परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

शिव गाउँलेसहित तीन पत्रकार पुरस्कृत जनवादी गायक जेवी टुहुरे पनि पुरस्कृत 

सम्मान वितरण

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार र संगीत पुरस्कार २०७५ सम्मान तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिएको छ । यो पुरस्कारको राशी दुई हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी पाँच सय अमेरिकी डलरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट तत्कालीन नेपाल पत्रकार संघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका प्रवन्ध निर्देशक तथा पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । पाँचसय अमेरिकी डलर राशीकै अर्को टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारबाट थाहाखबर डट कममा कार्यरत पत्रकार देविका घर्तीमगरलाई पुरस्कृत गरिएको छ ।

सोही कार्यक्रममा हेम सरिता संगीत पुरस्कारबाट वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई सम्मान गरिएको थियो । संगीत पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ ।

फाउण्डेसनका संरक्षक हेम पाठकले समाजमा भ्रष्टाचारले जरा गाडेकाले सरकारी संयन्त्र निष्प्रभावी भएको वर्तमान अवस्थामा भ्रष्टाचारीलाई सामाजिक बहिस्कारको अभियान थाल्न आग्रह गर्नुभयो ।

अमेरिका बस्दै आएका पाठकले मातृभूमिप्रतिको दायित्व पूरा गर्न समाजसेवा अन्तर्गत विद्यालयल र असहायहरुलाई सकेको सहायता गर्दै आएको जानकारी दिनुभयो ।

पुरस्कार छनोट समितिका संयोजक तथा थाहाखबर डट कमका प्रधानसम्पादक तीर्थ कोइरालाले पुरस्कृत सबैलाई  बधाई दिनु भएको थियो । उहाँले भन्नुभयो – समाचार लेख्नु मात्र ठूलो कुरा होइन्, त्यसले समाजमा कस्तो प्रभाव पर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

पुरस्कार वितरणका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल हुनुहुन्थ्यो ।

फोटो सौजन्यः थाहाखवर डट कम

Facebook Comments