परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

साँच्चै नेपाल नभएको भए!

नेपालको महत्ता

नेपाल सांस्कृतिक र भौगोलिक विविधता भएको एक प्राचीन राष्ट्र हो । यस देशका बारेमा देशभित्र र बाहिर धेरै खालका टीका टिप्पणी हुने गरेको पाइन्छ । मर्ज तथा सबमर्जदेखि यो देश भिरबाट खस्नै लागेका कुराहरु बरोबर चर्चामा आउने क्रम जारी छन् । त्यसैले यदि नेपाल विश्व मानचित्रबाट मेटिएको थियो भने के हुन्थ्यो होला भनी यस लेखमा विश्लेषण गरिएको छ ।

यो सोच्नु गलत छैन किनकि नेपालको अनुपस्थितिमा संसारमा निकै ठूला ठूला उथलपुथल हुने थिए । विश्व केही सानो हुने थियो र यसको क्षेत्रफल घटेर ५० करोड ९९ लाख २४ हजार ८१९ वर्ग किलोमिटरमा सीमित हुने थियो । विश्वको सात अर्ब जनसंख्यामा लगभग २८४ लाख कम हुने थियो । नेपालको अभावमा विश्व शक्ति समीकरणमा पनि आमूल परिवर्तन हुने थियो । उत्तरमा हिमालय पारी जनवादी गणतन्त्र चीनमा र दक्षिण, पूर्व र पश्चिममा गणतन्त्र भारत बीच धेरै पटक युद्धहरु हुने थिए ।

नेपालबाट र नेपाल भएर बग्ने प्रमुख र सहायक नदीहरुको अभावमा भारतको गंगा नदी यति बिशाल हुने थिइनन् र त्यसैले पनि आर्य सभ्यता खुम्चिने थियो । राजा बिराटको जन्म कहिल्यै हुन्नथ्यो र पाण्डवहरुले महाभारत युद्ध जित्ने थिएनन् । न चार वेद, न अठार पुराण लेखिएको हुन्थ्यो किनकि वेदव्यास जन्मेका नै हुने थिएनन् । संसारमा मन्दिरै मन्दिरको शहर काठमाण्डौ पनि हुने थिएन । न किराँत, न लिच्छ्वी, न मल्ल, न राणा, न शाह राजवंशका शासकहरुको नै नेपालमा जगजगी हुने थियो ।

संसारमा मात्र त्रिचालिस देश भूपरिवेष्ठित हुने थिए भने विश्वसम्पदा सूचीमा परेका सम्पदाको संख्यामा कमी हुने थियो । एडमण्ड हिलारीले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर चढ्न पाउने थिएनन् किनकि उनको मद्दत गर्ने गाइड तेन्जिंग नोर्गे शेर्पा जन्मिने नै थिएनन् । मंगोल सम्राट कुबलाई खाँले अरनिकोलाई तिब्बत र चीनमा कलाका नयाँ आयाम विकास गर्ने मौका कहिल्यै दिन सक्ने थिएनन् र पेगोडा शैली गुप्त रहने थियो । संसारमा नृत्य र संगीतका माध्यमबाट लोककथाहरु गायन र प्रदर्शन हुने थिएनन् । एक विशिष्ट भोजन दाल भात कुनै चुलोमा पाक्ने थिएन । यार्सागुम्बा खान नपाएर धेरै मानिस रोगी हुने थिए ।

सीता र भृकुटी जन्मने थिएनन् । न भगवान रामले उपयुक्त जोडी पाउँथे न त तिब्बतले शक्तिशाली रानी । विश्व छानो नभएको घर जस्तो हुन्थ्यो, सगरमाथा र अन्य अग्ला हिमचुचुरा ल्होत्से, मकालु, चोयु, कन्चन्जंगा, धौलागिरी, अन्नपूर्ण र मनास्लु हुने थियनन् । बुद्ध जन्मने थिएनन् र संसारको झुकाव बढी हिंसातिर हुन्थ्यो । संसारमा दुई अलग अलग धर्मबीच विशेष समागम पाइने थिएन । उच्च भूभागहरु (नेपाल) तिर भाग्ने ठाउँ नहुनाले भारतमा लाखौं हिन्दूहरु मुगल साम्राज्यको समयमा निर्ममतापूर्वक मारिने थिए ।

नेपालबाट र नेपाल भएर बग्ने प्रमुख र सहायक नदीहरुको अभावमा भारतको गंगा नदी यति बवशाल हुने थिएन । त्यसैले पनि आर्य सभ्यता खुम्चिने थियो । राजा बिराटको जन्म कहिल्यै हुन्नथ्यो र पाण्डवहरुले महाभारत युद्ध जित्ने थिएनन् । न चार वेद, न अठार पुराण लेखिएको हुन्थ्यो किनकि वेदव्यास जन्मेका नै हुने थिएनन् । संसारमा मन्दिरै मन्दिरको शहर काठमाण्डौ पनि हुने थिएन । न किराँत, न लिच्छ्वी, न मल्ल, न राणा, न शाह राजवंशका शासकहरुको नै नेपालमा जगजगी हुने थियो ।

संसारमा कडा धारका कम्युनिस्टहरुले पूँजीवादसँग उपयुक्त सम्झौता गरी सुरक्षित अवतरण गर्ने रोलमोडेल पाउन सक्दैन थिए । ब्रिटिश ईस्ट इन्डिया कम्पनीले उसका काबिल कमान्डरहरु १८१५ –१८१६ मा एंग्लो नेपाली युद्धमा गुमाउनु पर्ने थिएन । बहादुर गोर्खा सिपाहीहरु बिनाको बेलायती सेनाले उसका अति बलिया प्रतिद्वन्दीहरुमाथि पहिलो र दोस्रो विश्वयुद्धमा विजय पाउने थिएनन् । समकालीन संसारमा समर्पित तथा मेेहनती मजदूरहरुको अभावमा न कतार, न त मलेसियाले यति छिटो विकास गर्ने थिए ।

नेपाल विश्व इतिहासमा अनुपस्थित भएको थियो भने संसार बेग्लै स्वरूपमा हुने थियो । भारतीय उपमहाद्वीप र युरेसियन महाद्वीपबीचको टकरावले धेरै देशहरु र समुन्द्रको गठन नराम्ररी प्रभावित हुने थियो । हो साँच्चै, नेपाल नभएको भए वर्तमान पृथ्वी अपूर्ण, अस्तव्यस्त, हिंसात्मक र अद्योगति उन्मुख हुने थियो । र, तपाई हामी नेपाली भनेर अहिले गर्व गर्न पाउने थिएनौं । यसरी हेर्दा  नेपालको अपरिहार्यता र महत्ता मेरो मनमा ह्वात्तै चुलियो ।

Facebook Comments