काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका दिन राष्ट्रिय विदाको माग गर्दै श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले कार्यवाहक प्रधानमन्त्री श्री ईश्वर पोखरेल र गृह मन्त्री श्री राम बहादुर थापालाई अलगअलग ज्ञापन पत्र बुझाएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष नमराज ढकालले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा नेपाल बहु–धार्मिक, बहु–भाषिक र बहु–जातीय मुलुक भए पनि हिन्दु धर्म,
ज्ञापन पत्र बुझाएपछि जारी विज्ञप्तिमा विगतका वर्षहरुमा दिइआएको कृष्ण जन्माअष्टमीको विदा कटौती गरेकोमा आपत्ति जनाउँदै संविधान प्रदत्त “सनातन देखि चली आएको धर्म संस्कृतिको संरक्षण गर्ने” राज्यको दायित्वबाट सरकार पछि हटेकोमा हिन्दु धर्म संस्कृतिका अनुयायीहरु मर्माहत भएको कुरा जनाइएको छ ।
कृष्ण जन्माष्टमीका दिन प्रत्येक हिन्दुले दिनभर उपवास बसी पूर्णब्रम्ह परमात्मा श्रीकृष्णको सेवा, पुजा, आरती, आराधान, भजन–किर्तन, झाँकी, शोभायात्रा गरी भव्य रुपमा मनाउँने प्रचलन रहिआएको छ । आगामी वर्षहरुमा श्रीकृष्ण जन्माअष्टमी पर्वलाई राष्ट्रिय साँस्कृतिक पर्वको रुपमा भव्य र उल्लासका साथ मनाउन सो दिन सार्वजनिक विदा घोषणा गरी पौने ३ करोड हिन्दु संस्कृति एवं सनातन धर्मावलम्बी नेपालीहरुको हौसला र गरिमा बढाईदिन अनुरोध गर्दै पनि श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले कार्यवहाक प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।