परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २७ बुधबार

  •  मेडिकल कलेज व्यापारीलाई चुरोट कारखाना सञ्चालन गर्ने तरखरमा सरकार रहेको समाचार नयाँ पत्रिकाले छापेको छ ।
  • २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त धराहराको निर्माणका लागि थालिएको टेण्डर प्रक्रिया ठेकेदार कम्पनीको चलेखलका कारण अघि बढ्न नसकेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
  •  सरकारले चालू आर्थिक वर्षभित्र खर्च गर्न विनियोजित सामाजिक सुरक्षा भत्ताबापतको १ अर्ब ५८ करोड रुपैयाँ स्थानीय तहले सम्बिन्धत व्यक्तिलाई वितरण गर्न नसकेको समाचार छ ।
  •  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आर्थिक स्रोत अपचलन गरेको निष्कर्षसहित तिनको कामकारबाहीबारे छानबिन अघि बढाएकोमा तिनै गैरसरकारी संस्थालाई नै सरकारले प्रकोपपीडित नागरिकलाई राहत वितरण गर्ने जिम्मा दिएको समाचार छ ।
  •  नेपालका राजमार्गका १७०८ पुलमध्ये प्रत्येक वर्ष ३—४ वटा पुल समस्याग्रस्त हुने गरेको र तिनको मर्मतमा प्रत्येक वर्ष २० करोडभन्दा बढी खर्च भए पनि आवगमन सहज हुन नसकेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
  •  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेनी-जोमसोम-कोरला सडकको काम सन्तोषजनक नभएको बताउनुभएको छ । गण्डकी प्रदेशको राष्ट्रिय गौरवको उक्त सडकको अनुगमन गरेपछि उहाँले असन्तोष व्यक्त गर्नुभएको हो ।
  •  यस वर्ष भीरबाट लडेर ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा क्रमशः १६, १८ र २१ जनाको मृत्यु भएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  •  बेल्जियमलाई १-० अन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
  • भक्तपुरवासीले प्रयोग गर्दै आएको ९० प्रतिशत पानीको स्रोत प्रदूषित रहेको र त्यसमा दिसामा पाइने कोलिफम जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
  • पाकिस्तानको पेशावरमा एक आत्माघाती बम हमलामा २० जनाको ज्यान गएकोल बीबीसीले जनाएको छ ।
  • दुरा भाषाको शब्द सङ्कलन तथा पाठ सङ्कनमा भएका प्रगति र भावी चुनौतीबारे राजधानीमा छलफल कार्यक्रम सम्पन्न भयो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आयोजित सो कार्यक्रममा नेपाल अदिवासी जनजाति महासंघका उपाध्यक्ष लोकबहादुर दुरा, भाषिक अनुसन्धाता डा. तारामणि राई, दुरा भाषाका अनुसन्धाता मुक्तिनाथ घिमिरे, दुरा सेवा समाजका अध्यक्ष गोकुल दुरालगायतका वक्ताले दुरा भाषाको संरक्षण र सम्वद्र्धन चाल्नुपर्ने कदमबारे प्रकाश पार्नुभयो ।
Facebook Comments