काठमाडौं । हेम सरिता पाठक फाउन्डेसन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार र संगीत पुरस्कार २०७५ सम्मान तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिएको छ । यो पुरस्कारको राशी दुई हजार अमेरिकी डलर रहेको छ ।
यसैगरी पाँच सय अमेरिकी डलरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट तत्कालीन नेपाल पत्रकार संघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम
सोही कार्यक्रममा हेम सरिता संगीत पुरस्कारबाट वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई सम्मान गरिएको थियो । संगीत पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ ।
फाउण्डेसनका संरक्षक हेम पाठकले समाजमा भ्रष्टाचारले जरा गाडेकाले सरकारी संयन्त्र निष्प्रभावी भएको वर्तमान अवस्थामा भ्रष्टाचारीलाई सामाजिक बहिस्कारको अभियान थाल्न आग्रह गर्नुभयो ।
अमेरिका बस्दै आएका पाठकले मातृभूमिप्रतिको दायित्व पूरा गर्न समाजसेवा अन्तर्गत विद्यालयल र असहायहरुलाई सकेको सहायता गर्दै आएको जानकारी दिनुभयो ।
पुरस्कार वितरणका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल हुनुहुन्थ्यो ।
फोटो सौजन्यः थाहाखवर डट कम