परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपथ्यमा स्वतन्त्रता दिवस

कथा संरक्षणको

“अब म केहीबेरमा यहाँ उपस्थितमध्येबाट अतिथिको आसन ग्रहण गर्नुहुने पाहुनाहरूलाई मञ्चमा बेलाउने छु” च्यान्टे डल्फिनले उद्घोषण ग¥यो । सभामा धेरै पाहुनाहरू आएका थिए । सभा एकदम उल्लासमय थियो । उपस्थित सबैले एकले अर्काको अनुहार हेरिरहेका थिए, कौतूहल बनिरहेको दृश्य अझ रोमाञ्चक थियो । च्यान्टेले फेरि बोल्न सुरु ग¥यो—

“स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज म यहाँ उपस्थित सबै सहभागीहरूलाई स्वागत गर्दछु । यो हाम्रो पहिलो स्वतन्त्रता दिवस हो र हामीले सबै समुद्रका र वरपरका प्राणीलाई निमन्त्रणा दिएका छाँै । अब प्रायः धेरै आइसक्नुभएको छ भने कोही आउने क्रममा हुनुहुन्छ । आज हामीले केही विषेश पाहुनाहरूलाई पनि यहाँहरूको माझमा आमन्त्रण गरेका छाँै । तपाईंहरूलाई पनि केही भन्नु वा प्रतिक्रिया दिनु छ भने कृपया हात उठाएर माइकमा बोल्नुहुन अनुरोध गर्छु । यति भन्दै च्यान्टे डल्फिन मञ्चबाट ओर्लियो ।

यो दृश्य सन् २०९० को अक्टोबर महिनाको २५ तारिख प्यासीफिक महासागरभित्रको एउटा सानो शहरको हो । स्वतन्त्रता दिवस मनाउन विश्वभरिका समुद्र, महासागर र त्यस वरिपरिका जलचरहरू भेला भएका छन् । सबैमा उत्साह र उमङ्ग छाएको छ । मञ्च पनि विशेष तरिकाले सजाइएको छ । सहभागीहरू संयमित भएर मञ्चमा आउने विशेष पाहुनाहरूकोे पर्खाइमा छन् ।

“यहाँहरूलाई फेरि पनि मेरो नमस्कार ! हाम्रा आमन्त्रित पाहुनाहरू सबै आइसक्नुभएको छ । अब म उहाँहरूलाई अतिथिको आसन ग्रहणका लागि मञ्चमा आउन अनुरोध गर्दछु । सर्वप्रथम म यस सभाको सभापतित्व गरिदिनुहुन सबैभन्दा जेठीआमा कछुवालाई आग्रह गर्दै मञ्चमा आमन्त्रित गर्छु । यसपछि म काका ह्वेल, काका सार्क र दाजु गोहीलाई मञ्चमा आएर शोभा बढाइदिन अनुरोध गर्दछु ।” उद्घोषक च्यान्टेले कार्यक्रम अगाडि बढायो ।

सबै पाहुनाहरू मञ्चमा आसन ग्रहण गर्छन् । आमा कछुवाले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै स्वागत मन्तव्यमा भन्छिन्, “आज हामी सबैको पहिलो स्वतन्त्रता दिवस हो । यो अवसरमा तपार्इंहरूलाई यस कार्यक्रममा स्वागत गर्दछु ! तपाईहरूमा देखिएको यो उत्साह र उमङ्गले म अत्यन्त खुशी भएकी छु । समयको पाबन्दीलाई मध्यनजर गर्दै  म अब काका ह्वेललाई आफ्नो मन्तव्य राखिदिनुहुन अनुरोध गर्छु ।”

काका ह्वेल धेरैनै बूढो देखिन्छन् । बुढ्यौलीले होला बिरामी पनि छन् जस्तो देखिन्छ । हिँड्दा पनि गा¥हो गरी हिँडछन् । जीउ दुब्लो पातलो तर भुँडी चाहिँ ह्वात्त बाहिर निस्केको छ । शायद् यही कारणले होला सबैले उनलाई ‘भुँड’े भनेर बोलाउने रहेछन् । उनी बिस्तारै माइक भएको ठाउँमा पुगे र बोल्न खोजे तर उनको बोली निस्केन । उनी उभिएर सहभागीहरूलाई नियालेर हेरिरहन्छन् । अनि भाव विभोर हँुदै आँसु झार्छन् । उनी कसैले नदेख्ने गरी निहुरिएर आँसु पुछ्छन् अनि हिम्मत जुटाएर सबैलाई स्वागत गर्दै यस बिशेष दिनमा आएर यस कार्यक्रमलाई सफल तुल्याउने सहभागी सबैलाई धन्यबाद दिँदै आफ्नो मन्तव्य शुरु गर्छन् ।

“प्यारा दाजुभाइ तथा दिदिबहिनीहरू ! मेरो जीवनको उत्तराद्र्धमा मैले यो दिन देख्न पाउँछु भन्ने लागेको थिएन । मेरो उमेरका सबै साथीभाइ र आफन्त आज यस दुनियाँमा छैनन् । यहाँबाट म स्पष्ट देख्दैछु, कतिपय तपाईँहरू पनि म जस्तै रोगी र अपाङ्ग हुनुहुन्छ । कसैको हात चल्दैन, कसैको खुट्टा चल्दैन भने कोही आँखा देख्नुहुन्न । अब कसैले रोगी र अपाङ्ग हुनु पर्दैन । किनकि अब हाम्रो नयाँ पुस्ताका लागि नवीन युग सुरु भएको छ । हाम्रो समुद्र सफा भएको छ । न त यसमा अब पहिलेको जस्तो विषादि मिसिएको छ न त मानिसले प्रयोग गरेर फालेका फोहोर र प्लास्टिकका टुक्रा हाम्रो पेटमा पुग्नेछन् ।

मलाई राम्रोसँग याद छ, हामी केटाकेटी छँदा बुबा भन्नुहुन्थ्यो, मानिसहरूले ठूलो प्रगति गर्दैछन् । कलकारखाना खोलेका छन्, बाटोघाटो बनेको छ, गाउँ सहर उज्यालो भएको छ र कृषिमा ठूलो फड्को मारेका छन् तर यो कुरा नबिर्सनू, उनीहरूले जति प्रगति गर्दछन्, त्यति नै हामी समुद्रमा बस्ने जीवजन्तुलाई अभिशाप दिइरहेका छन् । उनीहरूले वायु, पानी र भूमि प्रदूषण गरिरहेका छन् । यसको प्रतिफल हामी जनावरहरू, पन्छी र बोट–बिरुवाले भोगिरहेका छौँ । परिणामतः मानिसको प्रगति हँुदै गयो अनि हाम्रो दुर्गति !”

त्यत्तिकैमा एक सहभागी माछाले आक्रोश पोख्दै भन्यो, “त्यति मात्र कहाँ हो र? मानिसले प्रयोग गरेको विषादि पानीमा आएर मिसिँदा मेरो परिवारका सबै र मेरो नजिकका साथीहरू समेतको देहलीला समाप्त भयो  । म मात्र किन बाँचेँ, थाहा छैन ।”

मानिसको यही प्रतिबद्धताले गर्दा हामीले आजदेखि वर्षेनी स्वतन्त्रता दिवस मनाउन लागेका छौँ । अब हाम्रो पुस्ताले काका ह्वेल, काका सार्क र दाजु गोहीले जस्तो आफ्ना आफन्त र साथीभाइ गुमाउनुपर्ने छैन र उहाँहरूले भोगेको जस्तो पीडा पनि  पक्कै भोग्नुपर्ने छैन ।”

“ठीक भन्नुभयो तपाईले । यी सबै मानिसहरूले गरेको नकारात्मक प्रगतिको नतिजाबाट  भएको हो । तपार्इंका मात्र हैन यहाँ हजाराँै जलचरहरूको ज्यान गएको छ त्यस विषादी हाम्रो पानीमा मिसिनाले ।” यति भन्दै उसले आफ्नो मन्तव्य निरन्तर ग¥यो—

मेरो भुँडी देख्नुहुन्छ नि? यो पनि मानिसहरूकै कारणबाट भएको हो । आफूहरूको प्रयोगबाट निस्केको फोहर हाम्रो वासस्थानमा ल्याएर थुपारेका कारणले मेरो यस्तो दुर्दशा भयो । उनीहरूले फालेका प्लास्टिकलाई आहार सम्झेर खान थाल्यौँ । अपच भएर पेट दुख्न थाल्यो र साथीहरू धमाधम मर्न थाले । मरेका साथीहरूलाई घँचेटेर मानिसको बस्ती नजिकैसम्म पनि पु¥यायौँ, हाम्रो मर्म बुझाउन । तर उनीहरूले हाम्रो मर्का बुझेनन् । फोहोर क्रमिक रूपले बढ्न थाल्यो भने हाम्रो सङ्ख्या चाहिँ घट्यो । अब भने समय बदलिएको छ, मैले र मेरो परिवारले भोगेको जस्तो पीडा अबको सन्ततिले भोग्नु नपरोस्, धन्यवाद !” यति भन्दै काका ह्वेल आफ्नो आशनतिर लाग्छन् ।

“म काका ह्वेललाई आफ्नो कुरा राखिदिनु भएकोमा धन्यवाद दिन्छु । साँच्चै नै अघिल्ला वर्षहरू सम्झन थाल्यौँ भने मनमा पीडा हुन्छ । प्रदूषणका कारणबाट हामीले धेरै प्यारा साथीहरू, अभिभावक र परिवार गुमाएका छाँै । यसै वक्तब्यको क्रममा म अर्का वक्ता काका सार्कलाई आफ्नो कुरा राखिदिनुहुन अनुरोध गर्दछु,”आमा कछुवाले भनिन् ।

काका सार्क पनि रोगी नै छन् । उनी ह्वेलको जस्तो धेरै उमेर नभए पनि बूढो देखिन्छन्् तर फुर्तिला छन् । उनका शरीरभरि घाउ पुरिएर बनेका दाग नै दाग छन् । माइक लिएर उनी सहभागी बसेको ठाउँमा एक चक्कर लाउँछन् र अगाडि बसेका स–साना नानीलाई सुम्सुम्याउँदै भन्छन्, “अब हाम्रो हैन, यिनीहरूको युग हो । यिनीहरूले सुख पाउनुपर्छ । प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरूलाई मेरो नमस्कार । म काका ह्वेल जस्तो राम्रो बोल्न सक्दिनँ तर म केही कुरा राख्न चाहन्छु ।

धेरै पहिला मानिसबाट हामीलाई खतरा नै थिएन । उनीहरू माछा मार्न आउँथे तर हामीलाई पीडा दिँदैनथे । काका ह्वेलले भने झँै उनीहरूको प्रगतिसँग हाम्रो दुर्गति भएको थियो । म सम्झन्छु एक दिन मेरा साथीहरूले मानिसहरूले हामीलाई धेरै रङ्गीचङ्गी खाना ल्याएका छन् खान जाउँ भनेका थिए । यदि म पनि त्यस दिन उनीहरूसँग गएको भए आज यहाँ आएर बोल्ने थिइन होला । त्यो खाना नभएर कलकारखानाबाट निस्केको अम्लीय प्रदूषणयुक्त फोहोर रहेछ । सबै साथीहरूको जीवनलीला समाप्त भयो । हामी गर्न पनि के नै सक्थ्यौ र? अरु विकल्प नै थिएन शिवाय झेल्नु । एक दिन मेरो अर्को प्यारो साथी हिलोमा डुबेर आएको जस्तो थियो । हामी सबैले जिस्कायौं तर केही दिनमा ऊ पनि हामी सबैलाई छोडेर गयो । वास्तवमा ऊ समुन्द्रमा तेल ओसार्ने ट्याङ्करबाट पोखिएको तेलमा डुबेर आएको रै’छ र अक्सिजनको कमीले केही दिनमा उसको ज्यान गयो । पछि हामीलाई ग्लानी भयो । के गर्ने? म सम्झिन्छु केही वर्षअघि मानिसहरूले मलाई जिस्काउँदै गर्दा मैले आत्मरक्षाका लागि झम्टँदा उनीहरूले ल्याएको भिडियो क्यामेरा र अरु उपकरण निल्न पुगेको छु । पेटभित्र पीडा हुन्छ केही गर्न सक्दिनँ । आफ्नो मृत्यु कुरेर बसेको छु । खै आफ्नो गन्थन पनि कति गर्ने । (अगाडि बसेका स–साना नानीहरूलाई इशसारा गर्दै) लाग्छ, अब यो तिमीहरूले यस्तो दिन देख्न पर्दैन । ल त अब दाजु गोहीको कुरा सुनौं । धन्यवाद !”

“धन्यवाद काका सार्क, अब म विशेष पाहुना दाजु गोहीलाई आफ्नो मन्तव्य राखिदिनुहुन अनुरोध गर्दछु । उहाँ हाम्रो छिमेकी हुनुहुन्छ । उहाँको बासस्थान समुद्र नभई नजिकैको नदी हो । आज हाम्रो विशेष आग्रहमा यहाँ आउनु भएको छ । सबैजना ताली बजाएर उहाँको स्वागत गरौं” आमा कछुवाले भनिन् ।

दाजु गोही सफा पानीमा बस्ने हँुदा नुनयुक्त पानीमा रहँदा उनलाई केही असहज भएको प्रस्टै देखिन्छ । धेरै उमेर र नदीको दूषित पानीले उनका हरिया बाक्ला छाला पनि काला भैसकेका छन् । घाँटीमा गाडीको पाङग्राको माला लगाएका छन् । लामा–लामा नङ र चक्कु जस्तै तीखा दाँत, हेर्दै डरलाग्दा । बिस्तारै माइक समातेर उनी भन्छन्—

“नमस्कार ! मलाई यसरी सम्मान गरेर बोलाउनुभएकोमा म हर्षले विभोर भएको छु र मेरो तर्फबाट पनि तपाईहरूलाई पहिलो स्वतन्त्रा दिवसको बधाई । काका ह्वेल र काका सार्कको कुरा सुन्दा मलाई केही हदसम्म उहाँहरूले मेरै कुरा गरेको जस्तो भान भयो । विचार गर्नुस् त? मानिसले गरेको प्रदूषणले यहाँ समुद्रमा पुगेर यति धेरै नोक्सान ग¥यो भने, भूमिमाथि नै बगेका नदी नाला र तालहरूलाई कति नोक्सान ग¥यो होला ?”

एक समुद्री सिलले प्वाक्क बोल्दै भन्यो “प्रकृतिले अरु प्राणीभन्दा मान्छेलाई विवेकशील प्राणी बनाएको छ । यिनीहरूको बुद्धि तीक्ष्ण हुन्छ र सुनेका थियौँ, रातमा आकाशमा देखिने चन्द्रमामा पनि यिनीहरू पुगिसकेका थिए । तर यही विवेकशील प्राणीबाट हामीले यो दुर्गति पाइरहेका थियौँ ।”

“त्यही त, एक समय यस्तो पनि थियो, भएभरका नदी नालामा पानीको सट्टा मानिसको मल मुत्र र प्लाष्टिक मात्र बग्ने गथ्र्यो । हामी नदीमा बस्ने जीवजन्तुको त विजोग थियो । मेरो घाँटीमा यो कालो पाङग्रा देख्नुहुन्छ नि ? यो रहरले लगाएको माला हैन । एक दिन शिकार गर्न पानीमा हामफालेको, अकस्मात् यो पाङग्रा घाँटीमा अड्कियो र अहिलेसम्म निकाल्न सकेको छैन । वर्षौं भएर होला यो मेरो घाँटीको छालासँग मिलेर शरीरको भाग भैसकेको छ । म पानीभित्र लुकेर शिकार गर्ने जीव पाङग्राले गर्दा पानीभित्र रहनै सक्दिनँ, माथि तैरिहाल्छु । कल्पना गर्नुस् म कसरी बाँचेको छु होला । पानीभित्र नभई पानीको वरिपरि बस्ने र शिकार गर्ने भएर मात्र म बाँचेको छु । पानी प्रदूषणको कारणले म एक्लो गोही मात्र बाँकी छु जस्तो लाग्छ । सबैले एक–एक गरी प्राण त्यागिसके । यस्तो पीडायुक्त जीवन बाँचेर पनि के काम? अहिले समय फेरिएको छ । नदीका पानी सफा छन्, प्रदूषणमुक्त छन् तर के गर्नू, आफ्नो भन्ने कोही छैनन् । धन्यवाद भन्दै निराश भई दाजु गोही आफ्नो आशनमा गएर बस्छन् ।

सबै पाहुनाको कुरा सुनेपछि आमा कछुुवाले सबैलाई धन्यवाद दिँदै सहभागीबाट कसैलाई बोल्न मन लागेको छ भने बोल्न आमन्त्रित गर्छिन् । अगाडिको सिटमा बसेको युवा हाँसले आफ्नो हात उठाएर बोल्न अनुमति माग्छन् । युवाको हात उठेको देखेर आमाले खुशी हुँदै ‘कति हामी बूढाबूढीले बोल्ने, अब युवाको पालो’ भनेर माइकमा आउन अनुमति दिइन् ।

“यहाँ उपस्थित सबै जनालाई मेरो सादर नमस्कार, हामीले मनाउन लागेको यस पहिलो स्वतन्त्रता दिवसको उपलक्ष्यमा मेरो हृदयबाट सबैलाई शुभकामना । हामीले काका ह्वेल, काका सार्क र दाजु गोहीका मार्मिक दुःखका शब्दहरू सुन्यौँ । वास्तवमा हामी उहाँहरूभन्दा भाग्यमानी नै हौँ । अहिले स्वच्छ पानीमा बाँच्न पाउनु भनेको ठूलो भाग्य हो । धेरैजस्तो सहभागीलाई यस्तो परिर्वतन कसरी आयो भन्ने थाहा नहुन सक्छ । त्यसकारण म आमा कछुवालाई यसका बारेमा पनि बताइदिन अनुरोध गर्दछु ।”

“नानी तिमीले ज्यादै राम्रो कुरा उठायौ । ल सुन, यो परिर्वतन कसरी आयो म भन्छु । आज यहाँ आउनुभएका पाहुनाहरूले भने भैmँ एक समय उदेकलाग्दो थियो । मानिसको लोभले भूमि, नदी नाला, र समुद्र सबै अति प्रदूषित थिए । एकातिर हामीजस्ता जीवजन्तु भकाभक मर्न थालेका थिए भने अर्कातिर रुख विरुवाको नाश र फोहोरमैलाको व्यवस्थापन गर्न नसक्दा मानिस आफैंलाई पनि विभिन्न रोगले च्याप्न थाल्यो । यस्तो स्थिति रहेमा हाम्रो अस्तित्व हराएर जाने भएकाले हाम्रा युवाहरूले नयाँ रणनीति बनाए । उनीहरूले समुद्रमा मरेका सिनो रातीको समयमा किनारामा लगेर थुपार्न थाले । उनिहरूलाई लाग्यो, यसले मानिसका नयाँ पुस्ता (युवा) मा चेतना ल्याउने छ र यी युवाहरूले आफ्नो अडानले उनीहरूको हकहितका वकालत गर्ने छन् । धरै बर्षको प्रयास र मानिसका नयाँ पुस्ताहरूको साक्षरताले गर्दा उनिहरूले आफ्नो मात्र नभई प्रकृतिमा रहेका अरु जीवजन्तु र विभिन्न प्राणीका बारेमा सोच्न थाले । दाजु गोहीबाट थाहा पाए अनुसार यी युवाले यसरी भूमि र समुद्रका प्राणीहरू भकाभक मर्न थालेकाले चिन्तित हँुदै वातावरण र जीवजन्तुको रक्षा गर्ने अठोट गरी प्रदूषण गर्ने कलकारखाना र प्रदूषण हुने सामान बनाउने उद्योगलाई खबरदारी गर्ने, सरकारलाई दवाव दिने र नयाँ युवा उद्यमीले समुद्रमा भएका प्लाष्टिक सङ्कलन गर्ने डुङ्गामा जडित उपकरण बनाउने र सफा गर्ने काम भयो । विश्वभरिका युवा एक हुँदा के नसकिने रैछ त ?

युवाको पुस्ताको आविष्कारले विषादिको विकल्प दियो र कृषिमा विषादि प्रयोग हुन छोड्यो । उनीहरूको दवावले सरकारहरूले प्लाष्टिक उत्पादनमा रोक लागायो र यसको विकल्प पनि युवा पुस्ताले नै दियो । बाँकी रह्यो खनिज तेलको व्यवस्थापन, युवाहरूको नयाँ–नयाँ खोजले यसको पनि सरल विकल्प दियो । मानिसहरूले सौर्य र विद्युतीय ऊर्जाले सवारी र कलकारखाना चलाउन थाले । अरु वैकल्पिक ऊर्जाको प्रयोगमा पनि जोड दिए । यसलाई सरकारले कर छुट दिएर मद्दत ग¥यो । तर यी सबै काम एकै दिनमा भएका भने हैनन् । ७ दशकभन्दा बढी लाग्यो यो अवस्थामा आइपुग्न । केही दयालु युवाहरूको साथ नपाएका भए हाम्रो मात्र हैन समस्त मानव जातिका अस्तित्व नै सङ्कटमा थियो ।”

सहभागीबाट अर्की एक बकुल्लाले बोल्न हात उठाउँदै, भनिन् “यति मात्र हो र ? मानिसका युवा जमात मिलेर एउटा ठूलो सङ्गठन खोलेका छन् र उनीहरूको मुख्य उद्देश्य भनेको विश्वभरको पानीको प्रदूषण रोक्नु हो र यसमा रहने हामी जस्ता प्राणीको संरक्षण गर्नु हो । यसले त हामीलाई उत्साही बनाएको छ । मानिसको यही प्रतिबद्धताले गर्दा हामीले आजदेखि वर्षेनी स्वतन्त्रता दिवस मनाउन लागेका छौँ । अब हाम्रो पुस्ताले काका ह्वेल, काका सार्क र दाजु गोहीले जस्तो आफ्ना आफन्त र साथीभाइ गुमाउनुपर्ने छैन र उहाँहरूले भोगेको जस्तो पीडा पनि  पक्कै भोग्नुपर्ने छैन ।”

उनको यस्तो कुरा सुनेपछि युवाको जमातले थपडी बजाउन थाल्यो जुन पूरै शहरमा गुन्जिन थाल्यो । सबैको हौसला अरु बढ्यो । सबैले एक–अर्कालाई अङ्कमाल गर्दै अनेक खालका रङ्गीचङ्गी ध्वजापताकाहरू फहराउन थाले । सबै अब ढुक्क भए । एकपटक धेरै नै प्रदूषित वातावरण भएको पृथ्वी अव सफा र बस्न लायक हुने भयो ।

सभाको अन्त्य गर्दै आमा कछुवाले यस कार्यक्रममा आउनुभएका पाहुना र सबै सहभागीहरूलाई धन्यवाद दिँदै भनिन्, “हाम्रो पुस्ताले जे जति दुःख भोग्यो, त्यसको केही झल्को दिने प्रयास हाम्रा पाहुनाहरूले गर्नुभयो । आजको यस कार्यक्रमले नयाँ पिढीलाई थप ऊर्जा दिनेछ भन्ने मलाई लागेको छ । यस्तै सद्भाव र माया हामीसँग मानिस जातिको सधैँ रहोस् र उहाँहरूको पनि भलो होस् ।”

च्यान्टे डलफिनले सबै सहभागीलाई धन्यबाद दिँदै भन्यो, “आज हामीले सबै सहभागीको खानपिन र नाचगानको यहीँ व्यवस्था गरेका छौँ, खाना खाएर र रमाइलोको आनन्द लिएर मात्र जानु होला । यति भन्दै म आजको कार्यक्रम सम्पन्न भएको जानकारी गराउँछु र विदा हुन्छु । धन्यवाद!”

Facebook Comments