परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानीको खपत विज्ञान

सन् २०१५/१६ को एक वर्षे अवधिमा भारतका कृषकले ३४ करोड १४ लाख ३० हजार टन उखु उत्पादन गरे । देशभित्र रहेका साना–ठूला चिनी उद्योगले यो अवधिमा २ करोड ६० लाख टन चिनी उत्पादन गरे ।

एक अनुमान अनुसार, २०१७/१८ को एक वर्षे अवधिमा चिनी उत्पादन बढेर ३ करोड टन पुग्नेछ, र, उखु उत्पादन भने ३९ करोड ४० लाख टन हुने अनुमान गरिएको छ ।

भारतका समस्त स्वस्थ्यजनका साथै मधुमेहग्रस्त प्राणीहरूले २०१७/१८ को समयान्तरालमा अनुमानित २ करोड ७० लाख टन चिनी उदरस्थ गर्ने छन् ।

देशको जनसङ्ख्या १ अरव ३० करोडले हिसाव गर्दा तथ्याङ्क स्पष्ट हुन्छ । प्रत्येक भारतवासीले २० किलो चिनी एक वर्षे अवधिमा भक्षण गर्छन् ।

२०१७/१८ को वार्षिक उत्पादन ३ करोड टनमध्ये २ करोड ६० लाख टन चिनी घरेलु बजारमा खपत हुन्छ । बाँकी रहेको ४० टन चिनी निर्यात हुनसक्छ अथवा आउँदो वर्षका लागि भण्डारण हुन्छ ।

क्षमा गर्नुहोला पाठकगण ! यो पङ्क्तिकार चिनी उत्पादन वा चिनी आहार विषयक नैतिक प्रवचन दिन उद्यत भएको होइन । मात्र एउटा जानकारी साझा गर्न लालायित भएको हुँ ।

कुनै पनि वस्तु उत्पादनमा चाहे त्यो गहुँ, मकै, चक्लेट, जीन्स, बियर, कोकाकोला, प्लाष्टिक, जे सुकै होस्, सबैमा पानीको प्रचूर खर्च भएको हुन्छ । सन् २००२ मा निदरल्याण्ड्सको ‘युनिभर्सिटी अफ ट्वेन्टे’ (University of Twente) का ‘वाटर मैनेजमेन्ट’ विभागका प्रोफेसर अर्जेन होक्स्ट्र (Arjen Hoekstra)ले पानी खपत विषयक ‘वाटर फुटप्रिन्ट कन्सेप्ट’ प्रकाशनमा ल्याएका थिए ।

तपाई सबैलाई विदितै छ,’ हामी बाँचेको युग विज्ञान प्राद्यौगिकीको उन्नत चरणमा प्रवेश गर्दै गरेको युग हो ।’ र,’जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ अब सान्दर्भिक उपमा वा उपमान रहेन । वैज्ञानिकले कवि जस्तै स्वयं प्रशंसाका छन्द रच्दैनन्, अन्यथा उपरोक्त पङ्क्ति उहिल्यै विस्थापित भएर हामीले यस्तो पढ्न पाउथ्यौँ । ‘जहाँ पुग्दैन कवि, त्यहाँ पुग्छ विज्ञान प्रविधि ।’

कलेजस्तरमा जम्मा तीन–चार वर्ष विज्ञानको काम चलाऊ अध्ययन गरेको म जस्तो चुलबुले विद्यार्थीबाट विज्ञानको योभन्दा बढी ‘चरण बन्दना’ सम्भव छैन ।

अब तपाईहरूसँग अनुमतिको अपेक्षा नै नगरी म मूल विषयमा प्रवेश गर्ने धृष्टता गर्छु । वर्ष २०१७/१८ का लागि उखु उत्पादन जुन ३९ करोड ४० लाख टन अनुमान गरिको छ । यो उत्पादन गर्नमा कति पानी खपत हुन्छ ?


तपाईलाई लाग्छ होला, मैले के बाहियात् प्रश्न गरेको ? पानीको हिसाव कसरी गर्ने ? यो हिसाव गर्न दिमाग किन खियाउने ?

होइन मित्रगण तपाईको सोच र मनस्थिति पुरातन भयो । आधुनिक विज्ञानसँग हामीले उत्पादन गर्ने, प्रयोग गर्ने प्रत्येक वस्तुको निर्माण प्रक्रियामा कति पानी खपत हुन्छ, त्यसको विस्तृत संज्ञान उपलब्ध छ ।
तपाईलाई राम्ररी थाहा भएकै कुरा हो । तपाई–हामीसँग यावत वस्तुका विकल्प हुन सक्छन, तर पानीको विकल्प पानी बाहेक अन्य केही हुन सक्दैन ।

कृषक दाजुभाइले भन्न सक्नुहुन्छ, पानी किन्न कुन चाहिँ लाखौंँ रुपैयाँ खर्चिनुपर्छ र ? ट्यूबवेल जडान   गर्‍यो । ५ हर्स पावरकै मोटरले मनग्गे पानी तान्न सकिन्छ । ‘बोरिङ्ग’ धेरै गहिरो हुन गए १०–१२ हर्स पावरको मोटर जडान गर्‍यो । एकपटकको खर्च त हो नि !

तर माथि भनिए झैँ पानीको विकल्प छैन भन्ने कुरालाई हृदयङ्गम् गरेर एक पटक बुझने प्रयास गर्नुस्, उखु खेतीमा कति पानी व्यय हुन्छ ?

ल सुन्नुस्, एक हेक्टर खेतमा उखु उत्पादन निमित्त डेढ कराेडदेखि दुर्इ कराेड लिटर पानी आवश्यक पर्छ । अाेके, त्यसो भए तपाईलाई एक किलो उखुकै तथ्याङ्क चाहियो । हजुर, एक किलो उखु उत्पादन गर्नमा ८८ लिटर पानी व्यय हुन्छ। कृषि वैज्ञानिकहरूका अनुसार, उखुको फसल नयाँ हो भने ८८ लिटर पानी चाहिन्छ तर गत वर्षको फसल छ भने पानीको खपत ११८ लिटर हुन्छ ।

‘एक किलो उखु उत्पादनमा ८८ लिटर पानी आवश्यक हुन्छ ।’

ल अब चिनीको पनि हिसाव हेर्नुस्। एक किलोग्राम चिनी उत्पादन गर्नमा ८८४ लिटर पानी व्यय हुन्छ । अब हिसाव गर्नुस्, तपाईंको भान्सामा भित्रिएको एक किलो चिनीले कति पानी पिएको छ । उखु उत्पादनमा ८८ लिटर र उखुबाट एक किलो चिनी बन्नमा ८८४ लिटर गरेर जम्मा ९७२ लिटर ।

कुरा चिनी र उखुको मात्र होइन, हामीले प्रयोग गर्ने प्रत्येक वस्तुमा पानीको मनग्ये खर्च भएको हुन्छ ।

म मांसाहारको न समर्थक न विरोधी । तर एक किलो मासु तयार हुनमा कतिको प्राकृतिक संसाधन व्यय हुन्छ, त्यसको गणित तपाईले बुझ्नुभयो भने शायद् तपाई बद्लिन पुग्नुहुन्छ कि ?

कुनै पनि वस्तु उत्पादनमा चाहे त्यो गहुँ, मकै, चक्लेट, जीन्स, बियर, कोकाकोला, प्लाष्टिक, जे सुकै होस्, सबैमा पानीको प्रचूर खर्च भएको हुन्छ । सन् २००२ मा निदरल्याण्ड्सको ‘युनिभर्सिटी अफ ट्वेन्टे’ (University of Twente) का ‘वाटर मैनेजमेन्ट’ विभागका प्रोफेसर अर्जेन होक्स्ट्र (Arjen Hoekstra)ले पानी खपत विषयक ‘वाटर फुटप्रिन्ट कन्सेप्ट’ प्रकाशनमा ल्याएका थिए ।

सबैभन्दा वढी ‘वाटर फुटप्रिन्ट’ मासु उत्पादनमा हुने गरेको प्रमाणित भइसेकको छ । ‘बीफ’ उत्पादनमा ‘वाटर फुटप्रिन्ट’ सर्वाधिक रहेको हुन्छ ।

तपाई आफैँ अनुमान गर्नुस्, एक किलो कुखुराको मासु तपाईको भान्सामा आइपुग्दा त्यसमा कतिको प्राकृतिक संसाधन (पानी र दाना) खर्च भएको हुन्छ।

‘अनलाइन पोर्टल’ मा यो आलेख पढिरहनुभएका तपाई सबै ‘इन्टरनेट’ प्रयोगकर्ता हुनुहन्छ । गुगलेश्वरी देवीलाई सोध्नुस् ‘वाटर फुटप्रिन्ट’ बारे सबै जानकारी पाइन्छ ।

(कुओरा डटकम, वाटर फुटप्रिन्ट डट ओआरजी, वाटर क्याकुलेटर डट ओआरजी र भारतीय कृषि वैज्ञानिक बंशी विचारकको सहयोगमा)

Facebook Comments