परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

व्यक्तित्व

एक अविचलित, निरन्तर सङ्घर्षशील योद्धा

जीवनको सुरुदेखि अन्तसम्म नै सक्रिय संघर्षैसंघर्षमा रहनु भएकी सहाना प्रधान नेपालका सम्पूर्ण महिलाका लागि मात्र होइन, सबैका लागि अनुपम उदाहरण र अनुशरणीय मार्गदर्शक हो। सबैलाई गर्वित बनाउने ब्यक्तित्व र प्रेरणा पनि हो । उहाँको दुखद निधनमा सबै स्तब्ध र शोकाकूल छन् । तर उहाँ सबैलाई गुन गरेर, चीरस्मयी बनेर जानुभयो। हार्दिक श्रद्धान्जली! उहाँका परिवारका सबैजसो सदस्यहरु २००३ सालदेखि मेरो मार्गदर्शक, गुरु र राजनैतिक गुरुहरू भएकाले परिवारसँग नै आत्मीय सम्बन्ध भएको हुँदा नजिकैबाट नियाल्ने अवसर पाएकोले उहाँबारे केही लेख्न सकेको हुँ।

उहाँको जन्म र सुरुको पढाइ शायद म्यान्मार (पहिले बर्मा) मा भएको थियो । तेतिबेला, जब म्यान्मारमा फासिवादी जापानले बर्बर हमला र कब्जा गर्दै गएकोले परिवारका सबै सदस्यहरू – बाबु, आमा, काका, दुई दाजु गौरी र शंकर, र दिदी साधना प्रधान लगायत धेरै, धरै नेपालीहरू साथ बर्मा छाडेर कलिलो उमेरमै अत्यन्त दुखकष्ट भोग्दै महिनौँ दिन लगाएर पहिले हिँडेर र पछि कहिले लरी, कहिले पानीजहाज, कहिले रेल र धेरैजसो हिंड्दै, आकाशबाट निरन्तर बर्षंदै गर्ने जापानी हवाई बम्बारी, मेसिनगनका गोलीबर्षा, सर्प, गोही, बाघभालु आदि जङ्गली जनावर, चोर डाँकाहरुका छिटपुट आक्रमणबाट जोगिँदै भोक, प्यास, पसिना, वर्षा, थकान र सबै किसिमका चुनौतीहरू झेल्दै नेपालतिर भाग्दै आउनुभो।

तात्कालीन ब्रिटिश उपनिवेश भारतको पश्चिम बङ्गालको क्वेटातिर आइपुग्दा उहाँ लगायत सबै अत्यन्तै थकित, कुपोषित, रोगी र गलीत अवस्थामा आइपुग्नुभयो । सबैमा दूषित र कमसल खानाको कारण धेरथोर रुपका ड्रप्सि (Dropsy अथवा B1 लगायत धेरै भिटामिन र पोषणको अभावले सुन्निने रोग) ले ग्रसित हुनुहुन्थ्यो। दाजु गौरी प्रधान त अत्यन्तै गम्भीर रुपले सुन्निएर, बिरामी भएर मरणासन्न अवस्थामा पुगिसक्नुभएको थियो । यति गम्भीर कि साथमा भागेका केही नेपालीहरूले त ‘मायामारी छोडर हिँड्ने’ भनी सल्लाह समेत दिएका थिए। परिवारमा एकको समस्या सबैको हो भनी अरु नेपालीहरूले छाडेर हिँडे पनि सबै परिवार आश नमारी गौरीजीको उपचार र सेवामा जुटेर बसे । भाग्यवश एक बृद्ध मुसलमान हकिमले करिब महिना दिनसम्मै धेरै माया र उपचार सेवा दिएर निको बनाए । सबैभन्दा सानी भएकोले तेतिबेलाको दुःख, दर्द र सन्तापका सबैभन्दा बढी भार सहानाजीमा र उहाँका बृद्ध बाबुमा पर्नु स्वावाभिक थियो। भनिन्छ, गौरीभक्तज्यूमा सबैखाले उपचारको असर केहि नलागेपछि हकिमकै सम्झाइबुझाइमा धेरै छलफल र विवादपछि तेतिबेला अत्यन्तै दुर्लभ र महँगो ‌मानिएको गोमन विषको न्यून मात्रा समेत मिश्रित औषधी सेवन गरेपछि पिसाब प्रचूर खुल्यो, र पछि सिघ्रै निको भयो । निकट सम्बन्ध बढेर गएकाले हकिमले सो औषधी र सहाना लगायत परिवार सबैको उपचार खर्च लिन मानेनन्। तेसमाथि तेतिबेला हिन्दू-मुसलमान दङ्गा चलिसकेकाले अगाडिको यात्रा जोखिमपूर्ण भएकोले ढाका हुँदै कलकत्तासम्म परिवार सबैलाई पुर्याइदिन हकिमको परिवार र छिमेकीहरूले ठूलो मद्दत दिएका थिए रे। तेतिबेला कलकत्ताको दंगामा आदेश अनुसार ब्रिटिश गोर्खाका जवानहरूले गोली चलाएकाले नेपालीहरू सबै गुर्खाका नामले हिन्दू र मुसलमान दुबै समुदायहरूका कोपभाजन बनेका थिए। कलकत्ताका नेपालीहरूका सहयोगमा दङ्गाहरूबाट जोगिँदै काठमाडौँको त्यौड टोलको आफ्नो घर आइपुगेपछि बल्ल आरामको सास फेर्न पाएका थिए।

तर बिबाहपूर्व स्थापित पार्टी र महिला नेतृ भए पनि बिबाहपछि भने पार्टीले सामान्य नेतृ र कार्यकर्ताको रूपमा मात्र स्थापित गर्यो। कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्वको परिपाटी भएकोले र पार्टीको नेतृत्वमा वंशजको स्थापनाको दुरुत्साहन भइदिएकोले श्रीमान् पुष्पलालजी पनि केही बोल्नुभएन ।

पछि अत्यन्तै जेहन्दार र मेधावी हुनुभएकाले नेपाल सरकारका छात्रबृत्तिमा साधना र सहाना दुबै दिदीबहिनी बि.ए. र दाइ शंकर प्रधान बिएस्सी पढ्न लखनउ विश्वबवद्यालयमा जानु भो। तर पछि राणा बिरोधीमा लाग्यो भन्ने उजुरी पर्यो भनि राणा सरकारले छात्रबृत्ति बीचैमा रोकिदियो। तर पनि धेरै दुःख झेल्दै परिवारको मद्दतले सबैले पढाइ पूरा गर्नुभयो । फर्केर सहाना, साधना दुबैले महिला आन्दोलनको नेतृत्व सम्हाल्नुभयो । दाजु गौरी प्रधान बर्मा हुँदै मार्क्सवादी साहित्य र कृयाकलापमा संलग्न भएकोले परिवारका सबै कम्युनिष्ट दर्शन र सिद्धान्तमा भिजी प्रभावित थिए। बर्मामा परिवार रङ्ग रोगनको ब्यापार र सेरिकल्चर (रेशम खेती र प्रविधि) उद्योगमा संलग्न भएकोले अन्तर्राष्ट्रिय गतिविधिमा जानकारी राख्न सबैलाई सजिलो भएको थियो। वि.सं. २००४ सालमै नागरिक अधिकारकf लागि आन्दोलन र जुलुसमा करिब एक दर्जन महिलाहरू सहित पचासौं जागरुक नेपालीहरूको जुलुस र आन्दोलनमा अग्रपङ्क्तिमा रही नेपालकै पहिलो राजनैतिक जुलुसमा भाग लिएकाले उहाँ समेत दर्जन महिला र अनगिनित पुरुषहरूलाई समातेर जेलमा राख्यो राणा सरकारले। उहाँहरू महिला बिधा मात्र होइन, युवा र विद्यार्थी आन्दोलनका पनि नेतृत्व सम्हाल्दै नेपाल कम्युनिष्ट पार्टीको पनि नेतृ बन्नुभयो।

सहानाले किसान मजदुर आन्दोलनहरूमा पनि सहयोगी भूमिका खेल्नुभएके थियो । २००८ सालको काठमाडौँ म्युनिसिपालिटीको चुनामा पनि उहाँ अत्यधिक मतले विजयी हुनुभएको थियो ।  महिला भएकीले जाग्रत परिवार भए पनि परिवारदेखि समाज, आफ़्नै पार्टी, अनेमसंघ आदिमा संघर्ष गरिरहनुपर्ने बाध्यता थियो। बिबाहपछि त संघर्षका आयाम थपिए। बिबाहपछि श्रीमान्को थर लेख्नुपर्ने प्रचलन तोडेर थर नबदल्ने परिपाटी चलाउने उहाँ अग्रणीमध्ये एक भैदिएर सबैका लागि महिला-आन्दोलन संस्कृतिको एक उदाहरण बनिदिनुभयो। उहाँका श्रीमान् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं कर्मठ तथा महामन्त्री हुनु उहाँको सौभाग्य थियो। तर बिबाहपूर्व स्थापित पार्टी र महिला नेतृ (more…)