वेरुजु न्यून गर्दै वेरुजु अन्त्य हुने स्थिति बनाउन पर्छ ।

यो पेश्की, पेश्की फ्रर्छौट जस्ता कुराहरूमा सर्वाधिक वेरुजुका पक्षहरू छन् । त्यो भ्रष्टाचार भन्न नमिल्ने, नसकिने र होइन पनि तर त्यसलाई फ्रर्छौट समयमा गर्ने, उपयुक्त विधिले गर्ने, लेखा प्रणाली समय भित्र टुङ्गयाउने गर्ने पर्नेमा कहिले कहिले लेखा प्रणालीको कारणले विलम्व हुने, लेखा समयमा गर्न नसक्ने, लेखा नै नभए पछि त्यो स्वतः रुजु हुने भएन । त्यो लेखा नभएको स्थितिमा रहने भो । त्यस कारण हामीले लेखा प्रणालीलाई चुरुस्त दुरुत बनाउने र नियमनका कार्य र नियमित बनाउने कार्यहरूलाई उपयुक्त ढंगले अगाडि लाने । यी कामहरू गर्ने कुरामा सरकारको ध्यान छ ।

भ्रष्टाचारका कुराहरू अहिले यति देखिए नि धेरै भन्ने कुरा, ३८ क्वीन्टल सुन पास भइन्जेल त चाईचुई चर्चा पनि थिएन । तर मेरो नेतृत्वमा सरकार बनेपछि हामीले ती प्वालहरू देख्यौँ, ती प्वालहरू टाल्यौँ । ३८ क्वीन्टल सुन चुपचाप छिरिन्जेलसम्मको प्रश्न नउठाउने तर त्यसलाई रोकेपछि र त्यससँग सम्बन्धित मान्छेहरूलाई कारवाही भएपछि अनि ठूला माछा खोई ? भन्या छ । ठूला माछा नै पक्राउ प¥या छन्, ठूला माछा नै भाग्या छन्, ठूलो माछा नै जेलमा छन् । कोही कोही भरिया सरिया पनि प¥या होलान् । त्यो पनि अपराधैभित्र पर्छ । साना पनि प¥या होलान् । तर ठूला फरार पनि छन् र अहिले खोजेर निकाल्ने गरिएको छ । मझेरीमा गाडेका सुनहरू निकाल्ने गरिएको छ । अन्त लुकाइएका, घरभित्र लुकाइएका, सन्दुकमा हालिएका ती पनि खोजेर निकाल्ने गरिएको छ । पहिले निकाल्ने नगरिएको हुँदा थाहा हुँदैन थियो । १२ वर्ष, २० वर्ष अगाडिका अपराधका घटनाहरूको सम्बन्धमा दोषीहरू अहिले पत्ता लगाइएको छ । त्यस कारण त्यो देखिएको छ । अख्तियार जस्ता ठाउँमा बसेर गरेका भ्रष्टाचार, त्यस्तो कुराहरूलाई तानिएको छ ।

त्यस कारण अब अनियमितता भएको रहेछ भन्ने कुरा ।
बालुवाटारको जमिनको कुरा उठेको छ । अहिले भएको हो र त्यो ? अहिले त खोजी भएको, छानविन भएको त्यो । अहिले हामीले नै छानबिन गर्न थालेपछि अनि यो म अहिले धेरै नबोलौँ, कसकसको समयमा, कसरी कसरी जमिनहरू कुन कुन सरकार हुँदा, कुन कुन प्रकृयाबाट कसरी सार्वजनिक सम्पत्तिलाई, देशको सम्पत्तिलाई निजी बनाइएको छ । त्यो विस्तारै सतहमा आउदै जानेछ । म यति भन्न चाहन्छु, मलाई कुनै अरु स्वार्थ छैन । तर राष्ट्रको सम्पत्ति हिना मिना भइरहन र हिना मिना भएकोलाई सहेर बस्न म तयार छैन । त्यो हिना मिनालाई मैले वापस ल्याउछु त्यो राष्ट्रको सम्पत्ति फेरि फिर्ता आउँछ । यस कुरासँग कतिपय अलिकति हड्बडाएका, हड्बडाउनु पर्ने नै विषय हो, हड्वडाएका हुन सक्छन् । वाइडबडिको छानबिन हुँदै छ । कसको पालामा के के निर्णय भएका थिए ती सबै सार्वजनिक हुनेछन्, सबै सार्वजनिक । त्यस कारण भ्रष्टाचारको सम्बन्धमा अहिले छानबिन भएपछि घटनाहरू सतहमा आए, देखिन थाले, अरु पनि देखिने छन् । अरु पनि छानविन गर्छु ।

मैले यत्तिकै पप्पुलिष्ट कुरा गरेको होइन । भ्रष्टाचार गर्दिन, गर्न दिन्न । यत्तिकै भनेको होइन । भ्रष्टाचार भएकोलाई छानबिन गर्छु र कानूनको दायरामा ल्याउँछु यो पनि स्पष्ट भन्न चाहन्छु । यो कतिका निम्ति विशेष टाउको दुखाईको विषय, आपत्तिको विषय हुन सक्छ र यसलाई विषयान्तर गर्ने कुरा हुन सक्छ । तर कुरा विषयान्तर होला, मेरो ध्यान र मेरो अभियान विषयान्तर हुँदैन । म त्यति स्पष्ट गर्न चाहन्छु । विभिन्न तहमा भ्रष्टाचारका कुरा आएका छन् । ति कुराहरूप्रति सरकार सजक छ र त्यस्ता कुराहरूलाई छानविन गर्ने र कारवाही गर्ने काम गर्छ ।

अब प्रशासन यन्त्रमा यो प्रक्युरमेन्ट खरीद प्रकृयामा आदि इत्यादिमा, ठेक्का पट्टामा भ्रष्टाचार छ भन्ने कुराहरू आएका छन् । भ्रष्टाचार छ भनेको विभिन्न ठाउँमा होलान । कहाँ कहाँ भ्रष्टाचार छ ? मैले भनेको छु–अनुगमन माथि अनुगमन गर्छु । त्यसै कारण कहिले कहिले अनुगमनकर्ताहरू पक्राउ परेको छ । अनुगमन गर्न गएकाहरूले भ्रष्टाचार गर्दा अनुगमनकर्ताहरू पनि पक्राउ परेको छ । त्यस कारण अनुगमन माथि अनुगमन गरेर पनि भ्रष्टाचार न्यूनिकरण गर्दै उन्मुलन गर्ने मेरो नीति हो । त्यस अनुसार नै अगाडि बढ्ने म साथीहरूलाई स्पष्ट बनाउन चाहन्छु ।
सार्वजनिक उत्तरदायित्व, पब्लिक एकाउन्टीब्लिटी बढाउने कुरा यसमा सरकारको ध्यान छ । त्यस कारण त्यसका निम्ति विभिन्न विधिहरू अपनाईएको छ । एकाउन्टटेवल हरेकले हुनु पर्छ त्यसका लागि ।
यस्तो अवस्थामा दोहोरो आर्थिक वृद्धि कसरी होला भन्नु भएको छ साथीहरूले । अहिले ७ प्रतिशत, हामीले आधार वर्ष भनेका छौँ । हामी कानून बनाउने कुरामा, मौलिक हकको प्रयोगसम्बन्धी कानून बनाउने कुरामा यस्ता कुराहरूमा अल्झिन प¥यो । अनेक संविधान कार्यान्वयनको कानून बनाउने कुरामा, संघीयता कार्यान्वयनका निम्ति संरचना बनाउने कुरामा, शक्तिको विन्यास गर्ने कुरामा, समायोजनका कुराहरूमा हामी धेरै नै त्यसमा लाग्न प¥यो ।
यसमा यति धेरै लागेर पनि हामीले अहिलेसम्मको उच्चतम आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरेका छौँ । त्यसै कारण राष्ट्र बैंकका पदाधिकारीहरूले एउटा डिबेटमा भने नेपाललाई एउटा राईजिङ स्टार भनेर । वास्तवमा यो आर्थिक विकासको हिसावले एउटा उदियमान राष्ट्र हो । त्यसको अर्थ त्यही हो । उदियमान राष्ट्र भनेर ।

हामी हाम्रो खर्च गर्ने क्षमता पनि विकास गर्छौँ, भ्रष्टाचार पनि रोक्छौँ र विकासको गतिलाई हाम्रा प्रयासमा प्रविधि पनि प्रयोग गरेर तीव्रता दिन्छौँ । यस सरकारको कार्यकाल अथवा निर्वाचन यता सरकार बनेपछि ५ वर्षको कार्यकालभित्र डबल डिजिटमा पु¥याउने भन्ने कुरा यो अलिकति होलो खुलुकोसँग राखिएको योजना हो । मेरो सोच त्योभन्दा छिटो डबल डिजिटमा पु¥याउने छ । तर अहिले, अहिले नै त्यो सबै भनिहाल्दा मानिसहरू अलि बढ्ता आत्तिएलान् । के के गर्न पो आटेछ भन्ने पर्ला भनेर मैले त्यो भनेको हो ।

एउटा मेरो निर्वाचन क्षेत्रमा विकास बजेट लानु प¥यो भनेर मेरो जानकारी बाहेक, मेरो जानकारीमा म प्रधानमन्त्री नहुँदा सत्तापक्षमा प्रतिपक्षमा हुँदा पनि आफ्नो निर्वाचन क्षेत्र केन्द्रित राजनीति खास गर्दिन । क्षेत्र केन्द्रित राजनीति गर्दिन र ०४८ सालमा मैले आफ्नो क्षेत्रको सम्बन्धमा पालिर्यामेन्टमा पनि बोल्थ्यँे, क्षेत्र केन्द्रित भएर पनी बोलेको थिएँ, ०४८ सालको संसद्मा अथवा ०५० सालसम्म, ०५१ सालमा नेकपा एमालेको सरकार बनेपछि र म गृह मन्त्री भएपछि मैले विकास क्षेत्र केन्द्रित र जिल्ला केन्द्रित जस्तो राजनीति छोडँे किनभने म देशकै सरकारको म गृहमन्त्री भएपछि मैले एउटा क्षेत्र विशेष वा निर्वाचन क्षेत्र विशेष वा विकास क्षेत्र विशेष वा जिल्ला विशेष वा अञ्चल विशेषको राजनीतिमा केन्द्रित हुनु हुँदैन । राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुपर्छ भन्ने गृहमन्त्रीको हिसाबले मेरो कार्यक्षेत्र नै फरक प¥यो । त्यस यता मैले त्यो अभ्यास गरिन र यता निर्वाचन क्षेत्रमा स्वाभाविक रूपमा निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूले आफ्ना मागहरू उठाउँछन् यी यी काम हुन प¥यो भन्छन् सबै क्षेत्रमा तर मैले त्यहाँको जनप्रतिनिधिको हिसाबले म प्रधानमन्त्री हुदाहुदै मैले र योजना आयोगको आफै अध्यक्ष हुदाहुदै उपाध्यक्ष कहाँ निवेदन हाल्न जाने आफै अध्यक्षले उपाध्यक्षकोमा निवेदन हाल्न जानुपर्ने कुरै होइन । तर एउटा माग पत्र फेहरिसत मेरो स्वकीय सचिवालयकै एकजना साथीले जिल्लाबाट फेहरिसत तयार गर्नु भएछ र ल्याएर उहाँले निजी सचिवालयको तर्फबाट, प्रधानमन्त्री कार्यालयको तर्फबाट भनेर त्यहाँ योजना आयोगमा पु¥याउनु भएछ । त्यहाँ एउटा दथ mष्कतबपभ भएको कुरा हो । त्यस सम्बन्धमा मेरो जानकारी थिएन र म सुनेपछि अत्यन्त दुखीत भए । मेरो जानकारी बिना यस्तो किन गरेको मैले साथीहरूलाई त्यस सम्बन्धमा अलिकति आलोचना पनि गरे यो ठीक भएन । यस्तो किन गरियो ? र यो सुहाउने कुरा पनि होइन, । अर्को कुरा त्यहाँका एकजना प्रतिनिधिले त्यस ठाँउको विकासको चिन्ता गर्दा अन्त नदिनु त्यस ठाँउमा दिन भनेको चाहि रहेनछ । त्यो साह्रै टाउको दुखाउनु पर्ने विषय पनि होइन । अन्त पनि दिन्छ नी त, अन्तको पनि माग्छ । त्यसै गरेर एउटा कुनै कार्यकर्ताले त्यहाँ माग लगेर प्रधानमन्त्रीको तर्फबाट भन्ने भुलबस त्यो गरे । म त्यसबाट दुखीत भए । त्यो यर्थाथ मैले प्रकट गरीसके पछि र मेरो स्वकीय सचिवालयबाट औपचारिक ढंगले त्यस सम्बन्धमा भनिसके पछि पनि स्थापित संचार माध्यमहरूले महत्व दिएरै त्यही कुरालाई क्यारीअन गरेको देख्दा अलि अचम्म लाग्छ । यति नै राजनीति किन गर्नुपर्छ र राजनीति गर्न थुप्रै कुराहरू हुन्छन नि । जुन कुरा यस्तो हो है भनेर यथार्थ बताइसकियो, त्यसै विषयलाई फेरि उछाल्नु, मैले त्यसमा थाहाँ पाउदा आफै दुखीत भए भनेर भनिसके पछि पनि र त्यो मेरो जानकारी बिना भुलवस भएको घटना थियो । मैले पछि थाहाँ पाएर त्यसलाई मैले खण्डन गरे भनिसकेपछि त्यो एउटा त्यस्तो मिस्टेक नहुनु वाञ्छनीय हुन्थ्यो । हुनु हुदैन्थ्यो । अब लेख्दा पनि त्यतिनै बाहेक अरु त त्यस्तो नहुनु पर्ने बाहेक अरु त म ठाँउ रहेको देख्दिन । त्यति भइसके पछि फेरि त्यसलाई बोकिरहनु मभबम ष्ककगभ हो त्यो । मभबम भईसके पछि बोक्यो भने सतिदेवि गएपनि उनका अङ्गप्रत्यंग झर्दै गएका थिए । शिबजीले अन्तिमा केही पनि पाएनन् रित्तै भए । यस्ता मभबम ष्ककगभ हरू बोक्नु खासै महत्वहोला, केही निक्लेला जस्तो मलाई लाग्दैन ।
मैले फेरिपनि भन्न चाहन्छु, कहिले कहिले त्यस्ता त्रुटीहरू त्यो पनि मबाट होइन मसँग सम्बन्धित संयन्त्रबाट त्यो त्रुटी भयो । मैले त्यति भनिसकेपछि अब मैले फेरि राष्ट्रनिर्माणको सन्र्दभमा, राष्ट्रको उन्नतीको सम्बन्धमा, आर्थिक विकास सुशासन आदिको सम्बन्धमा हामी सबैको देश हो, हामी सबैलाई सुशासन चाहिन्छ । सबैलाई विकास चाहिएको छ । यस सम्बन्धमा रचनात्मक छलफल गरौ, सार्थक छलफल गरौ भन्ने आह्वान मेरो छदैछ सबै साथीहरूलाई । त्यसले देशलाई विकासको बाटोमा अगाडि जान मद्दत गर्छ, सही बाटोमा अगाडि जान मद्दत गर्छ । हामी सबैका लागि त्यो राम्रो हुन्छ भन्ने मेरो आग्रह हो । अब मलाई लाग्छ मैले भन्नु पर्ने कुरा टुंगियो । अब साथीहरूका जिज्ञासाहरू पनि टुङ्गिए जस्तो छ । धन्यवाद साथीहरूलाई । यो भेटघाट यही टुङ्गियो, धन्यवाद !

Facebook Comments